काठमाडौं,असोज ९ । नेकपा (माओवादी) निकट नुवाकोट–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चको जिल्ला भेला सम्पन्न भएको छ । भेलाले राजु अधिकारीको नेतृत्वमा २३ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा उद्धव नेपाल, परशुराम पाठक, यमलाल तामाङ, सचिवमा कृष्ण तामाङ, सहसचिव प्रलाद न्यौपाने, कोषाअध्यक्षमा वैकुण्ठ पौडेल र बाँकी १७ जना जिल्ला सदस्य रहेका छन ।

त्यसै गरि सोहि भेलाले ६ सदस्यीय सल्लाकार समिति पनि चयन गरेको छ । सल्लाकार समितिमा सुरेश अधिकारी, नरोत्तम पाण्डे, नारायण नेपाल, उद्धव पौडेल, राज कु. तामाङ, केशव खतिवडा रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथी नेकपा (माओवादी)का स्थाई समिति सदस्य सन्तोस बुढा मगर, पोलिटव्युरो सदस्य अनिल शर्मा जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय अध्यक्ष रत्न मगर, केन्द्रीय सचिव सुरेश अधिकारी, अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य तथा उपत्यका व्यूरो इन्चार्ज नारायण नेपाल, त्यस्तै जनगणतान्त्रिक सम्पर्क मञ्चका व्यूरो संयोजकहरु तथा विभागीय प्रमुख सहभागि थिए ।

कार्यक्रममा प्रमुख अतिथी सन्तोष बुढामगरले नेपालको कम्युििनस्टलाई पछाडी धकेल्न उत्तर साम्राज्यवादी शक्ति सफल भए पनि कम्युस्टि आन्दोलन नामेट पार्ने उनिहरुको सपना भने तुहिएको वताए । सो कार्यक्रममा अनिल शर्मा, सुरेश अधिकारी , नाराण नेपाल लगायत अरु अतिथीहरुले मन्तव्य राखेका थिए । सो कार्यक्रमको अध्यक्षता उद्धव पौडेलले गरेका थिए । भने कार्यक्रमको संचालन राजु अधिकारीले गरेका थिए ।

20.12¡ÆC