लालपूर्जा बिना यस्ता ठूला घर

७ असोज, काठमाडौं । पूर्वपश्चिम राजमार्गमा राप्ती अञ्चल प्रवेशको पूर्वी ढोका हो भालुवाङ बजार ।

करिब चार दशकअघि सामान्य ‘चिया झुपडी’ बाट सुरु भएको भालवाङ बजारमा अहिले पाँचौ तलासम्मका ठूलाठूला घर बनिसकेका छन् ।  तर, अहिलेसम्म भालवाङवासीसँग भू९स्वामित्व छैन ।

देउखुरी क्षेत्रमा एउटा स्थापित बजारको रुपमा परिचय बनाइसकेको भालुवाङ बजारेको मुख्य सहर नै लालपुर्जाविहीन रहेको आजको अन्नपूर्णमा समाचार छ ।

त्यहाँ ठूलाठूला पक्की घर बनेका छन् तर घरमालिकसँग् कुनै स्थायी प्रमाणपत्र छैन, न जग्गाको न घरको । यो जमिन अहिले पनि राष्ट्रिय वनकै नाममा छ । यो बजारमा दैनिक करौडौको कारोबार गर्ने राष्ट्रिय स्तरका निजी बैंकहरु समेत छन् ।

२०२५ सालतिर पूर्वपश्चिम राजमार्गको सुरुवाती दिनमा यहाँ सामान्य चिया बेच्ने व्यपापारी पसल थिए । जब राजमार्ग व्यस्त हुन थाल्यो अनि यो बजार पनि चर्कदै जान थाल्यो ।

अहिले पूर्व क्षेत्रको प्रमुख व्यापारिक केन्द्रका रुपमा यो बजार स्थापित भइसकेको छ ।

प्रधानमन्त्री आउने भएपछि रातारात सडक चिटिक्क

८ असोज, काठमाडौं । मेलम्चीबाट जिरोकिलोसम्म दैनिकजसो मोटरसाइलमा ओहोरदोहोर गर्ने रेडियो मेलम्चीका पत्रकार देवराज सुवेदी शुक्रबार जिरो किलोदेखि मेलम्ची जाँदै गर्दा चकित परे ।

अघिल्लो दिनसम्म भैसी नै डुव्ने खाडल सडकमा भए पनि शु्क्रबार भने सडकमा कतै पनि खाडल भेटाएनन् उनले ।

रातारात ग्राभेल गरेर जिरो किलोदेखि मेलम्चीसम्मको सडक दुरुस्त पारिएको आजको राजधानी दैनिकमा समाचार छ ।

सडक दुरुस्त बनाएपछि अखरु बेला मेलमचीसम्म पुग्न तीन घण्टा बढी समय लाग्ने गरे पनि शुक्रबार भने उनी आधा घण्टामै पुगे ।

मेलम्ची पुगेपछि सुवेदी भन्दै थिए, ‘प्रधानमन्त्री आउँदा त सडक यस्तो भयो भने राष्ट्रपति आउँदा कस्तो होला ! सधै यस्तै भ्रमण भइरहोस् ।’

प्रधानमन्त्री प्रचण्ड मेलम्ची खानेपानीको स्थलगत अवलोकन गर्न भन्दै हिजो त्यसतर्फ गएका थिए ।

खानेपानीको पाइप काटिएपछि पूर्व मुमाबडामहारानी पानीको संकट व्यहोर्दै

८ असोज, काठमाडौं ।
खानेपानीको पाइप लाइन काटिएपछि महेन्द्र मञ्जिलका लागि पानी व्यवस्थापन निकै खर्चिलो बन्न पुगेको छ ।

महसुल नतिरेको भन्दै तत्कालीन मुमाबडामहारानी रत्न शाहको निजी निवास महेन्द्र मञ्जिलमा खानेपानीको आपूर्ति आठ वर्षअघि काटिएको थियो।

