साना दलको मन्त्री बन्न ठूलो दौडधुप

९ असोज, काठमाडौं ।
मन्त्री बन्नकै  लागि साना दलका केही नेताहरुले ठूलै दौडधुप सुरु गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा सरकार गठन भएको डेढ महिना बितिसक्दा पनि चार ओटा मन्त्रालय रिक्त रहेपछि साना दलको दौडधुप बढेको खबर आजको राजधानीमा भुवन शर्माले लेखेका छन्।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सरकारमा नआउने निश्चितजस्तै भएपछि साना दल र तिनका नेताहरु मन्त्री बन्न हतारिएका हुन् । उनीहरुले दशैंअगावै आफूहरुलाई मन्त्री बनाउन पनि दबाब दिइरहेका छन् । अहिले महिला तथा बालबालिका, खानेपानी तथा सरसफाइ र पशुपन्छी मन्त्रालयसहित चार मन्त्रालय खाली छ ।

मन्त्री बन्नका लागि साना दलका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग निरन्तर भेट गरी दबाब दिँदै आएका छन् ।

पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका विजयकुमार गच्छदारको दल फोरम लोकतान्त्रिकले पनि सरकारमा जान दबाब बढाइरहेको छ । पटक पटक मन्त्री र उपप्रधानमन्त्री बनेका गच्छदार स्वयंले उपप्रधानमन्त्रीसहित सरकारमा आउन ठूलै शक्ति प्रयोग गरिरहेका छन् । तर, प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवा उनलाई सरकारमा ल्याउन सकारात्मक देखिएका छैनन् । तर, दाहाल र देउवा फोरम लोकतान्त्रिकलाई दुई ओटा मन्त्रालय भने दिन तयार देखिएका छन् ।

उपप्रधानमन्त्रीसहित एउटा महत्वपूर्ण मन्त्रालय पाएको खण्डमा आफै सरकारमा जाने, नपाए पार्टीबाट सरकारमा कसैलाई नपठाउने गच्छदारको भनाइले उनको पार्टीभित्र अहिले चर्को विवाद छ । पार्टीले पाएको दुई ओटा मन्त्रालय लिएर सरकारमा जानुपर्ने अडान राख्दै फोरम लोकतान्त्रिकका वरिष्ठ नेता रामेश्वर राय यादव र जीतेन्द्र देवलगायतका नेताहरुहरु गच्छदारविरुद्ध खुलेरै लागेका छन् । यसले फोरम लोकतान्त्रिकभित्र चर्को विवाद जन्मेको छ ।

उता, पूर्ववर्ती ओली नेतृत्वको सरकारमा मन्त्री रहेका समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह, परिवार दलका अध्यक्ष एकनाथ ढकाल र बहुजन शक्ति फोरमका अध्यक्ष विसेन्द्र पासवान पनि सरकारमा जान निकै प्रयास गरिरहेका छन् ।

तत्कालीन प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि सिंहले मन्त्रीबाट राजिनामा दिएका थिए । उनको राजिनामालाई त्यतिबेलै पुनः मन्त्री बन्ने योजनाका रुपमा धेरैले बुझेका थिए । सिंहले केही दिनअघि प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवालाई भेटेर आफूलाई मन्त्री बनाउन आग्रह गरेका थिए । सिंहलाई मन्त्री बनाउन प्रधानमन्त्री र देउवा सकारात्मक भएको स्रोतको भनाइ छ । उनले यसअघिकै मन्त्रालय पाउने सम्भावना छ । ययसअघि उनी खानेपानी मन्त्री थिए । ढकाल र पासवान भने अन्तिम समयसम्म पनि मन्त्रीको जिम्मेवारीमा थिए ।

‘सरकारमा जति धेरै दलहरुको सहभागिता हुन्छ, त्यति धेरै सरकार बलियो र समावेशी हुन्छ, यो मौकाबाट प्रधानमन्त्री उम्कनु हुँदैन,’ परिवार दलका अध्यक्ष ढकालले राजधानीसँग भने । दाहाल नेतृत्वको सरकारमा साना दलका तर्फबाट राप्रपा र नेकपा ९संयुक्त० सरकारमा गइसकेका छन् ।

राष्ट्रिय गौरवका आयोजनाले बजेट खर्च गर्नै सकेन

९ असोज, काठमाडौं ।
आर्थिक वर्ष ०७२–७३ मा राष्ट्रिय गौरवका १४ आयोजना विनियोजन बजेट खर्च गर्न असफल भएका छन् । २१ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये २० वटालाई बजेट विनियोजन गरिएको थियो।

