महिला क्रिकेटः नेपाल र थाइल्याण्ड भिड्दै,नेपालको कमजोर सुरुवात

काठमाडौं,असोज २८ । महिला क्रिकेट छनोटको दोस्रो चरणको दोस्रो खेलमा नेपालले थाइल्याण्डसंग खेलिरहेको छ । हङकङको वोङनाइ मैदानमा भइरहेको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले कमजोर सुरुवात गरेको छ । अर्को चरणको प्रवेश सम्भावनालाई कायमै राख्न नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ ।

यसअघि भएका चार खेलमा नेपालले दुईमा जित र दुईमा हार बेहोरेको थियो । नेपालले पहिलो चरणमा  थाइल्याण्डसंग पराजय बेहोरेको थियो ।

तर बिहीबारको खेलमा आयोजक हङकङलाई हराएपछि नेपालको मनोवल बढेको छ ।

कुन दलका सांसदले कति तिर्छन् लेबी ?

काठमाडौं,असोज २८ । संसदमा प्रतिनिधित्व गर्ने दलहरूले आफ्ना सांसदबाट अनिवार्य लेबी उठाउने गरेका छन् । दलअनुसार लेबी शुल्क भने फरक–फरक छ ।  पार्टी सञ्चालनका लागि भन्दै सीधै पार्टी कोषमा जम्मा हुने गरी सांसदहरूबाट लेबी उठाउने गरिन्छ । सम्बन्धित दलले संसद् सचिवालयबाट सीधै लेबी रकम लिने गरेका छन् । सांसदहरूको खातामा तलबभत्ताको पैसा जाने वेलामै दलको खातामा पनि मासिक लेबी जाने गरेको छ ।

सांसदको मासिक पारिश्रमिक ५५ हजार दुई सय ३० रुपैयाँ छ । यसबाहेक बैठकभत्ता र अन्य सुविधाबापत छुट्टै रकम उनीहरूले पाउँछन् ।

दल साना–लेबी ठूलो

प्रमुख दलका तुलनामा साना दलले बढी लेबी लिने गरेका छन् । समानुपातिक प्रणालीबाट सांसद भएकासँग पार्टीले बढी लेबी लिने गरेको देखिएको नयाँ पत्रिक दैनिकमा समाचार छापिएको छ ।

राप्रपा नेपालले आफ्ना पाँच सांसद बाहेक अन्यसँग २० हजारका दरले लेबी लिने गरेको छ । २५ सांसद रहेको राप्रपा नेपालले तराई मूलका पाँच सांसदसँग भने मासिक १० हजार रुपैयाँ मात्र लिने गरेको छ ।

नेपाल मजदुर किसान पार्टीले भने माध्यमिक शिक्षकको तलबबराबरको रकम लेबी लिँदै आएको छ । ‘मावि शिक्षकको तलब बढ्दा हाम्रो लेबी शुल्क पनि बढ्छ, घट्दा लेबी शुल्क पनि घटछ,’ नेमकिपाका सांसद प्रेम सुवालले भने, ‘एउटै मापदण्ड निर्धारणका लागि त्यस्तो व्यवस्था गरिएको हो ।’

साना दलहरूमध्येकै राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) नेपालले पनि २० हजारका दरले आफ्ना सांसदबाट लेबी लिने गरेको छ ।

एकसिटे दलमा हिसाबै छैन

संसदमा एक स्वतन्त्रसहित १५ दलका एकजना मात्र सांसद छन् । पार्टीको नेता पनि आफैँ रहेको र सांसद पनि आफैँ भएका कारण उनीहरूको लेबीको हिसाब नै छैन ।

यी पार्टीमा लेबी प्रणाली नै छैन । पार्टी पनि आफैँले चलाउनुपर्ने भएकाले त्यसको लेखाजोखा नगरिएको एक सिट रहेका दलका सांसदहरू बताउँछन् ।

जनमोर्चा र संयुक्तले  सांसदको तलब आफैँ बुझ्छन्

राष्ट्रिय नमोर्चा नेपालका तीनजना सांसद छन् । तर, उनीहरूको सबै तलब सीधै पार्टीले बुझ्ने गरेको छ । पार्टीले तलब बुझेर सांसदलाई मासिक रूपमा २५ हजार रुपैयाँ मात्र उपलब्ध गराउने गरेको छ ।

