पर्वतमा सबैभन्दा बढि अपराध

६ असोज, कुश्मा ।
धौलागिरी अञ्चलका चार जिल्ला मध्ये सबैभन्दा बढि अपराधका घटना पर्वत जिल्लामा हुने गरेको छ । अञ्चलका पर्वत लगायत म्यादी, मुस्ताङ र बागलुङ मध्ये पर्वत जिल्लामा धेरै अपराध हुने गरेका छन् ।

अञ्चल प्रहरी कार्यालय बागलुङले दिएको जानकारी अनुसार पर्वतमा गत आथिृक बर्ष २०७२/७३ मा १ सय ६८ विभिन्न घटना सम्वन्धि मुद्धा जिल्ला प्रहरी कार्यालमा दर्ता भएका छन् । जसमा १ सय ८ मुद्धा प्रहरीले फछ्र्यौट गरेको छ भने ६० मुद्धा चालु आर्थिक बर्षमा कार्बाहीका लागि लगत सरेर आएका छन् ।

उक्त मुद्धा उपर कारवाही प्रक्रिया जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । त्यस्तै बागलुङमा १ सय ६० मुद्धा अघिल्लो बर्षमा नै फछ्यौृट भएका छन भने ५७ मुद्धा बाँकी रहेका छन् । म्यादी जिल्लामा दर्ता भएका १ सय २२ मुद्धा मध्ये ६८ मुद्धा फछ्यौट भएका छन् भने ४५ मुद्धा चालु बर्षमा कार्वाहीको प्रक्रियामा रहेका छन् ।

हिमालपारीको जिल्ला मुस्ताङमा समेत गत आथिृक बर्षमा २० अपराधिक घटनाका मुद्धाहरु जिल्ला प्रहरी कार्यालय मुस्ताङमा दर्ता भएको तथ्याङ्करहेको छ ।

दर्ता भएको मुद्धा मध्ये ४ वटा मुद्धामा मात्रै प्रहरीले कार्वाही प्रत्रिया सम्पन्न गरेको छ भने अन्य १६ मुद्धा चालु बर्षका लागि जिम्मेवारी थपिएको अञ्चल प्रहरी कार्यालय बागलुङका प्रहरी सहायक निरिक्षक जितवहादुर कार्कीले जानकारी दिए ।

धौलागिरिका यी ४ जिल्लामा विशेषत सार्वजानिक अपराध,महिला हिँसाका घटनाहरु ब्ढि रहेको अञ्चल प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

जापानमा ओस्कार मनोनित लोकप्रिय चलचित्र ‘कालो पोथी’ आइतबार प्रदर्शन हुँदै

६ असोज, टोकियो ।
ओस्कर अवार्डमा मनोनित लोकप्रिय चलचित्र कालोपोथी यही आउँदो आइतबार जापानमा प्रदर्शन हुने भएको छ । चलचित्र प्रदर्शनको लागि सबै तयारी सकिएको र टिकट बुकिंग अन्तिम चरणमा पुगेको चलचित्र प्रदर्शनको जिम्मेवारी पाएको टोक्यो ड्रिम्स ईन्टरटेन्मेन्टले जानकारी दिएको छ ।

फोन मार्फत फोन नम्वर र विवरण टिपाएर चलचित्रको अधिकाशं टिकट बुकिंग गरिसकेको बताउँदै टोक्यो ड्रिम्स ईन्टरटेन्मेन्टले चलचित्रको टिकट समयमै बुकिंग गराउन पुन आग्रह गरेको छ ।

चलचित्र कालो पोटी यही सेप्टेम्वर २५ तारिख पर्सी आइतबारका दिन टोकियो नाकानोमा रहेको नाकानो जिरोहलमा प्रदर्शन हुँदैछ ।

