सुपथ मूल्यका तरकारी तथा फलफूल पसल पनि सञ्चालन गरिने

८ असोज, काठमाडौं ।
दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी आपूर्ति मन्त्रालयले देशैभरि सुपथ मूल्यका तरकारी तथा फलफूल पसल सञ्चालन गर्ने भएको छ ।

आपूर्तिमन्त्री दीपक बोहोराको अध्यक्षतामा तरकारी तथा फलफूल व्यवसायी समेतको बसेको बैठकले हिजो उक्त निर्णय गरेको हो ।

चाडबाडलाई लक्षित गरी हाल काठमाडौँ उपत्यका र उपत्यका बाहिर सञ्चालन भएको खाद्य सामग्रीको सुपथ मूल्य पसलसँगै तरकारी तथा फलफूलको पसल सञ्चालन गरी उपभोक्तालाई थप सुविधा पु¥याउने मन्त्रालयबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यही असोज १ गतेदेखि काठमाडौँ उपत्यकामा १२ र बाहिर २३ गरी ३६ सुपथ मूल्यका पसल सञ्चालनमा छन् ।

लोकमानसिंहको भूकम्पमा हराएको भनेको नियुक्तीको फाइल सर्वोच्च पुग्यो

८ असोज, काठमाडौं ।
भूकम्पमा हराएको भनिएको सर्वोच्च अदालतले माग गरेको अख्तियार प्रमुख आयुक्त लोकमान सिंह कार्कीको नियुक्तिको फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सर्वोच्चमा पठाएको छ।

सर्वोच्चका प्रवक्ता नहकुल सुवेदीले अख्तियार प्रमुख आयुक्तको नियुक्ति सम्वन्धी फाइल सर्वोच्चमा आइपुगेको वताउनुभयो ।

नियुक्ति प्रक्रियामा प्रश्न उठाउँदै परेको रिटमा सर्वोच्चले कार्कीलाई नियुक्त गर्दाको सक्कली फाइल मगाउदा सुरुमा सरकारले भूकम्पका बेला हराएको भन्ने जवाफ दिएको थियो ।

११ वटा राजनीतिक दलको दर्ता खारेज

८ असोज, काठमाडौं ।
निर्वाचन आयोगले लगातार तीन वर्षसम्म आय—व्यय विवरणको वार्षिक प्रतिवेदन नवुझाउने विभिन्न ११ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।

आयोगको हिजो बसेको बैठकले निर्वाचन प्रयोजनको लागि दर्ता भएका र लगातार ३ वर्षसम्म आयव्ययविवरणको प्रतिवेदन नवुझाउने विभिन्न ११ वटा राजनीतिक दलहरुको दर्ता निर्वाचन आयोग ऐन २०६३ अनुसार खारेज गर्ने निर्णय गरेको आयोगका सहसचिव एवं प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

दर्ता खारेज हुने दलहरुमा नव नेपाल निर्माण पार्टी, जनयुनिटी को—अपरेटिभ पार्टी नेपाल, तराई मधेश पहाड हिमाल एकता पार्टी, हरियाली नेपाल पार्टी, ॐ सेना नेपाल, नव जनवादी मोचा, नेपाल कम्युनिष्ट पार्टी 'संयुक्त माक्र्सवादी', नेपाल प्रजातान्त्रिक युवा पार्टी, नेपाल जनसंघ पार्टी, नेपाल दलित श्रमिक मोर्चा, नेपाल कम्युनिष्ट पार्टी 'एकीकृत' रहेका छन ।

दर्ता खारेज भएका दलहरूले प्राप्त गरेको नाम, निर्वाचन चिन्ह र झण्डा दलको दर्ता खारेज भएको एक वर्षसम्म अन्य कुनै राजनीतिक दलले प्रयोग गर्न नपाउने गरी फ्रिजमा राख्ने आयोगले जनाएको छ ।

यसै गरी आयोगले आय–व्यय विवरणको वार्षिक प्रतिवेदन नबुझाउने आयोगले तोकेको भनाई पेश गर्ने अवधिमा चित्त बुझ्दो भनाई पेश नगर्ने ८२ वटा राजनीतिक दलहरुलाई एक सय रुपिया जरिवाना गर्ने निर्णय समेत गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

कपिलवस्तुमा खोलाले बगाउदा २ महिलाको मृत्यु

७ असार, कपिलवस्तु ।
कपिलवस्तुमा वाणगंगा नदीले बगाउदा २ जना महिलाको मृत्यु भएको छ ।