राष्ट्रिय गौरवको आयोजनामा परेर पनि पश्चिम सेती आयोजनालाई भने लगानीसम्बन्धी विवादका कारण बजेट विनियोजन गरिएको थिएन। अर्थ मन्त्रालयले प्रस्तुत गरेको आयोजनाको वार्षिक प्रगति विवरणमा यस्तो देखिएको खबर आजको नयाँ पत्रिकामा जीवन बस्नेतले लेखेका छन्।

राष्ट्रिय गौरवका आयोजनामध्ये दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ र भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि छुट्याइएको बजेट तोकिएको अवधिमा एक रुपैयाँ पनि खर्च हुन सकेन ।

सरकारले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि ५० करोड र भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि चार अर्ब ५३ करोड रुपैयाँ बिनियोजन गरेको थियो ।

५० प्रतिशत नपुर्‍याउने  तीन आयोजना

बुढीगण्डकी जलविद्युत् आयोजना, हुलाकी राजमार्ग र पूर्वपश्चिम रेलमार्ग आयोजनाले बिनियोजन गरेको बजेटमध्ये ५० प्रतिशत पनि खर्च गर्न सकेको छैनन् । यी आयोजनाले क्रमशः ५ दशमलव ०६, ३० र ४१ दशमलव ७५ प्रतिशत मात्र खर्च गरेका छन् ।

६ आयोजनाको प्रगति राम्रो

राष्ट्रिय गौरवमा परेकामध्ये ६ वटा आयोजनाले भने खर्च गर्न सफल भएका छन् । केही आयोजनाले तोकिएको बजेटभन्दा धेरै खर्चसमेत गरेको प्रगति विवरणमा उल्लेख छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई विनियोजन गरिएको दुई अर्बमध्ये यो वर्ष शतप्रतिशत खर्च गरेको छ । उत्तर दक्षिण लोकमार्ग कर्णाली, उत्तर–दक्षिण लोकमार्ग कालीगण्डकी र उत्तर–दक्षिण लोकमार्ग कोसी कोरिडोरले समग्रमा एक सय ४८ प्रतिशत प्रगति गरेका छन् ।

छुट्याइएको ८७ करोड रुपैयाँ थियो भने आयोजना व्यवस्थापनले एक अर्ब ३० करोड खर्च गरेको छ । त्यस्तै, मध्यपहाडी लोकमार्ग आयोजनाले तीन अर्ब ६१ करोड रुपैयाँ खर्च गरेको छ । यस आयोजनाका लागि १ अर्ब ९५ करोड रुपैयाँ बिनियोजन गरिएको थियो । यीबाहेक बबई सिँचाइ आयोजनाले पनि एक सय ३८ प्रतिशत प्रगति गर्न सफल भएको छ ।

सरकारले राष्ट्रिय गौरवका आयोजनाका लागि बजेट अभाव हुन नदिने नीति लिएको छ । यसकारण काम गर्ने अवधि र काम बाँकी रहेमा आयोजनालाई आर्थिक वर्षका लागि छुट्याइएको बजेटभन्दा बढी खर्च गर्न सकिन्छ । ‘यसै नीतिअनुसार खर्च गरिएको हो’ उत्तर दक्षिण लोकमार्ग आयोजनासम्बन्धी कार्यक्रममा प्रमुख गोपाल सिग्देलले भने ।

‘हेलो सरकार’लाई पाँच वर्षमा ५० हजार गुनासो, ९१ प्रतिशत फर्छ्यौट

९ असोज, काठमाडौं ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको ‘हेलो सरकार’ स्थापना भएको पाँच वर्षको अवधिमा ५० हजारभन्दा धेरै गुनासा परेका छन् । १७ कात्तिक ०६८ देखि ६ असोजसम्म ५० हजार चार सय गुनासा परेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए ।

सर्वसाधारणबाट परेका गुनासामध्येबाट अहिलेसम्म ९१ दशमलव ८१ प्रतिशत गुनासा फस्र्योट भएको छ । ‘सम्बोधन हुन लायक सबै उजुरीको ढिलोचाँडो सम्बोधन भएरै छाड्छ,’ उनले भने। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

‘हेलो सरकार’ले गुनासो हेरेर प्रत्यक्ष फोन गर्नेदेखि सम्बन्धित निकायलाई पत्र देखेर सम्बोधन गर्दै आएको छ । ‘हेलो सरकार’मा सबैभन्दा धेरै उजुरी काठमाडौं उपत्यकाबाट परेका छन् । मुलुकभरबाट आएका २० प्रतिशत गुनासा सम्बोधन गर्न नै नमिल्ने खालका हुने उपाध्यायको भनाइ छ । उनका अनुसार जिस्क्याउने, जोक गर्ने र झिँजो लाग्ने किसिमका गुनासासमेत आउने गरेको छ ।

