७ असोज, ताप्लेजुङ ।
वर्ष अघि ताप्लेजुङ घुन्साको धुन्जे पहाडमा हेलिकोप्टर दुर्घटनमा परि दिवंगत २४ जना संरक्षण विद्ध्हरुको स्मरणमा आज राष्टिय संरक्षण दिवस मनाइदै छ । दुर्घटना भएको जिल्ला सदरमुका फुङलिङ देखि घुन्सा सम्म कार्यक्रम आयोजना गरिएको छ ।

सदरमुकाम फुङलिङमा २४ जना संरक्षणविद्को सालिकमा माल्यपर्ण गरिएको छ । जिल्ला वन कार्यालय,वातवण संरक्षण तथा विकास मञ्च लगायत विभिन्न संघसंस्थाको आयोजनामा वृक्षारोपण कार्यक्रम,सरोकारवाला निकाय विच अन्तक्रया कार्यक्रम,वातावरण सम्बन्धी लेख रचनका छनौट तथा पुरस्का वितरण गरिएको थियो ।

दुर्घटना पछि विश्व वन्यजन्तु कोष नेपालको छात्रवृतिमा पढेका ३२ जना विधार्थीले स्थापना गरेको छात्रवृद्धि घुन्सा विधालयमा कक्षा ६ मा अध्ययनरत साशङ शेर्पालाई प्रदान गरिएको छ ।

१० वर्ष अघि आजकै दिन लेलेपको घुन्सालाई नमुना गाउं घोषण अभियानमा पुग्नुभएका तत्कालिन बन मन्त्रि गोपाल राई, उहाका श्रीमति मिना राई,संरक्षण बिद्हरु हर्क गुरुङ,दामोदर प्रसाद पाजुली,सदन कुमार राई,नारायण प्रसाद पौडेल,तिर्थमान शाक्य,पाउली एण्टो,मिङमा नोर्बु शेर्पा,लामन,मार्गर एलेक्सजर,विजय आचार्य चन्द्र प्रसाद गुरुङ,जितिना वाउली,जेनीफर लामन,माथ्यु येनसिचोदेन लामा,विजय श्रेष्ठ,दावा लामा,हेमराज भण्डारी,सुनिल प्रसाद सिंह,मिङमा शेर्पा, क्लमकिम,भलेरी साप्रोन र गुरुवल तण्डुलको धुन्जे पहाडका हेलिकोप्टर दुर्घटनमा परी निधन भएको थियो ।

खराब मौसममा घुन्साबाट उडेका उनिहरुका हेलिकोप्टर ओलाङचुङगोला तर्फको पहाडमा ठोकिएको थियो ।

17.16¡ÆC