अस्पतालमा आफन्त विरामीलाई भेटेर घर फर्कदा गएराती वाणगंगा नदी तर्ने क्रममा २ नन्द भाउजुको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रमुख विष्णु पोखरेलले जानकारी दिनुभएको छ ।

यसरी मृत्यु हुनेमा वाणगंगा नगरपालिका १४ की ५९ वर्षीय लिला वि।सि र ५० वर्षीय भिमा अर्याल रहेकी छिन् । उनीहरुलाई नदीले बगाउदा २ सय देखि ५ सय मिटरको दुरीमा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

उनीहरुसंगै रहेका ८ वर्षीय शुशिल वि।सि। खोला तर्ने क्रमका उनीहरुसंग छुट्टिएर बाच्न सफल भएको प्रहरीले जनाएको छ ।

रातभर खोलामै बसेका ८ वर्षीय शुशील विसिले विहान स्थानीयलाई खवर गरेपछि प्रहरी घटना स्थलमा पुगेका थिए ।

बगरमा माछा पालन

८ असोज, धनकुटा ।
तीन दशकको लामो प्रयास पछि आफ्नै प्रबिधिमा खोलाको तथबन्धन गर्न सफल भएपछि धनकुटाका एक व्यक्तिले २३ लाख खर्चेर त्यसै खेर गईरहेको बगरमा माछा पालन शुरु गर्नुभएको छ ।

धनकुटा बुढिमोरङ्ग गाबिस ५ का ६४ बर्षिया देव ईवाहाङ्ग लिम्बुले जिल्लाकै भेडेटार गाबिस स्थित फलामेटारको लेउती खोलामा रहेको आफ्नो ३५ रोपनी खोला बगिरहेको बगर जमिनको तथबन्धन गरेर व्यबसाय शुरु गर्नुभएको हो ।

२०४१ सालको बाढीले बगेको जमिन मा अनेकौ प्रबिधि अपनाउँदा पनि खोला पसेर पटक पटक जमिन बगाएपछि  लिम्बुले २०७२ सालमा आफ्नै अनुभवमा अपनाएको ‘करुवा’ बिधिको तथबन्धन सफल भएपछि व्यबसाय शुरु गर्नुभएको लिम्बुले जानकारी दिनु भयो ।

हाल १० रोपनी क्षेत्रफलमा ४ वटा ठूला पोखरी निर्माण गरी १८ हजार बिभिन्न जातका माछा लगाएर व्यबसाय शुरु गरेको लिम्बुले आगामी ५ बर्ष भित्रमा सबै जमिनमा माछापालन पुरा गर्ने लक्ष रहेको जानकारी दिनुभयो ।

हाल नीजि १० लाख र माछापुछ्रे बैंक धनकुटा शाखाको १३ लाख लगानी रहेको उक्त बगरको माछा फर्म निर्माण पुरा भएपछि उक्त स्थानमा माछाको परिकार खुवाउने होटल सन्चालन गरिने लिम्बुले जानकारी दिए ।

हाल धनकुटामा धनकुटामा ४ हेक्टर क्षेत्रफलमा ४ दशमलव ९६ मेट्रिकटन माछा उत्पादन हुने जिल्ला कृषि बिकास कार्यालयको तथ्यांक छ ।

कैलालीमा पाच छोटी भन्सार अझै पुर्नस्थापना भएन

८ असोज, धनगडी ।
कैलालीमा द्धन्दकालमा बिस्थापित पाच छोटी भन्सार कार्यालय अझै पुर्नस्थापना नहुदा चोरी पैठारी बढेको छ ।

द्धन्दकालमा बिस्थापित ७ छोटी भन्सार कार्यालय मध्ये हाल सत्ती र पृथ्वीपुर छोटी भन्सार कार्यालय संचालनमा रहेपनि बर्धावा, सोनाहाफाटा, भडरी, कनरी, घुइयाफाटा गरी पाच छोटी भन्सारको पुर्नस्थापना अझै हुन सकेको छैन ।

कैलालीका प्रमुख भन्सार अधिकृत हरिप्रसाद पाण्डेले तत्काल प्रयाप्त जनशक्ति र स्रोत साधन परिचालन गर्न सकिने अवस्था नरहेकाले ती छोटी भन्सार कार्यालयको पुर्नस्थापना हुन नसकेको बताउनुभयो ।

