एक्ससेल्सियर र रिब्स सेमिफाइनलमा

अशोज ६, २०७३ मा प्रकाशित | 775 views

काठमाडौं, असोज ६  ।  द एक्सेल्सियर स्कुल र रिब्स प्रथम होलीभिजन कप अन्तरविद्यालय छात्र फुटसल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । होलीभिजन स्कुलद्वारा आयोजित प्रतियोगिताको क्वाटरफाइनलमा एक्सेल्सियरले आईडियल मोडेललाई ४–० गोलअन्तरले पराजित ग¥यो । चारै गोल धीरजबाट सम्भव भयो ।

न्यु जेनिथ विरुद्धको खेलमा रिब्स ‘क्वाइन टस’ मा भाग्यमानी ठहरियो । निर्धारित समयको खेल १–१ तथा टाइब्रेकर २–२ को बराबरीमा सकिएपछि खेलको निर्णय ‘क्वाइन टस’ बाट गरिएको थियो । त्यसमा रिब्सले बाजी मा¥यो ।

ताहचल फुटसलमा भइरहेको प्रतियोगितामा रातो बंगला र जेम्स पनि आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराउदै सेमिफाइनलमा पुगे । रातो बंगलाले चाँदबागलाई ५–४ ले हरायो । जेम्सले ग्रिनफिल्डलाई ४–१ ले पाखा लगायो ।

सेमिफाइनलमा जेम्सको भेट एक्सेल्सियरसंग हुनेछ भने रातो बंगलाले रिब्सको सामना गर्नेछ । सेमिफाइनल र फाइनल शुक्रबारै हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web