९ असोज, बैतडी ।
भिरवाट लडेर दार्चुलामा आज दिउसो एक मजदुरको ज्यान गएको छ ।

ज्यान जानेमा झापाको हल्दुबारी ७ का ५० बर्षिय धन बहादुर मगराती रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रण बहादुर चन्दले जानकारी दिनुभयो ।

दार्चुलामा रहेको अपि हाईड्रो पावरमा विद्युतको लाईन तान्ने कामदारको भान्सेका रुपमा कार्यरत रहेका मगरातीको आज दिउसो ३ बजे दार्चुलाको धुलीगडा ४ सुकेखोला भिरवाट लडेर ज्यान गएको प्रहरीले बताएको छ ।

मगराती अपि हाईड्रो पावरको ड्याम अगाडी सुकेखोला भिरवाट लडेर करिव ७० मिटर तल खसेर घटनास्थलमै ज्यान गएको हो ।

झापा घर भएका मगराती तिन दिन अगाडी असोज ६ गते मात्र अपि हाईड्रो पावरमा काम गर्नका लागी दार्चुला आएका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । शव परिक्षणका लागी गोकुलेश्वर अस्पतालमा ल्याउने तयारी भईरहेको बताईएको छ ।

एन्फा अध्यक्षबाट बिज्ञानराज पछि हटे, नरेन्द्र र कर्मा प्रतिस्पर्धामा

९ असोज, काठमाडौं ।
अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा उम्मेदवारी दिने बताएका नेपाल प्रहरीका अधिकृत विज्ञानराज शर्मा चुनावी प्रतिस्पर्धाबाट पछि हटेका छन् ।

शर्माको उम्मेदवारी नपरेपछि अध्यक्ष दाबेदारी देखाउँदै आएका नरेन्द्र श्रेष्ठ र कर्मा छिरिङ शर्माले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्षमा दावी गरेका अर्का टासी घलेले पनि उम्मेदवारी दर्ता गराएनन् ।

एन्फाका उपाध्यक्ष एवं हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माले उम्मेदवारी दर्ताको अन्तिम दिन उपाध्यक्षसहित उम्मेदवारी घोषणा गरेका हुन् । उनको प्यानलबाट उपाध्यक्षका लागि दीपक खातीले उम्मेदवारी दिएका छन् ।

खाती एन्फाका पूर्व केन्द्रीय सदस्य तथा पूर्व राष्ट्रिय फुटबलर हुन् । आफु समर्थित जिल्ला फुटबल संघका अध्यक्ष तथा क्लबका प्रतिनिधिसहित एन्फा कम्प्लेक्स सातदोवाटो पुगेर कर्मा र दीपकले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचनका लागि नरेन्द्र श्रेष्ठले उम्मेदवारी दर्ता गरिसकेका छन् । उनी एन्फाका बर्तमान कार्यबाहक अध्यक्ष हुन् र उनलाई आर्थिक अनियमिता लगायतका आरोप लगाएर फिफाले प्रतिवन्ध लगाएका गणेश थापाको समर्थन रहेको छ भने थापाका विश्वासपात्रको रुपमा समत श्रेष्ठलाई चिनिएको छ ।

थापामाथि प्रतिवन्ध लागेपछि जिम्मेवारी सम्हाल्दै आएका बरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको असामयिक निधन भएपछि यी दुई पद चयनका लागि निर्वाचन हुन लागेको हो ।

उम्मेदवारी दर्ता गर्ने आज अन्तिम दिनमा अध्यक्षका लागि २ र उपाध्यक्षका लागि ३ जनाको उम्मेदवारी परेको छ ।

एन्फा उपाध्यक्षका लागि श्रेष्ठ प्यानलबाट मणि कुवँर चुनावी प्रतिस्पर्धामा छन् भने पूर्व राष्ट्रिय खेलाडी उपेन्द्रमान सिंहले स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेका छन् ।

एन्फाको चुनावमा ४५ जिल्ला फुटबल संघ, १२ ए डिभिजन, ५ बी डिभिजन र ३ सी डिभिजन क्लवका साथै खेलाडी संघ, रेफ्री संघ, महिला संघ र प्रशिक्षक संघ गरी ६९ मतदाता छन् ।

