गर्भवतीको चार दिन बेथा लागे पनि उद्दार हुन नसक्दा मृत्यु

२८ असोज, ताप्लेजुङ ।
चारदिनदेखी गर्भवती भएकी महिलालाई बेथा लागेपनि समयमा उद्दार र उपचार हुन नसक्दा निधन भएको छ ।

चारदिनदेखी बेथाले थलिएकी महिलाल लिन बिहीबार दिउँसो हेलिकप्टर आएपनि मौसम खरावका कारण अवतरण हुन सकेन ।

ताप्लेजुङको पापुङ गाविस १ किलिङ्की ४० वर्षीया पेमा शेर्पा अन्तिम आसमा हेरिएको हेलिकोप्टर पनि नआउँदा मृत्युको मुखमा पुगिन् ।

सुत्केरी बेथाले थलिएकी महिलाको घर भन्दा केही पर खोक्लिङ गाविसको डाँडाँ गाउमा राखेर दुई पटक बिरामी ल्याउने प्रयास गरेपनि सम्भव नभएपछि भोलि फेरी प्रयास गर्ने भन्दै फुङलिङको भानुजन माविको मैदानमा हेलिकोप्टर राखिएपनि उनको रातीनै मृत्यु हुन पुग्यो ।

यसअघि एक छोरा र छोरी रहेकी पेमाको निधनपछि शोकमा डुबेको परिवारलाई हेलिकोप्टर भाडामा ल्याएको आर्थिक भार समेत थपिन गएको छ ।

पाकिस्तानको निहुँमा भारतले नेपाली सीमामा दुख दिन थाल्यो

२८ असोज, वीरगन्ज ।
सिमा क्षेत्रमा पाकिस्तानसँग विवाद बढेपछि भारतले त्यसको तनाव र दुख नेपाललाई दिन थालेको छ ।

भारतीय पक्षले नेपाल भारत सीमाको दशगजा क्षेत्र तथा नाकामा सुरक्षा व्यवस्थाका नाममा नेपालबाट भारत जाने नेपालीमाथि अनावश्यक चेकजाँच र कडाइ गर्न थालेको छ ।

खुला सीमाको फाइदा उठाउँदै आपराधिक समूहको घुसपैठ हुनसक्ने बहाना बनाएर भारतीय सुरक्षाकर्मीहरुले भारतबाट निर्वाध नेपाल आउन दिएपनि नेपालबाट जानेहरुमाथि भने दुख दिन थालेको हो ।

बारा जिल्लाको सीमा क्षेत्रमा पर्ने भारततर्फका आदापुर, घोडादाना, घोडासहाय लगायतका नाकामा सुरक्षा व्यवस्था कडा पार्नुका साथै चारपाङ्ग्रे सवारीसाधनमा रोक लगाउनुका साथै पैदल यात्रीमाथि निगरानी र चेकजाँच बढाएको छ ।

दशजगा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले बिरामी बोकेको तथा जन्ती बोकेका गाडी बाहेकका सम्पूर्ण गाडी आवतजावतमा रोक लगाएको छ ।

यसैगरी, पर्साको भारतीय सीमाका रक्सौल—भिस्वा, परसौनी—भेलाई, सिर्सिया—रक्सौला, जानकीटोल—इनर्वा, ठोरी—भिस्वाठोरी नाकामा समेत भारतीय सुरक्षाकर्मीले उस्तै दुख दिन थालेका छन् ।

प्रधानमन्त्री प्रचण्ड फेरी भोली भारत जाँदै

२८ असोज, काठमाडौं ।
विवादीत भारत भ्रमणबाट फर्केको महिना दिन बित्न नपाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार फेरी भारत भ्रमणमा जाने भएका छन् ।

यसअघिको भ्रमण भारतको निम्तोमा दुई देशीय भएपनि यसपटक भने भारतको गोवामा शनिबारदेखि हुन लागेको ब्रिक्स शिखर सम्मेलनमा भागलिन प्रचण्ड त्यसतर्फ जान लागेका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तो मान्नकै लागि प्रधानमन्त्री त्यसतर्फ जान लागेका हुन् ।

मोदीको निम्तो मान्न भारत जाने भएपछि प्रधानमन्त्री दाहाल पूर्व प्रधानमन्त्री केपी ओलीले दशैं, तिहार तथा छट र नेपाल संवतको अवसरमा भोलि बिहानै गर्ने चियापान कार्यक्रममा नजाने भएका छन् ।

