पहिरोमा परी एक विदेशीसहित चारको मृत्यु

७ असोज, गोरखा ।
उत्तरी गोरखाको केरौजा– ९ स्थित उहिया दोभानखण्डमा झरेको पहिरोमा परी हिजो एक विदेशी नागरिकसहित चार जनाको मृत्यु भएको छ ।

पहिरोमा परी ४ विदेशी नागरिक सहित ६ जना घाइते भएका छन् ।

पहिरोमा परी काठमाडौंका दोर्जे लामा र छिरि शेर्पा, ओखलढुङ्गा घर भएकी क्यान नेपाल संस्थामा काम गर्ने रञ्जना वस्नेत र एक स्पेनका नागरिकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो ।

घाइतेको फिष्टेल एयरले उद्धार गरी उपचारका लागि काठमाडौ ल्याएको छ । घटनास्थल सदरमुकामदेखि दुई दिनको पैदल दुरीमा पर्छ ।

गत वर्ष गएको भूकम्पपछि सो क्षेत्रमा पहिरो निरन्तर झर्ने गरेको मनास्लु क्षेत्रको पदमार्गका लागि हिंडेका विदेशी पर्यटकसहित नेपाली नागरिक पहिरोमा परेका हुन् ।

ताप्लेजुङमा राष्टिय संरक्षण दिवस मनाइदै

७ असोज, ताप्लेजुङ ।
वर्ष अघि ताप्लेजुङ घुन्साको धुन्जे पहाडमा हेलिकोप्टर दुर्घटनमा परि दिवंगत २४ जना संरक्षण विद्ध्हरुको स्मरणमा आज राष्टिय संरक्षण दिवस मनाइदै छ । दुर्घटना भएको जिल्ला सदरमुका फुङलिङ देखि  घुन्सा सम्म कार्यक्रम आयोजना गरिएको छ ।

सदरमुकाम फुङलिङमा २४ जना संरक्षणविद्को सालिकमा माल्यपर्ण गरिएको छ । जिल्ला वन कार्यालय,वातवण संरक्षण तथा विकास मञ्च लगायत विभिन्न संघसंस्थाको आयोजनामा वृक्षारोपण कार्यक्रम,सरोकारवाला निकाय विच अन्तक्रया कार्यक्रम,वातावरण सम्बन्धी लेख रचनका छनौट तथा पुरस्का वितरण गरिएको थियो ।

दुर्घटना पछि विश्व वन्यजन्तु कोष नेपालको छात्रवृतिमा पढेका ३२ जना विधार्थीले स्थापना गरेको छात्रवृद्धि घुन्सा विधालयमा कक्षा ६ मा अध्ययनरत साशङ शेर्पालाई प्रदान गरिएको छ ।

१० वर्ष अघि आजकै दिन लेलेपको घुन्सालाई नमुना गाउं घोषण अभियानमा पुग्नुभएका तत्कालिन बन मन्त्रि गोपाल राई, उहाका श्रीमति मिना राई,संरक्षण बिद्हरु हर्क गुरुङ,दामोदर प्रसाद पाजुली,सदन कुमार राई,नारायण प्रसाद पौडेल,तिर्थमान शाक्य,पाउली एण्टो,मिङमा नोर्बु शेर्पा,लामन,मार्गर एलेक्सजर,विजय आचार्य चन्द्र प्रसाद गुरुङ,जितिना वाउली,जेनीफर लामन,माथ्यु येनसिचोदेन लामा,विजय श्रेष्ठ,दावा लामा,हेमराज भण्डारी,सुनिल प्रसाद सिंह,मिङमा शेर्पा, क्लमकिम,भलेरी साप्रोन र गुरुवल तण्डुलको धुन्जे पहाडका हेलिकोप्टर दुर्घटनमा परी निधन भएको थियो ।

खराब मौसममा घुन्साबाट उडेका उनिहरुका हेलिकोप्टर ओलाङचुङगोला तर्फको पहाडमा ठोकिएको थियो ।

उद्योग ब्यबसायमा बन्द हड्ताल गर्न नपाउने कार्ययोजना आउँदैछ -मन्त्री जोशी

७ जोशी, भक्तपुर ।
उद्योगमन्त्री नविन्द्रराज जोशीले उद्योग ब्यबसायको क्षेत्रमा बन्द हड्ताल गर्न नपाउने गरी सरकारले कार्ययोजना ल्याउने तयारी गरिरहेको बताउनुभएको छ ।

