७ जोशी, भक्तपुर ।
उद्योगमन्त्री नविन्द्रराज जोशीले उद्योग ब्यबसायको क्षेत्रमा बन्द हड्ताल गर्न नपाउने गरी सरकारले कार्ययोजना ल्याउने तयारी गरिरहेको बताउनुभएको छ ।

उद्योग वाणिज्य सँघ भक्तपुरले आज आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री जोशीले लगानीमैत्री वातावरण नहुँदा पुँजी र मानवस्रोत पलायन भैरहेको बताउनुभयो ।

उहाँले उद्योग ब्यबसायीलाई कानुनी र सुरक्षितरुपले लगानी गर्न आश्वस्त पारी स्वदेशमै लगानी गर्न प्रोत्साहित गर्न मन्त्रालयले सबै दलसँग छलफल गरी यस क्षेत्रमा बन्द हड्ताल गर्न नपाउने गरी ऐन नियम बनाउने तयारी गरिरहेको बताउनुभयो ।

औद्योगिक क्षेत्रमा कार्यरत मजदुरले आफ्ना माग राख्न पाउने तर बन्द हड्ताल गर्न नपाउने गरी नीति नियम र कार्यविधि ल्याउन लागिएको उहाँको भनाई थियो ।

मन्त्री जोशीले उद्योग मन्त्रालयले सबै मन्त्रालयको उद्योग ब्यबसायसँग सम्बन्धित काम उद्योग मन्त्रालयले मात्रै गर्ने गरी अन्य मन्त्रालयसँग छलफल गरी रहेको बताउँदै यसका लागि उद्योग मन्त्रालयको संरचना परिवर्तन गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।

21.56¡ÆC