ब्रिक्स सम्मेलनमा भाग लिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत पुगिसकेका छन् । चिनियाँ राष्ट्रपति सी जिन पिङ पनि बंगलादेशको भ्रमण सकेर भारत जाँदैछन् ।

गोवामा हुन लागेको ब्रिक्स शिखर सम्मेलनमा भाग लिन चिनियाँ राष्ट्रपति सि जिनपिङ्ग बिहीबार बिहानै चीनबाट प्रस्थान गरेका हुन् ।

शिखर सम्मेलन शुरु हुनुपूर्व उनले कम्बोडिया र बङ्गलादेशको औपचारिक भ्रमण गरेका छन् ।
यसअघि यही समयमा नेपाल भ्रमणमा आउने बताइएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारले नै चिनिया राष्टपतिको नेपाल भ्रमणमा चासो नदेखाइ भारतीय इशारामा भ्रमण रद्द गराएको बताइदै आएको छ ।

ब्राजिल 'बि', रुस 'आर', भारत 'आई', चीन 'सि' र दक्षिण अफ्रिका 'एस' गरी पाँच राष्ट्रहरु मिलेर अन्तर्राष्ट्रिय सम्बन्ध र आपसी सहयोगमा अभिवृद्धि गर्ने उद्देश्यले सन् २००९ मा ‘ब्रिक्स राष्ट्र’ नामक फोरम बनेको हो ।

यसको शिखर सम्मेलनमा सबै ब्रिक्स सदस्य राष्ट्रमा प्रमुख एवं सरकार प्रमुखहरुले भाग लिने प्रचलन छ ।

यस वर्षको आठौं शिखर सम्मेलन गोवामा अक्टोबर १५ देखि १६ सम्म दुई दिन चल्नेछ । सम्मेलन भारतले आतिथ्य गर्दैछ । भारतले ब्रिक्स राष्ट्रको फेब्रुअरीदेखि डिसेम्बर २०१६ सम्मको अध्यक्षता ग्रहण गरेको हो ।

वर्तमान ब्रिक्स सदस्य राष्ट्रप्रमुखहरुमा ब्राजिलका राष्ट्रपति माइकल टेमर, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका राष्ट्रपति सी जिनपिंग, र दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमा यस आठौं शिखर सम्मेलनमा मूल सहभागी हुनेछन् ।

यसपटकको शिखर सम्मेलनमा आयोजकराष्ट्र भारतले बिम्स्टेक राष्ट्रहरु मध्ये नेपालका प्रधानमन्त्री पुष्पकमल दहाल, बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका नरेश छिरिङग तोब्गे, म्यानमारकी राष्ट्रपति आङग सान सुकी, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रायुथ चान ओचालाइ पनि नितम्त्याएका छन् ।
त्यति निम्तो अनुसार निम्तो मान्न प्रधानमन्त्री दाहाल भारत जाने भएका हुन् ।

विश्व नेपाली चलचित्र पुरस्कार कोलोराडोमा हुँदै

वाशिंगटन डिसी ।
अमेरिकाको कोलोराडो राज्यमा नोवेम्बर १२ तारिखमा ग्लोबल नेपाली फिल्म अवार्ड हुने भएको छ ।

आगामी तिहार तथा छठ पर्व पछि कार्तिक २७ गतेबाट हुने अवार्ड विश्वमाझ नेपाली चलचित्रलाई चिनाउन अमेरिकामा गर्न लागिएको बताइएको छ ।

उक्त समारोहलाई बिशेष सफलता पुर्वक सम्पन्न गर्न बत्तीस सदस्यीय मूल समिति तथा अन्य बिभिन्न समिति तयार बनाइएको छ ।

समितिका पदाधिकारीहरु कार्यक्रममा कुनै कमि कम्जोर नहोस भन्नको खातिर अहोरात्र काम गरि रहेको समारोहका संयोजक कलाकार तथा नायक नबराज श्रेष्ठले बताए ।

उक्त समारोहमा उत्कृष्ट चलचित्र ,उत्कृष्ट नायक तथा नायिका, सह नायक तथा नायिका, वर्ष हास्य कलाकार, निर्देशक, जीवनकाल कार्यसिद्धि पुरस्कार समेत गरि आठ ओटा विधामा प्रदान पुरस्कार गरिने भएको छ ।