जापानमा गतवर्ष भव्यताका साथ कबड्डी कबड्डी चलचित्रको सफल प्रदर्शन गरेको टोक्यो ड्रिम्सले कालो पोथीको प्रदर्शन गर्न लागेको हो । जापानमा रहेका नेपाली चलचित्रप्रेमी दर्शकहरुको लागि खुशीको कुरा के भने टोक्यो ड्रिम्सले नै हाल नेपालमा भव्य प्रदर्शन भइरहेको छक्का पन्जा चलचित्र प्रदर्शनको प्रक्रिया अघि बढाएको छ ।

आइतबार प्रदर्शन हुन लागेको कालोपोथी चलचित्र प्रदर्शनको जिम्मेवारी पाएको टोक्यो ड्रिम्स ईन्टरटेन्मेन्टका अनुसार टिकटको मूल्य विद्यार्थीको लागि छुट सहित २५ सय जापानी येन र अन्यको लागि तीन हजार जापानी येन तोकीएको छ ।

चलचित्र कालो पोथी टोकियो नाकानो जिरो हल नाकानो कु मा साँझ ५ ः ३० बजेबाट प्रदर्शन हुनेछ ।

चलचित्र कालो पोथीको टिकट बुकिगंको लागि निम्न लिखित नम्वर तथा टोक्यो ड्रिम्सको फेसबुकपेजमा गएर सम्पर्क गर्न सकिने चलचित्र प्रदर्शन गर्न लागेको टिमले जानकारी दिएको छ ।

सम्पर्क नम्वर : 08043555258, 080-4799-2846, 08035940800

फेसबुक पेज  Tokyo Dreams Entertainment

ओस्कर अवार्ड चयनपछि जापानमा 'कालोपाथी' चर्चामा, प्रदर्शन मिति सेप्टेम्वर २५

‘प्रेमको हत्यारा…’ सार्वजनिक (भिडियो सहित)

६ असोज, टोकियो ।
चर्चित गायक प्रमोद खरेलको स्वरमा गीत प्रेमको हत्यारा सार्वजनिक भएको छ । निम संगित सेन्चुरीको संगित रहेको गित युट्युव मार्फट सार्वजनिक भएको हो ।

जापानमा छायांकन गरिएको गितको म्यूजिक भिडियोमा पवन केसी र सन्ध्या कार्कीको उत्कष्ठ अभिनय रहेको छ ।

व्यावसायिक मोडल झैं उत्कृष्ठ अभिनय रहेको गितले धनी प्रेमीको सच्चा प्रेम समर्पणलाई प्रस्तुत गरेको छ ।

करोडपति अविवाहित प्रेमीको रुपमा पवन केसीको उत्कष्ठ अभिनय रहेको म्यूजिक भिडियोलाई रोशन कार्कीले निर्देशन गरेका हुन् ।

जापानमा रहेर म्यूजिक भिडियो लगायतको काम गर्दै आएका कार्कीको भिडियोमा मोडलमा पवनलाई साथ दिएकी छिन् मोडल सन्ध्या कार्कीले ।

नेपालमै म्यूजिक भिडियोहरुमा व्यवसायिक मोडललिंग गरिररहेका मोडलहरुको स्तरमा म्यूजिक भिडियोमा सन्ध्याको अभिनय उत्कृष्ठ रहेको छ ।

कार्कीकै निर्देशनमा छायांकन भएको गितमा जापानका सुन्दर दृश्यहरु कैद गरिएको छ ।

अविवाहित करोडपति युवकको सम्पत्ती प्राप्त गर्न एक युवतीले गरको जालझेल र सम्पत्ती भन्दा प्रेमलाई महत्व दिएर सबै समर्पण गरेका युवकको कथा समेटिएको म्युजिक भिडियोको सम्पादन नेत्र गुरुङले गरेका हुन् ।

गितमा सुरेश घमलको शब्द शंकलन र सेन्चुरीको संगितमा चर्चित गायक प्रमोद खरेलको स्वर मिसिंदा सुनमा सुगन्ध थपिएको देखिन्छ ।