पाँच वर्षमा पाँच प्रधानमन्त्री फेरिए
‘हेलो सरकार’ स्थापना भएको पाँच वर्षको अवधिमा पाँचजना प्रधानमन्त्री भए । तर, सबैभन्दा धेरै गुनासा डा।बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा परेका थिए । उनको समयमा २० हजार ६ सय ६३ गुनासा परेका थिए । ‘हेलो सरकार’ स्थापना हुनुभन्दा पहिला गुनासो सुन्ने व्यवस्था भए पनि प्रभावकारी थिएन ।

तर, भट्टराईले ‘हेलो सरकार’ स्थापना गरेर सबै सरकारी निकायलाई गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका थिए । ‘हेलो सरकार’ स्थापना हुनुभन्दा पहिलेका गुनासासमेत जोडेर तथ्यांक धेरै देखिएको ‘हेलो सरकार’ कक्षका अधिकृत हरिभक्त महतरा बताउँछन् । ‘हेलो सरकार’ स्थापना हुनुभन्दा अघि करिब तीन हजार उजुरी परेका थिए ।

‘हेलो सरकार’ मा व्यक्तिगत लेनदेनका गुनासा बढी
हेलो सरकारमा धेरैजसो व्यक्तिगत लेनदेनमा समस्या परेका विषयमा धेरै गुनासा आउने गरेका छन् । दैनिक जीवनमा उपभोग गर्ने यातायात, विद्युत्, सडक, महँगी, कृषकले बीउ, मल समयमा नपाएका जस्ता गुनासा आउने गरेका छन् । सरकारी कर्मचारीले भ्रष्टाचार गरेका उजुरी पनि धेरै आउने गरेका छन् । स्थानीयस्तरमा सडक, सिँचाइ, विद्यालय र स्वास्थ्य चौकीजस्ता क्षेत्रमा आर्थिक अनियमितता भएका गुनासा धेरै आउने गरेका छन् ।

डलर लिँदा ३ प्रतिशत बढी तिर्नुपर्ने

९ असोज, काठमाडौं ।
नगद डलर लिँदा अबदेखि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरभन्दा बढी शुल्क तिर्नुपर्ने भएको छ । नगद डलरको माग थेग्नै नसक्ने गरी बढेपछि राष्ट्र बैंकले अतिरिक्त शुल्क थपेर नगद डलर लिने प्रवृत्ति निरुत्साहित गर्न लागेको खबर आजको राजधानीमा छापिएको छ।

नगद डलरको प्रयोगलाई निरुत्साहित गर्न ‘क्यास ह्यान्डलिङ चार्ज’ लिन लागिएको छ । यस्तो चार्ज बढीमा ३ प्रतिशतसम्मको हुने नेपाल राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए । यद्यपि निर्णय भइनसकेकाले त्योभन्दा केही कम पनि हुन उनको भनाइ छ ।

‘विदेशबाट कार्गो गरेर ल्याउँदै डलर बाँड्न सकिन्नँ, जसले पनि नगर्दै लिने र खर्च नभएको डलर पनि सम्बन्धित बैंकमा फिर्ता नगरेर आफैंसँग राख्ने प्रवृत्ति बढेको छ, यसलाई निरुत्साहित गर्न पनि क्यास ह्यान्डलिङ चार्ज लिनुपर्ने देखियो,’ ती अधिकारीले भने । नेपाल राष्ट्र बैंकले करिब ७ वर्ष अगाडिसम्म सर्वसाधारणसँग २ प्रतिशत यस्तो चार्ज लिने गरेको थियो । पछि खुला बजार नीतिमा यस्तो चार्ज लिन नहुने भन्ने तर्क बलियो भएपछि राष्ट्र बैंकले सो व्यवस्था खारेज गरेको थियो ।

नगद डलरको अभाव भएपछि राष्ट्र बैंकले सिंगापुरबाट १ करोड अमेरिकी डलर ल्याउने निर्णय गरिसकेको छ । यस्तै, वाणिज्य बैंकहरूलाई पनि नगद डलर ल्याउन दिने नीतिगत निर्णय गरिसकिएको छ । नगद डलरको प्रयोगलाई निरुत्साहित गर्न कार्डको प्रयोग बढाउन गर्नुपर्ने उपायबारे अध्ययन गरी सुझाव पेस गर्न विदेशी विनिमय विभागको नेतृत्वमा एक समिति पनि गठन गरिएको छ । सोही समितिले प्रारम्भिक अध्ययनको क्रममा क्यास ह्यान्डलिङ चार्ज लिनुपर्ने निष्कर्ष निकालेको हो ।