समारोहमा नायक शिब श्रेष्ठ, नायक कृष्ण मल्ल, अभिनेता निर शाह, नायक सुनिल थापा, नायिका शर्मिला मल्ल, कलाकार बसुन्धरा भुसाल, संगीत निर्देशक सम्भुजित बास्कोटा, नृत्य निर्देशक बसन्त श्रेष्ठ, नायक तथा निर्माता मधु श्रेष्ठ सहितका दुई दर्जन शिर्ष नेपाली कलाकार अमेरिका आउने भएका छन् ।

यसै गरि समारोहमा चलचित्र निर्देशक सुदर्शन थापा ,नायिका अशिस्मा नकर्मी, नायिका पूजा शर्मा, नायिका यूना उप्रेती तथा नायिका नन्दिता केसी, नायक गणेश उप्रेती, नायक विक्रान्त बस्नेत, चलचित्र बोर्डका अध्यक्ष राज कुमार राई, चलचित्र कलाकार संघ नेपालका अध्यक्ष राम किसर बगोटी ,चलचित्र निर्देशक उदय सुब्बा ,चलचित्र निर्देशक श्याम भट्टराई ,वरिष्ट चलचित्र उत्पादन नियन्त्रक गेहेन्द्र धिमाल आउने भएका छन् ।

कार्यक्रममा अमेरिका, नेपाल र विश्वका अन्य क्षेत्रमा रहेका कलाकारहरूको विशेष उपस्थिति रहने आयोजकले दाबी गरेको छ ।

उक्त कार्यक्रमको लागी वितरक प्रदिप उदय ,संचारकर्मी सरोज केसी ,चलचित्र निर्देशक नारायण पुरी ,नायिका सारंगा श्रेष्ठ आउने छन् भने कार्यकममा बिशेष अतिथिमा अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की ,महाबाणिज्य दुत प्रेम राजा महत ,क्यालिफोर्नियाका बाणिज्य दुत ऋषि ढकाल तथा अमेरिकाका बिभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहने भएको छ ।

कार्यक्रम नेपाल फिल्म सोसाइटी, अमेरिका नेपाल टेलिभिजन र बिआरटिनेपाल डटकमको सयुक्त आयोजनामा हुने भएता पनि थुप्रै संघ ,संस्था तथा संचार माध्यमले सहभागिता जनाउने भएका छन् ।

कार्यक्रम कोलोराडोको ब्रुमफिल्ड सभामण्डपमा हुने छ भने आवासको व्यवस्थाको लागि रमादा नामक पाहुना घरमा अग्रिम रुपमा आफ्नो लागि कोठा आरक्षण गर्न सकिने आयोजकले बताएको छ ।

बिदेसीको खेतालाहरु नेपालको धर्म र संस्कृति माथी तिब्र प्रहार गर्दैछन

जनकमान डंगोल

नेपाली हिन्दु पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवका साथ मनाइने चाड भएको हुनाले यसलाई दसैँ वा ’विजया दशमी’ का नामले पनि चिनिन्छ ।

हिन्दु चन्द्र मासिक पञ्चाङ्ग गणनाको तिथि अनुसार पर्ने भएकाले नेपाली चाडहरू निश्चित गते र तारिखमा नपर्ने समेत भएको हुनाले दसैँ पनि अङ्ग्रेजी वा ग्रेगरियन क्यालेण्डर अनुसार सेप्टेम्बर महिनाको अन्त्यदेखि अक्टोबर महिनाको मध्य बिचमा पर्दछ ।

दसैँ आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ र यो पहिलो दिनलाई घटस्थापना भनिन्छ। दसैँ प्रतिपदा घटस्थापनादेखि पूर्णिमा (कोजाग्रत) सम्म १५ दिनको हुने भएता पनि पहिलो ९ दिनलाई नवरात्रि र दसौँ दिनलाई दशमी वा दसैँ भनिन्छ र  यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान् श्री रामचन्द्रले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको भन्ने किंवदन्ती समेत छ । प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी, (कालरात्री), महानवमी, विजयादशमी, र पूर्णिमा (कोजाग्रत) दसैँका प्रमुख तिथिहरू हुन् ।

नेपाल बहुभाषिक, बहु सांस्कृतिक तथा विभिन्न भेषभुषाधारी बस्नेहरुको देस हो र यहाँ सबै जाति, धर्म तथा सांस्कृतिक चाडबाडलाई अत्यन्त हर्षोल्लासको साथ मनाईन्छ तर बिडम्बनाको कुरा केहि बर्ष देखि सुन्दर शान्त देस भनेर चिनिएको हाम्रो देस नेपालको चाडपर्व देखि भाषा, भेषभुषा, संस्कृतिमा बिदेसी खराव तत्वहरुले नजर लगाउंदै मास्न भनेर कम्बर कसेर लागेको देखिदैछ ।