म्यूजिक भिडियोलाई भूपाल क्रियशनले युट्युव मार्फत सावर्जनिक गरेको हो ।

हेर्नुहोस् आधुनिक गित प्रेमको हत्यारा

लुटपाट गर्ने पक्राउ

६ असोज, काभ्रे ।
यात्रुबाहक टोयटा हाईस् गाडी रोकी यात्रुहरुको नगद तथा सुनको सिक्री लुटपाट गर्ने मध्येका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कुशादेवी गाविस–४ घर भई हाल ललितपुर उपमहानगरपालिका–१५ महालक्ष्मीस्थान बस्ने २१  बर्षीय रोशन थापा, शिसाखानी गाविस–१ बस्ने २३ बर्षीय रोज कुमार लामा र कुरुवाबास चापाखोरी गाविस–१ बस्ने २३ बर्षीय मिलन लामा रहेका छन् ।

उनीहरुले असोज ३ गते भकुण्डेबेशीबाट काठमाडौँतर्फ गइरहेको बा.३ ख ९८२८ नम्वरको यात्रुबाहक टोयटा हाईस गाडीलाई पनौती नगरपालिका–१ चौकोट स्थित बि.पि. राजमार्ग सडक खण्डमा रोकी गाडीमा सवार भई आएका यात्रु तथा चालक समेतको गरी नगद १ लाख ३० हजार रुपैयाँ र डेढ तोलाको सुनको सिक्री समेत लुटपाट गरेका थिए ।

प्रहरीले उनीहरुलाई बुधबार लुटपाट घटनामा प्रयोग भएको बा.७२ प ७३२६ र बा ४७ प ३४५८ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्वास्थ्य मन्त्री गगन थापाले भने-‘सुधारको नतिजा तीन महिना भित्र निस्कन्छ’

६ असोज, चितवन ।
नेपाल सरकारका स्वास्थ्य मन्त्री गगन थापाले स्वास्थ्य क्षेत्रमा भएको सुधारको प्रारम्भिक नतिजा ३ महिना भित्र निस्कने बताएका छन् ।

आज बिहान भरतपुर विमानस्थलमा  पे्रस युनियन, चितवनले  आयोजना गरेको पत्रकार सम्मेलनमा  पत्रकार हरु सँग कुरा गर्दै सो कुरा बताएका हुन् ।

चितवनमा रहेको मध्यमाञ्चल उपक्षेत्रीय भरतपुर अस्पतालको सि व्लकको उद्घाटन गर्न आइपुगेका थापाले चितवनको भरतपुर अस्पताल, बि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको अनियमितता, कमजोर व्यवस्थापन र भइरहेको श्रोत साधनको सही उपयोग नगरेको गुनासो प्रति गम्भिर ध्यान आर्कषण गरेका छन् ।

मन्त्री थापाले अस्पतलाको सेवाप्रति आंच आउने र बिरामीको मौलिक हक को बाधा पुर्याउने तल देखि माथि सम्मका कुनै कर्मचारी लाई बाँकी नराख्ने बताएका छन् ।

फरक प्रसंगमा डा.गोबिन्द के.सी.को बारेमा सोधिएको जिज्ञासामा मन्त्री गगन थापाले भने  ‘डा.के.सीको माग पनि चिकित्सा क्षेत्रमा भएको सुधारको नै माग हो, उहांँको माग शतप्रतिशत ठीक छ, तर संसदको प्रक्रियामा जांँदा सबै माग सम्बोधन गर्न केही समय अबश्य लाग्छ’ ।

साथै मन्त्री थापाले स्वास्थ्य सुधारको लागि आमनागरिक, राजनितीक दल तथा पत्रकारलाई सहयोगको लागि आग्रह समेत गरे ।

प्रधानमन्त्रीसँग नर्वेजियन राजदूत राजदुत भेट

६ असोज, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको कार्यान्वयन, भूकम्पको पूनर्निर्माण र समृद्धिका लागि द्रुत गतिमा काम भैरहेको बताएका छन् ।