उद्योग वाणिज्य सँघ भक्तपुरले आज  आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री जोशीले लगानीमैत्री वातावरण नहुँदा पुँजी र मानवस्रोत पलायन भैरहेको बताउनुभयो ।

उहाँले उद्योग ब्यबसायीलाई कानुनी र सुरक्षितरुपले लगानी गर्न आश्वस्त पारी स्वदेशमै लगानी गर्न प्रोत्साहित गर्न मन्त्रालयले सबै दलसँग छलफल गरी यस क्षेत्रमा बन्द हड्ताल गर्न नपाउने गरी ऐन नियम बनाउने तयारी गरिरहेको बताउनुभयो ।

औद्योगिक क्षेत्रमा कार्यरत मजदुरले आफ्ना माग राख्न पाउने तर बन्द हड्ताल गर्न नपाउने गरी नीति नियम र कार्यविधि ल्याउन लागिएको उहाँको भनाई थियो ।

मन्त्री जोशीले उद्योग मन्त्रालयले सबै मन्त्रालयको उद्योग ब्यबसायसँग सम्बन्धित काम उद्योग मन्त्रालयले मात्रै गर्ने गरी अन्य मन्त्रालयसँग छलफल गरी रहेको बताउँदै यसका लागि उद्योग मन्त्रालयको संरचना परिवर्तन गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।

उद्योग ब्यबसायमा बन्द हड्ताल गर्न नपाउने कार्ययोजना आउँदैछ -मन्त्री जोशी

७ जोशी, भक्तपुर ।
उद्योगमन्त्री नविन्द्रराज जोशीले उद्योग ब्यबसायको क्षेत्रमा बन्द हड्ताल गर्न नपाउने गरी सरकारले कार्ययोजना ल्याउने तयारी गरिरहेको बताउनुभएको छ ।

उद्योग वाणिज्य सँघ भक्तपुरले आज  आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री जोशीले लगानीमैत्री वातावरण नहुँदा पुँजी र मानवस्रोत पलायन भैरहेको बताउनुभयो ।

उहाँले उद्योग ब्यबसायीलाई कानुनी र सुरक्षितरुपले लगानी गर्न आश्वस्त पारी स्वदेशमै लगानी गर्न प्रोत्साहित गर्न मन्त्रालयले सबै दलसँग छलफल गरी यस क्षेत्रमा बन्द हड्ताल गर्न नपाउने गरी ऐन नियम बनाउने तयारी गरिरहेको बताउनुभयो ।

औद्योगिक क्षेत्रमा कार्यरत मजदुरले आफ्ना माग राख्न पाउने तर बन्द हड्ताल गर्न नपाउने गरी नीति नियम र कार्यविधि ल्याउन लागिएको उहाँको भनाई थियो ।

मन्त्री जोशीले उद्योग मन्त्रालयले सबै मन्त्रालयको उद्योग ब्यबसायसँग सम्बन्धित काम उद्योग मन्त्रालयले मात्रै गर्ने गरी अन्य मन्त्रालयसँग छलफल गरी रहेको बताउँदै यसका लागि उद्योग मन्त्रालयको संरचना परिवर्तन गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।

माइती र घरबाट अपहेलित महिलाको पीडा ७१ वर्षको उमरेमा नेपाली नागरिक

७ असोज, नुवकोट । माइती पक्षबाट अपेक्षा अनुसारको सहयोग नभएको र घर÷परिवारबाट बहिगर्मन हुनुभएका नुवाकोटको रालुकादेवी गाविस वडा नम्बर ६ का शुभद्रा खतिवडाले ७१ वर्षको उमेरमा बल्ल नेपाली नागरिकताको प्रमाण पत्र पाउनुभएको छ ।
जन्मेको १६ वर्षको उमरेम नै नागकिरता प्राप्त गर्न पाउने नेपाली नागरिकहरुको नैसर्गिक अधिकार भएपनि २००२ साल असार ३ गते जन्मनुभएका खतिवडालाई इलाका प्रशासन कार्यालय सातविसेको इलाका कार्यालय प्रमुख तथा प्रशासकीय अधिकृत सावित्रा ज्ञवालीले नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको छ ।