जनताको नासो जनतालाई नै बुझाएको छु भनेर अन्तिम राजा ज्ञानेन्द्र शाहले राजतन्त्रको निशानी ‘राजदण्ड’ र ‘मुकुट’ अर्थात ‘श्रीपेच’ नेपाल सरकारलाई जिम्मा लगाएर राजदरबार छाडे । जुन दिन बाट राजाले राजगद्धी छाडे त्यो दिन देखि नेपालको धर्म र संस्कृति, भाषा तथा भेषभुषामा बिदेसी तत्वहरुबाट चरम रुपमा खुल्लमखुल्ला हमला हुन थाल्यो ।

क्रान्ति गरेर देसमा अमुल परिवर्तन ल्याउने सपना देखाएर १२ बर्ष सम्म कथित जनयुद्ध लडेका माओबादि नामका उग्र बामपन्थी कम्युनिस्टहरु २०६४ साल पछी पटकपटक सत्ताको शिखर चढ्न सफल भए । सत्तामा पुग्नासाथ नेपालको संस्कृति माथि पहिलो हमला बोल्दै प्रचण्ड सरकारको अर्थमन्त्री बाबुराम भटराईले ईन्द्रजात्रा तथा कुमारी संस्कृतिको पुजा खर्च रोकेर राजधानीबासीको कोपभाजनको सिकार बन्न पुगे । उग्र बिरोध कारणले गर्दा तत्कालिन अर्थ मन्त्रि बाबुराम भटराईको निर्णय २४ घण्टा पनि टिकेन । निर्णय फिर्ता लिन बाध्य भए । माओबादी जनयुद्ध पश्चिमा ईसाईहरुको ईसारामा चलेको हो भन्ने यो भन्दा दरिलो प्रमाण अरु के हुन्छ ।

पौने तिन करोड नेपाली बस्ने देसमा हिन्दु तथा ओमकार धर्म मान्ने ९३% छ भनेर सरकारी तथ्यांकले देखाउँदा देखाउदै पनि संबिधानमा जबर्जस्ती ‘धर्म निरपेक्ष’ भनेर घोषणा गराईयो । राजा भनेका धर्मका संरक्षक हुन । जबसम्म नेपालबाट राजतन्त्र जरै देखि फाल्न सकिदैन तब सम्म पश्चिमा ईसाई रास्ट्रहरुको मनोकान्छा पूर्ण हुन्न भन्ने सोच पालेका बिदेसी कुतत्वहरुले राजनेताको खोल ओढेका नेपालका बिभिषणहरुलाई प्रयोग गरेर रातारात धर्म निरपेक्षको घोषणा देखि गणतन्त्रको स्थापना गर्नु भनेको मौलिक नेपालको धर्म, संस्कृति, भाषा, भेषभुषा र परम्परा मास्ने योजनाको एउटा हिस्सा थियो र यो कार्यमा केहि हद सम्म ईसाईहरु सफल समेत भै सकेका छन । दोश्रो योजनामा नेपाललाई सिक्किम बनाउने षडयन्त्र रच्दै छन । नेपालका जनताहरु जागेनन भने त्यो दिन पनि देख्न नपर्ला भनेर भन्न सकिन्न ।

नेपालीहरुले मान्दै आएको वडा दशैको बिदा किन लामो समय सम्म भनेर हिजोआज नव ईसाईहरु कुर्लिन थालेका छन । हिन्दुहरुलाई लामो समय सम्म पर्व बिदा दिनु हुन्छ भने हामी ईसाईहरुलाई आइतवारको दिन प्राथना गर्न भनेर छुट्टी किन दिदैन भनेर कुतर्क दिन थालेका छन । दशैको अबधिभर ईसाईहरुले हिन्दु पर्वको बिरोध गर्नु पर्छ भनेर आफ्ना अनुयायीहरु माझ हुकुम फरमान समेत जारि गरेका छन ।

संसारमा सबै देसमा अल्पसंख्यक र बहुसंख्यक भन्ने समुदाय हुन्छ । समाजमा एकै जाति, धर्मका मानिसहरु पनि बस्दैनन् । अल्पसंख्यकल बहुसंख्यक संगै  मिलेर बस्नु पर्दछ । त्यो संसारको नियम पनि हो तर विदेशको दानापानीमा हुर्केका नेपालका नव ईसाईहरु आफ्ना पिता पुर्खाको धर्म, संस्कृति, भाषा देखि भेशभुषालाई लात हानेर दिनानुदिन अलोकप्रिय काम गर्दैछन । अहिलेको बिरोध पनि त्यसैको एउटा हिस्सा हो ।