नेकपा संयुक्तका सांसद, सांसदका स्वकीय सचिवको तलब पार्टीले नै बुझ्ने गरेको छ । आफ्ना सांसदलाई उसले ३५ हजार रुपैयाँ मात्र दिने गरेको छ । बाँकी पार्टीले नै राख्छ ।

तीन दलले कति उठाउँछन् सांसदबाट

कांग्रेसले आफ्ना २०७ सांसदबाट ६ हजार पाँच सयका दरले लेबीबाट मासिक १३ लाख ४५ हजार पाँच सय उठाउँछ । एमालेका १८२ सांसद छन् । उनीहरूबाट मासिक १३ हजारका दरले २३ लाख ६६ हजार रुपैयाँ एमालेले उठाउने गरेको छ ।

माओवादी केन्द्रले आफ्ना ८१ सांसदबाट मासिक १० हजारका दरले  ८ लाख १० हजार र सहिद प्रतिष्ठानले दुई हजारका दरले एक लाख ६२ हजार लग्छ ।

विश्वकप छनौट खेल्ने नेपालको संभावना कायमै,हङकङ ६ रनले पराजित

काठमाडौं,असोज २७  । आइसिसी महिला विश्व कप क्रिकेटको एसियाली छनौटमा नेपालसँग आयोजक हङकङलाई ६ रनले पराजित भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले खराव ब्याटिङलाई निरन्तरता दिँदै जितका लागि ७६ रनको लक्ष्य पछ्याएको हङकङलाई १७ दशमलव ४ ओभरमा ६९ रनमा अल आउट गर्दै नेपालले विश्वकप छनौट खेल्ने संभावना कायम राखेको हो ।

हङकङको कोलुनस्थित कोलुन क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभरमा ८ विकेट गुमाएर ७५ रन जोड्न सफल भएको थियो । नेपालको लागि करुणा भण्डारी १९ रनमा अविजित रहिन । त्यस्तै इन्दु बर्माले १५, ज्योति पाण्डेले ११ तथा नेरी थापाले १० रन जोडिन । नेपालकी अन्य ब्याट्सवुमन हङकङका बलरसामु खुलेर खेल्न सकेनन् ।

अघिल्ला खेलमा नेपालको सर्वाधिक रन बनाउने ब्याट्सवुमन निर्मला शाही मात्र ३ रनमा आउट भइन । त्यस्तै ओपनरद्वय काजल श्रेष्ठ २ तथा सिता राना मगर १ रनमा पेभेलियन फर्किएका थिए । नेपाललाई सस्तैमा समेट्ने क्रममा हङकङकी बेट्टी चानले ३ तथा कीनु गिलले दुई विकेट लिए ।

नेपालले दिएको लक्ष्य पछ्याउदै हङकङले केहिबेरमा जवाफी ब्याटिङ थाल्नेछ । हङकङलाई अल आउट गर्न करुण भण्डारीले ३ तथा सिता राना मगरले २ विकेट लिइन् । सबनाम राई, निर्मला कुमारी र रुबिना क्षेत्रीले समान १ विकेट लिए । अब नेपालले थाइल्याण्ड र चिनसँग खेल्न बाँकी छ । समान ४ खेलबाट थाईल्याण्डको ६ तथा नेपाल र हङकङको ४ अंक छ । चीनको भने २ अंक मात्र छ ।

विश्वमै सबैभन्दा लामो शासन गर्ने राजा भूमिबोलको निधन

एजेन्सी,असोज २७ । थाइल्याण्डका राजा भुमिबोल अदुल्यादेजको ८८ वर्षको उमेरमा बिहिबार निधन भएको छ। उनको स्थानीय समय अनुसार दिउँसो ३स्५२मा बैंककको सिरिराज अस्पतालनमा निधन भएको हो। पछिल्लो केही दिनदेखि बिरामी परेका भूमिबोलको निधन भएको थाइ राजदरबारले पुष्टि गरेको छ । भूमिदेव संसारमा सबैभन्दा धेरैसमय सम्म राज गर्ने राजा मानिन्थे । उनले ७० वर्षसम्म राज गरेका थिए । उनी सन् १९४६ मा गद्धीमा बसेका थिए।उनका छोरा युवराज ६४ वर्षका छन् ।

थाइल्याण्डका दिवंगत राजाको जीवनी

थाइल्याण्डका राजा पूमिपोन अदून्यदेत विश्वकै सबैभन्दा लामो समय शासन गर्ने राजा थिए।