उहाले एक दुइ जना कर्मचारी खटाएर छोटी भन्सार पुर्नस्थापना गर्दा  चोरी पैठारीमा थप टेवा पुग्ने र सिमा सुरक्षा खतरा समेत बढ्न सक्ने भएकाले कार्यालयमा प्रयाप्त जनशक्ति र स्रोत साधन उपलब्ध नभएसम्म छोटी भन्सार कार्यालयको पुर्नस्थापना हुन नसक्ने बताउनुभयो ।

लामो समय सम्म छोटी भन्सार पुर्नस्थापना नहुदा खुला सिमानाको फाइदा उठाउदै तस्करहरुले सिमावर्ती भारतीय बजारबाट दैनिक ठुलो परिमाणमा ब्यापारीक प्रयोजनका सामाग्री कैलाली भित्र्याउने गरेको स्थानीयले बताएका छन् । त्यसरी भन्सार छलेर दैनिक ठुलो परिमाणमा भारतबाट बिभिन्न सामाग्री आयत हुदा त्यसको असर राजस्व संकलनमा परेको बताइएको छ ।

जापानी प्रधानमन्त्रीले क्युवाका राष्ट्रपति क्यास्ट्रोलाई भेटे

८ असोज, टोकियो ।
जापानका प्रधानमन्त्री सिन्जु आवेले क्युवाका राष्ट्रपति राहुल क्यास्ट्रोसँग भेटवार्ता गरेका छन् ।

हवानामा भएको भेटवार्तामा आवे र क्यास्ट्रोले ४० मिनेट कुराकानी गरेको बताइएको छ ।

जापानी सञ्चार माध्यमहरुले दुई नेताबिचको भेटलाई महत्वका साथ प्रशारण गरेका छन् । जापानी प्रधानमन्त्री आवे बुधवार हवाना पुगेका थिए ।

भेटवार्तामा भएका कुराकानीबारे केही खुलाइएको छैन ।

जापानी प्रधानमन्त्रीले जापानी उद्योगलाई क्युवामा लगानि मैत्री गर्न अनुरोध गरेको बताइएको छ । जवाफमा क्यास्ट्रोले सकारात्मक जवाफ दिएको जापानी मिडियाहरुले उल्लेख गरेका छन् ।

भेटमा आवेले उत्तर कोरियाले पछिल्लो समय गरिरहेको परमाणु हतियार परिक्षण विश्व शान्तिको लागि खतरा रहेको भन्दै यसमा क्युवाले बिरोध गर्नुपर्ने भन्दै यसबारेमा बोल्न क्यास्टोलाई अनुरोध गरेको समाचारमा जनाइएको छ ।

क्युवासँग उत्तर कोरियाको सम्वन्ध राम्रो रहेको ठानिन्छ । दुवै देशमा कम्युनिष्ट शासन रहेको छ भने क्युवा अमेरिकासँग भर्खरै कुटनैतिक सम्वन्ध स्थापना भएको देश हो भने अमेरिकाले उत्तर कोरियामा अनेक नाकाबन्दी लगाएर युद्ध भड्काउने क्रियाकलाप दक्षिण कोरिया सिमा क्षेत्रमा गर्दै आएको छ ।

मानसीक सन्तुलन गुमाएकी महिला प्रहरीबाटै बलात्कृत

८ असोज, धनगढी ।
मानसिक सन्तुलन गुमाएकी एक महिलालाई बलात्कार गरेको अभियोगमा एक  प्रहरी नै पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सेती अञ्चल प्रहरी कार्यालय धनगढीमा दरबन्दी भएका भान्सेका रुपमा कार्यरत कार्यालय सहयोगी गौरसिं फराल हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टले निज फरालमाथि जबर्जस्ती करणी मुद्दा दर्ता गरी कारबाही थालिएको जानकारी दिएका छन् ।

स्थानीय क्याम्पस चोकको झाडीमा मानसिक सन्तुलन गुमाएकी महिलालाई फरालले बलात्कार गर्दै गरेको देखेपछि स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका थिए ।

प्रहरीले घटनाको बारेमा आवश्यक छानवीन र कारवाही प्रक्रिया अघि बढाइसकेको जानकारी दिएको छ ।

गुल्मीका सापकोटाको टोकियोमा निधन

टोकियो ।
जापानमा बस्दै आएका गुल्मी जिल्ला चिसाखोला निवासी हरिलाल सापकोटाको मृत्यु भएको छ ।

