जापानमा ‘कालो पोथी’को सफल प्रदर्शन पछि ‘झुक्की’को मिति तय

९ असोज, टोकियो ।
ओस्कार नेपालबाट मनोनित चलचित्र कालो पोथीको जापानमा सफल प्रदर्शन गरिएको छ ।

राजधानी टोकियोको नाकानो स्थित नाकानो जिरो हलमा आइतबार चलचित्र कालो पोथीको प्रदर्शन गरिएको छ ।

चलचित्र प्रदर्शन पछि उपस्थित दर्शकहरुले चलचित्र कुनै फिल्मि कथा भन्दा १० बर्षे युद्धको समयमो मुगुको वास्तविक कथा जस्ताको तस्तै उतारको प्रतिक्रिया दिएका छन् ।

जापानमा प्रदर्शनको अधिकार पाएको टोक्यो ड्रिम्स ईन्टरटेन्मेन्टले कालो पोथी प्रदर्शन पछि अर्को बहुप्रतिक्षित बनेको दयाहागं राई अभिनित चलचित्र झुम्किको प्रदर्शन मिति घोषणा गरेको छ ।

अपिल विस्ट फिल्म प्रोडक्सनमा बनेको चलचित्रलाई सिनेमा आर्टले निर्माण गरेको हो । चलचित्रमा दयाहांग सँगै नायिका रेश्मा गुरुगंको अभिनय रहेको छ ।

चलचित्र झुम्कि राजधानी टोकियोको मेगुरोमा रहेको मेगुरो कुमिगं हलमा २३ अक्टोबर साँझ ६ बजे प्रदर्शन गर्ने भएको छ ।

यसैगरि जापानमा रहेका नेपाली चलचित्रप्रेमी दर्शकहरुको लागि अर्को खुशीको कुरा के भने टोक्यो ड्रिम्सले नै हाल नेपालमा भव्य प्रदर्शन भइरहेको चलचित्र छक्का पन्जा प्रदर्शनको प्रक्रिया पनि अघि बढाएको जानकारी दिएको छ ।

मलेसियामा बेपत्ता भएका नेपाली मृत फेला

क्वालालम्पुर ।
बैदेशिक रोजगारीका लागि मलेसिया आएका एक नेपाली बेपत्ता भएको २८ दिनपछि मृत फेला परेका छन् ।

नेपाल सुर्खेत काफलकोट गाविस वडा नम्बर ३ घर भएका डिल्लीराज बुढा मृत अवस्थामा निलाइको वन्दरवारु विपिएमको जंगलमा फेला परेको हो ।

मृतक बुढा मलेसियाको निलाईमा रहेको एक इलेट्रोनिक्स कम्पनीमा कार्यरत थिए । शव चिन्न मुश्किल हुने अवस्थामा फेला परेको बुढाको शव मोवाइल, पैसा, साँचो लगायत शवसँगै भेटिएका बस्तुका आधारमा चिनिएको हो ।

मृतकको शव सेरेम्वान अस्पतालमा राखिएको र पोष्टमार्टम गरिएको छ । बुढासँगै एउटै कम्पनीमा कार्यरत नेपाली तथा विभिन्न संघसंस्थाको पहलमा उनको शव नेपाल पठाउने तयारी भइरहेको छ ।

उनको मृत्युको कारण खुल्न सकेको छैन । मृत्यु हत्या वा आत्महत्या बारे प्रहरीले अनुसन्धान थालेको छ ।

मलेसिया खाडी मुलुकहरुमा सबैभन्दा असुरक्षित देशको रुपमा चिनिन्छ । बर्षेनि मलेसियामा ५ सय बढी नेपालीको मृत्यु हुने गरेको अनुमान छ ।

बिद्रोही बिरुद्ध सिरियाली सरकार र रुसले गरेको कारवाहीको अमेरिकाद्धारा बिरोध

१० असोज, काठमाडौं ।
अमेरिकाले सिरियामा जारी युद्धका क्रममा रुसले सिरियाली सरकारसँग मिलेर बिद्रोही बिरुद्ध गरिरहेको आक्रमणको चर्को बिरोध जनाएको छ ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आपतकालीन बैठक डाक्न लगाएर अमेरिकाले रुसले सिरिया कारबाहीका बारेमा गलत जानकारी दिएको आरोप लगाएको हो ।