रालुकादेवी गाविसको वडा नम्बर ६ मा जन्मनुभएका खतिवडा नाबाललिका उमेरमा नै राउतवेशी गाविसको वडा नम्बर ७ का रामचन्द्र खतिवडासंग विवाह गर्नुभएको थियो । बिबाह गरेको केही वर्षपछि घरबाट निकालिएपछि माइती घर रालुकादेवीमा नै बस्दै आउनुभएको उहाँलाई इलाका प्रहरी कार्यालय सातविसेको सहयोगमा स्थलगत जाँचबुझ गरी इलाका प्रशासन कार्यालय सातविसेले नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो ।

माइतीपक्षबाट पनि आशा अनुसारको सहयोग नभएको र घरबाट पनि निकालिएसगै नागरिकता बनाउन सहयोग नपाउनुभएका उहाँले नागरिकता प्राप्त गर्नबाट बञ्चित हुदै आउनुभएको थियो । ७१ वर्षको उमेरमा खतिवडालाई इलाका प्रशासन कार्यालयका प्रमुख ज्ञवालीले इलाका प्रहरी कार्यालय खरानीटारसंग समन्वयन गरी नागरिकता प्रदान गर्नुभएको हो ।

यसअघि जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट नागरिकता प्राप्तीको लागी निवेदन दिएपनि माइती र घर दुवै पक्षबाट हुदै आएको असहयोगले नेपाली नागरिक बन्न बञ्चित हुनुभएका उहाँले इलाका प्रशासन कार्यालयको स्थापनाले नागरिकता प्राप्ती गरी नेपाली नागरिक बन्न सफल हुनुभएको छ । माइती र घरबाट नै नागरिकता दिलाउन सहयोग नपाएपनि उहाँले नागरिकतामा बाबु शेषप्रसाद कट्टेल र श्रीमान रामचन्द्र खतिवडा उल्लेखित भएको नागरिकता लिनुभएको छ । उहाँलाई नगारिकता उपलब्ध गराउन घर र माइती दुवै पक्षबाट कोही पनि जिम्मेवारी नबसेपछि इलाका प्रशासन कार्यालयले प्रहरीको सहयोगमा नागरिकता उपलब्ध गराइदिएको हो ।

नागरिकता नहुदा जेष्ठ नागरिकहरुले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ताको लाभ पाउनबाट समते उहाँ बञ्चित हुनुभएको थियो । नागरिकता पाएसगै उहाँले सामाजिक सुरक्षा भत्ता पाइने भएकाले औषधि सेवनको लागी आर्थिक सहयोग पुग्ने बताउनुभएको छ ।

पत्रकारले के गर्न हुने के गर्न नहुने, यस्तो छ नयाँ आचारसंहिता (पूर्ण पाठसहित)

काठमाडौं,असोज ६ । पत्रकारिता पेसालाई थप मर्यादित बनाउनका लागि प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घले संयुक्त रुपमा ‘पत्रकार आचारसंहिता, २०७३ जारी गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज प्रेस काउन्सिल नेपालको ४७औँ वार्षिकोत्सवको अवसरमा काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की र महासङ्घ अध्यक्ष डा।महेन्द्र विष्टले संयुक्त रुपमा आचारसंहिता जारी गर्नुभएको हो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, सूचना तथा सञ्चार मन्त्री राम कार्की, पूर्व सञ्चार मन्त्रीहरु, सरकारी अधिकारी र पत्रकारहरु सहभागी रहेका थिए।

अहिलेसम्म पत्रकार आचार संहिता- २०६० लागू हुँदै आएकोमा अब सो आचार संहिता खारेज भएर नयाँ आचार संहिता प्रयोगमा आएको छ । नयाँ आचार संहिता पुरानोभन्दा लामो आकारको छ । पत्रकार र सञ्चारमाध्यमको कर्तव्य अन्तरगत १५ वटा बुँदाहरु छन् । त्यस्तै पत्रकारले गर्न नहुने काम अन्तरगत पनि १५ बुँदा छन् ।

