काठमाडौं,असोज ११ । भारतले आगामी महिना हुने १९ औ दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलनमा भाग नलिने घोषणा गरेको छ । मंगलबार नयाँ दिल्लीमा भएको पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले भारत शिखर सम्मेलनमा सहभागी नहुने बताएका हुन्। सार्क शिखर सम्मेलनमा आफू सहभागी नहुनुको कारणबारे भारतले भनेको छ, ‘सीमाक्षेत्रमा भइरहेका आतंककारी गतिविधि बढिगएको तथा एउटा राष्ट्रले छिमेकी राष्ट्रहरुको आन्तरिक मामिलामा गरिरहेको हस्तक्षेपको पृष्ठभूमिमा सफलतापूर्वक सार्क सम्मेलन सम्पन्न गर्ने वातावरण छैन।’

भारतले सार्कको वर्तमान अध्यक्ष नेपाललाई १९ औँ सार्क शिखर सम्मेलन इस्लामावादमा सफलतापूर्वक सम्पन्न गर्न नसकिने वातावरण सिर्जना भएको जानकारी समेत दिएको छ। यस विषयमा सार्कको अध्यक्ष नेपालको आधिकारिक धारणा सार्वजनिक भएको छैन। सेप्टेम्बर १८ मा भारत प्रशासित जम्मु कास्मिरको उरीमा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच सम्बन्ध चिसिएको छ। यो आक्रमणमा ८५ जना सर्वसाधारणको मृत्यु भएको थियो।

15.25¡ÆC