उनको शासनकालमा थुप्रै पटक सत्तापलट अर्थात कू भएको थाइल्याण्डमा उनलाई स्थिरताका पक्षमा काम गर्ने पात्रका रुपमा हेरिन्थ्यो।

राजनीतिभन्दा माथि रहेका पिता सरहका पात्रका रुपमा हेरिएपनि राजनीतिक तनाव चुलिएको समयमा उनले कहिलेकाहीँ हस्तक्षेप गर्ने गर्दथे।

उनी सीमित शक्ति भएका संवैधानिक राजा भएपनि थाइल्याण्डका धेरै मानिस उनलाई दैवी पात्र सरह मान्दथे।

पूमिपोन अदून्यदेतको जन्म सन् १९२७ को डिसेम्बर ५ मा संयुक्त राज्य अमेरिकाको म्यासाचुसेट्सको क्याम्ब्रिजमा भएको थियो।

उनको जन्म हुँदा उनका पिता महिदोल अदून्यदेत हार्वर्ड विश्वविद्यालयमा अध्ययनरत थिए।

उनी दुई वर्षको हुँदा उनका पिताको मृत्यु भएपछि उनको परिवार थाइल्याण्ड फर्किएको थियो।

राजा पूमिपोनले सन् १९५० मा सिरिकिटसंग विवाह गरेका थिए। पिताको मृत्युपछि अदून्यदेतकी आमा स्वीट्जरल्याण्ड गइन्, जहाँ राजकुमार पूमिपोनले शिक्षा आर्जन गरे। युवा अवस्थामा उनी फोटोग्राफी, चित्रकला, लेखन र साक्सोफोन वादन तथा साक्सोफोनका लागि गीत रचना जस्ता परिष्कृत सोखहरु रुचाउँथे।

सन् १९३२ मा पूर्ण राजतन्त्र समाप्त भएदेखि थाइल्याण्डको राजतन्त्रको अवस्था बिग्रँदो रहेको थियो।

पूमिपोनका काका, तत्कालीन राजा प्रजाधिपोक, ले सन् १९३५ मा गद्दी त्यागेपछि राजतन्त्रलाई थप धक्का लागेको थियो।

त्यसपछि पूमिपोनका दाइ राजा आनन्दले गद्दी सम्हाले, जो त्यतिबेला ९ वर्षका मात्रै थिए।

आलंकारिक

सन् १९४६ मा बैंककको आफ्नो दरबारमा एउटा दुर्घटनामा परेर राजा आनन्दको मृत्यु भयो।

गोली हानिएको उक्त घटनाका बारेमा अझैसम्म कुनै स्पष्टीकरण दिइएको छैन।

१८ वर्षको उमेरमा पूमिपोनले गद्दी आरोहण गरे।

लगत्तै उनी आफ्नो अध्ययनका लागि स्वीट्जरल्याण्ड फर्किएका कारण उनको शासनका शुरुवाती वर्षहरुमा थाइल्याण्डमा नायवी शासन थियो। प्यारिस भ्रमणका क्रममा उनले आफ्नी भावी पत्नी सिरिकिटलाई भेटे जो फ्रान्सका लागि थाइल्याण्डका राजदूतकी छोरी थिइन्।

उनीहरुले सन् १९५० को एप्रिल २८ मा विवाह गरे र त्यसको एक हप्तापछि बैंककमा राजा पूमिपोनको राज्याभिषेक भयो।

राजा पूमिपोनको संगीतमा विशेष लगाव थियो। पूमिपोनको शासनका पहिलो सात वर्षमा थाइल्याण्डमा सैनिक अधिनायकत्व थियो र राजा नाम मात्रैका थिए। सन् १९५७ को सेप्टेम्बर महिनामा जनरल सरित धनराजताले सत्ता हत्याए। राजाले सरितलाई राजधानीका ‘सैनिक रक्षक’ भन्दै एउटा घोषणा गरे। सरितको तानाशाहीमा पूमिपोनले राजतन्त्रलाई पुनर्जागृत गर्न थाले। उनी विभिन्न प्रान्तहरुको भ्रमणमा गए र विशेष गरी कृषि लगायत अन्य विकास कार्यमा संलग्न देखिए।

उता सरितले जनताले राजाका सामुन्ने हात र घुँडा टेकेर घिस्रिनुपर्ने प्रथालाई ब्यूँत्याए र लोप भइसकेका विभिन्न राजकीय समारोहहरुलाई फेरि प्रयोगमा ल्याए।