अमेरिकाले सिरियामा रुसको कारबाही चरमपन्थी कारबाही भन्दा बर्बरता भएको दाबी गरेको छ ।

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत सैमन्था पावरले सोमबारको सुरक्षा परिषदको बैठकमा बिद्रोहीको कव्जामा रहेको पूवी अलेप्पोमा रुस तथा सिरिया सेनाले जर्मनी तफबाट हवाइ हमला गरिरहेको भन्दै यो बर्बर भएको बताइन् ।

यसको जवाफमा रुसी राजदूत विटाली चुरकिन ले सीरियामा शान्ति पुनर्वाहली असम्भब काम भएको भन्दै हतियारबन्द बिद्रोही गुटले हालै लागू भएको युद्धविराम तोडेपछि कारवाही थालिएको जवाफ दिएका दिए ।

सिरियाका प्रतिनिधिले सुरक्षा परिषदमा सरकारी सेनाले अलेप्पो क्षेत्र नियन्त्रणमा लिने प्रयास गरिरहेको भन्दै रुसको कारवाहीले सरकारलाई सहयोग पुगेको जवाफ दिएका थिए ।

यसअघि आइतबार अमेरिका, बेलायत, फ्रान्सले अलेप्पोको विग्रदै गएको अवस्थाबारे छलफल गर्न सुरक्षा परिषदको बैठक बोलाउन माग गरेका थिए ।

सीरियामा लागू भएको युद्धविराम भंगभएसँगै सीरियामा सरकारी सेनाले अलेप्पोमा विद्रोहीको कव्जामा रहेको क्षेत्रमा हवाइ हमला बढाएको छ ।

पछिल्ला दिनमा १५० भन्दा धेरै हवाइ हमला भएका छन् । ५० बढी व्यक्तिको मृत्यु भइसकेको बताइएको अलेप्पो क्षेत्रमा दिनहुँ बम बारुद्ध बिस्फोट र मृत्युको खवर आइरहेको भन्दै युद्धग्रस्त क्षेत्रमा हजारौं निर्दोस नागरिक रहेको बताइन्छ ।

स्मरणीय छ अमेरिकाले सिरिया सरकार बिरुद्ध असहयोगको नीति लिंदै आएको छ भने बिद्रोहीको बिरोध गरेपनि आर्थिक लगायतका सहयोग र उनिहरुको बचाउ गरेर अमेरिकाले युद्ध भड्काउने काम गरिरहेको सिरियाली सरकारले बताउँदै आएको छ ।

नेपाल वायुसेवाले दुई एयर बस किनेर जापान सहित खाडीका देशमा उडान थप्ने

१० असोज, काठमाडौं  ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले थप दुईवटा एयर बस किन्ने प्रक्रिया अघि बढाएको छ ।

अन्तराष्ट्रिय उडानका लागि दुई वटा नयाँ एयर बस खरिदको प्रक्रिया सुरु गरेको निगमले बताएको छ ।

विमान खरिदका लागि नेपाल सरकार जमानी बसेपछि कर्मचारी संचयकोषले वायु सेवा निगमलाई २५ अर्ब रुपैयाँ ऋण दिने निर्णय भएपछि निगमले बिमान खरीद प्रक्रिया थालेको हो ।

वाइड बडी भएका नयाँ विमान आएपछि खाडी मुलुकका साथै जापान, कोरिया लगायतका गन्तव्यमा उडान गर्ने निगमले बताएको छ ।

वायु सेवा निगमले विमान खरिदका लागि भनेर बोलपत्र आहृवान गरेको छ ।

ए ३००९२०० एयर बसका लागि एयर बस, एयरलाइन्स कम्पनीहरु र विमान भाडामा लिएका कम्पनीहरुले टेण्डर भर्न सक्नेगरि डेण्डर खुलाइएको छ ।