खानेपानीको पाइप लाइन पुनः सुचारु गर्न महेन्द्र मञ्जिलमा कार्यरत कर्मचारीले निकै दौडधुप गरे पनि प्रयास सफल हुन सकेको छैन । तत्कालीन मुमाबडामहारानी रत्न, उनका सुसारे तथा सुरक्षाकर्मीका लागि महेन्द्र मञ्जिलमा दैनिक १२ हजार लिटर पानी खपत हुँदै आएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।

खानेपानी पाइप लाइन काटिएकाले तत्कालीन राजा वीरेन्द्रका पालामा किनिएको ट्याङ्करले दैनिक दुईपटक महाङ्कालबाट पानी ओसार्ने गरेको छ ।

रत्न शाहको रेखदेखमा खटिएका दरबारका पूर्वसचिव शम्भुप्रसाद अधिकारीले भने, ‘काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई एक पटकमा ८२० रुपियाँ बुझाउनुपर्छ ।  दुई ट्याङ्कर पानी दैनिक चाहिन्छ।’

‘यसरी पानी ओसार्दा निकै समस्या भएपछि नेपाल सरकारका मुख्य सचिवसम्मलाई गुहार्‍यौँ तर उहाँहरूबाट टाउको नदुखाउनुहोस् भन्ने जवाफ पायौँ”, उनले भने ।

महेन्द्र मञ्जिलका लागि पानी खरिदमा मासिक ५० हजार रुपियाँ खर्च हुँदै आएको छ भने ट्याङ्करको इन्धन र मर्मत खर्च अतिरिक्त लाग्दै आएको छ ।

ट्याङ्कर पुरानो भएकाले बिग्रिएर धेरै दुःख दिने गरेको गुनासो गर्दै उनले डिजेल पनि धेरै खपत हुने गरेको बताए।  तत्कालीन राजा वीरेन्द्र भएकै बेला नारायणहिटी दरबारमा खानेपानीको अभाव भएपछि इनार खन्नुपर्ने वा बोरिङ गर्नुपर्ने विषय त्यहाँका कर्मचारीले उठाएका थिए ।

तर, तत्कालीन राजा वीरेन्द्रले राजपरिवारमा इनार खन्ने चलन नभएको र बोरिङ गर्दा पानीको सतह घट्नसक्ने भएकाले पानी ओसार्नु नै उपयुक्त हुने भन्दै ट्याङ्कर किन्न आदेश दिएका थिए। सोही अनुसार २०५५ सालमा छ हजार लिटर क्षमताको पानी ट्याङ्कर किनिएको थियो।

बिद्यार्थी दशैं बिदामा मजदुरी गर्न भारत जान्छन्

८ असोज, काठमाडौं ।

दसैं तिहारको छुट्टीमा अधिकांश विद्यार्थी, साथीभाइ र आफन्तसँग रमाइलो गर्न मन पराउँछन् तर, बझाङ चिरबुंगल क्षेत्रका विद्यार्थी भने यही बेला भारत पस्छन् मजदुरी गर्न ।

ाबपभ(कतगमभलतदसैं तिहारमा हुने लामो विदालाई उनीहरूले केही रकम कमाउने अवसरका रूपमा लिन्छन् र एक महिना भारतको उत्तराञ्चलमा मजदुरी गरेर लुगाफाटो र मरमसला जोडेर र्फकने गरेका आजको अन्नपूर्णमा समाचार छ ।

अर्धवाषिर्क परीक्षापछि असोज १३ गते दसैं विदा भएर विद्यालय एकैपटक कात्तिक १७ गते खुल्ने जानकारी पाएपछि देवेश्वरी उच्च मावि, देउखेलमा पढ्ने सात विद्यार्थी भारत हिँडे ।

बझाङबाट रात्री बस चढेका उनीहरू श्रीभारको डोले होटलमा बुधबार नास्ता खाँदै थिए ।

त्यसबेला एउटा टोली गइसकेको र आफूहरू दोस्रो टोली भएको कक्षा नौ मा पढ्ने ललित महराले जानकारी दिए ।