प्रधानमन्त्रीे कार्यालय सिंहदरबारमा प्रधानमन्त्री दाहालसँग नेपालका लागि नर्वेजियन राजदूत क्याजेल टोर्मोड पेट्टेर्सेनले गरेको भेटमा प्रधानमन्त्री दाहालले संविधान निर्माण पछी यसको कार्यान्वयन गर्दै नेपालमा शान्ति प्रक्रिया मौलिक रुपमा सम्पन्न हुन लागेको बताए ।

प्रधानमन्त्री दाहालले नेपालको अर्थिक विकास र समृद्धिका लागि नर्वेको सहयोग महत्वपूर्ण रहेको र निरन्तर सहयोग रहने विश्वास पनि व्यक्त गरेको प्रधानमन्त्री दाहालको सचिलवालयले जनाएको छ ।

भेटमा नर्भेजियन राजदूत क्याजेलले नेपालको भौतिक विकास र समृद्धिका लागि नर्वेको सहयोग जारी रहने बताए ।

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग विश्व बैंकका नेपाल, भुटान र बंगलादेशका कन्ट्री डाइरेक्टर क्युमियो क्यूमियोले पनि आजै भेट गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री दाहालले उच्च शिक्षा, भौतिक पूर्वाधार, स्वास्थ्य र भूकम्पको पूनर्निर्माणका क्षेत्रमा विश्व बैंकसँग साझेदारी गर्न नेपाल ईच्छुक रहेको बताए ।

प्रधानमन्त्री दाहालले नेपालको भौतिक र मानवीय विकासका ‘विश्व बैंकले गरेको सहयोगका लागि धन्यवाद दिंदै भूकम्प पछीको पूनर्निर्माण सम्बन्धि विश्व बैंकको नीतिमा सहजीकरण गरी नेपाल सरकारको पूर्वाधार विकासको नीतिअनकूल बनाउन पनि फ्यानसँग आग्रह गरे ।

भेटमा विश्व बैंकका कन्ट्री डाइरेक्टर फ्यानले नेपालको उर्जा, जलविद्युत, ट्रान्समिसन लाइन, सेलार लगायतका क्षेत्रमा विश्व बैंकको सहयोग रहने जानकारी दिएको प्रधानमन्त्रीको सचिवलयले जनाएको छ ।

रुकुममा १६ वर्ष मुनिको खुल्ला भलिबल प्रतियोगीता हुँदै

६ असोज, रुकुम ।
दशैं, तिहार लगाएतका चाडवर्पहरु नजिकिए संगै रुकुममा विभिन्न खेलकुद प्रतियोगीता आयोजना हुने क्रम बढेको छ । चाड पर्वलाई लक्षित गर्दै विभिन्न संघ संस्था र क्लवहरुले प्रतियोगीता आयोजना गर्ने गरेका छन् ।

२ साता अगाडी मात्र १६ वर्ष मुनिको फुटबल प्रतियोगीता संचालन भएको सदरमुकाम मुसिकोटमा १६ वर्ष मुनिकै भलिबल प्रतियोगीता पनि संचालन हुन लागेको छ । यनाईटेड अण्डर सिस्टिन भलिबल संरक्षण समिति रुकुमले प्रतियोगीता संचालन गर्न लागेको हो ।

जिल्लामा रहेका बाल खेलाडीहरुको प्रतिभा प्रस्फुटन गर्ने र क्षमतावान खेलाडी उत्पादन गर्ने उद्ेश्यका साथ प्रतियोगीता आयोजना गरिएको आयोजक समितिका अध्यक्ष नरेश पुनमगरले जानकारी दिए । प्रतियोगीता असोज १० गतेबाट मुसिकोट नगरपालिका १ खलंगाको बह्राटाकुरा टँडिखेलमा हुने छ । प्रतियोगीतामा प्रथम हुनेले १५ हजार, द्धितियले ११ हजार र तृतिय स्थान हासिल गर्ने समुहले ८ हजार नगद, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

प्रतियोगीतामा सहभागीताका लागी १२ सय दर्ता शुल्क तोकिएको र खेलाडीहरु अनिवार्य खेल पोशाक, जन्म दर्ता र परिचय पत्रका साथ उपस्थित हुनुपर्ने आयोजकले जानकारी दिएको छ ।