७२ बर्षिय सापकोटाको फोक्सोको क्यान्सरका कारण मृत्यु भएको हो । क्यान्सरको उपचार गराइरहेका सापकोटाको अस्पतालबाट डिस्चार्ज भएके ४ दिनपछि निधन भएको हो ।

मृतक सापकोटाको अन्त्येष्टि भोलि शनिवार गरिने भएको छ । परिवारका सदस्यहरुले दिएको जानकारी अनुसार सापकोटाको अन्त्यष्टि तल उल्लेखित मिति, समय र स्थानमा हुँदैछ ।

स्थान : Tokyo To Ota-Ku Ishikawa-Cho 2-5-2 Kurasino Kai Hall
समय: १२:४५ देखि १४:०० बजेसम्म श्रद्धान्जली
१५:०० देखि १६:३० सम्म पार्थिव शरीरको अन्त्येष्टि
ट्रेन प्रयोग गर्नको लागि : JR गोतान्दा र कामता स्टेशनबाट Tokyo Ikegami Line
स्टेशन : Ishikawa Dai बाट मात्र २ मिनेट
सम्पर्कको लागिः 080-3722-0658, 080-3020-4677, 080-3557-4473, 08047327555

राष्ट्रसंघ भवनमा नेपालको संविधान उत्कृष्ठ र समावेशी भएको भन्दै गडगडाहट ताली

८ असोज, न्युर्योक ।
राष्ट्रसंघ भवनमा आयोजित नेपालको संविधान दिवसको एक विशेष कार्यक्रममा सहभागी अमेरिका सहित विभिन्न देशका प्रमूखहरुले नेपालको संविधान विश्वकै उत्कृष्ठ र समावेशी रहेको भन्दै संविधान दिवस गडगडाहट तालि बजाएर खुशी व्यक्त गरेका छन् ।

छिमेकी देश भारतले नेपालको संविधानमा अनेक खोट देखाउँदै नाकाबन्दी सहित अनेक दुख दिइरहेका बेलामा राष्ट्रसंघमा आयोजित विश्वभरका देशका प्रतिनिधिहरुले नेपालको संविधानको पक्षमा यस्तो खुशी व्यक्त गरेका हुन् ।

नेपाल सरकारका परराष्ट्रमन्त्री डा. प्रकाशरण महतले संयुक्त राष्ट्रसंघको ७१औँ महासभाको क्रममा संयुक्त राष्ट्रसङ्घ भवन न्युर्योकमा आयोजना गरिएको प्रथम संविधान दिवस समारोहमा सम्बोधन गर्दै नेपालको संविधान उत्कृष्ठ र समावेशी रहेको बताएका थिए ।

मन्त्री महतले संविधान कार्यान्वयन सहज रुपमा अगाडि बढ्ने प्रष्ट पार्दै मन्त्री महतले नेपालको संविधान कुन हदसम्म समावेशी छ भन्ने स्पष्ट पार्दै मन्त्री महतले राज्यका पाँच महत्वपूर्ण पदमध्ये तीनवटामा महिला नै प्रमुख रहेको समेत जानकारी गराए । महतले नेपालको समावेशीताको उदाहरण बताएपछि कार्यक्रममा उपस्थित विदेशी मित्र एवम् सहभागीले ताली पिटेर समर्थन मात्रै जनाएनन् नेपालको संविधानको समावेशिताको अनुपम उदाहरण रहेको टिप्पणी समेत गरे ।

संविधान दिवस एवम् राष्ट्रिय दिवसको नाम दिएर आयोजना गरिएको कार्यक्रममा विभिन्न मुलुकका प्रतिनिधि एवम् संयुक्त राष्ट्रसङ्घका उपमहासचिव जेफ्री फेल्टम्यानले नेपालको संविधान दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रमले अन्तर्राष्ट्रिय समुदायलाई नेपालको बारेमा जानकारी गराउन सफल हुने विश्वास व्यक्त गरेका थिए ।

उनले महासचिव वान कि मुनको तर्फबाट नेपालको संविधान दिवसको अवसरमा शुभकानमा व्यक्त गर्दै लोकतान्त्रिक प्रक्रियालाई अगाडि बढाउन नेपालका सबै राजनीतिक दल मिलेर अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रमुख दुर्गाप्रसाद भट्टराईले महासभाको अवसरमा नै नेपालको संविधान दिवसको कार्यक्रम आयोजना गर्न पाउनु आफूहरुका लागि खुसीको विषय भएको बताए ।