लामो समयदेखि एन्फा सुद्धीकरण अभियानको नेतृत्व गरेका शेर्पाको उम्मेदवारी घोषणा कार्यक्रममा एन्फाका असन्तुष्ट भनिएका पदाधिकारी, जिल्ला फुटबलका प्रतिनिधि र क्लव प्रतिनिधिपनि उपस्थित देखिन्थे ।

अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका कर्माले अध्यक्षमा आफू निर्वाचित भए आर्थिक, प्रशासनिक र नीतिगत पारदर्शीता लागू गर्ने बताएका छन् ।

एन्फा अध्यक्षको प्रत्यासीका रुपमा देखिएका पूर्व राष्ट्रिय फुटबलर तथा नेपाल प्रहरीका एआइजी बिज्ञानराज शर्माले भने उम्मेदवारी दर्तानै गरेनन् ।

पूर्व राष्ट्रिय टोलीका डिफेण्डर शर्माले एन्फाको निर्वाचन प्रक्रियाका कारण उम्मेदवारी दिन नसकेको बताए ।

एन्फाको बिधानमै उल्लेख भएको अध्यक्षका लागि ५/५ जना प्रस्तावक र समर्थक रहनुपर्ने व्यवस्थाका कारण आफ्ने उम्मेदवारीमा प्रस्थावक र समर्थक बस्न कसैले खुलेर आँट नगरेको उनले बताए ।

एन्फा अध्यक्ष र वरिष्ठ उपाध्यक्षका लागि आगामी कार्तिक ८ गते चुनाव हुँदैछ ।

टिना र शिवको शव नेपाल पठाउन काभ्रेली समाजको सहयोग

९ असोज, टोकियो ।
अध्ययनका लागि जापान आएर मृत्यु भएका दुई नेपाली युवाको शव नेपाल पठाउनको लागि काभ्रेली समाज जापानले ८७ हजार जापानी येन सहयोग गरेको छ ।

काभ्रेली समाज जापानले दुई साता अघि झुण्डिएर आत्महत्या गरेकी टिना गूरूगंको लागि ४४ हजार येन र उपचारको क्रममा मृत्यु भएका शिव रोका मगरको लागि ४३ हजार रुपैयाँ सहयोग गरेको हो ।

काभ्रेली समाज जापानले आज दुवै रकम मगर संघ, नेपाली बिधार्थी समाज र राप्ती समाजको नेतृत्वलाई हस्तान्तरण गरेको हो ।

दुवैजनाको मृत्युपछि शव नेपाल पठाउन आर्थिक अभाव भएपछि चन्दा सहयोग मागेर रकम संकलनको काम भइरहेको छ ।

एकअर्कामा सहयोगको भावनाको बिकास गर्ने उदेश्य सहित सहयोग गरिएको काभ्रेली समाजले जनाएको छ ।

जापानमा नेपाली विद्यार्थीको निधन

टीनाको शव आर्थिक अभावमा जापानमै अलपत्र, सहयोगको आव्हान

आमालाई मुक्तिनाथ दर्शन गराएर फर्केका पूर्व गृहमन्त्री त्रिशुलीमा बेपत्ता (विस्तृतमा)

९ असोज, काठमाडौं ।
पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे सहित उनि चढेको गाडी त्रिसुलीमा बेपत्ता भएको छ ।

चितवन प्रहरीले दिएको जानकारी अनुसार घिमिरे चढेको बा९च १५३१ नम्वरको गाडी पनि चितवनको दाह्रोचौकस्थित घोप्टेभिरबाट त्रिशुली नदिमा खसेर बेपत्ता भएको हो ।

आइतबार दिउँसो ४ बजे गाडी खस्दा घिमिरे सहित चार जना बेपत्ता भएका हुन् । काठमाडौं आउँदै गरेको गाडीमा सात जना रहेकोमा एक महिलासहित चार जनाको उद्धार गरिएको छ ।

स्पष्ट पहिचान नखुलेपनि उद्दार गरिएकी बृद्ध महिलाको नाम चैतन्यकुमारी रहेको र उहाँ बेपत्ता पूर्व गृहमन्त्री घिमिरेकी आमा भएको अनुमान गरिएको छ ।

उद्दार गरिएकामा बृद्ध महिलासहित चालक विष्णु राई, सशस्त्र प्रहरीका हवल्दार आरसी कार्की र नारायणप्रसाद काफ्ले रहेका छन् ।
उद्दार गरिएका मध्ये राईको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ ।