टेण्डरका लागि ४५ दिनको समय दिइएको छ । खरिद प्रक्रियाका सबै काम सकेर अर्को असोजमा पहिलो र चैतमा अर्को विमान ल्याइसक्ने लक्ष्य छ ।

वायु सेवा निगमसँग अहिले दुई वटा बोइङ र दुई वटा न्यारो बडीको एयरबस छ ।

वायुसेवा निगमले दुवई लगायतका खाडी देशमा उडान बढाएको छ भने अन्य खाडीका देश सहित जापानबाट समेत उडानको माग बढेको छ ।

हाल जापानमा ६० हजार बढी नेपाली रहेका छन् । दुई दशक अघिसम्म जापानबाट सिधा नेपाल उडान भर्दै आएको वायुसेवा त्यसपछि धराशायी बन्दा ५ बर्षअघि एक समय अन्र्तराष्टिय उडान विहिन बन्न पुगेको थियो ।

हाल नयाँ विमान खरीद र यसको चुस्तप्रशासनमा ध्यान दिएर सरकारले सहयोग गरेपछि वायुसेवा निगम तंग्रिने अवस्थामा पुगेको छ ।

स्मरणीय छ जापानमा सफल व्यवसायीको रुपमा चिनिएका एनआरएन उपाध्यक्ष समेत रहेका भवन भट्टले पनि जापानबाट नेपाल सिधा उडान गर्नेगरि दुई बर्षभित्रमा निजि लगानीमा बिमान खरीद प्रक्रिया अघि बढाइसकेको बताएका छन् ।

पासपोर्ट र बिदेशस्थित नियोगहरुबाट नेप्लिज शब्द हटाइने

१० असोज, न्यूयोर्क ।
संयुक्त राष्टसंघको ७१ औं महासभामा भाग लिन अमेरिका आएका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले ‘नेप्लिज’ शब्द हटाएर नेपाली प्रयोग गर्न सबै कुटनीतिक नियोगहरुलाई आग्रह गरेका छन् ।

मन्त्री महतले नेप्लिज शब्दलाई हटाएर ‘नेपाली’ नै प्रयोग गर्ने आफ्नो निर्णयलाई मन्त्रिपरिषदमा लैजाने तयारी गरेको समेत बताएका छन् ।

नेपाल अमेरिकी पत्रकार संघ'नेजा'ले न्युयोर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा.महतले तत्कालका लागि विश्वभर रहेका नेपाली राजदूतावास, कूटनीतिक नियोग, कन्सुलेट अफिसहरुलाई यस निर्णयबारे परिपत्र गरिसकेको बताएका छन् ।

मन्त्री महतले भने ‘मैले भाषाविद्हरुसंग पनि यसबारे छलफल गरेको थिएँ र उहाँहरुले यो कुरा सहि भएको सल्लाह दिएपश्चात मैले यो निर्णय गरेको हुँ, नेप्लिज भन्नुभन्दा नेपाली भन्दा हृदय छुन्छ ।’

मन्त्री महतले नेपाल सरकारले जारी गरेको हालको पासपोर्टमा ‘नेप्लिज’ भएपनि अब नयाँ छापिने पासपोर्टमा łनेपाली’ हुने  बताए ।

नयाँ कार्यदिशा बनाउने भन्दै प्रचण्ड माओवादीले राष्ट्रिय भेला डाक्यो

१० असोज, काठमाडौं ।
सत्ता सम्हालेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण र गरेका बिवादास्पद निर्णयका कारण जनताको चर्को बिरोध खेपिरहेको सत्तारुढ नेकपा माओवादी केन्द्रले राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ ।

सोमबार माओवादी हेडक्वाटरको बैठकले कात्तिक १० र ११ गते काठमाडौंमा राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ ।

पुसमा गर्ने भनिएको पार्टी महाधिवेशन नयाँ सरकार गठनसँगै स्थगित भएपछि माओवादीले भेला डाकेर नयाँ राजनीतिक कार्यदिशा बनाउने बताएको छ ।