जिल्लाकै पहिलो प्रतियोगीता
१६ वर्ष मुनिको भलिबल प्रतियोगीता जिल्लाकै पहिलो भएको समितिका अध्यक्ष पुनले दाबी गरे । जिल्लामा यसअघि ठुल–ठुला भलिबल प्रतियोगीता भैसकेका छन् उनले भने, ‘तर ठुला प्रतियोगीताका लागी खेलाडी उत्पादन गर्ने तर्फ कसैको ध्यान नगएपछि प्रतियोगीता संचालन गर्ने प्रयास गरेका हाँै ।’

सधैं ठुला ठुला कुरामा मात्र ध्यान दिईदा साना साना पक्ष ओझेलमा पर्ने भएकाले विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्ने उद्ेश्यका साथ समिति गठन गरेको र त्यसै अनुरुप प्रतियोगीता संचालन हुन लागेको उनको भनाई रहेको छ । प्रतियोगीता पछि जिल्लामा विद्यालय स्तरबाटै खेलाडी उत्पादनमा एउटा लहर नै सृजना हुने विश्वास समेत आयोजकले लिएको छ ।

भलिबलमा मध्यपश्चिम च्याम्पिएन रुकुम
भलिबलमा रुकुम मध्यपश्चिम च्याम्पिएन हो । जिल्लामा भलिबलको राम्रो सम्भावना र क्रेज पनि छ । रुकुमले २०६८ मा भएको क्षेत्रिय खेलकुद प्रतियोगीताको पुरुष भलिबलमा उपाधी जितेको थियो । त्यसपछि अन्तर जिल्ला स्तरिय कुनै प्रतियोगीतामा रुकुमले सहभागीता जनाएको छैन् । जिल्लामा भने विभिन्न संघ संस्था र क्लवहरुको आयोजनामा वर्षमा १, २ ओटा प्रतियोगीता हुने गरेका छन् ।

खेलाडीहरुलाई व्यवशायीक बनाउन नसकिदा जिल्लामा रहेका भलिबल खेलाडीहरुको संरक्षण हुन नसकेको खेलकुदमा सक्रिय समृद्ध समाज नेपालका अध्यक्ष सुवोधराज शेर्पाली बताउछन । सरकारले नै खेलाडीहरुलाई व्यावसायिक बनाउन पहल थाल्नुपर्ने उनको भनाई रहेको छ ।

जिल्लामा चाडपर्व र मेलाको अवसरमा आयोजना गरिएका प्रतियोगीताहरुले नै जिल्लाको भलिबललाई धानेको छ भन्दापनि फरक नपर्ने खेलप्रेमीहको भनाई । यस्तो अवस्थामा विद्यालय स्तरबाटै खेलाडीको पहिचान गर्न सकियो भने जिल्लाको भलिबललाई अझै माथि उकास्न सकिने यनाईटेड अण्डर सिस्टिन भलिबल संरक्षण समितिको ठहर छ ।

निर्वाचन आयोगलाई नै चुनावको मिति तोक्न दिए समयमै चुनाव हुन्छ-प्रमूख आयुक्त

६ असोज, नेपालगञ्ज ।
प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले राजनीतिक दलहरुबीच सहमति भए चैतमा स्थानीय निर्वाचन गराउन आयोग तयार रहेको बताउनुभएको छ ।

स्थानीय तहको निर्वाचनका लागि आयोग आन्तरिक र प्राविधिक हिसाबले तयार रहेको उहाँले बताउनुभयो । नेपालगञ्जमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त यादवले त्यसका लागि आयोग ‘इलेक्सन एक्सन प्लान’ बनाएर निर्वाचनको तयारीमा जुटिसकेको जानकारी दिनुभयो ।

निर्वाचन गर्न आवश्यक पर्ने पाँच वटा कानुनको मस्यौदा सरकारलाई पठाइसकेको बताउँदै उहाँले राजनीतिक सहमति जुटे चैतमा स्थानीय निर्वाचन गराउन गाह्रो नहुने बताउनुभयो ।

