जुवा खेल्ने र खेलाउने महिलामाथि प्रहरीको विशेष निगरानी

अशोज १३, २०७३ मा प्रकाशित | 798 views

१३ असोज, सुर्खेत ।
नजिकिँदै गएका चाडवार्डमा हुन सक्ने सम्भावित घटनाका लागि भेरी प्रहरीले दशै तिहार लक्षित विशेष सुरक्षा योजना ल्याएको छ ।

नेपालीको महान चाड दशै, तिहार तथा छठ जस्ता चाडवार्डका बेला हुन सक्ने लुटपाट, चोरी डकैती, राजमार्ग सुरक्षा, सरकारी कार्यालय तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, जुवातास, कालाबजारी, लागूऔषध मदिराजस्ता विकृतिको रोकथामका लागि प्रहरीले विशेष सुरक्षा योजना ल्याएको हो ।

समग्र भेरीमा आपराधिक गतिविधि न्यूनिकरण ल्याउन विहीबार वीरेन्द्रनगरमा भेरी अञ्चल प्रहरी प्रमुख धिरु बस्नेतले पत्रकार सम्मेलन गरी जानकारी गराउनु भएको छ ।

अञ्चल प्रहरी कार्यालय भेरीको मातहतमा रहेका सुर्खेत, दैलेख, जाजरकोट, बाँके र बर्दियाको स्थलगत निरीक्षण तथा अनुगमन गर्न सुर्खेत आईपुगेका एसएसपी बस्नेतले शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि रोक्ने प्रतिवद्धता जनाउनु भएको हो ।

पत्रकार भेटघाटको क्रममा एसएसपी बस्नेतले सुर्खेत, बाँके र बर्दियाका १ सय २३ कुख्यात जुवाडेको पुरै वायोडाटा प्रहरीसंग रहेको बताउनु भयो । उहाँले विगतका वर्षमा १ जना २३ जना जुवाडेबाट २८ लाख रुपैयाँ जफत गरिएको समेत जानकारी दिनु भयो ।

चाडवाड नजिकिँदै गर्दा तीन जिल्लाका १४ स्थानमा जुवा खेलाउने र १ सय २३ जना जुवाडेप्रति निगरानी समेत बढाएको उहाँले बताउनु भयो । उहाँका अनुसार जुवा खेल्ने र खेलाउने कार्यमा महिलाको पनि समूह समेत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web