सत्तापलट

सन् १९७३ मा सैनिकहरुले प्रजातन्त्रका पक्षधर प्रदर्शनकारीहरुमाथि गोली चलाउँदा पूमिपोनले नाटकीय तरिकाले थाइ राजनीतिमा हस्तक्षेप गरे। प्रदर्शनकारीहरुलाई राजदरबारमा आश्रय लिने अनुमति दिइयो।

त्यो कदम तत्कालीन प्रधानमन्त्री जनरल ठानोम किटिकचोनको सत्ता ढल्नुको कारण बन्यो।

तर तीन वर्षपछि भियतनाम युद्धको अन्त्य भएर सरकार वामपन्थी भावनाको विकासका बारेमा चिन्तित रहेको समयमा अर्धसैनिक भिजिलान्तेद्वारा वामपन्थी विद्यार्थीहरुको हत्या हुनबाट उनले जोगाउन सकेनन्।

त्यसपछि सरकार ढाल्ने कुनै प्रयास भएनन्। सन् १९८१ मा प्रधानमन्त्री प्रेम टिनसुलानोनविरुद्ध सैनिक अधिकारीहरुले कू गर्दा राजा त्यसका विरुद्धमा उभिए।  विद्रोहीहरुले राजधानी कब्जा गर्न सफल भइसकेको अवस्थामा राजाप्रति बफादार सेनाहरुले राजधानी फिर्ता लिए। तर सत्तामा रहेको सरकारको पक्षमा लाग्ने राजाको प्रवृत्तिका कारण थाइल्याण्डका केही मानिसले उनको निष्पक्षतामाथि प्रश्न उठाए।

सन् १९९२ मा जनरल सुचिन्दा क्र्याप्रायुनले प्रधानमन्त्री बन्ने प्रयास गर्दा त्यसको विरोधमा प्रदर्शन गरिरहेका दर्जनौं मानिसलाई गोली हानिएपछि पूमिपोनले फेरि हस्तक्षेप गरे।

प्रभाव

राजाले सुचिन्दा र प्रजातन्त्रका पक्षधर नेता चामलोङ सिमुयङलाई राजकीय शिष्टाचार अनुरुप आफूसमक्ष घुँडा टेकेर आउन आह्वान गरे। सुचिन्दाले राजीनामा दिए र त्यसपछिको चुनावमा प्रजातान्त्रिक नागरिक सरकारको पुनरावृत्ति भयो। सन् २००६ मा प्रधानमन्त्री थाक्सिन शिनावातको नेतृत्वका बारेमा उत्पन्न भएको संकटका समयमा राजालाई थुप्रै पटक हस्तक्षेप गर्न आह्वान गरियो, तर उनी त्यस्तो कदम अनुचित हुनेमा अडिग रहे।

तर एप्रिल महिनामा थाक्सिनले जितेको चुनावलाई अदालतले रद्द गरेपछि पूमिपोनको प्रभाव फेरि महत्वपूर्ण ठानिएको थियो। थाक्सिनलाई कालान्तरमा रक्तपातविहीन ‘कू’ द्वारा सत्ताच्यूत गरियो र सेनाले राजाप्रति बफादारीको संकल्प ग-यो। त्यसपछिका वर्षहरुमा थाक्सिनका पक्षधर र विपक्षीहरुले सत्ताका लागि संघर्ष गरिरहँदा दुवै पक्षले राजाको नाम र छविको प्रयोग गर्दथे। सन् २००८ मा राजा पूमिपोनको ८० औं जन्मदिन भव्य रुपले मनाउँदा पूरै देश सहभागी बनेको थियो जसले थाइ समाजमा उनको अद्वितीय स्थान झल्काएको थियो।

“Global Trends in Renewable Energy Investment 2015” : Sagarika Bhatta

investment in green energy worldwide surged to 17% to $270 billion in 2014 according to UNEP. China had the biggest renewable energy investment in 2014 with a record of $ 83.3 billion up to 39% from 2013. There was rapid expansion of renewable energy into the markets of developing countries.

Brazil and South Africa was also in the top investing countries. Countries such as Indonesia, Chile, Mexico, Kenya and Turkey invested more than $ 1 billion in renewable energies. Solar, wind and other renewable capacity were focused. Coal and gas- fired electricity generation investment decreased half of that of renewable energy. Developing world investments in renewable energy topped those developed nations for the first time.