“राजनीतिक प्रतिबद्धता भए २०७४ माघ ७ भित्र सबै तहका निर्वाचन गर्न सक्छौं’, यादवले भन्नुभयो”, “राजनीतिक निर्णय गरेमा ९० देखि १ सय २० दिनमा अयोगले निर्वाचन गर्न सक्छ ।” उहाँले राजनीतिक दलहरुले सहमति कायम गरेर निर्वाचनको मिति तोक्ने अधिकार आयोगलाई नै दिनुपर्नेमा जोड दिनुभयो ।

यसअघि सरकारले नै निर्वाचनको मिति तोक्दै आएकोमा अब देखि भने आयोगलाई नै त्यो अधिकार दिँदा निर्वाचन गर्न सहज हुने उहाँको भनाई छ ।

प्रमुख निर्वाचन आयुक्त यादवले यसअघिका निर्वाचनमा खर्च विवरण नबुझाउने राजनीतिक दल तथा उम्मेदवारहरु विरुद्ध आयोग कडा रुपमा प्रस्तुत हुने तयारीमा रहेको जानकारी समेत दिनुभयो ।

शिक्षा सुधारमा काम नभएपछि विश्व बैंकले चेतावनी दिंदै पत्र पठायो

६ असोज, काठमाडौं ।
उच्च शिक्षा सुधारको साढे ६ अर्बको परियोजना जोखिममा

डेढ वर्ष अघिदेखि सुरु गर्ने सम्झौता भएको शिक्षाको झन्डै साढे ६ अर्बको ‘उच्च शिक्षा सुधार परियोजना’ धरापमा परेको छ ।

उच्च शिक्षा परियोजना सञ्चालन भएको झन्डै डेढ वर्षसम्म प्रगति नभएपछि बैंकले सम्झौता निलम्बन गरी विकल्प खोज्नेसम्मको चेतावनी दिएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

उच्च शिक्षाको सुधारका लागि विश्व बैंकबाट ६० मिलियन अमेरिकी डलर सहुलियत ऋण उपलब्ध गराउने सम्झौता भएको थियो । विश्व बैंकका कन्ट्री म्यानेजर ताकुया कमाताले शिक्षा र अर्थ मन्त्रालयलाई पत्र लेखी यस्तो चेतावनी दिएका हुन्।

‍पत्रमा उच्च शिक्षा कार्यक्रम असफलतातर्फ गएको उल्लेख छ । उच्च शिक्षा सुधार परियोजना सञ्चालन गर्ने विश्वविद्यालय अनुदान आयोगमा सदस्य–सचिवलगायतका अधिकांश बोर्ड सदस्य रिक्त रहेको छ । बोर्डको कोरम नै नपुग्दा आयोग निकम्मा बनेको छ ।

सुधार योजनाका कामसमेत गर्न नसकेपछि विश्व बैंकले लेखेको पत्रमा ३० सेम्टेम्बरसम्ममा आयोगमा रिक्त पदन नियुक्ति गर्नुपर्ने र नभएमा विकल्प सोच्ने चेतावनी दिएको हो ।

‘प्रचण्डले मोदीसँग चीन बिरुद्धका कुरा लगाए’

६ असोज, काठमाडौं ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा चीनविरुद्ध टिप्पणी गरेर कूटनीतिक मर्यादा उल्लंघन गरेको आरोप लगाएका छन्। एमाले केन्द्रीय समितिको बुधबारदेखि सुरु बैठक उद्घाटन गर्दै उनले चीन–भारतसँगको सन्तुलित सम्बन्ध प्रधानमन्त्रीले बिगार्न खोजेको आरोपसमेत लगाएको अन्नपूर्ण पोष्ट दैनिकले खवर छापेको छ ।