नगदको कारोबार गर्दा आइपर्ने जोखिम र व्यवस्थापन गर्न खर्च लाग्ने भएकाले क्यास ह्यान्डलिङ चार्ज लिनुपर्ने राष्ट्र बैंक अधिकारीको तर्क छ । ‘नगदको कारोबार गर्दा नक्कली नोटको जोखिम र त्यसको व्यवस्थापन गर्न लाग्ने खर्च नगद कारोबार गर्नेले नै तिर्नुपर्छ, अन्य देशहरूमा पनि यस्तो शुल्क लाग्छ, हामीले पनि 'त्यस्तो शुल्क' लिनुपर्ने देखियो,’ ती अधिकारीको भनाइ छ ।

नगद कारोबारलाई निरुत्साहित गरी कार्ड प्रयोग बढाउन पनि यस्तो शुल्क आवश्यक भएको उनको भनाइ छ । विदेशी विनियम विभागको नेतृत्वमा गठन गरिएको सो अध्ययन समितिमा अनुसन्धान विभाग र बैंकिङ कार्यालयका प्रतिनिधि रहने राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए । सो समितिलाई नगद डलरको प्रयोग कम गर्ने उपाय सुझाउन र विकल्पको रूपमा कार्ड प्रयोग गर्ने प्रवृत्ति बढाउन केकस्ता नीतिगत र व्यावहारिक उपाय अपनाउनु पर्ने हो सो पनि सुझाउने जिम्मेवारी दिइएको उनको भनाइ छ ।

‘यो समितिले नगद डलरको प्रयोग कम गर्ने उपायहरू प्रस्ताव गर्नेछ, कार्डको प्रयोग बढाउन त्यसमा देखिएका व्यावहारिक कठिनाइ कम गर्ने र कार्डलाई विश्वस्तरीय बनाउनको लागि केकस्ता विशेषता भएका कार्ड जारी गर्ने भन्नेसम्मको सुझाव समितिले दिनेछ,’ गभर्नर कार्यालयका निर्देशकसमेत रहेका पण्डितले भने । निश्चित रकम मात्रै नगद डलर दिने र बाँकी रकमका लागि कार्ड लिनैपर्ने बाध्यकारी व्यवस्था गर्नुपर्ने सो समितिका एक अधिकारीले बताए । ‘सामान्य र अपर्झट खर्चको लागि केही रकम नगद पनि चाहिन्छ, बाँकी रकमका लागि भने कार्ड लिनैपर्ने बाध्यकारी व्यवस्था गर्नुपर्ने देखिएको छ, ५ सय डलर नगद र बाँकी कार्ड लिने व्यवस्था गर्ने कि भन्ने आन्तरिक छलफल चलिरहेको छ,’ समितिका ती अधिकारीले भने ।

नेपाल राष्ट्र बैंकले विदेश जाने नेपालीलाई पासपोर्टमा भिसा लागेपछि प्रतिभिसा २ हजार ५ सय अमेरिकी डलर विदेशमा खर्च गर्ने गरी दिने नीतिगत व्यवस्था गरेको छ । नेपाल आउने विदेशीले कार्डको प्रयोग गर्ने तर विदेश जाने नेपालीले नगदै बाहिर लाने गर्दा नेपालमा नगद डलरको अभाव भएको छ ।

काठमाडौंका अधिकाशं घर भवनसंहिता विपरित

९ असोज, काठमाडौं ।
सरकारले घर निर्माणका लागि राष्ट्रिय भवनसंहिता लागू गरे पनि राजधानी काठमाडौंमा नै ९० प्रतिशत घर मापदण्ड विपरीत पाइएका छन्।

भूकम्प गएको १७ महिनाको अवधिमा पनि भवनसंहिता प्रधावकारी रुपमा कार्यान्वयन हुन नसकेको शहरी विकास तथा भवन निर्माण विभागले बताएको खबर आजको नेपाल समाचार पत्रमा छापिएको छ।

स्थानीय निकायमा दक्ष प्राविधिक जनशक्तिको अभाव र नागरिकहरुमा चेतनाको कमीका कारण अहिले पनि मापदण्ड विपरित घर निर्माणको क्रम रोकिएको छैन।

शहरी विकास तथा भवन नपर्माण विभागका  महानिर्देशक रमेशप्रसाद सिंहले राष्ट्रिय भवनसंहिता लागू गर्नका लागि स्थानीय तहमा दक्ष प्राविधिक जनशक्ति नहुनु र नागरिकमा चेतानाको कमिका कारण प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताए।

