काठमाडौं ।
नेपाल वायुसेवा निगमले बुधबारदेखि पोखरा, भैरहवा र सिमरामा पुनः उडान सुरु गरेको छ ।

दसैं, तिहारका अवसरमा यात्रुहरुको सुविधालाई लक्षित गरी निगमले पोखरा, भैरहवा र सिमरामा उडान शुरु गरेको निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिनुभयो ।

निगमले काठमाडौंबाट हरेक दिन बिहान ६ः३० बजे पोखरा, ८ः३० बजेट सिमरा र १०ः३० बजे भैरहवा उडान भर्ने तालिका रहेको छ ।

हवाई भाडा काठमाडौं–पोखराको दुई हजार ५५०, काठमाडौं–भैरहवाको तीन हजार २५ र काठमाडौं–सिमराको दुई हजार २२५ रुपियाँ निर्धारण गरिएको निगमले जनाएको छ ।

निगमसँग आन्तरिक उडानका लागि चारवटा जहाज छन् ।

22.58¡ÆC