माओवादीले खोलाले बनाएको भनेको गोलीको पोको जाजरकोटको जंगलमा भेटियो (फोटो फिचर)

अशोज १०, २०७३ मा प्रकाशित | 1958 views

१० असोज, जाजरकोट ।
तत्कालिन नेकपा माओवादी नेतृत्वले १० बर्षे युद्धका क्रममा सुरक्षाकर्मीबाट लुटेको र भारतबाट किनेको ठूलो परिमाणको हतियार सरकारलाई बुझाउँदा खोलाले बगाएको बताएपनि आज जाँजरकोटमा प्रहरीले ठूलो मात्रामा गोलीको पोको जंगलमा फेला पारेको छ ।

जाजरकोट प्रहरीले भेरीमालिका ३ स्थित स्याँलापाखा सामुदायीक वन क्षेत्रमा ५ सय ९० राउण्ड गोली फेला पारेको छ ।

जंगलको भिरमा छरिएर रहेको अवस्थामा विभिन्न क्यालीभरका गोली फेला परेको प्रहरी निरीक्षक हिक्मत बोहराले बताउनु भयो । जाजरकोट डोल्पा सडकको दक्षिण तर्फ १ सय मीटर तल उक्त परिमाणको गोली फेला परेका निरीक्षक बोहराले बताउनु भएको छ ।

सडकममा आवतजावत गर्ने क्रममा स्थानीयले गोली देखे पछि प्रहरीलाई खबर गरेको बोहराको भनाइ छ । फेला परेको गोली प्रहरी संगठनमा प्रयोग गरीने हतियारमा नलाग्ने खालको भएको बोहराले बताउनु भयो । ३ राउण्ड मात्र एस एमजीमा प्रयोग  हुने खालको छ ।

सशस्त्र द्वन्द कालमा लुकाइएका गोली अन्यत्र लैजाने क्रममा जंगलमा छरपरस्ट पारेर भागेको अनुमान गरीएको निरीक्षक बोहराले बताउनु भयो ।

२ बर्ष अघि प्रहरीले नगरपालिकाकै रिम्ना स्थित रानीबनमा ठुलो मात्रामा हतियार फेला पारेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web