पानीमा पुरै डुवेको गाडी निकाल्ने प्रयास भइरहेको प्रहरीले बताएको छ । उद्दारमा शसस्त्र प्रहरी र सेना पनि खटिएको छ ।

गाडीमा रहेका बेपत्ताहरु डुवेको गाडीमा नरहेको भन्दै प्रहरीले बेपत्ता चार जनालाई त्रिशुलीले बगाएको बताएको छ ।

नेपाल सरकारका पूर्व मूख्य सचिव समेत रहेका बेपत्ता पूर्व गृहमन्त्री घिमिरे खिलराज रेग्मीको नेतृत्वमा बनेको मन्त्री परिषदमा गृहमन्त्री रहेका थिए ।

घटनास्थलबाट उद्धार गरिने क्रममा एकजनाको शव भेटिएको र ती व्यक्ति नेपाल प्रहरीका असई भएको बताइएको छ ।
उनको स्पष्ट परिचय खुल्न बाँकी रहेको छ ।

उद्धारमा कुरिनटारस्थित सशस्त्र प्रहरी बलको आपतकालीन उद्दार टोलीनै खटिएको छ ।

उद्धार गरिएकाहरुमा नारायणप्रसाद काफ्ले आरसी कार्की, प्रहरी विष्णु राय र बृद्ध महिला चैतन्यकुमारी घिमिरे रहेका प्रहरीले बताएको छ ।

उनीहरु मध्ये ३ जनाको मृत्यु भएको बताइएपनि प्रहरीले भने पुष्ठि हुन बाकी रहेको जानकारी दिएको छ ।

मृतकमध्ये बृद्ध महिला घिमिरेकी आमा भएको अनुमान गरिएको छ । गाडी चालकलाई जिवितैउद्धार गरिएको बुझिएको छ ।

त्रिशुलीमा खसेको जीपबाट उछिट्टिर बाँच्न सफल भएका घिमिरेका चालक बिष्णु राईले नै प्रहरीलाई सबैभन्दा पहिले दुर्घटनाको खबर गरेका थिए । उनले भने- दमौलीदेखि गाडी उहाँले चलाउनुभएको थियो ।

दमौलीमा केहीबेर रोकिएपछि घिमिरेले चालक राईलाई भनेका थिए-तिमी थाकेका छौ, केबलकारसम्म म चलाउँछु, अनि तिमी चलाउनू । तर, केबलकार अर्थात कुरिनटार नपुग्दै गाडी त्रिशुलीमा खस्यो ।

घिमिरेको भनाइ सम्झिँदै चालक राईले भने- केबलकार चढ्ने ठाउँ आउन एक/दुई किलोमिटर छ भने जस्तो लाग्छ, त्यसपछि गाडी कसरी उछिटिएर गयो केही पनि थाहा पाइँन ।

पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे आफ्नी ८० वर्षीया आमा चैत्यकुमारीलाई मुक्तिनाथ धामको तीर्थाटन गराएर आइतबार काठमाडौं फर्किँदै थिए ।

रेखा थापाले पाँचथरमा आएर चुनाव लड्न चाहेको भन्दै भोट मागेपछि

९ असोज, पाँचथर ।
रेखा थापाले पाँचथरमा राजनितिक गर्ने इच्छा ब्यक्त गरिन ।
नेपाली फिल्मी नाइका रेखा थापाले पाँचथरको फिदिममा हजारौ दर्शकहरुलाई शनिबार जुरुक जुरुक नचाएकी छन् ।

अल्फा ओमेगा टेनिङ सेन्टरको आयोजनामा एकै परिवारको पाँच अपाङ 'फरक क्षमता भएका' को सहयोगार्थ आयोजित बृहत सास्कृतिक कार्यक्रममा उनले पाँचथरको हजारौ दर्शकहरुलाई मन जितेर उनको नृत्यबाट दर्शकहरुलाई समेत नचाएकी छन् ।

सो कार्यक्रममा पाँचथरबाट गायन क्षेत्रमा चर्चामा पुगेका डेबिड शंकरले आफ्ना बिभिन्न एलबम्बहरुको गीत गाएका थिए । अन्य राष्ट्यि तथा स्थानिय कलाकारहरुले बेजोडका साथ नृत्य तथा गायन गरेका थिए ।