विगतमा जस्तै भेलामा अध्यक्ष प्रचण्डले पार्टीको नयाँ कार्यदिशासहितको राजनीतिक प्रतिवेदन पेश गर्ने भएका छन् ।

राजनीतिमा हांस्यको बिषय बनिरहेको २५ सय जनाको जम्बो महाधिवेशन आयोजक समितिलाई घटाउने विषयमा भेलामा छलफल हुने ठानिएको छ ।

बैठकका निर्णयबारे जानकारी दिँदै पार्टी प्रवक्ता पम्फा भुसालले ‘सचिवालयको बैठकमा पार्टी संगठनबारे गम्भीर छलफल भएको र पार्टीको आन्तरिक संगठनलाई व्यवस्थित गर्न कार्तिक १० र ११ गते राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णय जानकारी दिइन् ।

प्रवक्ता भुसालका अनुसार ‘राष्ट्रिय भेलामा संगठनको आकारलाई व्यवस्थित र चुस्त बनाउने, स्थानीय तहको निर्वाचन लक्षित संगठनात्मक संरचना निर्माण गर्ने र स्थानीय निर्वाचनमा पार्टीको विजयलाई सफल तुल्याउने कार्य्विधि, संगठन र जिम्मेवारीबारे’ छलफल हुनेछ ।

भेलामा बरिष्ठ उपाध्यक्ष रहेका नारायणकाजी श्रेष्ठले फरक मत सहितको राजनीतिक प्रतिवेदन पेश गर्ने बताइन्छ ।

यसअघि भएका माओवादी केन्द्रिय बैठकहरुमा प्रचण्डले राख्दै आएका अधिकाशं पार्टीको कार्यदिशा सन्दर्भमा तत्कालिन उपाध्यक्ष रहेका बाबुराम भट्टराईले फरक मत सहितको प्रतिवेदन प्रस्तुत गर्दै आएका थिए ।

हाल बाबुराम भट्टराई नयाँ शक्ति पार्टी खोलेर आफैं अध्यक्ष बनेका छन् ।

स्थानीय तह पूनर्संरचनाबारे प्रमूख दलबीच सैद्धान्तिक सहमति

काठमाडौं,असोज ९ । स्थानीय तह पूनर्संरचनाबारे छलफल गर्न बसेको प्रमूख तीन दलको बैठकमा स्थानीय तह पूनर्संरचनाबारे सैद्धान्तिक सहमति जुटेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आब्हानमा बसेको प्रमूख तीन दलको बैठकमा स्थानीय तह पूनर्संरचनाबारे छलफल भएको थियो । छलफलमा स्थानीय तह पूनर्संरचना आयोगको कामबारे छलफल भएको थियो ।

बैठकले पुराना इलाकाहरुलाई आधार मानेर त्यसको संख्या र सीमा आसपास स्थानीय तह पूनर्संरचना गर्न आयोगलाई आग्रह गर्ने सहमति भएको छ । बैठकका निर्णयबारे जानकारी दिँदै प्रधानमन्त्रीका प्रमूख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले भन्नुभयो, ‘स्थानीय तह पूनर्संरचना आयोगको काम प्रभावित नहुने गरी विगतका इलाकीय संरचनालाई आधार मानेर स्थानीय तहको संख्या र सीमा निर्धारण गर्ने सैद्धान्तिक सहमति भएको छ ।

अब सरकारले दलीय सहमति अनुसार आयोगलाई थप निर्देशित गरेर स्थानीय तहको काम टुंगाउनेछ ।’ बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल लगायत तीन दलका शीर्ष नेताहरु सहभागी हुनुहुन्थ्यो ।

चालकको बयानः’दमौलीबाट म चलाउँछु भन्नुभयो,गाडी कसरी उछिटिएर गयो थाहा पाइँन’