ललितले गतवर्ष पनि दसैं तिहार विदामा भारत गएर ६ हजार रूपैयाँ कमाएका थिए ।

श्रीस्टार आयल इन्डियासँग बराबरीमा रोकियो

काठमडौं,असोज ७ । नेपालको राष्ट्रिय लिग बिजेता रुस्लान थ्रीस्टार क्लब आयल इन्डियासँग बराबरीमा रोकिएको छ ।  भारतको सिलोङमा जारी ६४ औँ संस्करणको भारत रत्न लोकप्रिय गोपिनाथ बोर्डोलोई ट्रफीमा श्रीस्टारले १-१ को बराबरी खेल्दै अंक बाँडेको हो । आयल इन्डियाबिरुद्ध जित हात पार्न सकेको भए श्रीस्टारले  एक खेल अगावै प्रतियोगिताको अन्तिम चारमा स्थान पक्का गर्ने थियो ।  बिजय धिमालको रेडकार्ड संगै १० खेलाडीमा सिमित  थ्रीस्टार  ९० मिनेटको बिजय गुरुङको गोलगर्दै १ अंक जुटाउन सफल भएको छ ।

खेलको ७ औ मिनेटमा पछि परेको श्रीस्टारलाई बराबरी गर्न ९० औं मिनेट सम्म कुर्न पर्यो । खेलको २६औ मिनेटमा पहेलो कार्ड पाएको बिजय धिमालले ४२ मिनेटमा अर्को पहेलो कार्ड पाएपछी थ्री स्टार १० खेलाडीमा सिमित भएको थियो । थ्रीस्टारले पहिलो खेलमा नागाल्याण्डको बारक फुटबल क्लबबिरुद्ध ६–१ प्रभावशाली जित निकालेको थियो । यस्तै ओयल इन्डियाले लिग चरणको पहिलो खेलमा सिलोङ लाजोङ फुटबल क्लबसंग १–१ गोलको बराबरी खेलेको थियो ।

समुह ए अन्तर्गत बुधबार भएको आफ्नो दोस्रो खेलमा बारक फुटबल क्लबलाई ५–० ले पराजित गर्दै सिलोङ लाजोङ चार अंक सहित समुह एको शिर्ष स्थानमा छ ।  थ्री स्टारको अर्को खेल भोली शिलोङ लाजोङसग हुनेछ ।

मलेसियाद्धारा आतंकवादी आरोपमा एक नेपालीलाई देश निकाला

७ असोज, मलेसिया ।
आतंकवादी क्रियाकलापमा संलग्न भएको आशंकाकै भरमा मलेसियाले एक नेपाली युवालाई देश निकाला गरेको छ ।

समाचार अनुसार मलेसियाको बुकित बिन्ताङमा होटल र मनोरञ्जन व्यवसाय सञ्चालन गर्दै आएका एक नेपालीसहित एक बंगलादेशी र एक मोरक्कोका नागरिकलाई पनि मलेसिया सरकारले देश निकाला गरि उनिहरुकै देश पठाएको छ ।

मलेसियाको स्ट्रेट्स टाइम्स दैनिकमा प्रकाशित समाचार अनुसार एक मलेसियाली नागरिक पनि पक्राउ गरेका छन् तर उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको बताइएको छ । पक्राउ पछि आरोप प्रमाणित नभएपनि अन्य देशका नागरिकलाई भने देश निकाला गरि पठाइएको छ ।

गत महिना मलेसियाको स्वतन्त्रता दिवसका क्रममा आईएस लडाकू पक्राउ गरे लगतै मलेसियाको सुरक्षा निकायले गरेको अपरेशनपछि यो समाचार बाहिर आएको हो ।

पक्राउ परेर नेपाल फर्काइएका नेपाली नागरिकको उमेर ३८ बर्ष रहेको बताइएको छ । विस्तृत विवरण नखुलाइएपनि उनले अन्तराष्ट्रिय आतंकवादीहरुका लागि नक्कली कागजपत्र बनाइदिने काममा सहयोग गर्दै आएका थिए ।