समाज तहस नहस बनाउनु छ भने धर्मको बिरोधमा बोलिदिए, लेखि दिए पुग्छ । नेपाललाई तहस नहस बनाउन ईसाईहरुले पानिसरी पैसा बगाएका छन । बिदेसिको कुटिल चाल नबुझेका हाम्रा अज्ञानी दाज्युभाईहरु ‘हिन्दु धर्म भनेको सैतानको धर्महो’ भन्दै हिडन थालेका छन । अबुझ र अज्ञानीहरुको लागी यो भन्दा ठुलो दुर्भाग्य अरु के हुन्छ ।
धर्म तथा संस्कृति बचाई पाउ भनि राजधानीका बासीहरुले गणतन्त्रका पहरेदारहरुलाई बर्षौ बर्षसम्म अनुनय बिनय गरे तर सुनेनन । सुन्लाकी भनेर लामो समय सम्म कुरे । हार खाए । धर्म तथा संस्कृति मास्नु हुन्न र नेपालको धर्म र संस्कृति राजतन्त्रका पहरेदारहरु भन्दा अरुले बचाउन सक्दैन भन्ने निष्कर्षमा पुगे ।

केहि दिन अगाडी पचली भैरव गुठियारहरुले गद्धी छाडेका पुर्व राजालाई आफ्नो दुखेसो पोखे । प्रत्येक १२ बर्षमा खड्ग साट्नु पर्ने नियम अनुसार यो पटक राजाकै हैसियतमा आएर  खड्ग साटन आईदिनु पर्यो भनेर अनुरोध गरे । आफ्ना नागरिकहरुको चाहना पुरा गर्नु राजधर्म हो । जसले राजधर्म निर्वाह गर्न सक्दैन त्यो राजा हुन सक्दैन ।

हातमा ‘राजदण्ड’ तथा ‘राजगद्धी’ नभएर के भो त मैले ‘राजधर्म’ निर्वाह गर्नु पर्छ भन्ने सोचले पुर्व राजा ज्ञानेन्द्र शाहले नाई भनेनन । राजाकै हैसियतमा मिति २०७३/६/१६ गते पचली भैरवमा गएर खड्ग साटेर राजधर्मको पालना गरे । २०७२ बैशाखमा आएको महाभूकम्पले तहस नहस भएको पचली भैरबको सम्पदाको पनि केहि दिन अगाडी आफ्नै खर्चमा मर्मत सम्भार समेत गरि दिनु भएको थियो । गणतन्त्रको पहरेदार तथा बिदेसी कुतत्वहरुको गालामा यो कार्यले नराम्रो संग झापड हान्न राजा देखि राजधानीबासी सफल समेत भएका छन ।

वृद्धाश्रमलाई प्रवासी नेपालीले गरे सहयोग

२८ असोज, वागलुङ ।
वागलुङको नारायणस्थान ९ देवलधारामा निर्माणाधिन मोदीवेणीधाम वृद्धाश्रमको लागि प्रवासी नेपालीहरुले झण्डै ३ लाख रुपैयाँ सहयोग गरेका छन् ।

बेल्जियममा रोजगारीमा रहेका पर्वत र वागलुङका यूवाहरुले उक्त सहयोग जुटाएर आज एक कार्यक्रमका वीच मोदीवेनी वृद्धाश्रम निर्माण समितिका अध्यक्ष दिर्घनारायण श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

नेपाली काँग्रेसका नेता एवं पर्वत क्षेत्र नम्बर १ का साँसद अर्जुनप्रसाद जोशी मार्फत उक्त रकम अध्यक्ष श्रेष्ठलाई हस्तान्तरण गरिएको हो ।

निर्माणाधिन वृद्धाश्रममा रकम अभाव भएको कारण खाजा खर्च कटाएर सहयोग गरिएको एनआरएन बेल्जियमका प्रतिनिधी शिवप्रसाद सुबेदीले बताउनुभयो । उहाँले सहयोगलाई सहि सदुपयोग गर्न आग्रह गर्नुभएको थियो ।

कालिगण्डकी र मोदीखोलाको तटिय क्षेत्र मोदीवेणी धामको पारिपट्टि वृद्धाश्रम निर्माणाधिन अवस्थामा छ । ६८ लाखको लागत अनुमान गरि निर्माण गर्न लगिएको भवनमा १३ वटा सुविधा सम्पन्न कोठा हुने जनाइएको छ ।