नेपाली नायिका रेखा थापाले सम्पुर्ण महिला दिदी बहिनीहरुलाई स्वभिमानी बन्न आग्रह गरेकी छन् भने पुरुष दाजुभाईहरुलाई महिलालाई सम्मान गर्न आग्रहसमेत गरेकी छन् ।

रेखा थापाको सांगितिक कार्यक्रम मनपराएर भेला भएका पाँचथरका हजारै दर्शक माझ आफु राजनितीकमा आउने चाहाना ब्यक्त गरेकी थिइन । उनले दर्शकहरुलाई आफु निर्बाचन लडेमा भोट दिनुहुन्छ भनि जिज्ञासा राखेकी थिइन ।

रेखाले आफुलाई नायिका भन्दा अर्को कुन भुमीकामा आफुलाई देख्न रुचाउनु हुन्छ भनि दर्शकसंग प्रश्न गर्दा दर्शकहरुले कलाकार नायीका नै भएको हेर्न चाहाना भएको हुटिङ गरिरहेका थिए ।

दशैं तिहार नजिकिएसँगै पाँचथरमा बजार अनुगमन सुरु

९ असोज, पाँचथर ।
नेपालीहरुका ठुला चाँड दशै तथा तिहार नजिकिदै गर्दा पाँचथरको फिदिममा खाध्यन्न लगायतका पसलहरु अनुगमन शुरु भएको छ ।

खुद्रा तथा किरानाका पसलहरुमा म्याद समाप्त भएका सामाग्रीहरु बिक्री बितरण हुने भएकाले बजार अनुगमन शुरु गरिएको जिल्ला बजार अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर बस्नेतले बताउनुभएको छ ।

शनिबार गरिएको फिदिम बजार अनुगमनमा पनि किराना पसलहरु मध्ये अधिकांसमा म्याद समाप्त भएका सामानहरु भेटिएका थिए । ती सामानहरु डिलरले नै खुद्रा तथा होलसेल पसलमा पठाउने गरेको यहाँका ब्यबसायीहरुले बताएका छ । अनुगमनको क्रममा भुजिया, कोकोकोला, चक्लेट, बिस्कुट, र्हर्लिक्सलगायतका किराना सामान म्याद सकिएका फेला परेका थिए ।

ती म्याद सकिएका सामाग्रीहरु अनुगमन समितिले जफत गरि नस्ट समेत गरेको गरेको छ । बजार अनुगमनको क्रममा कतिपय पसलहरु दर्ता नै सञ्चालन गरिएको, मदिरा र किराना सामान एकै ठाउँमा ९मिक्समास० राखेर बिक्री गरिएको समेत फेला पारेका थिए ।

यता ब्यससायीहरु भने पसल कति ठाउँमा दर्ता गर्नु दर्ता गर्दा गदै हैरान भएको गुनासो गदै आएका छन् । ब्यबसायी कमल बास्कोटाको भनाइ रहेको छ ।
यता जिल्ला अनुगमन समितिले तत्काल पसल दर्ता गर्न ब्यबसायीहरुलाई सचेतसमेत गराएको छ । अनुगमन गर्दा फेला परेका म्याद सकिएका कोकोकोला, भुजीया, चक्लेटलगायतका सामान शनिबार नै जिल्ला प्रशासन कार्यालयमा लगेर नस्टसमेत गरिएको थियो ।

उपभोक्ताहरुलाई म्याद सकिए नसकिएको भन्ने हेरेर मात्र खरिद गर्न आग्रह गरिएको छ ।यसरी ब्यबसायीहरुले म्याद सकिएका समान बिक्री बितरण गर्दा सर्बसाधरणको स्वास्थ्यमामा नकारात्मक असर पुग्ने भएकोले यसतर्फ सम्बन्धित पक्ष सचेत हुन आवश्यक देखिन्छ ।

स्थानिय मन्त्री भन्छन्-‘स्थानिय तह पूर्नसंरचनामा आयोगको प्रस्तावमा थपहट हुन्छ’

९ असोज, धनगढी ।
संघिय मामिला तथा स्थानीय बिकास मन्त्री हितराज पाण्डेले स्थानीय तह पुर्नसंरचना आयोगले स्थानीय तहको संख्या ५६५ रहने भनी गरेको प्रस्ताव दलिय सहमतिका आधारमा थपघट हुने बताएका छन् ।