काठमाडौं,असोज ९ ।  आमालाई मुक्तिनाथ धामको तीर्थाटन गराएर फर्किँदै गरेका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेले आफै चलाएका जीप बेपत्ता भएको छ ।  घिमिरे  स्कारपियो जीपमा आमा र आफन्त लिएर मुक्तिनाथ गएका फर्कदै थिए । उहाँहरु पोखरा हुँदै आइतबार काठमाडौं फर्किँदै थिए ।

त्रिशुलीमा खसेको जीपबाट उछिट्टिर बाँच्न सफल भएका घिमिरेका चालक बिष्णु राईले नै प्रहरीलाई सबैभन्दा पहिले दुर्घटनाको खबर गरेका थिए ।  दुर्घटनामा घिमिरेकी आमा र अंग रक्षकसहित ३ जनाको ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा घिमिरेकी आमा चैतन्य कुमारी घिमिरे, आफन्त नारायण प्रसाद काफ्ले र अंगरक्षक सशस्त्र प्रहरीका सई रामचन्द्र कार्की रहेका प्रहरीले जनाएको छ ।

दमौलीमा केहीबेर रोकिएपछि घिमिरेले चालक राईलाई भनेका थिए-तिमी थाकेका छौ, केबलकारसम्म म चलाउँछु, अनि तिमी चलाउनू । तर, केबलकार अर्थात कुरिनटार नपुग्दै गाडी त्रिशुलीमा खस्यो ।

घिमिरेको भनाइ सम्झिँदै चालक राईले भने- केबलकार चढ्ने ठाउँ आउन एकरदुई किलोमिटर छ भने जस्तो लाग्छ, त्यसपछि गाडी कसरी उछिटिएर गयो केही पनि थाहा पाइँन । चितवनको दारेचोकमा दुर्घटनामा परेका पूर्वमन्त्री माधव घिमिरेको खाजी कार्य आजका लागि स्थगित भएको छ ।

दुर्घटनामा घाइते भएका चालक विष्णु राई भरतपुर अस्पताल भर्ना गरिएको छ ।

नुवाकोट–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चको नेतृत्वमा अधिकारी

काठमाडौं,असोज ९ । नेकपा (माओवादी) निकट नुवाकोट–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चको जिल्ला भेला सम्पन्न भएको छ । भेलाले राजु अधिकारीको नेतृत्वमा २३ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा उद्धव नेपाल, परशुराम पाठक, यमलाल तामाङ, सचिवमा कृष्ण तामाङ, सहसचिव प्रलाद न्यौपाने, कोषाअध्यक्षमा वैकुण्ठ पौडेल र बाँकी १७ जना जिल्ला सदस्य रहेका छन ।

त्यसै गरि सोहि भेलाले ६ सदस्यीय सल्लाकार समिति पनि चयन गरेको छ । सल्लाकार समितिमा सुरेश अधिकारी, नरोत्तम पाण्डे, नारायण नेपाल, उद्धव पौडेल, राज कु. तामाङ, केशव खतिवडा रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथी नेकपा (माओवादी)का स्थाई समिति सदस्य सन्तोस बुढा मगर, पोलिटव्युरो सदस्य अनिल शर्मा  जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय अध्यक्ष रत्न मगर, केन्द्रीय सचिव सुरेश अधिकारी, अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य तथा उपत्यका व्यूरो इन्चार्ज नारायण नेपाल, त्यस्तै जनगणतान्त्रिक सम्पर्क मञ्चका व्यूरो संयोजकहरु तथा विभागीय प्रमुख सहभागि थिए ।

कार्यक्रममा प्रमुख अतिथी सन्तोष बुढामगरले नेपालको कम्युििनस्टलाई पछाडी धकेल्न उत्तर साम्राज्यवादी शक्ति सफल भए पनि कम्युस्टि आन्दोलन नामेट पार्ने उनिहरुको सपना भने तुहिएको वताए । सो कार्यक्रममा अनिल शर्मा, सुरेश अधिकारी , नाराण नेपाल लगायत अरु अतिथीहरुले मन्तव्य राखेका थिए । सो कार्यक्रमको अध्यक्षता उद्धव पौडेलले गरेका थिए । भने कार्यक्रमको संचालन राजु अधिकारीले गरेका थिए ।