Renewable energy is generally defined as energy that is collected from resources which are naturally replenished on a human timescale, such as sunlight, wind, rain, tides, waves, and geothermal heat. Renewable energy often provides energy in four important areas: electricity generation, air and water heating/cooling, transportation, and rural energy services. Prior to the development of coal in mid 19th century, nearly all energy used was renewable.

With the global concern of climate change and global warming, the world is again slowly trying to shift its paradigm from the fossil fuels to renewable energy sources. Countries like Denmark, Sweden, Germany, Scotland, and Ireland have shown exemplary actions towards the possibility of 100% shift in renewable energy. Amongst renewable energy sources wind, solar and hydro powers are widely adopted. Solar and wind have slowly taken off since 2008 because of high volume production in China. This shows that renewable energy can be a reliable source of energy.

However, to approach 100% renewable energy by 2050, the rate of deployment still needs to accelerate by an order of magnitude (factor of ten). It still has a long way to go inorder to completely replace fossil fuel; oil, coal, and natural gas as primary source of energy.

Some people, however, believe that traditional source of energy cannot be replaced by renewable energy. Renewable energy is totally dependent on the fossil fuel-based economy. Coal power is used to produce solar cells in some places. And for massive increase in production, a corresponding increase in air pollution and environmental devastation from the use of conventional energy to produce solar cells is essential.

Energy transitions take a long time. It took more than 50 years for coal to replace wood as the world’s leading source of energy and another 50 years for oil to overtake coal; the shift from fossil fuels to renewables is not likely to occur any faster. But the growing concern over climate change is leading to increasingly strict controls on carbon dioxide and other greenhouse x zgas emissions, while a continuing cascade of innovations in renewable technology is lowering their price and speeding their installation.

The transition to renewable sources will be accelerated by dramatic improvements in pricing and performance. Due to steady increases in efficiency of wind and solar systems, coupled with savings achieved through large-scale manufacture, the price of renewables is falling globally.

With dropping price, renewable energy is now proving competitive with fossil fuels for generating electricity in many areas. Thus creating a strong bridge for this much needed transition.

अमेरिकी युद्ध पोतमाथि लगातार मिसाइल आक्रमण

२७ असोज, काठमाडौं ।
अमेरिकाको सामुद्रिक सेनाको युद्द पोतमाथि लगातार मिसाइल आक्रमण भएको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार यमन क्षेत्रबाट उसका युद्धपोतमाथि रकेट आक्रमण भएको हो ।

पेन्टागनका अनुसार चारदिनका बिचमा भएको यो दोस्रो मिसाइल आक्रमण हो । संयोगवस मिसाइल निशानामा नलागेका कारण ठूलो दुर्घटनाबाट अमेरिकी युद्धपोत जोगिएको छ ।

अमेरिकी रक्षा विभागले रकेट आक्रमण भएको स्थान पहिचान भएको भन्दै मलाको जवाफी कारबाही गर्ने बताएको छ ।

अमेरिकी रक्षा विभागले मिसाइल यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्रबाट प्रहार गरिएको भन्दै यसलाई कुनैपनि हालतमा माफि दिन नसकीने बताएको छ ।

महिला हत्या विषयमा उदयपुर बेल्टारबजार तनावग्रस्त

२७ असोज, उदयपुर ।
महिलालाई जंगलमा लगेर हत्या गरेको बिषयमा परिवारको संलग्नता रहेको भन्दै माइतिपक्षले बिरोध चर्काउँदा उदयपुर जिल्लाको बेल्टार बजार तनावग्रस्त बनेको छ ।

गएरातीदेखीनै तनावग्रस्त रहेको भीडलाई नियन्त्रण गर्न प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्याससमेत प्रयोग गर्नुपरेको छ ।

बेल्टार–२ सिरबानी बस्ने राजेन्द्र कटुवालकी श्रीमती भीमकुमारी कटुवालको पाँच दिनअघि मोरङको सिजुवास्थित बेतौनाको जङ्गलमा हत्या भएको थियो ।

गएराति उनको शव ल्याउने क्रममा बेल्टारबजारमा हजारौँको सङ्ख्यामा स्थानीयवासी राजेन्द्रको विरुद्ध आन्दोलनमा उत्रेपछि बेल्टारबजार तनावग्रस्त बन्न पुगेको स्थानीयवासी शिवकुमार राईले बताए ।