कैलालीको धनगढीमा आज देखि शुरु भएको सात नम्बर प्रदेश स्तरीय क्षेत्रिय बार्षिक समिक्षा गोष्ठीको आज धनगढीमा उद्घाटन गर्दै उनले जनतालाई अधिकार सम्मपन बनाउन मुलुक स्थानीय तह, संघीय र प्रदेश संरचनातर्फ उन्मुख भइरहेकाले त्यसै अनुरुपको बस्तुवादी योजना, निति, कार्यक्रम निर्माणमा केन्द्रीत रहन कर्मचारीलाई निर्देशन दिए ।

मन्त्री पाण्डेले संबिधानको कार्यान्वयन, पुर्ननिर्माण, सुशासन, राष्ट्रिय समृद्धिलाई प्राथमिता राखेर सरकारले काम गरिरहेको बताए ।

स्थानीय तह पुर्नसरचना आयोगले असोज भित्रै स्थानीय तहको संख्या, सिमाना निर्धारण प्रतिबेदन बुझाउने गरी काम गरिरएको जानकारीमा आएको उल्लेख गर्दै उहाले आगामी चैत्रमा स्थानीय तहको निर्वाचन गर्नका लागि सरकारले आवश्यक तयारी शुरु गरिसकेको बताए ।

दुइ दिनसम्म चल्ने गोष्ठीमा यस क्षेत्रका ९सात नम्बर प्रदेश स्थित० सवै नौ जिल्लाका स्थानीय बिकास अधिकारी, कार्यकारी अधिकृत लगायतको सहभागिता रहेको छ ।

बर्षाका कारण विराटनगरक्षेत्र डुबमानमा

९ असोज, बिराटनगर ।
रातभरी तथा आज विहानदेखी परेको वर्षाका कारण विराटनगर क्षेत्रमा एकसय भन्दा वढि घरहरु डुवानमा परेका छन ।

वर्षाको पानीको निकास नभएपछी डुवानका कारण विराटनगर–५ स्थित ऋषिदेव टोलमा ४० परिवार विस्थापित भएकाछन । उनीहरु अहिले सडकमा वसि रहेको मोरंङ प्रहरीले जनाएको छ ।

यसैगरी वर्षाका कारण विराटनगर उपमहानगरपालिकाका २२ वटै वर्डा डुवानमा परेका छन । घर, विद्यालय तथा सरकारी कार्यालय वर्षाको पानी पसेपछी डुवानमा परेको मोरंङ प्रहरीले जनाएको छ ।

विराटनगरक्षेत्रमा अहिले ढल बनाउने काम भइरहेकाले वर्षा याममा विराटनगरवासीले ठुलो सास्ती व्योर्हनु परिरहेको छ ।

सडक तथा चोकहरुमा तिन फिट सम्म पानी जमेपछी सवारी साधन तथा सर्वसाधारणलाई आवत जावतमा समस्या भएको छ ।

एसक्युसीको १२औं राष्ट्रिय सम्मेलन कार्तिकमा भक्तपुरमा

९ असोज, भक्तपुर ।
बिद्यालय पाठ्क्रममा आधारित विद्यार्थी गुणीय चक्र(एसक्युसी)को १२औं राष्ट्रिय सम्मेलन आगामी कार्तिकमा भक्तपुरमा हुने भएको छ ।

सम्मेलन कार्तिक ५ र ६ भक्तपुर सल्लाघारीमा अवस्थित सैनिक आवासीय महाविद्यालयमा आयोजना हुने भएको भक्तपुरमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था क्वेस्ट नेपालका अध्यक्ष निरञ्जन अधिकारीले जानकारी दिनुभयो ।

अध्यक्ष अधिकारीले सम्मेलनमा देशका बिभिन्न जिल्लाबाट १ हजार २ सय भन्दा बढी प्रिन्सिपल, शिक्षक तथा विद्यार्थी सहभागी हुने बताउनुभयो । क्वेस्ट नेपालका देशभर रहेका १८ हवबाट छानिएका बिद्यार्थीमात्र राष्ट्रिय सम्मेलनमा सहभागी हुन पाउने छन् ।