भारत भ्रमणमा गएर प्रधानमन्त्रीले छिमेकीविरुद्ध कुरा गरेर कूटनीतिक मर्यादासमेत नाघे,' ओलीले बैठकमा भने। प्रधानमन्त्रीले एमालेविरुद्ध र व्यक्तिहरूको नामै तोकेर भारतविरोधी भन्दै टिप्पणी गरेको आरोपसमेत ओलीले लगाए।

‘भारतमा गएर नेपालका पार्टीको आलोचना गर्नु लज्जास्पद हो। प्रधानमन्त्रीले त्यहाँ जाँदा एमालेलाई भारतविरोधी बिल्ला भिराउनुभयो। एमाले भारत वा चीनविरोधी होइन, एमाले छिमेकीसँग सन्तुलित सम्बन्ध राख्ने पार्टी हो,' उनले भने।

‘सरकार परिवर्तन हुनेबित्तिकै नाटक भयो, त्यसको भोलिपल्टै किन दुईतिरै विशेषदूत पठाउनुपर्‍यो, बिना एजेन्डा। अचानक नाटकीय पाराले परराष्ट्र सम्बन्धका नाउँमा अस्वाभाविक कुरा भयो,' पूर्वप्रधानमन्त्री ओलीले बैठकमा भने, ‘एमालेले प्रधानमन्त्रीलाई भेटेर अहितमा कुनै सम्झौता नगर्नुस्, तपाईं फर्केर आएपछि प्रशंसा गर्न पाऊँ भनेकोमा ठिक उल्टो भयो।'

प्रधानमन्त्री दाहालले नामै तोकेर कतिपय नेताहरूलाई भारतविरोधी भनी टिप्पणी गरेको आरोप ओलीले लगाए। एमालेलाई तराईविरोधी पार्टी भनेर क्षेत्रीय साम्प्रदायिक तत्वले भ्रम फैलाएको आरोपसमेत ओलीले लगाए। ‘एमाले मधेसी, जनजाति, दलित, महिला, पछाडि परेकाहरूको पार्टी हो, सिमलको भुवाजस्तो हावा आउनेबित्तिकै उड्ने पार्टी होइन,' उनले भने, ‘६७ वर्षदेखि लोकतन्त्र, जनजीविका तथा देश र जनताका पक्षमा काम गर्दै आएको पार्टी हो।'

अहिलेको सरकार आफ्नो नेतृत्वको अघिल्लो सरकारले ल्याएका कार्यतालिका शिथिल बनाउने षड्यन्त्रमा लागेको आरोप पनि ओलीले लगाए। फागुन–चैतमा निर्वाचन गराउने भने पनि कानुनी तयारी नभएको ओलीले बताए। २०७४ सम्म निर्वाचन नगराएर मुलुकमा संवैधानिक रिक्तता खडा गर्दै संकटमा धकेल्न खोजेको आरोपसमेत उनको थियो।

ओलीका अरू आरोप
नामै किटेर एमाले नेतालाई भारतविरोधी भन्नुभयो
अघिल्लो सरकारका कार्यतालिका शिथिल बनाउने षड्यन्त्र
निर्वाचन नगरेर संवैधानिक रिक्तता ल्याउने प्रयास

उनले आफू नेतृत्वको सरकारलाई म्यादी भनेकोमा टिप्पणी गर्दै भने, ‘पहिला हामीलाई म्यादी भन्ने तर यो सरकारको म्यादै तोकेर लिखित रूपमा राखेको छ। वास्तवमा यो नै म्यादी सरकार हो,' उनले भने। यसपछिको सरकार पनि म्यादी नै बन्ने उनको टिप्पणी थियो। ‘सत्तामा रहुन्जेल यो सरकार चुनाव गराउने मुडमा छैन, तर हामी दबाब दिन्छौं, अभियान सञ्चालन गर्छौं,' उनले बैठकमा भने।

उपराष्ट्रपति नन्दबहादुर पुनले काठमाडौंको ट्राफिक अस्तव्यस्त पारे !