कोठाभित्र खानेवस्ने,जपतप गर्ने र नुहाउने ठाउँको व्यवस्था हुनेछ । उक्त भवन निर्माणका लागि यो सहयोग सहित अहिलेसम्म मोदीवेणी महायज्ञ आयोजक समितिले १८ लाख रुपैयाँ सहयोग गरेको छ ।

महिला तथा वालवालिका विकास मन्त्रालयले ८ लाख, शहरी विकास मन्त्रलयले ९ लाख रुपैयाँ र शहरी विकास मन्त्रालयले १ लाख रुपैयाँ सहयोग गरेको छ । अहिले भवनको एकतला सकिएर ढलानको काम भैरहेको छ ।

एकैपटक चार बच्चा जन्माएकी निर्मला रकम अभावबिच उपचार गर्न काठमाडौं लागिन्

२८ असोज, भोजपुर ।
आर्थिक अवस्थाका कारण जमल्याहा बच्चा जन्माएर पनि उपचारमा समस्या भएकी निर्मला राईलाई थप उपचारका लागि काठमाण्डौ पठाइएको छ ।

आर्थिक
अभावमा भोजपुर जिल्लाको पश्चिमी छिनामखु गाविस ४ की ३० बर्षिया निर्मलाको
ज्यान जोखीममा परेको थियो । निर्मलाको गत भाद्र २९ गते छोरी जन्मिएको ३ दिन
पछि असोज १ गते तीन दिन पछि अर्को बच्चाकारुपमा छोरालाइृ जन्म दिएकी थिइन ।

अत्याधिक रक्तश्राव भएतापनि आर्थिक अवस्थाका कारण उपचारमा समस्या
भएको जानकारी भोजपुरका स्थानिय संचारकर्मीले पाए पछि उनलाई थप उपचारका लागि
आर्थिक सहयोग संकलन कार्य शुरु गरिएको स्थानिय पत्रकार राजन राईले बताए ।

उपचारमा
नै समस्या भए पछि निर्मलाको उपचारका लागि रकम संकलन हुन थालेको छ ।
संचारकर्मीहरुलाई उपचारमा समस्या भएको जानकारी आए पछि बिभिन्न क्षेत्रबाट
सहयोग जुटन शुरु भएको स्थानिय पत्रकार राईले
बताए ।

उपचारका लागि संकलित
भएको ३४ हजार २ सय १८ रुपैया विरामी अवस्थामा रहेको निर्मला राईकी सासुआमा
मैया राईलाई भोजपुरका प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले गएको
शनिवार हस्तान्तरण गरेका थिए ।

सो बाहेक निर्मलाको उपचारका लागि अहिले
बिभिन्न क्षेत्रबाट सहयोग जुटनेक्रम जारी रहेको र सहयोग गर्ने प्रतिबद्धता
समेत आई रहेको सामुदायिक रेडियो चोमोलुङ्गमाका स्टेशन मेनेजर अवतारमान
राईले बताए ।

उनका अनुसार निर्मलालाई थप उपचारका गएको मंगलवार
काठमाण्डौ पठाइएको छ । निर्मलालाई संकलित ६७ हजार ५ सय रकम हस्तान्तरण गरेर
उपचारका लागि पठाइएको हो । निर्मलाको हाल काठमाण्डौको नर्भिक अस्पतालमा
उपचार भैरहेको बताइएको छ ।

सशस्त्र र नेपाल प्रहरी महानिरीक्षक अमेरिका प्रस्थान

२८ असोज, काठमाडौं ।
अमेरिकाको क्यालिफोर्नियामा संचालन हुने अन्तर्राष्ट्रिय प्रहरी प्रमुख संघको १२३ औं वार्षिक सम्मेलनमा सहभागी हुन सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई त्यसतर्फ प्रस्थान गरेका छन् ।

सम्मेलनमा प्रहरी र नागरीक समुदाय बीचको सम्बन्ध तथा विश्वभरीका प्रहरी संगठनले सामना गरी रहेका चुनौति र समस्या तथा तीनलाई सामना गर्न अपनाउनु पर्ने रणनीति लगायतका विषयमा सहभागी राष्ट्रहरुबीच छलफल हुनेछ ।

सो सम्मेलनमा भाग लिन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालय पनि त्यसतर्फ प्रस्थान गरेका छन् ।