प्रचण्ड सरकारमा कांग्रेसका सात राज्यमन्त्री थपिँदै

९ असोज, काठमाडौं ।
नेपाली कांग्रेसले सरकरमा थप सात जना राज्य मन्त्री थप्ने तयारी गरिरहेको छ । कांग्रेस सभापति देउवानिकट स्रोतका अनुसार सोमवार वा मंगलबारसम्म राज्यमन्त्री थपिने खबर आजको राजधानीमा छापिएको छ।

कांग्रेस केन्द्रीय सदस्य नभएका सांसदहरुले पनि राज्यमन्त्री बन्न लविङ गरिरहेका छन । केन्द्रीय सदस्य भएकाहरुले भने राज्यमन्त्रीमा जान चासो देखाएका छैनन् ।

राज्यमन्त्री थप्दा देउवाले भूगोल, महिला, जनजातिलाई प्राथमिकता हेरेर निर्णय गर्ने भएका छन् ।

खासगरी गृह राज्य मन्त्री बन्न धेरै सांसदहरुले प्रयास गरिरहेका छन् । वर्तमान गृहमन्त्री विमलेन्द्र निधि मन्त्रालयको काममा भन्दा अन्य काममा बढी व्यस्त हुने भएकाले गृहराज्य मन्त्रीले धेरै अधिकार पाउने आशामा पनि उनीहरु गृह राज्य मन्त्रीका लागि दौडधुप गरिरहेका छन् ।

बझाङको उरै नाका रक्तचन्दन र बहुमूल्य जुडीबुटी तस्करीको ट्रान्जिट बन्यो

९ असोज, तिब्बत, ताक्लाकोट ।
बझाङको उरै भन्ज्याङ नाका भएर वन्यजन्तुका अखेटोपहार, रक्तचन्दन र बहुमूल्य जडीबुटीको अवैध कारोबार बढेको छ । यो नाका भएर लामो समयदेखि तिब्बततर्फ अवैध कारोबार मौलाए पनि प्रहरीले नियन्त्रण गर्न सकेको छैन । त्यस्ता सामान बरामद गरेर अहिलेसम्म सार्वजनिक पनि नगरिएको खबर आजको कान्तिपुरमा वसन्तप्रताप सिंहले लेखेका छन्।

यो नाकाबाट खुलेआम यस्तो कारोबार भइरहेको छ । नेपालको सीमा प्रहरी चौकी रहेको काडा गाविसको धुली गाउँबाट झन्डै ३० किलोमिटर टाढाको नेपाल–चीन सीमा वरिपरि ठाउँ–ठाउँमा अस्थायी टहरा नै बनाएर तस्करले खुलेआम यस्ता सामान ओसारिरहेका देखिन्छन् ।

खुला हिमाली पाटनमा प्रतिबन्धित जडीबुटी सुकाइएका हुन्छन् भने तिब्बत लैजान अस्थायी टहराभित्र बोरामा राखिएका हुन्छन् । खच्चर, भेडा, भरिया लगाएर दिउँसै निर्धक्क तस्करी गर्नेहरूको ताँती नै देखिन्छ ।

काडा–३ स्थित काकरकोटको ठूलो चौरमा ७ वटा पालले ढाकेर ठूलो मात्रामा जटामसी सुकाइएको थियो । हुम्लाका एक व्यापारीले बझाङ र दार्चुलाका विभिन्न गाउँबाट मजदुर लगाएर संकलन गरेको उक्त जडीबुटी एक सय क्विन्टलभन्दा बढी भएको काडाका मंगल बोहराले बताए । ‘यो सबै तिब्बत लैजान ठिक पारिएको हो,’ उनले भने ।

नेपाल–चीनको सिमा स्तम्भ रहेको उरै भञ्ज्याङबाट करिब ३० मिनेट ओरालो झरेपछि लहरै २ वटा ठुला पाल टागिएका छन् । बाहिरबाट हेर्दा अस्थायी होटल जस्तो लाग्ने पाल बाहिर २ युवक पहरा दिइरहेका थिए । भित्र पसेर हेर्दा सयौं बोरामा राखिएका कटुकीका खात देखिए ।

हुम्लाका ती युवकले केही दिन पहिला यस्ता पालको संख्या ७ वटा रहेको र अरु पालको कटुकी खच्चरमार्फत तिब्बत पुर्‍याइसकेपछि पाल हटाइएको बताए । ‘तिब्बत ढुवानी गर्ने जिम्मा लिएर हामी यहा बसेका हौं । उनिहरूले २० वटा खच्चर भाडामा लिएका छन् । बाकी कटुकी ढुवानी गर्न एक हप्ता जति लाग्ने र ढुवानी सकेपछि पाल हटाएर ताक्लाकोट जाने उनले बताए । भदौको २५ गतेसम्ममा झण्डै डेढ सय क्विन्टल कटुकी तिब्बत पुर्‍याइसकेको र करिब ७० क्विन्टल ढुवानीका क्रममा रहेको उनले बताए ।