तर यसरी नक्कली कागजात बनाउने काममा के कस्तो सहयोग गरेको र त्यो जानाजान वा अन्जानमा भन्नेपनि समाचारमा केही खुलाइएको छैन ।

कास्मीर स्वतन्त्रता दबाएर भारत पाकिस्तानसँग युद्ध निम्त्याउँदै, सिमामा युद्धको अवस्था

७ असोज, एजेन्सी ।
काश्मिरमा भइरहेको स्वतन्त्रता मागलाई दबाएर पाकिस्तानले उक्साएको आरोप लगाउँदै आएको भारतले पाकिस्तानसँग युद्ध निम्त्याउने तयारी गरेको छ ।

संयुक्त राष्टसंघको बैठकमै चीनले आतंकवादलाई प्रशय दिएको आरोप लगाएको भारतले पाकीस्तानसँग युद्धको तयारी गरेपछि पाकिस्तानले त्यसको प्रतिकारको पूर्ण तयारी थालेको छ ।

सैन्य बलमा बारतले दबाउँदै आएको काश्मिरमा स्वतन्त्रताको मागको विषयमा भारतले सँधै पाकिस्तानलाई दोष दिंदै आएको छ ।

यहि काश्मिर विवादका कारण भारत र पाकिस्तानबिच युद्ध हुने खतरा बढेको छ ।

दुबै देशले युद्धको तयारी स्वरुपमा सिमा क्षेत्रमा सैन्य गतिविधि बढाएका छन् ।

आणविक शक्ति सम्पन्न रहेका देश भारत र चिनबिच यसअघि समेत दुई पटक युद्ध भइसकेको छ ।

भारतले बलजफ्ती सिमा क्षेमा लडाकु बिमान, तोप, सैनिक तैनाथी बढाएर पाकीस्तानलाई चिढ्याउने काम गरेपछि पाकिस्तानले पनि बिहीबार राति लडाकु विमान उडाएर युद्धपूर्वको अभ्यास र तयारी गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा उल्लेख भए अुनसार इस्लामावादमा बिहीबार राति चार लडाकु विमान उडेका थिए ।

बिरलै उड्ने लडाकु बिमानको लगातारको उडान पछि दुई देशको सिमा क्षेत्रमा युद्धको भय बढेको छ भने भारत र पाकिस्तानले आफ्नो सेना र सैन्य सामग्रीलाई तयारी अवस्थामा राख्न भन्दै युद्ध भड्काउने गतिविधि गरिरहेका छन् ।

स्मरणीय छ यसअघि बिहीबार नै भारतीय सेनाले काश्मिरमा हातहतियार तथा बन्दोबस्तीका सामानको तैनाथी बढाएपछि पाकिस्तानले पनि त्यसको बिरुद्ध तयारी थालेको हो ।

भारतले सिमामा १ सय ५ वटा मध्यम खालका तोप लगायतका हतियार, र अरु उपकरण तैनाथ गरेको बिबिसीले जनाएको छ ।

भारतीय सेनाले बुधबार रातिदेखि नै काश्मिरको नियन्त्रण रेखा नजिक युद्ध सामाग्री थुपारेर राखेको छ ।

काश्मिरको विषयमा भारतले साध्ै पाकिस्तानलाई आरोप लगाउँदै आएको छ भने पाकिस्तानले काश्मिर स्वतन्त्रताको मागमा आफ्नो समर्थन रहेपनि कुनैपनि सहयोग नरहेको स्पष्ट पार्दै आएको छ । तर भारतले भने काश्मिर स्वतन्त्रताको लागि भइरहेको आन्दोलनलाई सम्वोधन गर्नुको साटो पाकिस्तानले उक्साएको भन्दै छिमेकी देश पाकिस्तानसँग कटुतापूर्ण व्यवहार गर्दै आएको छ ।

