‘प्रचण्डले मोदीसँग चीन बिरुद्धका कुरा लगाए’

अशोज ६, २०७३ मा प्रकाशित | 763 views

६ असोज, काठमाडौं ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा चीनविरुद्ध टिप्पणी गरेर कूटनीतिक मर्यादा उल्लंघन गरेको आरोप लगाएका छन्। एमाले केन्द्रीय समितिको बुधबारदेखि सुरु बैठक उद्घाटन गर्दै उनले चीन–भारतसँगको सन्तुलित सम्बन्ध प्रधानमन्त्रीले बिगार्न खोजेको आरोपसमेत लगाएको अन्नपूर्ण पोष्ट दैनिकले खवर छापेको छ ।

भारत भ्रमणमा गएर प्रधानमन्त्रीले छिमेकीविरुद्ध कुरा गरेर कूटनीतिक मर्यादासमेत नाघे,' ओलीले बैठकमा भने। प्रधानमन्त्रीले एमालेविरुद्ध र व्यक्तिहरूको नामै तोकेर भारतविरोधी भन्दै टिप्पणी गरेको आरोपसमेत ओलीले लगाए।

‘भारतमा गएर नेपालका पार्टीको आलोचना गर्नु लज्जास्पद हो। प्रधानमन्त्रीले त्यहाँ जाँदा एमालेलाई भारतविरोधी बिल्ला भिराउनुभयो। एमाले भारत वा चीनविरोधी होइन, एमाले छिमेकीसँग सन्तुलित सम्बन्ध राख्ने पार्टी हो,' उनले भने।

‘सरकार परिवर्तन हुनेबित्तिकै नाटक भयो, त्यसको भोलिपल्टै किन दुईतिरै विशेषदूत पठाउनुपर्‍यो, बिना एजेन्डा। अचानक नाटकीय पाराले परराष्ट्र सम्बन्धका नाउँमा अस्वाभाविक कुरा भयो,' पूर्वप्रधानमन्त्री ओलीले बैठकमा भने, ‘एमालेले प्रधानमन्त्रीलाई भेटेर अहितमा कुनै सम्झौता नगर्नुस्, तपाईं फर्केर आएपछि प्रशंसा गर्न पाऊँ भनेकोमा ठिक उल्टो भयो।'

प्रधानमन्त्री दाहालले नामै तोकेर कतिपय नेताहरूलाई भारतविरोधी भनी टिप्पणी गरेको आरोप ओलीले लगाए। एमालेलाई तराईविरोधी पार्टी भनेर क्षेत्रीय साम्प्रदायिक तत्वले भ्रम फैलाएको आरोपसमेत ओलीले लगाए। ‘एमाले मधेसी, जनजाति, दलित, महिला, पछाडि परेकाहरूको पार्टी हो, सिमलको भुवाजस्तो हावा आउनेबित्तिकै उड्ने पार्टी होइन,' उनले भने, ‘६७ वर्षदेखि लोकतन्त्र, जनजीविका तथा देश र जनताका पक्षमा काम गर्दै आएको पार्टी हो।'

अहिलेको सरकार आफ्नो नेतृत्वको अघिल्लो सरकारले ल्याएका कार्यतालिका शिथिल बनाउने षड्यन्त्रमा लागेको आरोप पनि ओलीले लगाए। फागुन–चैतमा निर्वाचन गराउने भने पनि कानुनी तयारी नभएको ओलीले बताए। २०७४ सम्म निर्वाचन नगराएर मुलुकमा संवैधानिक रिक्तता खडा गर्दै संकटमा धकेल्न खोजेको आरोपसमेत उनको थियो।

ओलीका अरू आरोप
नामै किटेर एमाले नेतालाई भारतविरोधी भन्नुभयो
अघिल्लो सरकारका कार्यतालिका शिथिल बनाउने षड्यन्त्र
निर्वाचन नगरेर संवैधानिक रिक्तता ल्याउने प्रयास

उनले आफू नेतृत्वको सरकारलाई म्यादी भनेकोमा टिप्पणी गर्दै भने, ‘पहिला हामीलाई म्यादी भन्ने तर यो सरकारको म्यादै तोकेर लिखित रूपमा राखेको छ। वास्तवमा यो नै म्यादी सरकार हो,' उनले भने। यसपछिको सरकार पनि म्यादी नै बन्ने उनको टिप्पणी थियो। ‘सत्तामा रहुन्जेल यो सरकार चुनाव गराउने मुडमा छैन, तर हामी दबाब दिन्छौं, अभियान सञ्चालन गर्छौं,' उनले बैठकमा भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web