काकरकोटबाट झण्डै २ घण्टा हिडेपछि तिब्बतको बैंस भन्ने ठाँउका ३ ओडारमा बसेका बझाङको व्यासी र कैलास गाविसका ४० भरिया रातो च्याउसहित भेटीए । हुम्लाका कुन्साङ लामाले खाना खाएर दैनिक प्रतिकिलो १ हजारका दरले भाडा दिने गरी पठाएको उनिहरूले बताए । लामाको रातो च्याउ तिब्बत पुर्‍याएर दार्चुला खण्डेश्वरीका ४५ भरिया केही दिन पहिले नै फर्किसकेको व्यासीका एक भरियाले बताए ।

बाटोमा भेटिएका यी उदाहरण मात्र हुन । यस अघि साउन र भदौमा यो बाटो भएर सयौं क्विन्टल सतुवा, वनलसुन, पांचऔंले लगायतका विभिन्न जडीबुटी तिब्बत पुगिसकेको तिब्बती सिमा सुरक्षा पोष्ट नजिक होटल सञ्चालन गरेर बसेका हुम्लाका बहादुर लामाले बताए । ‘यसमा अचम्म मान्नु पर्ने कारण नै छैन, यो वर्ष त धेरै कम मात्र जडीबुटी आएको हो’ उनले भने, ‘बर्सेनि यत्रो मात्रामा जडीबुटी ल्याउछन, माटोको फल न हो कती टिक्छ र अव सकिन लाग्यो होला त्यही भएर यो वर्ष पहिला भन्दा धेरै कम आएको छ ।’

प्राधिकरण मध्य मर्स्याङदीको उत्पादन नै रोकेर माथिल्लो मर्स्याङदी किन्दै

९ असोज, काठमाडौं ।

निजी क्षेत्रबाट सञ्चालित माथिल्लो मस्र्याङदी ‘ए’आयोजनाबाट उत्पादित विजुली खरिद नगरे जरिवाना तिर्नुपर्ने भएपछि नेपाल विद्युत प्राधिरणले आफ्नै आयोजना मध्यमस्र्याङ्दीको उत्पादन रोकेर खरिद गर्ने भएको छ ।

माथिल्लो मस्र्याङदीको विद्युत खेर फाल्दा ८० प्रतिशत जरिवाना तिर्नुपर्ने भएपछि तत्कालका लागि मस्र्याङदी आयोजनाको एक युनिट बन्द गर्ने तयारी भइरहेको प्राधिकरण स्रोतले जनाएको आजको कारोबार दैनिकमा समाचार छ ।

सयममै प्रसारणलाइन नबानाउँदा मस्र्याङदीको विद्युत खेर जाने अवस्था सिर्जना भएको छ ।

मध्य मस्याङदी तल्लो मस्र्याङदी प्रसारण लाइनको डबल सर्किटको काम सम्पन्न नभइसकेकोले सो लाइनबाट थप प्रसारणको सम्भावना छैन ।

हिन्दी भाषाको बिरोध भएपछि मधेशी मोर्चाले घुमाउरोगरि यस्तो माग राख्यो

९ असोज, काठमाडौं ।
वर्तमान गठबन्धनसँग तीनबुँदे सहमति गरेर सरकारलाई समर्थन गरेको मधेसी मोर्चाले हिन्दी भाषालाई नेपालको कामकाजी भाषा बनाउने मागको सर्वत्र विरोध भएपछि घुमाउरो पाराले भाषाको माग राखेको छ ।

मोर्चाले सबै राष्ट्रिय भाषालाई कामकाजी भाषा बनाउन माग गर्दै हिन्दी भाषालाई समेत त्यस्तो सबै भाषामा समेटेको छ ।

प्रधानमन्त्री प्रचण्ड, दुई उपप्रधानमन्त्री विमलेन्द्र निधि र कृष्णबहादुर महरासँग मोर्चाका नेताहरुको भएको पटकपटकको अनौपचारिक छलफलमा मोर्चाले यस्तो माग अडान सहित राखिरहेको छ ।

मोर्चाले प्रदेशअनुसार बोल्ने भाषा फरक हुनसक्ने तर्क गर्दै कुनै एउटा भाषा लाद्ने नभइ भाषामा राष्ट्र स्वतन्त्र हुनपर्ने तर्कसहित यस्तो सर्त अघि सारेको आजको अन्नपूर्णमा समाचार छ ।