उक्त सम्मेलनमा भागलिन सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनाल पनि त्यसतर्फ प्रस्थान लागेका छन् ।

प्रहरी प्रमुखहरुलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक लगायत सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका वरिष्ठ अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा विदाई गरेका थिए ।

सशस्त्र प्रहरी महानिरीक्ष्क दुर्जकुमार राईको अनुपस्थितिमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक कृष्णकुमार तामाङले निमित्त सशस्त्र प्रहरी महानिरीक्षकको कार्यभार सम्हाल्नेछन् ।

दशैमा बन्द रहेका सरकारी कार्यालय खुले, कर्मचारी न्युन

२८ असोज, भोजपुर ।
दशैको बिदामा बन्द रहेका सरकारी कार्यालयहरु शुक्रवारबाट पुन संचालनमा आए पनि भोजपुर सदरमुकाममा रहेका सरकारी कार्यालयहरुमा कर्मचारीहरु न्यनु देखिएका छन ।

भोजपुर सदरमुकाम र आसपासमा करिव ३ दर्जन सरकारी कार्यालयहरु रहेको भए पनि ती कार्यालयहरुमा कार्यरत कार्यालय प्रमुख तथा कर्मचारीहरु जिल्ला फर्किएका छैनन ।

जसका कारण कार्यालय खुलेर पनि कामकाज पूर्णरुपमा सुचारु हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरु बाहेक अन्य सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरु दशै मनाउन घर गएका छन ।

सरकारी कार्यालयमा कार्यरत कति पय कर्मचारीहरु भने तिहार पछि मात्र जिल्ला फर्केने गरेका छन । जिल्लामा रहेका जिल्ला बिकास समिति, जिल्ला कृषि बिकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, जिल्ला शिक्षा कार्यालय, नेपाल बिद्युत प्राधिकरण, नेपाल टेलिकम लगायतका सरकारी कार्यालय अहिले प्रमुख बिहिन बनेका छन भने ती लगायतका अन्य सरकारी कार्यालयका प्रमुख र कर्मचारी समेत कार्यालयमा दशै पश्चात उपस्थित भएका छैनन ।

दशैंका लागि दिइएको ५ दिनको सरकारी विदा शुक्रबारदेखि सकिएको छ । विदा सकिएसँगै शुक्रबार देशभरका सरकारी कार्यालय पनि खुलेका छन । विदा सकिएर कार्यालय खुले पनि कार्यालयहरु भने सुनसान छन् ।

अधिकाशं कार्यालयमा कर्मचारीहरुको कुर्सी खाली छन् । उपस्थित कर्मचारीहरु पनि काम नगरी गफगाफमा व्यस्त छन् ।

दशै सकिएसँगै हवाई उडानका लागि यात्रुको चाप बढयो

२८ असोज, भोजपुर ।
दशैंमा टिका लगाएसँगै भोजपुरबाट बिराटनगर र काठमाण्डौ जानका लागि हवाई उडानको लागि यात्रुको चाप बढन थालेको छ ।

काठमाडौ र बिराटनगर जाने यात्रुको चाप बढेको नेपाल बायु सेवा निगम भोजपुरका स्टेशन म्यानेजर नारायण पुरीले बताए । टिकटका लागि अहिले नेपाल बायु सेवा निगमको कार्यालय अगाडीको भित्ता समेत नामावलीले भरिएको छ । निगमको कार्यालयको भित्तामा आगामी कार्तिक २७ गतेसम्मका लागि टिकटको नामावली टाँस गरिएको छ ।

नेपाल बायु सेवा निगमले एक हप्ता अगाडी मात्र लाइनबाट ८ वटा टिकट बिक्रि गर्दे आइ रहेको भए पनि टिकटका लागि तिहार पछाडीसम्मका लागि नाम टाँस हुन थालेको कार्यालय प्रमुख पुरीको भनाई रहेको छ । नेपाल बायु सेवा निगमले जिल्ला प्रशासन कार्यालयका लागि २, नेपाली सेना १, नेपाल प्रहरी १ र जिल्ला अस्पतालमा रहेका बिरामीका लागि २ वटा सिट समेत प्रत्येक उडानका लागि दिदै आई रहेको नेपाल बायु सेवा निगम भोजपुरले जनाएको छ । ती कार्यालयहरुलाई दिएको सिटमा ती कार्यालयका सम्वन्धित नभएमा लाइनमा बसेकाहरुबाट उडाइने निगमका प्रमुख पुरीले जानकारी दिए ।