आचारसंहिताको पूर्णपाठ यहाँ हेर्नुहोस्

दिगो यातायात व्यवस्थापनका लागि सरकार क्रियाशिल: मन्त्री केसी

काठमाडौं,असोज ६ । सहरी विकास मन्त्रालयको आयोजनामा काठमाडौंमा सहरी यातायात व्यवस्था संवन्धि बिज्ञ समूहको दुईदिने वैठक विहिवारवाट सुरु भएको छ । एशिया प्रशान्त क्षेत्रका २० राष्ट्रका ८० जना बिज्ञहरुको सहभागिता रहेको वैठकको सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले एक समारोहका वीच उद्घाटन गर्नुभयो ।

त्यसक्रममा मन्त्री केसीले यातायात क्षेत्रमा सुधारका लागि नयाँ नियम र योजनाहरुको निर्माण भइरहेको र यसले यातायात क्षेत्र र शहरी यातायातमा आमुल परिवर्तन ल्याउनेमा कुनै शंका नभएको स्पष्ट पार्नुभयो । उहाँले सहरलाई जोड्ने सडकहरु र यातायातलाई परिमार्जन गर्दै जानुपर्नेमा पनि जोड दिनुभयो ।

मन्त्री केसीले विश्वभरि नै सहरी विस्तारको गतिले तीब्रता लिइरहेको परिणामस्वरुप सहरी यातायात प्रणालीले सर्वसाधारणको आवागमनको खाँचोलाई पूरा गर्नुपर्ने वताउँदै सार्वजनिक आवागमन तथा यातायातको वातावरणीय अनुकूलताका साथ दीगो तरिकाले यथेष्ट र उपयुक्त उपयोग हुनु जरुरी रहेको वताउनुभयो ।

मन्त्री केसीले  एशिया प्रशान्त क्षेत्र र विश्वका एकदमै परिष्कृत यातायात प्रणालीमा देखिएका सबल र दुर्वल पक्षबारे समीक्षा गर्दे  यातायात व्यवस्थापनमा देखिएका सबै कमजोरीहरूलाई विभिन्न नीति तथा तरिकाद्वारा एकीकृत दृष्टिकोणका साथ न्यूनीकरण गर्न  सरकार प्रयत्नशील रहेको स्पष्ट पार्नुभयो ।

त्यसक्रममा मन्त्री केसीले सहरी विकासका मूख्य आधार— सहरी व्यवस्थापन, सहरी पूर्वाधार, सहरी अर्थतन्त्र र सहरी वातावरणलाई मध्यनजर गर्दे  संस्थागत रुपमा नै राष्ट्रिय सहरी विकास रणनीति तर्जुमा गर्न  सरकार प्रतिवद्ध रहेको वताउँदै राष्ट्रिय सहरी नीति २०६४ अन्तर्गत राष्ट्रिय सहरी विकास रणनीतिको लागि दीगो सहरी विकास र यातायात प्रणालीका नीतिहरू तर्जुमा गरिने समेत स्पष्ट पार्नुभयो ।

कार्यक्रममा भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखकले यातायात क्षेत्रमा सुधार गर्नको लागि शहरी क्षेत्रको सडकको गुणस्तरमा वृद्धि गर्न जरुरी रहेको बताउनुभयो । उहाँले सवारी दुर्घटना हुनुको मुख्य कारण सडक नै भएकाले सबै भन्दा पहिले सडकको स्तरोन्नति गर्नुपर्ने बताउनुभयो ।

सहरी विकास सचिव दिपेन्द्र्रनाथ शर्मा, राष्ट्रिय योजना आयोगका सदस्य डा.सुनीलवावु श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तमाङ, कोरिया ट्रान्सपोर्ट ईन्सिटच्यूटका सुङुगवोन लि,सहरी विकास मन्त्रालयका सहसचिव शम्भु केसी लगायतले वैठकको उद्धेश्य तथा एशिया प्रशान्त क्षेत्रमा देखिएका यातायात समस्या र समाधानका उपायहरुका संवन्धमा आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा शहरी क्षेत्रमा यातायात सुविधाको लागि सम्भावित रेल योजनाको विषयमा पनि छलफल भएको थियो ।