सम्मेलनमा सहभागी बिद्यार्थीले आफूले समाधान गरेका मनोसामाजिक समस्या तथा अन्य समस्याको बारेमा आफूले गरेको घटना अध्ययनका अनुभवहरु प्रस्तुत गर्ने र प्रतिभा देखाउने क्वेस्ट नेपालका बरिष्ठ उपाध्यक्ष राजकुमार महर्जनले बताउनुभयो ।

पत्रकार सम्मेलनमा सैनिक आवासीय महाबिद्यालयका प्रिन्सीपल तथा आयोजक संस्थाका सदस्य समीम ए समिमले यसले विद्यार्थीमा सर्वगुण सम्पन्न,असल र चलाख व्यक्तित्व निर्माण हुने बताउदै सम्मेलनका लागि तीब्र रुपमा तयारी भैरहेको बताउनुभयो ।

यो विधि प्रा.डा. दिनेश चापागाईंको अग्रसरतामा सन् १९९९ देखि नै विद्यार्थी गुणीय चक्र अर्थात् स्टुडेण्ट क्वालिटी सर्कलको नामले अनौपचारीक रुपले नेपालका विभिन्न विद्यालयहरुमा लागू भएको थियो ।

नेपाल पत्रकार महासंघ जापानको अन्र्तक्रियात्मक पत्रकार भेला सम्पन्न

९ असोज, टोकियो ।
जापानमा क्रियाशिल पत्रकारहरुको भूमिका, मुद्दा, समस्या, भावी कार्यक्रम लगायतका विषयमा नेपाल पत्रकार महासंघ जापानले अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

जापानमा क्रियाशिल दुई दर्जन पत्रकारहरुको सहभागीता रहेको कार्यक्रममा सहभागी विभिन्न मिडिया आवद्ध पत्रकारहरुले आफ्ना बिचार, समस्या र समाधानका उपायहरुबारे धारणा राखेका थिए ।

अन्र्तक्रियामा सहभागी पत्रकारहरुले जापानमा क्रियाशिल पत्रकारहरुबिच समन्वयको अभाव, एउटै समाचार प्रस्तुतीमा तथ्यको भिन्नता, पत्रकारको परिचयपत्र, नेपाल पत्रकार महासंघ जापानले खेलिरहेको भूमिकाका विषयमा आफ्ना धारणा राखेका थिए ।

अन्र्तक्रियामा जापानमा रहेका पत्रकारहरुको लागि कार्यक्रम गर्नको लागि क्लव वा कुनै स्थान लिने, पत्रकारहरुलाई कुनै समस्या आइपर्दा सहयोग गर्नको लागि आपतकालीन कोष खडा गर्ने लगायतका विषयमा समेत छलफल भएको थियो ।

आगामी दिनमा यस्ता छलफल कार्यक्रम र प्रशिक्षण तथा अन्य विषयमा निरन्तर अन्र्तक्रिया कार्यक्रम राख्ने विषयमा समेत सहभागीहरुबिच छलफल भएको थियो ।

कार्यक्रम टोकियो सिनओकुवो स्थित टोकियो रोधिक्लवमा भएको थियो ।

कार्यक्रमा उठेका विषय तथा समाधानको प्रयास, नेपाल पत्रकार महासंघले खेलको भूमिका तथा भावी कार्यक्रमका विषयमा नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्लले जवाफ दिनुभएको थियो भने नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य रहेर हाल जापानमा रहनुभएकी पवन वर्षा शाह लगायत विभिन्न अनलाईन र पत्रिका आवद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो ।

जापान ‘वर्किङ’ भीसा ५ बर्ष बनाएर विदेशी कामदार बढाउँदै

९ असोज, टोकियो ।
जापानले हाल बिदेशी कामदारको लागि दिंदै आएको 'वर्किङ' भिषाको अवधि ३ बर्षबाट बढाएर ५ बर्ष पुर्याउने भएको छ ।

जापान सरकारले ल्याउन लागेको नयाँ नीति अनुसार हाल तीन बर्षको लागि दिइदै आएको वर्किङ भिषाको समय बढाएर ५ बर्ष पुर्याउन लागिएको हो ।

नयाँ नीतिमा जापानी कुनैपनि कम्पनीले चाहेजती बिदेशी कामदार राख्न पाउने नियम समेत थप्न लागिएको बताइएको छ ।

तर नेपाली कामदारहरु प्राय वर्किङ भिषामा कुकमा आउने भएका कारण यो बिषयलाई नयाँ नीतिले समेट्ने नसमेट्ने बारे भने स्पष्ट भइसकेको छैन ।