भीमकुमारीको शव ल्याउने बित्तिकै माइती पक्षका र हजारौँ स्थानीयवासी, राजेन्द्र र उनका आफन्तविरुद्ध प्रत्यक्षरुपमा जाइलागेपछि झडप सुरु भएको कुरा इलाका प्रहरी कार्यालय बेल्टारले बताएको छ ।

उक्त झडप नियन्त्रण गर्न इलाका प्रहरी कार्यालयको सम्पूर्ण प्रहरी शक्ति प्रयोग गरेर दर्जनौँ राउन्ड अश्रुग्यास प्रयोग गर्नु परेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख भीमकान्त सिलवालले बताए ।

प्रहरीले सम्पूर्ण जनशक्ति लगाएर रातिको १२ बजेसम्ममा भीड नियन्त्रण भएपनि अझैसम्म बेल्टारबजार तनावग्रस्त रहेको कुरा स्थानीयवासीले बताएका छन् ।

बजारक्षेत्र तनावग्रस्त बन्दै गएपछि प्रहरी शक्तिसमेत अन्य क्षेत्रबाट थप्ने कार्य सुरु भएको र सम्भावित घटनालाई नियन्त्रण गर्ने तयारी प्रहरीले गरेको इलाका प्रहरी कार्यालय बेल्टारले गरेको छ । प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएका राजेन्द्रसहित आफन्तलाई भीमकुमारीको शव लिन मोरङ पठाएर राति भीमकुमारीको शव ल्याउनेक्रममा बेल्टारबजारमा झडप र तनाव सुरु भएको प्रहरीले बताएको छ ।

अहिले बजार क्षेत्र तनावग्रस्त भए तापनि स्थानीय बुद्धिजीवी, राजनीतिक दलसहितका भद्रभलादमीलाई बोलाएर सो विषयमा छलफल गर्न इलाका प्रहरी कार्यालय बेल्टारले तयारीसमेत गरेको प्रहरी प्रमुख भीमकान्त सिलवालले बताए । भीमकुमारीको शव पनि इलाका प्रहरी कार्यालय बेल्टारमा नै प्रहरीको नियन्त्रणमा राखिएको प्रहरीले बताएको छ ।

पाँच दिनअघि भीमकुमारी कटुवालको मोरङको सिजुवामा बस्दै आएका आफ्नै देवर सुवास कटुवालले फोनबाट बोलाएर नजिकैको बेतौनाको जङ्गलमा लगेर बीभत्स तरिकाले हत्या गरेर सुवासले विष सेवन गरेका थिए । अहिले सुवासको अस्पतालमा उपचार भइरहेको छ भने भाउजूको हत्या आफूले नै गरेको स्वीकार गरेको पनि प्रहरीले बताएको छ । तर भीमकुमारीको हत्यामा राजेन्द्र आफैँ र सबै घरपरिवारको संलग्नता रहेको भीमकुमारीको माइती पक्षको दाबी रहेको छ ।

राजेन्द्र स्वयम् पनि प्रहरी सेवामा कार्यरत रहेको र यसअघि नै उसले कान्छी श्रीमतीसमेत विवाह गरेर लुकाएर राखेका कारण भीमकुमारीको हत्या गरेको माइती पक्षको आरोप रहेको पनि प्रहरीले बताएको छ ।

यसअघि नै राजेन्द्रको परिवारका सबै ६ जना र राजेन्द्रसहितलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको पनि इलाका प्रहरी कार्यालय बेल्टारले बताएको छ ।

निर्वाचनको नजिक अमेरिकी राष्ट्रपति दावेदार ट्रम्पमाथि यौनहिंसाका आरोप

२७ असोज, काठमाडौं ।
राष्ट्रपतिय निर्वाचन नजिकिंदै गइरहेका बेलामा अमेरिकाका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पमाथि दुई गम्भिर यौन हिंसाका आरोप लागेका छन् ।

रिपब्लिकन पार्टीका उम्मेद्वार ट्रम्पमाथि उडिरहेको विमान भित्रै र अर्को ट्रम्प टावरको लिफ्ट नजिक यौन हिंसा गरेको आरोप लगाइएको छ ।

ट्रम्पले महिला बारेमा छाडा शब्दहरु बोलेको भन्दै आरोप खेपिरहेका बेलामा ट्रम्पले त्यसबारेमा स्पष्टिकरणहरु दिइरहेकै बेलामा यि यौन हिंसाका आरापहरु सार्वजनिक भएका हुन् ।