‘हामीले हिन्दीमात्र कामकाजीको भाषा हुनुपर्छ भनेका होइनौं, नेपालमा बोलिने र राष्ट्रिय भाषा घोषणा गरेका सबै भाषा कामकाजी हुनुपर्छ भनेर प्रस्ताव गरेका हो’ छलफलमा सहभागी सद्भावना नेता मनीष सुमनले भने ।

तर उनले हिन्दी भाषालाई नभनेको वा नसमेटेको भने बताउन सकेनन् । स्मरणीय छ मधेशी मोर्चाले मधेश आन्दोलनका नाममा संघियताको विषय मात्र उठाएपनि अहिले सम्झौता गर्ने बेलामा भारतीय मारिंदा तिनलाई शहिद, नेपाली नागरिकता लिएका भारतीयपनि राष्टप्रमुख हुन पाउनुपर्ने, भारतीय हिन्दी भाषा नेपालको कामकाजी भाषा हुनुपर्ने जस्ता राष्टघाती माग राखिरहेको छ ।

नेपालको ९३ प्रतिशत यार्सागुम्बा चीनको बजारमा

९ असोज, काठमाडौं ।
बर्षेनी उत्पादन तथा संकलन हुने हिमाली जडिबुटी यार्सागुम्बाको मुख्य बजार उत्तरी छिमेकी चिन रहेको देखिएको छ ।

व्यापार तथा निकासी प्रवर्द्वन केन्द्रका अनुसार मुलुकबाट हुने कुल निकासीमध्ये ९३ प्रतिशत यार्सागुम्बा चीन र हङकङमा जाने गरेको छ ।

गत आर्थिक वर्षमा औपचारिक माध्यमबाट ६३ करोड ९७ लाख रुपैयाँ बराबरको यार्सागुम्बा चीन र हङकङमा निकासी भएको आजको कारोबार दैनिकमा समाचार छ ।

केन्द्रका अनुसार गत आर्थिक वर्षमा ६८ करोड लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ ।

चीनमा ६८ प्रतिशत अर्थात ४५ करोड ७९ लाख र हंकङमा २६ प्रतिशत को यार्चागुमबा निर्यात हुने गरेको छ ।

केन्द्रका प्रवत्ता सुवश खानलले यार्चागुम्बाबाट विभिन्न औषधिजन्य वस्तु उत्पादन हुने भएकाले विदेश बढी निर्यात हुने बताए ।

डिएसपी गिरीलाई रसुवाबासीको भव्य विदाई

८ असोज, धुञ्चे । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रसुवाबाट सरुवा भएका प्रहरी नायव उपरीक्षक दर्शन गिरीलाई रसुवावासीले २० किलोको माला लगाएर बिदाई गरेका छन् ।
चीनसंग सीमा जोडिएको जिल्ला रसुवाको सुरक्षा व्यवस्था मजबुद बनाउदै आएको सीमा सुरक्षा गुल्म रसुवाको गुल्मपति गिरीलाई रसुवावासीको प्रतिनिधित्व गर्दै सांसद छोबाङ तामाङले २० किलोको सयपत्री फूलको माला लगाएर बिदाई गरेका छन् ।
१३ महिनाको रसुवा बसाईमा डिएसपी गिरीले जिल्लाको शान्ति सुरक्षा र  सीमा सुरक्षामा प्रभावकारी काम गरेको भन्दै नागरिक अभिनन्दन गरिएको छ । रसुवा जिल्लामा सुरक्षा मजबुद सहित नागरिकहरुलाई सामाजिक कार्यमा उत्प्रेरणा जगाउदै सरसफाई, स्वास्थ्य शिविर, समुदायमा सकारात्मक गतिविधि सञ्चलान गरेको भन्दै भव्य बिदाई गरिएको हो । प्रहरी नायव उपरीक्षक गिरीले गएको वर्ष भारत सरकारले लगाएको नाकाबन्दीको क्रममा चीनसंग नाका सञ्चालन गर्न पु¥याएको सुरक्षा सतर्कता र मुख्य गोसाईकुण्ड जान नसक्ने तिर्थयात्रीहरुको लागी निर्माण गरेको “सानो गोसाईकुण्ड” निर्माणले रसुवावासीमा सशस्त्र प्रहरी प्रतिको साकारत्मक धारणा सहित सहयोगात्मक सम्बन्धलाई समेत उचाईमा पु¥याएको सांसद तामाङले बताउनुभएको छ ।
१३ महिना अघि रसुवा आउनुभएका गिरीलाई गृह मन्त्रालयले गएको भदौ ३१ गते सीमा सुरक्षा बल रुपन्देहीमा सरुवा गरेको थियो ।

