कास्मीर स्वतन्त्रता दबाएर भारत पाकिस्तानसँग युद्ध निम्त्याउँदै, सिमामा युद्धको अवस्था

अशोज ७, २०७३ मा प्रकाशित | 2278 views

७ असोज, एजेन्सी ।
काश्मिरमा भइरहेको स्वतन्त्रता मागलाई दबाएर पाकिस्तानले उक्साएको आरोप लगाउँदै आएको भारतले पाकिस्तानसँग युद्ध निम्त्याउने तयारी गरेको छ ।

संयुक्त राष्टसंघको बैठकमै चीनले आतंकवादलाई प्रशय दिएको आरोप लगाएको भारतले पाकीस्तानसँग युद्धको तयारी गरेपछि पाकिस्तानले त्यसको प्रतिकारको पूर्ण तयारी थालेको छ ।

सैन्य बलमा बारतले दबाउँदै आएको काश्मिरमा स्वतन्त्रताको मागको विषयमा भारतले सँधै पाकिस्तानलाई दोष दिंदै आएको छ ।

यहि काश्मिर विवादका कारण भारत र पाकिस्तानबिच युद्ध हुने खतरा बढेको छ ।

दुबै देशले युद्धको तयारी स्वरुपमा सिमा क्षेत्रमा सैन्य गतिविधि बढाएका छन् ।

आणविक शक्ति सम्पन्न रहेका देश भारत र चिनबिच यसअघि समेत दुई पटक युद्ध भइसकेको छ ।

भारतले बलजफ्ती सिमा क्षेमा लडाकु बिमान, तोप, सैनिक तैनाथी बढाएर पाकीस्तानलाई चिढ्याउने काम गरेपछि पाकिस्तानले पनि बिहीबार राति लडाकु विमान उडाएर युद्धपूर्वको अभ्यास र तयारी गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा उल्लेख भए अुनसार इस्लामावादमा बिहीबार राति चार लडाकु विमान उडेका थिए ।

बिरलै उड्ने लडाकु बिमानको लगातारको उडान पछि दुई देशको सिमा क्षेत्रमा युद्धको भय बढेको छ भने भारत र पाकिस्तानले आफ्नो सेना र सैन्य सामग्रीलाई तयारी अवस्थामा राख्न भन्दै युद्ध भड्काउने गतिविधि गरिरहेका छन् ।

स्मरणीय छ यसअघि बिहीबार नै भारतीय सेनाले काश्मिरमा हातहतियार तथा बन्दोबस्तीका सामानको तैनाथी बढाएपछि पाकिस्तानले पनि त्यसको बिरुद्ध तयारी थालेको हो ।

भारतले सिमामा १ सय ५ वटा मध्यम खालका तोप लगायतका हतियार, र अरु उपकरण तैनाथ गरेको बिबिसीले जनाएको छ ।

भारतीय सेनाले बुधबार रातिदेखि नै काश्मिरको नियन्त्रण रेखा नजिक युद्ध सामाग्री थुपारेर राखेको छ ।

काश्मिरको विषयमा भारतले साध्ै पाकिस्तानलाई आरोप लगाउँदै आएको छ भने पाकिस्तानले काश्मिर स्वतन्त्रताको मागमा आफ्नो समर्थन रहेपनि कुनैपनि सहयोग नरहेको स्पष्ट पार्दै आएको छ । तर भारतले भने काश्मिर स्वतन्त्रताको लागि भइरहेको आन्दोलनलाई सम्वोधन गर्नुको साटो पाकिस्तानले उक्साएको भन्दै छिमेकी देश पाकिस्तानसँग कटुतापूर्ण व्यवहार गर्दै आएको छ ।

सार्क देशहरुमध्येको एक भारत मात्र त्यस्तो देश हो जसको आफ्नो कुनैपनि छिमेकी देशहरुसँग सुमधुर सम्वन्ध छैन । भारतको पाकिस्तानसँग मात्र नभए बंगलादेश, माल्दिभ्स, श्रीलंका सहित नेपालसँग समेत कटुता र विवादपूर्ण सम्वन्ध रहँदै आएको छ ।

भूटान, अफगानिस्तानमा समेत भारतको चर्को बिरोध हुने गरेको छ भने अर्को छिमेकी देश चिनसँग समेत भारतको सुमधुर सम्वन्ध रहेको पाईंदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web