एक्ससेल्सियर र रिब्स सेमिफाइनलमा

काठमाडौं, असोज ६  ।  द एक्सेल्सियर स्कुल र रिब्स प्रथम होलीभिजन कप अन्तरविद्यालय छात्र फुटसल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । होलीभिजन स्कुलद्वारा आयोजित प्रतियोगिताको क्वाटरफाइनलमा एक्सेल्सियरले आईडियल मोडेललाई ४–० गोलअन्तरले पराजित ग¥यो । चारै गोल धीरजबाट सम्भव भयो ।

न्यु जेनिथ विरुद्धको खेलमा रिब्स ‘क्वाइन टस’ मा भाग्यमानी ठहरियो । निर्धारित समयको खेल १–१ तथा टाइब्रेकर २–२ को बराबरीमा सकिएपछि खेलको निर्णय ‘क्वाइन टस’ बाट गरिएको थियो । त्यसमा रिब्सले बाजी मा¥यो ।

ताहचल फुटसलमा भइरहेको प्रतियोगितामा रातो बंगला र जेम्स पनि आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराउदै सेमिफाइनलमा पुगे । रातो बंगलाले चाँदबागलाई ५–४ ले हरायो । जेम्सले ग्रिनफिल्डलाई ४–१ ले पाखा लगायो ।

सेमिफाइनलमा जेम्सको भेट एक्सेल्सियरसंग हुनेछ भने रातो बंगलाले रिब्सको सामना गर्नेछ । सेमिफाइनल र फाइनल शुक्रबारै हुनेछ ।

याम र दिलमायालाई दोहोरो स्वर्ण

काठमाडौं, असोज ६  । जाजरकोटका यामसाजन सुनार र सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी दिलमाया कार्कीले चौथो गोल्डेन स्प्रिन्ट मिटमा बिहीबार दोहोरो स्वर्ण जितेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगतामा यामले पुरुष १ सय र २ सय मिटर दौडमा स्वर्ण जिते । १ सय मिटर दूरी यामले १०.५ सेकेन्डमा पूरा गरे । भारतका सिद्धान्त बोरारा दोश्रो तथा ललितपुरका आशिष खत्री तेश्रो भए । २ सय मिटर दूरी पार गर्न यामले २१.६ सेकेन्ड समय खर्चे । बाराका नीलप्रताप महतो दोश्रो तथा ललितपुरका आशिष खत्री तेश्रो स्थानमा रहे ।

दिलमायाले २ सय र ४ सय मिटर दौडमा शीर्ष स्थान कब्जा गरिन् । दिलमायाले २ सय मिटर दूरी २६.३ सेकेन्डमा तय गरिन् । एपीएफका सरस्वती चौधरी दोश्रो तथा भगीरथी चौधरी तेश्रो बने । ४ सय मिटर दूरी दिलमायाले ६० सेकेन्डमा तय गरिन् । एपीएफकी भगीरथी चौधरी दोश्रो तथा भारतकी संगीता भउर्सिया तेश्रो भए ।

महिला १ सय मिटर दौडमा एपीएफकी सरस्वती चौधरीले स्वर्ण जितिन् । सरस्वतीले निर्धारित दूरी तय गर्न १२.७ सेकेन्ड समय निकालिन् । बर्दियाकी प्रमिला थारु दोश्रो तथा भारतकी भविष्य कोठारी तेश्रो भए ।

पुरुष १ सय १० मिटर हर्डल्स (बाधा दौड) मा जिवराज शाही पहिलो भए । उनले १७.५ सेकेन्ड समय खर्चे । एपीएफका सत्तबहादुर बुढा दोश्रो तथा नारायण महतो तेश्रो भए । महिला १ सय मिटर हर्डल्समा भारतकी भविष्य कोठारी पहिलो भइन् । भविष्यको टाइमिङ १६.६ सेकेन्ड रह्यो । एपीएफकी सविता चौधरी दोश्रो तथा बर्दियाकी प्रमिला थारु तेश्रो स्थानमा रहे ।

नेपाल एथलेटिक्स संघ र काठमाडौं रोड रनर्स क्लब अल्मुनाइद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष ४ सय मिटर दौडमा नेपाल आर्मी क्लबका सोमबहादुर कुमाल पहिलो भए । उनले निर्धारित दूरी ४८.२ सेकेन्डमा सकाए । एपपीएफका आशिष चौधरी दोश्रो र नीरप्रताप महतो तेश्रो भए ।

