एन्फा अध्यक्षबाट बिज्ञानराज पछि हटे, नरेन्द्र र कर्मा प्रतिस्पर्धामा

अशोज ९, २०७३ मा प्रकाशित | 956 views

९ असोज, काठमाडौं ।
अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा उम्मेदवारी दिने बताएका नेपाल प्रहरीका अधिकृत विज्ञानराज शर्मा चुनावी प्रतिस्पर्धाबाट पछि हटेका छन् ।

शर्माको उम्मेदवारी नपरेपछि अध्यक्ष दाबेदारी देखाउँदै आएका नरेन्द्र श्रेष्ठ र कर्मा छिरिङ शर्माले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्षमा दावी गरेका अर्का  टासी घलेले पनि उम्मेदवारी दर्ता गराएनन् ।

एन्फाका उपाध्यक्ष एवं हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माले उम्मेदवारी दर्ताको अन्तिम दिन उपाध्यक्षसहित उम्मेदवारी घोषणा गरेका हुन् । उनको प्यानलबाट उपाध्यक्षका लागि दीपक खातीले उम्मेदवारी दिएका छन् ।

खाती एन्फाका पूर्व केन्द्रीय सदस्य तथा पूर्व राष्ट्रिय फुटबलर हुन् । आफु समर्थित जिल्ला फुटबल संघका अध्यक्ष तथा क्लबका प्रतिनिधिसहित एन्फा कम्प्लेक्स सातदोवाटो पुगेर कर्मा र दीपकले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचनका लागि नरेन्द्र श्रेष्ठले उम्मेदवारी दर्ता गरिसकेका छन् । उनी एन्फाका बर्तमान कार्यबाहक अध्यक्ष हुन् र उनलाई आर्थिक अनियमिता लगायतका आरोप लगाएर फिफाले प्रतिवन्ध लगाएका गणेश थापाको समर्थन रहेको छ भने थापाका विश्वासपात्रको रुपमा समत श्रेष्ठलाई चिनिएको छ ।

थापामाथि प्रतिवन्ध लागेपछि जिम्मेवारी सम्हाल्दै आएका बरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको असामयिक निधन भएपछि यी दुई पद चयनका लागि निर्वाचन हुन लागेको हो ।

उम्मेदवारी दर्ता गर्ने आज अन्तिम दिनमा अध्यक्षका लागि २ र उपाध्यक्षका लागि ३ जनाको उम्मेदवारी परेको छ ।

एन्फा उपाध्यक्षका लागि श्रेष्ठ प्यानलबाट मणि कुवँर चुनावी प्रतिस्पर्धामा छन् भने पूर्व राष्ट्रिय खेलाडी उपेन्द्रमान सिंहले स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेका छन् ।

एन्फाको चुनावमा ४५ जिल्ला फुटबल संघ, १२ ए डिभिजन, ५ बी डिभिजन र ३ सी डिभिजन क्लवका साथै खेलाडी संघ, रेफ्री संघ, महिला संघ र प्रशिक्षक संघ गरी ६९ मतदाता छन् ।

लामो समयदेखि एन्फा सुद्धीकरण अभियानको नेतृत्व गरेका शेर्पाको उम्मेदवारी घोषणा कार्यक्रममा एन्फाका असन्तुष्ट भनिएका पदाधिकारी, जिल्ला फुटबलका प्रतिनिधि र क्लव प्रतिनिधिपनि उपस्थित देखिन्थे ।

अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका कर्माले अध्यक्षमा आफू निर्वाचित भए आर्थिक, प्रशासनिक र नीतिगत पारदर्शीता लागू गर्ने बताएका छन् ।

एन्फा अध्यक्षको प्रत्यासीका रुपमा देखिएका पूर्व राष्ट्रिय फुटबलर तथा नेपाल प्रहरीका एआइजी बिज्ञानराज शर्माले भने उम्मेदवारी दर्तानै गरेनन् ।

पूर्व राष्ट्रिय टोलीका डिफेण्डर शर्माले एन्फाको निर्वाचन प्रक्रियाका कारण उम्मेदवारी दिन नसकेको बताए ।

एन्फाको बिधानमै उल्लेख भएको अध्यक्षका लागि ५/५ जना प्रस्तावक र समर्थक रहनुपर्ने व्यवस्थाका कारण आफ्ने उम्मेदवारीमा प्रस्थावक र समर्थक बस्न कसैले खुलेर आँट नगरेको उनले बताए ।

एन्फा अध्यक्ष र वरिष्ठ उपाध्यक्षका लागि आगामी कार्तिक ८ गते चुनाव हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web