जापानका प्रधानमन्त्री शिन्जो आबेले जापान सरकारले विदेशी कामदारको संख्यामा वृद्धि गर्ने यसअघिनै बताइसकेका छन् ।

जापानमा देखा परेको जनशक्तिको अभावलाई पूर्ति गर्न आबेको सरकारले कामदारको संख्यामा बृद्ध गर्ने लागेको हो ।

प्रधानमन्त्री आबेका विशेष सल्लाहकार तथा सांसद मासाशिको शिबायामाले गत हप्ता सिंगापुको एक सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा जापानी सरकारको नयाँ योजनाबारे बताएका थिए ।

विदेशी कामदारको संख्या दोब्बर पार्ने विषयमा जापान सरकार आन्तरिक तयारीमा रहेको उनको भनाई थियो ।

जापानको श्रम बजारमा घट्दै गएको जनशक्तिको अभाव पूरा गर्न विदेशी कामदारको संख्या दोब्बर बनाउनुको विकल्प नरहेको शिवायामाले बताएका छन् ।

१ सय २७ मिलियन जनसंख्या रहेको जापानको जनसंख्या बृद्धिद्धर आरोला लागिरहेको छ । जापान सरकार कम्तीमा १ सय मिलियन अर्थात १० करोडभन्दा कम हुन नदिन जापान सरकार गम्भीर भएर लागेको बताइएको छ ।

जापान सरकारको अनुमानित तथ्यांक अनुसार हाल जापानमा १९ लाख विदेशी कामदारहरु वैधानिक रुपमा कार्यरत छन् ।

नाकानो जिरो हल जापानमा आज चलचित्र ‘कालो पोथी’ प्रदर्शन हुँदै

९ असोज, टोकियो ।
जापानमा ओस्कार मनोनित लोकप्रिय चलचित्र 'कालो पोथी' आज आइतबार साँझ पहिलो पटक प्रदर्शन हुने भएको छ ।

राजधानी टोकियोको नाकानोमा रहेको नाकानो जिरो हल नाकानो कु मा साँझ ५:३० बजेबाट चलचित्र प्रदर्शन हुँदैछ ।

चलचित्र प्रदर्शनको लागि सबै तयारी सकिएको र टिकट बुकिंग अधिकाशं सकिएको चलचित्र प्रदर्शनको जिम्मेवारी पाएको टोक्यो ड्रिम्स ईन्टरटेन्मेन्टले जानकारी दिएको छ ।

फोन मार्फत फोन नम्वर र विवरण टिपाएर चलचित्रको अधिकाशं टिकट बुकिंग गरिसकेकाहरुलाई चलचित्र प्रदर्शन हुनुभन्दा केही समय अघि हलमा आएर टिकट लिन अनुरोध गरेको आयोजकले चलचित्र समयमै प्रदर्शन हुने स्पष्ट पारेको छ ।

चलचित्र कालो पोथी जापानमा गतवर्ष भव्यताका साथ कबड्डी कबड्डी चलचित्रको सफल प्रदर्शन गरेको टोक्यो ड्रिम्सले प्रदर्शन गर्न लागेको हो ।

आज प्रदर्शन हुन लागेको चलचित्र कालो पोथी चलचित्र प्रदर्शनको जिम्मेवारी पाएको टोक्यो ड्रिम्स ईन्टरटेन्मेन्टका अनुसार टिकटको मूल्य विद्यार्थीको लागि छुट सहित २५ सय जापानी येन र अन्यको लागि तीन हजार जापानी येन रहेको छ ।

जापानमा रहेका नेपाली चलचित्रप्रेमी दर्शकहरुको लागि खुशीको कुरा के भने टोक्यो ड्रिम्सले नै हाल नेपालमा भव्य प्रदर्शन भइरहेको चलचित्र छक्का पन्जा प्रदर्शनको प्रक्रिया अघि बढाएको छ ।

चलचित्र कालो पोथीको टिकटको लागि तल उल्लेखित नम्वरमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।
सम्पर्क नम्वर : 08043555258, 080-4799-2846, 08035940800

जापानमा ओस्कार मनोनित लोकप्रिय चलचित्र 'कालो पोथी' आइतबार प्रदर्शन हुँदै

17.18¡ÆC