राष्ट्र बैंकले दशैंको लागि नयाँ नोट साट्न थाल्यो

९ असोज, काठमाडौं ।
नेपाल राष्ट्र बैकले आजदेखि दशैका लागि बैक तथा वित्तीय संस्थालाई नयाँ नोट दिन शुरु गरेको छ ।

बैकहरुले भने भोलीबाट सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने छन ।

बैक तथा वित्तीय संस्थालाई आजदेखि आगामी १४ गतेसम्म नयाँ नोट उपलब्ध गराइने राष्ट्र बैकले जनाएको छ ।

राष्ट्र बैकले सर्वसाधारणका लागि असोज १६ गतेबाट राष्ट्र बैकको क्षेत्रीय कार्यालय थापाथलीबाट नयाँ नोट उपलब्ध गराउने छ ।

प्रिमियर लिग एपियल क्रिकेटमा पञ्चकन्या र कान्तिपुर गोर्खाज बिजयी

९ असोज, काठमाडौं ।
एभरेस्ट प्रिमियर लिग ई पि यल क्रिकेटमा पञ्कन्या तेज र कान्तिपुर गोर्खाज टिम विजयी भएका छन् ।

त्री वि क्रिकेट मैदान कीर्तिपुरमा आईतबार भएको पहिलो खेलमा पञ्कन्या तेजले जगदम्बा राईनोजलाई ६ विकेटले पराजित गरेको थियो ।

राईनोजबाट पाएको १ सय ३० रनको विजयी लक्ष्ये तेजले १९ ओभरमा ४ विकेटको क्षेतीमा भेट्टाएको थियो । तेज टिमको तर्फबाट पृथु बास्कोटाले सर्वाधिक ४८ रन बनाएका थिए ।
कीर्तिपुर मै भएको दोस्रो खेलमा कान्तिपुर गोर्खाजले सगरमाथा लेजेन्डस्लाई ७ विकेटले पराजित गरेको थियो ।

पहिलो ब्याटिङ्ग गरेको सगरमाथा लेजेन्डस्ले पुरै २० ओभर खेल्दै ९ विकेटको क्षेतीमा १ सय २४ रन बनाएको थियो । सगरमाथा लेजेन्डस्का लागि मेहबुब आलमले सर्वाधिक २३ रन बनाएका थिए ।
निकै कम्जोर बलिङ्ग गरेको कान्तिपुर गोर्खाजले २४ अतिरिक्त रन दिएको थियो ।

कान्तिपुर गोर्खाजका तर्पmबाट कप्तान बसन्त रेग्मीले मात्र राम्रो बलिङ्ग गर्न सफल रहे । कप्तान रेग्मीले ४ ओभरमा मात्र १३ रन दिएर ३ विकेट लिएका थिए ।

कान्तिपुर गोर्खाजले १ सय २४ रनको विजयी लक्ष्ये ३ विकेटको क्षेतिमा १५ ओभर मै प्राप्त गरेको थियो । कान्तिपुर गोर्खाजका लागि प्रदिप ऐरीले ३८ बलमा ५५ रनको योगदान गर्दै अर्धसतक पुरा गरेका थिए ।

प्रतियोगिता शनिबार देखि शुरु हुने भनिए पनि वर्षाका कारण विशाल वारीयर्स र कान्तिपुर गोर्खाजबिचको उद्घाटन खेल स्थगित हुन जाँदा दुवै टिमले समान १÷१ अङ्क बाँडेका थिए ।

संविधान संशोधनबारे बालुवाटारमा प्रमूख तीन दलको बैठक

९ असोज, काठमाडौं ।
संविधान संशोधनका विषय र भारतसँग गरेका विवादास्पद सहमतीका कारण चर्को जनबिरोध खेपिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन दलको बैठक राखेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रमूख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रमूख नेताहरुको सहभागीता रहेको छ ।

बैठकमा संविधान संशोनका विषय, राजनीतिक सहमति लगातका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजि सचिवालयले जानकारी दिएको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web