सार्क देशहरुमध्येको एक भारत मात्र त्यस्तो देश हो जसको आफ्नो कुनैपनि छिमेकी देशहरुसँग सुमधुर सम्वन्ध छैन । भारतको पाकिस्तानसँग मात्र नभए बंगलादेश, माल्दिभ्स, श्रीलंका सहित नेपालसँग समेत कटुता र विवादपूर्ण सम्वन्ध रहँदै आएको छ ।

भूटान, अफगानिस्तानमा समेत भारतको चर्को बिरोध हुने गरेको छ भने अर्को छिमेकी देश चिनसँग समेत भारतको सुमधुर सम्वन्ध रहेको पाईंदैन ।

प्रचण्डको अर्को देशद्रोही पाइला-हिन्दी भाषा कामकाजको, भारतीय प्रधानमन्त्री र राष्टपति

७ असोज, काठमाडौं ।
भारतीय आशिर्वादमा बनेको पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेसको योजनामा नेपालमा भारतीय हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउने प्रस्ताव सहितको संविधान संशोधनको तयारी भएको खुलासा भएको छ ।

राष्टघाती कदम चाल्दै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीले नेपाली नागरिकता लिएका भारतीय अर्थात् अंगिकृत नागरिकलाई पनि देशको राष्टपति प्रधानमन्त्री बन्न पाउने प्रस्ताव समेत संविधान संशोधनमा राखेका छन् ।

यसको लागि देशद्रोही कदम चाल्न थालेको प्रचण्ड नेतृत्वको सरकारले भारतीयले नेपाली नागरिकता लिने वित्तिकै प्रमुख कार्यकारी पदमा पुग्न सक्ने गरी संविधान सशोधन प्रक्रिया अघि बढाएको छ ।

भारतले अंगिकृत नागरिकता लिएका ब्यक्ति पनि नेपालको राष्टपति र प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्न नेपालका राजनीतिक दलहरुलाई दवाव दिँदै नेपालको संविधानको बिरोध गर्दै आएको छ ।

भारत र मधेसी मोर्चाको यही माग पुरा गर्न नेपालमाथि नाकाबन्दी समेत लगाइएको थियो । तर यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले अस्विकार गर्दै देशभर सबैले बिरोध गरेपनि कथित राष्टवादी खोल ओडेको प्रचण्ड सरकारले संविधान संशोधनको नाममा भारतीयलाई नेपालको प्रधानमन्त्री राष्टपति र भारतीय हिन्दी भाषा नेपालको भाषा बनाउने प्रक्रिया अघि बढाएको छ ।

हाल नेपालको संविधानले अंगिकृत नागरिकता भएका ब्यक्ति राज्यका अन्य सवै पदमा पुग्न सक्ने भएपनि प्रमुख पदमा पुग्न नसक्ने ब्यवस्था गरेको छ ।

यही बुँदामा बिरोध गर्दै भारतीयलाई नेपालको जुनसुकै पदमा पुग्न पाउनुपर्ने घुमाउरो मागमा दवाव दिंदै नाकाबन्दी गरेर ओली सरकार गिराएर प्रचण्डलाई प्रधानमन्त्री बनाउन सघाएको भारतले प्रचण्डलाई आफ्नो माग पुरा गराउन बाध्य बनाएको देखिएको छ ।

स्मरणीय छ भारतको लोकसभामा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले यही धारामा आपत्ति जनाउँदै भाषण नै गरेकी थिइन ।

संविधान संशोधनमा प्रधानमन्त्री दाहालले अंगिकृत नागरिकता र हिन्दी भाषामा सरकारी कामकाजको बिषय प्रमुख बनाएका छन् भने मधेसी मोर्चालाई सन्तुष्ट बनाउन राष्टिय सभामा जनसंख्याका आधारमा प्रतिनिधत्व बनाउने, अखण्ड नवलपरासीसहित बर्दियासम्म एक प्रदेश बनाउने र स्थानीय तह प्रदेश मातहत राख्नेसहितको संशोधन प्रस्तावमा छलफल अगाडी बढाएका छन् ।