कार्यक्रममा महासभामा सहभागी विभिन्न मुलुकका परराष्ट्रमन्त्री, कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, अमेरिकामा रहेका नेपाली समुदाय, उद्योगी व्यवसायीको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागीले नेपालको संविधानका बारेमा चासो राखेका थिए ।

बेलायती जेलबाट छुटेर चार वर्षपछि कुमार लामा सैनिक मुख्यालय हाजिर भए

८ असोज, काठमाडौं ।
युद्ध अपराध आरोपमा बेलायती कष्टडीबाट छुटकारा पाएपछि नेपाल फर्कीएका नेपाली सेनाका महासेनानी कुमार लामा सैनिक मुख्यालय हाजिर भएका छन् ।

उनले बिहीबारबाट सैनिक मुख्यालयमा झण्डै ४ वर्षपछि आफ्नो नियमित काम थालेका हुन् ।

बेलायतमा युद्ध अपराध सम्बन्धी मुद्दामा सफाई पाएपछि लामा असोज ४ मा लामा स्वदेश आएका थिए । सैनिक प्रवक्ता ताराबहादुर कार्कीले लामा काममा फर्किएको जानकारी दिए ।

लामा फर्किए लगतै उनीसँग सेनाको कानुनी पक्षले हेरेको थियो । कानीनी प्रकृया सकिएलगत्तै लामा नियमित काममा लागेका हुन् ।

लामामाथि माओवादीको सशस्त्र द्वन्द्वका बेला कपिलबस्तुमा जनक राउत र करिम हुसेनलाई सन् २००५ मा यातना दिएको अरोप लगाइएको थियो ।

सन् १९८६ मा आर्मीमा भर्ति भएका लामाले सन् २००८ मा बेलायतको पीआए पाएका थिए । अहिले भने उनले पीआर रद्द गरेर स्वदेश फर्कीएका हुन् ।

निर्दोस प्रहरी र नाबालक मार्नेलाई गृहमन्त्रीले छाड्न दवाव दिएपछि गृहमन्त्री आईजी विवाद

८ असोज, काठमाडौं ।
भारतीय आशिर्वादमा नेपाली काँग्रेसमा राजनीति गर्दै आएको आम आरोप लागिरहेका हालका गृहमन्त्री बिमलेन्द्र निधिले टिकापुरमा कथित मधेश आन्दोलनका नाममा निर्दोश प्रहरी अधिकारी र नाबालकको विभत्स हत्या गर्नेलाई छाड्न प्रहरीलाई दवाव दिएपछि उनको आइजिपिसँग विवाद चुलिएको छ ।

कैलालीको टीकापुरमा गत वर्ष भएको प्रहरी हत्यालाई राजनीतिक मुद्दा भनी उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले अडान लिएपछि प्रहरी नेतृत्व र गृहमन्त्रीबीच विवाद उत्पन्न भएको हो ।

मधेस आन्दोलनका क्रममा टीकापुरमा दुई वर्षे बालक र ८ प्रहरीको हत्या गर्ने आपराधिक व्यक्तिहरूमाथि लगाइएको मुद्दा फिर्ता लिन प्रक्रिया अघि बढाएकोमा नेपाल प्रहरी नेतृत्वले त्यसको चर्को प्रतिवाद र आलोचना गरेको छ ।

गृह र कानुन मन्त्रालय साथै सर्वोच्च अदालतको विगतको फैसलाले समेत प्रहरीको अडानलाई बल पुर्‍याएपछि गृहमन्त्री अहिले अफ्ठेरोमा परेका छन् ।

मधेस आन्दोलनका क्रममा बिभिन्न व्यक्तिमाथि लगाएको मुद्दा फिर्ता लिने लिखित सहमति भएपछि मधेसी मोर्चाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन गरेका थिए ।

त्यही समर्थनका आधारमा मोर्चाले झन्डै ५ सय हाराहारीमा मुद्दा फिर्ता लिनुपर्ने व्यक्तिहरूको नाम सरकारलाई बुझाएको थियो ।

मधेसी मोर्चाले सूची बुझाएका झन्डै ५ सय हाराहारीमा मुद्दा फिर्ता लिने गृहमन्त्री निधिले बताएपछि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले त्यस्तो निर्णय नगर्न गृहमन्त्रीलाई सुझाव दिएका छन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web