७ असोज, काठमाडौं ।
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मुल्य वृद्धिदर १ दशमलव ८ प्रतिशत बिन्दुले घटेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार असारमा १०.४ प्रतिशत रहेको मुल्य वृद्धि दर ८।६ प्रतिशतमा सिमित भएको हो ।

समग्रममा मूल्यबृद्धि केही घटेपनि खाद्यान्न तथा पेय पदार्थ, गैर खाद्य तथा सेवा समुहमा मुल्य वृद्धि कायम नै रहेको छ ।

गत आवमा ७.३ प्रतिशत मुल्य वृद्धि देखिएको खाद्यान्नमा चालु आवको समिक्षा अवधिमा ९.३ प्रतिशत पुगेको छ । सबैभन्दा धेरै चिनी तथा चिनी जन्य सामाग्रीमा मुल्य वृद्धि भएको छ ।

मुल्य वृद्धि दर ३२ प्रतिशतबाट करीब १९ प्रतिशतमा सिमित भएको दाल तथा दाल जन्य सामाग्रीमा भने दोस्रो महंगिएको खाद्य पदार्थ भएको छ ।

गैर खाद्य तथा सेवा समुहको वृद्धि दर ८ दशमलव १ प्रतिशत रहेको छ । गत आवको यो अवधिमा भने यस्तो वृद्धि दर ६.६ प्रतिशतमा सिमित थियो ।

22.25¡ÆC