क्षमताभन्दा बढी यात्रु बोक्ने यातायात व्यवसायीको अडान

अशोज १३, २०७३ मा प्रकाशित | 804 views

काठमाडौं,असोज १३ ।यातायात व्यवसायीले दसैंको मुखमा गाडीको अभाव सिर्जना गरी क्षमताभन्दा बढी यात्रु बोक्न पाउनुपर्ने माग राखेका छन् । गाडीको सिट संख्याभन्दा बढी यात्रु बोक्न नपाउने भए आफूहरूलाई सित्तैमा इन्धन दिन व्यवसायीले सरकारसँग माग गरेका हुन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकलाई बुधबार भेटेर यस्तो माग राखेका हुन् ।

आफूहरूका यी माग पूरा नभए दसैंमा थप गाडी नचलाउने भन्दै व्यवसायीले दसैंको अग्रिम टिकट बुकिङ पनि बन्द गरेका छन् । अहिलेको अवस्थामा थप गाडी चलाउन सडकै नभएकाले अग्रिम टिकट काट्न स्थगित गरिएको महासंघका महासचिव सरोज सिटौलाले बताएको अाजको राजधानी दैनिकमा समाचार छ ।

‘सरकारले सिट क्षमताभन्दा बढी यात्रु बोक्न नदिने भनेको छ, दसैंमा एकतर्फी यात्रु मात्रै हुने भएकाले सिट क्षमताअनुसार मात्रै यात्रु बोकेर गाडी चलाउन सकिँदैन भन्ने माग व्यवसायी साथीहरूबाट आएको छ, नारायणघाट–मुग्लिन सडक खण्ड विस्तार कार्य नरोक्ने हो भने गाडी चलाउन सकिँदैन, अन्यत्रका खाल्डाखुल्डी नपुरी गाडी चल्न सक्ने अवस्था छैन, अनि यस्तो अवस्थामा कसरी गाडी चलाउनु र अग्रिम टिकट बुकिङ गर्नु ?’ महासचिव सिटौलाले भने ।

व्यवसायीले सिट क्षमताभन्दा कम्तीमा पनि २० जना बढी यात्रु बोक्न पाउनुपर्ने माग सरकारसँग गरेका छन् । यति संख्यामा बढी यात्रु बोक्दा पनि व्यवसायीलाई थप नाफा नहुने र खर्च मात्रै उठ्ने भएकाले त्यस्तो माग गरिएको व्यवसायीको भनाइ छ ।

‘काठमाडौंबाट भैरहवा पुगेर काठमाडौं फर्कदा सिट क्षमताअनुसार मात्रै यात्रु बोक्ने हो भने ४५ हजार रुपैयाँ खर्च हुन्छ, तर सिट क्षमताअनुसार मात्रै पैसा लिँदा ३८ हजार रुपैयाँ उठ्छ, प्रतिटिप ७ हजार रुपैयाँ नोक्सानी बेहोरेर व्यवसायीले गाडी चलाउन सक्दैनन्,’ सिटौलाले भने । सिट क्षमताअनुसार मात्रै यात्रु बोक्नुपर्ने भए सरकारले आफूहरूलाई सित्तैमा पेट्रोलियम पदार्थ दिनुपर्ने माग गरिएको सिटौलाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web