लिड्स नामकी महिलाले उनि बिमानमा यात्रारत रहेको समयमा ट्रम्प सँगैको टिमा रहेको र उनले उक्त समयमा आफ्ना स्तन समानुका साथै बिमान भित्रै उनको स्कर्टमा हात हाल्ने कोसिस गरेको आरोप लगाउँदै उनी एक अक्टोपसजस्तै भएको आरोप लगाएकी छिन् ।

यस्तै अर्की एक महिलाले ट्रम्पले बिना अनुमति चुम्बन गरेको बताएकी छिन् । राहेल क्रुक्स नाम गरेकी महिलाले आफु उक्त समयमा मात्र २२ बर्षको रहेको भन्दै सन् २००५ को एउटा बिहानीमा बिल्डिङ्गको लिफ्ट बाहिर ट्रम्पले हात मिलाएपछि सीधै आफ्नो मुखमा चुमेको भन्दै, आफुमाथि यौन हिंसा गरेको बताएकी छिन् ।

यि घटनाहरुका बावजुद ट्रम्पका समर्थकहरुले भने निर्वाचनको समय नजिकिंदै गर्दा आएका यस्ता कुरा नियोजित र समय गुज्रेपछिका आरोप भन्दै यो राजनीतिक माहोल विगार्न गरिएको बताएका छन् ।

अमेरिकी राष्ट्रपतिय निर्वाचनमा ट्रम्प र हिलारी क्लिन्टन भिडिरहेका छन् । दुवै उम्मेदवारको पक्षमा स्पष्ट जनमत नदेखिरहेको बेलामा आएका यस्ता विषयहरुले उम्मेदवारको जनसमर्थनमा असर पार्नसक्ने बताइएको छ ।

भारतमा १ करोड लाग्ने कलेजो प्रत्यारोपण नेपालमा १५ लाखमै

२७ असोज, काठमाडौं ।
नेपालमै अब कलेजोको पनि प्रत्यारोपण गर्ने तयारी गरिएको छ ।

भक्तपुर स्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रले अबको छ महिना भित्र सेवा दिने गरी तयारी अगाडि बढाएको छ ।

निक्कै जटिल उपचारको रुपमा लिइने मानिसको कलेजो प्रत्यारोपण सेवा अबको तीनदेखि छ महिना भित्र नेपालमै शुरु गर्ने तयारी गरिएको हो ।

मृगौला प्रत्यारोपणमा सफलता हासिल गरेसंगै मानव अङ्ग प्रत्यारोपण केन्द्रले कलेजोको पनि प्रत्यारोपण गर्ने तयारी गरेको हो ।

केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ मृगौला प्रत्यारोपण विशेषज्ञ डा पुकार चन्द्र श्रेष्ठका अनुसार त्यसको लागि आवश्यक जनशक्ति सहित सम्पूर्ण भौतिक पूर्वाधार तयार भइ सकेको छ ।

केही वर्षअघिसम्म नेपालमा मृगौला प्रत्यारोपण नहुंदा नेपालीहरु भारत लगायतका देशमा जांदा लाखौ लाख खर्च हुनेगर्थ्यो ।
अहिले नेपालमै विदेशको तुलनामा सस्तोमा अन्तराष्ट्रिय स्तरको सेवा पाइए जस्तै केन्द्रले अब कलेजो  प्रत्यारोपणको त्यस्तै सेवा पनि दिन लागेको हो ।

यो सेवा निक्कै जटिल हुने भएकोले शुरुमा विदेशी विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानी र सहयोगमा प्रत्यारोपण  गरिनेछ ।

चिकित्सकहरुका अनुसार कलोजो अर्थात लिभरले हामीले खाएको खानाबाट प्राप्त हुने ग्लुकोजलाई भण्डारण गर्ने काम गर्छ । शरीरमा हुने पानीको मात्रालाई विभिन्न अंगमा सन्तुलित वितरणको काम गर्छ ।
अनि शरीरमा हुने किटाणुको आक्रमणलाई प्रतिरोध गर्ने लगायतको काम गर्छ ।

कलेजो प्रत्यारोपण जटिल भए पनि एक पटक प्रत्यारोपण गरेपछि मृगौलालाई जस्तो जीवनभर डायलेसिस गरि रहनु पर्दैन । भारतमा कलोजो प्रत्यारोपण खर्च एक करोडदेखि डेढ करोडसम्ममा गरिन्छ ।