दोधारा चाँदनीमा भारतीय सिमेण्ट विस्थापित :नेपाली सिमेण्टको बिक्री बढ्यो

पप्पु गुरुङ्ग, ८ असोज, दोधारा चाँदनी ।

दोधारा चाँदनीमा यस अघि घर निर्माण, सरकारी तथा निजी भौतिक संरचना निर्माणमा प्रयोग हुने भारतीय सिमेण्टको प्रयोग अहिले पूर्ण रुपमा विस्तापित भई नेपाली उत्पादनले प्राथमिकता पाएको छ । ४ वर्ष अघि सम्म निजी तथा सरकारी भौतिक संरचना निर्माणमा भारतीय सिमेण्टको मात्रै प्रयोग हुने गरेकोमा नेपालमा उत्पादित सिमेण्ट दोधारा चाँदनी पुगेपछि भारतीय सिमेण्ट पूर्ण रुपमा विस्तापित भई नेपाली सिमेण्ट स्थापित हुदै गएको हो ।

विभिन्न भौतिक संरचना निर्माणका लागि नेपालमै गुणस्तरीय सिमेण्टको उत्पादन हुन थालेपछि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा नेपाली सिमेण्टको माग बढेको भौतिक संरचना निर्माणमा संलग्न ठेकेदारहरुले जनाएका छन् । यति मात्रै नभै भारतिय पक्षले सिमा क्षेत्र कडा बनापछि दोधारा चाँदनीका स्थानियहरुले मजबुरी नेपाली सिमेन्ट प्रयोग गर्न बाध्य भएको एक थरीको भनाई रहेको छ् । सिमावर्ती भारतिय बजारबाट सिमेन्ट आउन छाडेपछि, दोधारा चाँदनीमा नेपाली सिमेण्टको माग बढेको हो । भारतीय सिमेण्टको ठूलो परिणाममा हुने आयात यस क्षेत्रमा नेपाली सिमेण्टको विक्री बढेको स्थानियहरुले बताए ।

बिगत लामो समय देखि भारतिय सिमावतीि बजारबाट लुकाई छिपाई आयत हुदै आएको सिमेन्टमा रोकिए पछि नेपाली सिमेन्टको मा“ग बढेको हो । ४ वर्ष अघि सम्म भारतीय सिमेण्टमा निर्भर रहदै आएका दोधारा चाँदनीबासी अहिले भारतीय सिमेण्ट दोधारा चाँदनीका बजारहरुमा भारतिय सिमेन्ट पाइन छाडेको छ । दोधारा चाँदनीमा नेपाली सिमेन्ट भित्रिन थालेपछि सिमावर्ती बजार मेलाघाट, बंगाली कलोनी, नगरा बजार, खटिमाका सिमेन्टको बजार सुस्ताएको छ् । नेपालमा उत्पादित प्रायः सवै कम्पनीका सिमेण्ट दोधारा चाँदनीमा पुग्ने गरेका कारण उपभोक्ताले रोजी रोजी सिमेण्ट छनौट गर्न पाएको सिमेण्ट विक्रीमा संलग्न व्यवसायीहरुको भनाई छ ।

विशेष गरी दोधारा चाँदनीमा पक्की घर निर्माणको क्रम तीव्र हुन थाले पछि उक्त क्षेत्रमा सिमेण्टको बिक्री तुलनात्मक रुपमा बढ्दै गएको स्थानिय रशम बोक्टीले बताए । “बिगतका दिनहरुमा डल्लव तथा ट्याक्टरको सहायताबाट सिमा पार गरि लुकी छिपी सिमेन्ट भित्र्उने गरिन्थ्यो” उनले भने –“पक्राउ परे सिमेन्ट सहित डल्लव तथा ट्याक्टर सबै जान्थ्यो” स्थानिय रशम बोक्टीका अनुसार आज भोली नेपाली सिमेन्ट घर आँगनका नेपाली पसलहरुमा उहि रेटमा पाउने भएको हुदा समस्या हटेको छ् ।

महेन्द्रनगरबाट १० किलोमिटरको दूरीमा रहेको दोधारा चाँदनी जोड्ने महाकाली झोलुङ्गे पुलवारी नै नेपाली सिमेण्ट बोकेका मालवाहक सवारी पुग्ने तथा बाटो तथा पुल नभएका कारण झोलुङ्गु पुल वारी नै सवारी साधन रोकेर साईकल तथा मोटरसाईकलमा दोधारा चाँदनीमा सिमेण्ट पु¥याउनुपर्ने वाध्यता रहेको करन स्थानिय रोकायाको भनाई रहेको छ् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web