विद्यालयतर्फ छात्र १ सय मिटर दौडमा सिन्धुलीका खिलबहादुर कार्की पहिलो भए । उनले १२ सेकेन्ड समय लगाए । सो स्पर्धाको छात्रामा १३.५ सेकेन्ड समय खर्चदै आईडियल मोडेल स्कुलकी लुजला अमात्य शीर्ष स्थानमा रहिन् ।

विजेतालाई एथलेटिक्स संघका अध्यक्ष राजिवविक्रम शाहलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । एकदिने प्रतियोगितामा विद्यालयतर्फ बाहेक सबै स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार प्राप्त गरे ।

Health insurance-related bill soon: Minister Thapa

Health Minister Gagan Thapa has said the government is expected to present a bill relating to health insurance at the parliament within the next two months.

Speaking at the foundation-stone laying ceremony in Chitwan today today, the Health Minister said the government is planning to come up with a health insurance policy for citizens with a view to ensuring their access to health facilities.

The government will finance the extremely poor community who are unable to pay health insurance amount and guarantee their access to health services, he added.

Nepal's constitution has guaranteed citizens' rights to getting quality health services and every patient either from a poor family or well-off must be provided with well medical treatment, the Health Minister stressed.

Foreign Minister Mahat attends General Debate of the 71st Session of UNGA

Dr Prakash Sharan Mahat, Minister for Foreign Affairs and the leader of Nepali delegation to the 71th session of the United Nations General Assembly, attended the General Debate of the 71th session of the UNGA that began in New York Tuesday.

On the sidelines of the UNGA, Nepal and El Salvador, a central American republic, established diplomatic relations yesterday.

Dr Mahat and Mr Hugo Roger Martinez Bonilla, Minister of Foreign Affairs of El Salvador signed a Joint communiqué to this effect at a special ceremony held at the United Nation Headquarters.

On the occasion, the two ministers expressed their confidence that the signing of the communiqué would deepen and widen the relations between the two countries in areas of mutual interest, and would also strengthen mutual cooperation at the United Nations and other multilateral forums to promote international peace and development, the Permanent Mission of Nepal to the United States.

Similarly, the Foreign Minister held separate bilateral meetings with his counterparts of Mongolia and Serbia.

Also on the sidelines, the Informal Meeting of the SAARC Council of Ministers was held in New York with participation of all eight member states of SAARC and Minister for Foreign Affairs Dr. Mahat, as the current Chair of the SAARC Council of Ministers, presided over the Meeting. The Meeting reviewed progress achieved on the implementation of the decisions of the 37th Meeting of the SAARC Council of Ministers and its preceding meetings held in Pokhara in March 2016.

On the occasion, the head of delegation of Pakistan briefed about the ongoing preparations for hosting the 19th SAARC Summit scheduled to be held in Pakistan on 09 to 10 November 2016.

On Tuesday evening, Minister Dr. Mahat attended a reception hosted in honour of visiting heads of delegations by Barack Obama, the President of the United States of America. On the occasion, he had a brief exchange of views with President Obama and also talked with US Secretary of State Mr. John Kerry on matters of mutual interests.

International conference on gender equity kicks off

A two-day International Conference on Gender Equity and Social Justice has kicked off in Kathmandu today. The Conference is organised by Legislature-Parliament's Social Justice and Human Rights Committee.

Lawmakers from Bhutan, Myanmar and Denmark and representatives from NGO/INGOs working in the sector of gender equity and social justices are taking part in the Conference.

Bhutan's Minister for Works and Human Settlement Lyonpo Dorji Choden is leading a 15-member delegation of parliamentarians in the event. Likewise, 10 members of the Myanmar's House of Representatives and Danish lawmakers are among the participants of the Conference.

Committee President Sushil Kumar Shrestha has represented the country in the event.

Constitutional provisions regarding gender equity and social justice, status of their implementation and challenges in the implementation are among the agenda of discussions of the event which will conclude tomorrow, issuing a Kathmandu declaration.

Opening the Conference, Committee President Shrestha  expressed his hope that Nepal's constitution that was promulgated through the Constituent Assembly would prove a milestone in eliminating gender-based discrimination and ensuring women's rights.

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web