भारत भ्रमण अघि समेत विवादीत विषयमा सहमती नगर्ने बाचा गरेपनि भारतीय विदेश नीति अनुसार नेपालको विदेश नीति बनाउने जस्ता राष्टघाती सहमती गरेर आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तिनै व्यक्ति हुन् जसले आफैं भ्रष्टाचारमा मुछिएका बिवादीत लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्ती गर्न हुन्न भनेर रातारात आफैं उच्चस्तरिय राजनीतिक समितिको प्रमुख रहेर कार्कीलाई अख्तियार प्रमुख बनाउन सिफारिस गरेका थिए ।

हिन्दी र अंग्रेजी भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउने गरी प्रधानमन्त्री दाहालले छलफल अगाडी बढाएपछि यसको सर्वत्र बिरोध सुरु भएको छ ।

भारतीय आर्शिवादमा राजनीति गर्दै आएका काँग्रेसका नेता उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले यसअघि नै हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउनु पर्ने भन्दै मुख खोली सकेका छन् । कथित मधेशको नाममा राजनीति गरिरहेको मधेशी मोर्चा नामको मोर्चामा आवद्ध तराई केन्द्रित दलका नेताहरुले समेत हाल भारतले राख्दै आएको मागहरुनै राख्दै आइरहेको छ ।

प्रधानमन्त्री दाहालले संशोधनका बुँदाहरु सहित मधेसी मोर्चाका नेताहरुसँग छलफल गरिरहेपछि प्रचण्डको पार्टीभित्रै चर्को बिरोध सुरु भएको छ ।

प्रचण्डको प्रस्तावमा संघिय समाजबादी फोरम नेपालका अध्यक्ष तथा मोर्चा नेता उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर र सद्भावना अध्यक्ष राजेन्द्र महतोसँग छलफल गरिसकेका र उनिहरुले सहमती दिइसकेको बुझिएको छ ।

भारत नीटक भएर राजनीति गरिरहेका असक्षम प्रधानमन्त्री घोषित भएर फालिएपनि पुन राजनीतिमा उदाएर काँग्रेस सभापती बनेका शेरबहादुर देउवा भारतीय माग पुरा गर्ने पक्षमा लागेपनि सत्ता गठबन्धन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने राष्टघाति कदममा आफुले साथ नदिने बताएका छन् । यद्यपी उनले स्पष्ट रुपमा यसबारेमा केही बोलिसकेका छैनन् ।

एमालेले पनि प्रधानमन्त्री दाहालको यो कदमलाई राष्टघाति कदमका रुपमा हेरेको बताएको छ ।
अंगिकृत नागरिकता लिएका ब्यक्तिलाई राज्यको प्रमुख पदमा पुग्ने र हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउन नसकिने निस्कर्ष एमालेले निकालेको छ ।

तर यही बिषयमा विवाद गर्दै माधव कुमार नेपाल सहितका नेताहरु पार्टीभित्र ओलिले एकलौटी निर्णय गर्न थालेको विषयलाई देखाएर पार्टी फुटाउने र भारतीय माग पुरा गराउनकै लागि लागि परिरहेको बताइन्छ ।

टोकियोमा म्ह पुजा र नेपाल संवत ११३७ भव्य रुपमा मनाउने तयारी

टोकियो ।
नेवा ः अन्तर्राष्ट्रिय फोरम जापानले बर्षेनि आयोजना गर्दै आएको म्ह पुजा यस बर्षपनि गर्ने भएको छ । नेवा फोरमले म्ह पुजासँगै राष्ट्रिय संवत नेपाल सम्वत ११३७ लाई पनि भव्य रुपमा मनाउने भएको छ ।

नेपाल एक बहुभाषि, बहु धार्मीक तथा जाति अनि बहु सांस्कृतिले सम्पन्न देश रहेको भन्दै नेवा अन्तराष्ट्रिय फोरम जापानले म्ह पूजा नेवारी समुदायको ठूलो पर्व रहेको बताएको छ ।