भोजपुर विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले सोमवार, मंगलबार, बिहिवार र शनिबार काठमाडौं ४ वटा र सोमवार, मंगलबार, बिहिवार बिराटनगरका लागि ३ उडान गर्दे आई रहेको स्टेशन म्यानेजर नारायण पुरीले बताए ।

यता निजी उडान गर्दे आइरहेको तारा एअरलाइन्सको जहाजले भने बिहिवार काठमाण्डौ भोजपुर १ उडान गर्दे आइ रहेको छ । ताराले गएको असोज १३ गतेबाट भोजपुरमा पुन उडान शुरु गरेको हो । ताराले चार महिनासम्म भोजपुरमा उडान बन्द गरेको थियो । तारामा अहिले यात्रुको चाप बढेको बताइएको छ ।

हिले भोजपुर नारदमणी थुलुङ्ग सहायक राजमार्गमा समेत बर्षातका कारण सहजरुपमा यातायातका साधन संचालनमा आउन समस्या भैरहेकोले हवाई उडानका लागि चाप बढेको निगमले जनाएको छ । टिकटका लागि यात्रुको चाप बढी रहेको अवस्थामा मौसमका कारण हवाई उडान समेत नियमित हुन नसक्दा थप समस्या भएको निगमका प्रमुख पुरीको भनाई रहेको छ ।

सडक कच्ची भएका कारण यातायातका साधनमा आवतजावत गर्न पनि समस्या हुने गरेको र धरान पुग्न समेत २ दिन लाग्ने भएकाले हवाई उडानमा चाप बढको स्थानियवासी राजिव श्रेष्ठ बताउँछन ।

सैनिक जवानद्धारा खोलामा हामफालेर आत्महत्या !

२८ असोज, बर्दिया ।
बर्दियाको ठाकुरद्वारामा खोलामा हामफालेर नेपाली सेनाका एक जवानले आत्महत्या गरेका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ खटिएका रणशार्दुल गणमा कार्यरत भक्तपुर दधिकोट–४ का ३३ वर्षका जनक खड्काले ठाकुरद्वाराको पट्टु खोलामा हामफालेर ज्यान फालेका हुन् ।

प्रहरीका अनुसार खड्काले शुक्रबार बिहानै उठेर ब्यारेक बाहिर निस्केपछि खोलामा हाम फालेका थिए ।

प्रहरीले सैनिक जवानको मृत्यु आत्महत्या प्रकृतिको रहेको भन्दै घटनाको अनुसन्धान थालिएको बताएको छ ।

नेपाली महिला क्रिकेट टोली थाइल्याण्डसँग पराजित

२८ असोज, काठमाडौं ।
नेपाली महिला क्रिकेट टोली आइसिसी महिला विश्व कप क्रिकेटको एसियाली छनौटमा थाइल्याण्डसँग एक विकेटले पराजित भएको छ ।

नेपालले प्रस्तुत गरेको एक सय नौ रनको सामान्य लक्ष्य पछ्याएको थाइल्याण्डले १८ दशमलव चार ओभरमा ९ विकेटमा पुरा गर्दै नेपाललाई पराजित गरेको हो ।

थाइल्याण्डसँग पराजित भएपछि विजेताको रुपमा वर्ल्ड क्वालिफायरमा पुग्ने नेपालको संभावना समाप्त भएको छ ।

थाइल्याण्डकी चानिदा सुथिरुआङले २७ तथा नाताकान चान्तमले २३ रन बनाउँदा नेपाल पराजय तिर धकेलिन पुगेको थियो । नेपालकी करुणा भण्डारीले चार तथा रुबिना बेलबासे र सीता राना मगरले दुई दुई विकेट पनि खेल नेपालले आफ्नो पक्षमा पार्न सकेन ।

यसअघि हङकङ क्रिकेट क्लबमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय आठ रन बनायो । नेपालकी नेरी थापाले नटआउट ३२, इन्दु वर्माले २६, निर्मला कुमारी शाहीले २०, ज्योती पाण्डेले १३ तथा रुबिना बेलबासेले नटआउट १० रन बनाइन् । चार खेल जीतेको थाइल्याण्ड ८ अंकसहित शीर्ष स्थानमा कामय छ ।

बिहीबार भएको खेलमा नेपालले  हङकङलाई ६ रनले हराएको थियो । नेपालले मंगलबार भएको तेस्रो खेलमा चीनलाई २० रनले हराएको थियो ।

पहिलो खेलमा नेपाल आयोजक हङकङसँग र दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web