६ असोज, काठमाडौं ।
उपराष्ट्रपति नन्दबहादुर पुन भेनेजुयलाबाट फर्कने क्रममा बुधबार राजधानीका सडकमा सर्वसाधारणले सास्ती व्यहोर्नुपर्‍यो ।

असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिएर फर्कंदा अन्तर्राष्ट्रिय विमानस्थलदेखि कान्तिपथसम्मको सडक खाली गराइएको थियो। यसका कारण कार्यालय समयमा चक्रपथभित्रका सबैजसो सडकमा घन्टौँ जाम भएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

बिहान साढे नौ बजेदेखि १० बजेसम्मको समयमा सिनामंगलदेखि कान्तिपथसम्मको सडक उपराष्ट्रपतिको औपचारिक सवारीका कारण अस्तव्यस्त बनेको हो । राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीको औपचारिक कार्यक्रमहरूमा भने उपत्यकाको सडक अस्तव्यस्त बन्ने गरेको छ ।

त्यसमाथि कार्यालय समयमा भिभिआइपीको सवारी हुँदा सडकमा यातायात अस्तव्यस्त बन्ने गरेका छन् । सुरक्षा दृष्टिकोणले विशिष्ट व्यक्तिहरूको आवतजावतमा विशेष सतर्कता अपनाउने गरिन्छ ।

तर, तिनै व्यक्ति अनौपचारिक कार्यक्रममा जाँदा सडक खाली गरिँदैन भने औपचारिक कार्यक्रमको क्रममा पूरै सडक खाली गरेर सर्वसाधारणलाई सास्ती दिइन्छ । यस्तो अवस्थाले राजतन्त्रको झल्को दिएको भन्दै सर्वसाधारणले आलोचना गरेका छन् ।

लोकमान नियुक्तीको फाइल नपठाए सरकारलाई नै कारवाही गर्ने सर्वोच्चको चेतावनी

६ असोज, काठमाडौं ।
सर्वोच्च अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख  आयुक्त लोकमानसिंह कार्कीको नियुक्ती सम्बन्धमा भएको निर्णय नपठाए अवहेलनामा कारबाही हुने आदेशसहितको पत्र बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पठाएको खबर आजको अन्नपूर्णमा यम विरहीले लेखेका छन्।

सर्वोच्चले एउटै व्यवहोराको आदेश सामान्य प्रशासन मन्त्रालयलाई समेत पठाएको छ। प्रमुख आयुक्त कार्कीविरूद्ध दायर रिटको पुनरावलोकनमा प्रधानन्यायाधीश शुसीला कार्की, न्यायाधीश विश्वम्भरप्रकाश श्रेष्ठ र सपना मल्ल प्रधानको पूर्ण इजलासले गत भदौ ३१ गते प्रमुख आयुक्त नियुक्तिका लागि भएको निर्णय र २०६२र६३ को जनआन्दोलनपछिको तत्कालिन मुख्यसचिवको हैसियतमा सामान्य प्रसाशन मन्त्रालयले स्पष्टीकरण पेश गर्न सरकारलाई आदेश दिएको थियो।

सात दिनसम्म पनि नियुक्तिको फँइल नपठाए अवहेलनामा कारबाही हुने चेतावनीसमेत आदेशमा दिएको थियो ।

‘आदेशसहितको खामबन्दी बुधबारै प्रधानमन्त्री कार्यालय र सामान्य प्रशासन मन्त्रालयमा पठाइएको छ,’ सर्वोच्चमा प्रशासनका एक अधिकारीले भने,‘आदेश पाएको मितिले सात दिनभित्र निर्णओय पठाउने कानुनी म्याद हुन्छ । निर्णय नआए के गर्ने भनेर त्यसपछि मात्र इजलासले प्रक्रिया अघि बढाउँछ।’

अति गोप्य भन्दै छाप लगाइएको खामबन्दी बुधबार साँझ ५ बजे सर्वोच्च प्रशासनबाट चलानी भएको थियो। उक्त आदेश बुधबारै प्रधानमन्त्री कार्यालयमा पुगेको छ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web