सर्जिकल ‘स्ट्राइक्स भारत’को भ्रम प्रचार, गोली हानेर दुई पाकिस्तानी सेनाको हत्या

अशोज १३, २०७३ मा प्रकाशित | 2014 views

१३ असोज, एजेन्सी ।
सर्जिकल स्ट्राइक्स अर्थात् अर्को देशमा छिरेर जमिन वा हवाई जुनसुकै रुपमा सैनिक कारवाही गर्नु । तर यही शब्दको सहारा लिएर भारतले बिहिबार सिमा क्षेत्रबाट गोली हानी दुई पाकिस्तानी सैनिकको हत्या गरेको छ ।

भारतद्वारा पाकिस्तानसंगको एलओसी क्षेत्रमा गोली प्रहार गर्दा अन्य ९ आफ्ना सैनिक घाइते भएको पाकिस्तान सरकारले पुष्टि गरेको छ ।

भारतीय सेनाले कश्मिरस्थित पाकिस्तानसंगको सीमा क्षेत्रमा आत‌ंकवादी विरुद्ध कारवाही गरेको भन्दै तीन पाकिस्तानी सैनिक मारिएको दाबी यसअघि गरेको थियो ।

भारतीय सैन्य अधिकारीहरुले बुधबार राति उक्त कारवाहीमा गरेको दाबी गरिरहँदा पाकिस्तानी टेलिभिजनले भने रातमा नभएर दिनमा भारतीय सेनाले लुकेर गोली प्रहार गरि आफ्ना दुई सेना मारेको त्यहाँ राखिएको सिसिटीभिको फुटेज समेत बाहिर ल्याएको छ ।

भारतको कश्मिरस्थित उरी क्षेत्रमा यसै साता १८ जना भारतीय सैनिक मारिएपछि भारत र पाकिस्तानबीचको सम्बन्ध चिसिंदै गएको छ ।

भारतले उक्त हमलामा पाकिस्तानको हात रहेको दावी गर्दै अगामी नोवेम्भरमा इस्लामावादमा हुने भनिएको सार्क सम्मेलनमा भाग नलिने बताएको छ ।

पाकिस्तानले मिथ्या आरोप भारतको प्रोपोगाण्डा भएको भन्दै बिहिबार भारतीय सर्वदलिय बैठकमा समेत उसले भने सर्जिकल स्ट्राइक्सको कुनै प्रमाण दिन नसकेको र छिट्टै दिने भनेर टारेको भन्दै सिमा क्षेत्रमा घुसेर र लुकेर गरिएको यो आक्रमणको डटेर जवाफ दिने बताएको छ ।

पाकिस्तानले भारतले गर्ने कुनैपनि कारवाही वा आक्रमणको सामना गर्न आफुहरु तयार रहेको भन्दै भारत सिमा क्षेत्रमा उग्र बनेर युद्ध निम्त्याएर एसिया र पुरै विश्वमा अशान्ति फैलाउन सक्रिय रहेको र त्यसको नेतृत्व भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरिरहेको आरोप लगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web