आमालाई मुक्तिनाथ दर्शन गराएर फर्केका पूर्व गृहमन्त्री त्रिशुलीमा बेपत्ता (विस्तृतमा)

अशोज ९, २०७३ मा प्रकाशित | 1619 views

९ असोज, काठमाडौं ।
पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे सहित उनि चढेको गाडी त्रिसुलीमा बेपत्ता भएको छ ।

चितवन प्रहरीले दिएको जानकारी अनुसार घिमिरे चढेको बा९च १५३१ नम्वरको गाडी पनि चितवनको दाह्रोचौकस्थित घोप्टेभिरबाट त्रिशुली नदिमा खसेर बेपत्ता भएको हो ।

आइतबार दिउँसो ४ बजे गाडी खस्दा घिमिरे सहित चार जना बेपत्ता भएका हुन् । काठमाडौं आउँदै गरेको गाडीमा सात जना रहेकोमा एक महिलासहित चार जनाको उद्धार गरिएको छ ।

स्पष्ट पहिचान नखुलेपनि उद्दार गरिएकी बृद्ध महिलाको नाम चैतन्यकुमारी रहेको र उहाँ बेपत्ता पूर्व गृहमन्त्री घिमिरेकी आमा भएको अनुमान गरिएको छ ।

उद्दार गरिएकामा बृद्ध महिलासहित चालक विष्णु राई, सशस्त्र प्रहरीका हवल्दार आरसी कार्की र नारायणप्रसाद काफ्ले रहेका छन् ।
उद्दार गरिएका मध्ये राईको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ ।

पानीमा पुरै डुवेको गाडी निकाल्ने प्रयास भइरहेको प्रहरीले बताएको छ । उद्दारमा शसस्त्र प्रहरी र सेना पनि खटिएको छ ।

गाडीमा रहेका बेपत्ताहरु डुवेको गाडीमा नरहेको भन्दै प्रहरीले बेपत्ता चार जनालाई त्रिशुलीले बगाएको बताएको छ ।

नेपाल सरकारका पूर्व मूख्य सचिव समेत रहेका बेपत्ता पूर्व गृहमन्त्री घिमिरे खिलराज रेग्मीको नेतृत्वमा बनेको मन्त्री परिषदमा गृहमन्त्री रहेका थिए ।

घटनास्थलबाट उद्धार गरिने क्रममा एकजनाको शव भेटिएको र ती व्यक्ति नेपाल प्रहरीका असई भएको बताइएको छ ।
उनको स्पष्ट परिचय खुल्न बाँकी रहेको छ ।

उद्धारमा कुरिनटारस्थित सशस्त्र प्रहरी बलको आपतकालीन उद्दार टोलीनै खटिएको छ ।

उद्धार गरिएकाहरुमा नारायणप्रसाद काफ्ले  आरसी कार्की, प्रहरी विष्णु राय र बृद्ध महिला चैतन्यकुमारी घिमिरे रहेका प्रहरीले बताएको छ ।

उनीहरु मध्ये ३ जनाको मृत्यु भएको बताइएपनि प्रहरीले भने पुष्ठि हुन बाकी रहेको जानकारी दिएको छ  ।

मृतकमध्ये बृद्ध महिला घिमिरेकी आमा भएको अनुमान गरिएको छ । गाडी चालकलाई जिवितैउद्धार गरिएको बुझिएको छ ।

त्रिशुलीमा खसेको जीपबाट उछिट्टिर बाँच्न सफल भएका घिमिरेका चालक बिष्णु राईले नै प्रहरीलाई सबैभन्दा पहिले दुर्घटनाको खबर गरेका थिए । उनले भने- दमौलीदेखि गाडी उहाँले चलाउनुभएको थियो ।

दमौलीमा केहीबेर रोकिएपछि घिमिरेले चालक राईलाई भनेका थिए-तिमी थाकेका छौ, केबलकारसम्म म चलाउँछु, अनि तिमी चलाउनू । तर, केबलकार अर्थात कुरिनटार नपुग्दै गाडी त्रिशुलीमा खस्यो ।

घिमिरेको भनाइ सम्झिँदै चालक राईले भने- केबलकार चढ्ने ठाउँ आउन एक/दुई किलोमिटर छ भने जस्तो लाग्छ, त्यसपछि गाडी कसरी उछिटिएर गयो केही पनि थाहा पाइँन ।

पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे आफ्नी ८० वर्षीया आमा चैत्यकुमारीलाई मुक्तिनाथ धामको तीर्थाटन गराएर आइतबार काठमाडौं फर्किँदै थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web