म्ह पूजामा आफ्नो जिउ शुद्ध गर्ने हेतुले आफु लगायत सबै परिवार आफन्तजनको पुजा गर्ने गरिन्छ ।

सुख, स्वास्थ्य र शान्तिको कामना गरि एक आपसमा शुभकामना आदान प्रदान पनि गरिन्छ ।

नेवास्अन्तर्राष्ट्रिय फोरम जापानले आफ्नो स्थापनाकाल देखि जापानमा म्ह पुजा भब्यरूपमा मनाऊदै आईरहेकोछ ।

म्ह पुजामा शरिरमा कुनै पनि प्रकारको रोग( व्याद नलागोस् , निरोगी र दिर्घायुको कामना गरी शरिरको पुजा गरिन्छ ।

त्यसै दिन नेपालको राष्ट्रिय संवतको रुपमा मान्यता प्राप्त नेपाल नयाँ वर्ष अथवा न्हूदयाँ भिंतुना ११३७को अवसरमा विगतका बर्षहरुमा जस्तै एकआपसमा शुभकामना आदन प्रदान गरी, मीठामीठा परिकारको भोजन तयार गरी नाच गान सहित हर्षोल्लास साथ मनाउने तयारी नेवा अन्र्तराष्ट्रिय फोरम जापाने गरेको छ ।

जापानमा मनाउँदै आइएको म्ह पूजा तथा नेपाल संवतका कार्यक्रममा नेवार समुदाय मात्र नभएर जापानमा रहेका सबै नेपाली समूदाय तथा जापानी नागरिकहरुको समेत उल्ख्य सहभागिता रहँदै आएको छ ।

विगतमा गोला प्रथाका आधारमा म्ह पूजामा सिमित व्यक्तिलाई सहभागी गराउँदै आएपनि यसपकट भने आयोजकले अग्रिम बुकिगं गरेर नाम टिपाउने सबैलाई सहभागी गराउने भएको छ । तर यसको लागि आयोजक कमिटीका सदस्यहरूलाई सम्पर्क गरेर म्ह पूजाको लागि मण्डप बुकिङ गरिसक्न आग्रह गरिएको छ ।

३१ अक्टोबर सम्ममा नाम टिपाउन आग्रह गर्दै आयोजकले स्थान व्यवस्थापनमा समस्या हुने भन्दै समयमै नाम टिपाउन ईच्छुक सबैमा आग्रह गरेको छ ।

स्मरणीय छ नेवा अन्र्तराष्ट्रिय समाज जापानले जापानमा हुने नेपाल फेस्टिवल सहित सबैखाले नेपाली सांस्कृतिक कार्यक्रममा सहभागी भएर नेपारी कला संस्कृति सहित नृत्य तथा बाजागाजा र भेषभुषाको प्रदर्शन गरेर प्रवासमा नेपाली कला र संस्कृतिको जगेर्ना र प्रवद्र्धन गर्दै आएको छ ।

सातौँ पाकिस्तानी हस्तकला व्यापार मेला सुरु

७ असोज, काठमाडौं ।
सातौँ पाकिस्तानी हस्तकला व्यापार मेला बिहीबारदेखि काठमाडौँको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा सुरु भएको छ ।

रावलपिन्डी चेम्बर अफ कमर्शको आयोजनामा सुरु भएको व्यापार मेलाले पाकिस्तानको सामग्री नेपालमा आयात गर्न तथा नेपालको सामग्री पाकिस्तानमा निर्यात गर्न थप सहयोग पुग्ने आयोजकले जनाएको छ ।

मेलाको उद्घाटन गर्दै वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले नेपाल र पाकिस्तानबीच पुरानो सम्बन्धलाई मेलाले थप वलियो वनाउने बताउनुभयो ।

नेपाल–पाकिस्तान मैत्री समाजका अध्यक्ष हिमालयशम्शेर जबराले नेपाली बजारमा पाकिस्तानी हस्तकलाले पर्याप्त बजार पाएको बताउनुभयो ।

नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले पाकिस्तानी हस्तकलाका सामानलाई नेपाली बजारमा चिनाउन मेलाले सहयोग पुगेको बताउनुभयो ।

मेलामा कपडा, छालाका सामग्री, धातुका सामान, काष्ठकलालगायत सामग्री राखिएका छन् ।

मुल्य वृद्धिदर १ दशमलव ८ प्रतिशत बिन्दुले घट्यो

७ असोज, काठमाडौं ।
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मुल्य वृद्धिदर १ दशमलव ८ प्रतिशत बिन्दुले घटेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार असारमा १०.४ प्रतिशत रहेको मुल्य वृद्धि दर ८।६ प्रतिशतमा सिमित भएको हो ।

समग्रममा मूल्यबृद्धि केही घटेपनि खाद्यान्न तथा पेय पदार्थ, गैर खाद्य तथा सेवा समुहमा मुल्य वृद्धि कायम नै रहेको छ ।

गत आवमा ७.३ प्रतिशत मुल्य वृद्धि देखिएको खाद्यान्नमा चालु आवको समिक्षा अवधिमा ९.३ प्रतिशत पुगेको छ । सबैभन्दा धेरै चिनी तथा चिनी जन्य सामाग्रीमा मुल्य वृद्धि भएको छ ।

मुल्य वृद्धि दर ३२ प्रतिशतबाट करीब १९ प्रतिशतमा सिमित भएको दाल तथा दाल जन्य सामाग्रीमा भने दोस्रो महंगिएको खाद्य पदार्थ भएको छ ।

गैर खाद्य तथा सेवा समुहको वृद्धि दर ८ दशमलव १ प्रतिशत रहेको छ । गत आवको यो अवधिमा भने यस्तो वृद्धि दर ६.६ प्रतिशतमा सिमित थियो ।

उच्च अदालतको मुख्य न्यायाधीश तोक्न सिफारिस

७ असोज, काठमाडौं ।
न्याय परिषद्ले उच्च अदालत जनकपुरका न्यायाधीश सुरेन्द्रवीरसिंह बस्न्यात र उच्च अदालत दीपायलका न्यायाधीश प्रकाशकुमार ढुङ्गानालाई सोही अदालतको मुख्य न्यायाधीशमा नियुक्ति गरी पदस्थापन गर्न प्रधानन्यायाधीश समक्ष सिफारिस गरेको छ ।

परिषद्को बैठकले सो दुई उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्त गरी पदस्थापन गर्न प्रधानन्यायाधीशलाई सिफारिस गरेको न्याय परिषद्का सचिव कृष्ण गिरीले जानकारी दिनुभयो ।

बैठकले राजस्व न्यायाधीकरण काठमाडौँको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश डिल्लीराज आचार्य, राजस्व न्यायाधीकरण विराटनगरको अध्यक्षमा उच्च अदालत विराटनगरका न्यायाधीश कुमार पोखरेल, राजस्व न्यायाधीकरणमा पोखरामा उच्च अदालत पोखराका न्यायाधीश सत्यराज गुरुङ र राजस्व न्यायाधीकरण नेपालगन्जमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायाधीश वीरबहादुर डागीलाई तोक्न नेपाल सरकार समक्ष सिफारिस गरेको छ ।

त्यस्तै, हाल विशेष अदालतका अध्यक्ष तथा सदस्यलाई विभिन्न उच्च अदालतमा पदाधिकार राखी हाल सोही विशेष अदालतमा अध्यक्ष तथा सदस्यमा तोक्न नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, वैदेशिक रोजगार न्यायाधीकरणको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश हेमन्तकुमार रावललाई तोक्न सरकार समक्ष सिफारिस गरेको जनाएको छ ।

सैनिक विशेष अदलतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश नीता गौतम दीक्षितलाई तोक्न सरकार समक्ष सिफारिस गरेको सचिव गिरीले जानकारी दिनुभयो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web