नेपालमा १५ लाख भित्रैमा पुग्ने गरी उपचार गरिने तयारी भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले गरेको छ । विकसित पश्चिमा देशहरुमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंग निकालेर र एशियाली मुलुकहरुमा जिउंदो मानिसकै कलेजोलाई आधा निकालेर विरामीलाई दिइन्छ ।
नेपालमा ति दुवै विकल्प राखेर पत्यारोपणको तयारी थालिएका छ ।

यान्त्रिक पुलको १ करोड २ लाख रुपैया मुनाफा बितरण

२७ असोज, पर्वत ।
पर्वतको कुश्मा देखि बागलुङ्गको बलेवा जोड्ने कुस्मा– बलेवा यान्त्रिक पुलले २० प्रतिशत मुनाफा सेयर धनीलाई बितरण गरेको छ । कुस्मा बलेवा यान्त्रिक पुल लिमिटेडले आर्थिक बर्ष ०७२÷०७३ मा १ करोड २ लाख रुपैया मुनाफा बितरण गरेकोे हो ।

लिमिटेडको पाँचौ साधारणसभाले यस वर्ष २० प्रतिशत मुनाफा वितरण गर्न स्विकृती दिएको थियो ।

साधारणसभाले स्विकृती दिएपछि १ करोड २ लाख मुनाफा बितरण गरिएको लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

यान्त्रिकपुलमा मुलुकका प्रतिष्ठीत ब्याबसायी देखि कुस्मा र बलेवा क्षेत्रका ५ सय सर्वसारधणले लगानी गरेका छन । गत बर्ष १९ प्रतिशत मुनाफा बितरण गरेको थियो ।

यान्त्रिक पुल निर्माण सँगै छिमेकी जिल्ला बागलुङको बलेवा क्षेत्रका १६ गाविसका बासिन्दाहरुसँग कुश्माबजारको व्यावसायिक सम्बन्ध गाँसिनुका साथै सदरमुकाम कुश्माबजारको व्यापारीक र पर्यटन विकासमा समेत महत्वपुर्ण भूमिका रहेको छ ।
पुलबाट दैनिकजसो ५ सय सर्वसाधरणले ओहोरदोहोर गर्दै आएका छन् ।

पुल निर्माणबाट बृद्ध, सुत्केरी, अपांगता भएका ब्यक्तिहरुले सबैभन्दा बढी फाइदा लिएको सचिब केदानरनाथ शर्माले जानकारी दिनुभयो ।

पुलमा यात्रा गर्नेहरुका लागि बलेवा क्षेत्रमा स्थायी घर हुनेलाई प्रतियात्रु ७५ रुपैया र अन्यत्रकालाई १ सय रुपैया भाडादर तोकिएको छ ।

उक्त पुल संचालन भएसँगै विगत दुईदशकदेखि बन्द रहेको बलेया एयरपोर्ट समेत सञ्चालनका लागि तयारी भैरहेको छ ।

विश्वकप एशिया क्रिकेट छनौटमा नेपाल हङकङको सामना गर्दै

काठमाडौं ।
नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आई सी सी विश्व कप एशिया छनोट प्रतियोगिता अन्तर्गत आफ्नो चौथो खेल आयोजक हङकङ संग बिहिबार खेल्दै छ ।

प्रतियोगिता राउण्ड रोबिनको आधारमा गरिएकोले समूहका प्रत्यक राष्ट्रले सबै संग दुई दुई खेल खेल्ने छन् ।

नेपालको समूहमा आयोजक हङकङ, थाईल्याण्ड र चिन रहेका छन् ।

पहिलो खेलमा नेपाल हङकङ संग ६ विकेटले पराजित भएको थियो ।

यस समूहमा थाईल्याण्ड अहिले सम्मका सबै खेल जित्दै ६ अङ्कका साथ शिर्ष स्थानमा रहेको छ ।

दुई खेल जितेको हङकङको ४ अङ्क रहेको छ भने एक खेल जितेको नेपालको २ अङ्क रहेको छ ।

अहिले सम्मका तिन ओटै खेलमा पराजय भोगेको चिन भने अङ्क विहिन अवस्थामा रहेको छ ।

प्रतियोगितामा नेपालकी निर्मला शाहिले तिन ओटै खेलमा राम्रो प्रदर्षन गरेकी छिन् ।

चिन संगको तेस्रो खेलमा आएर सन् २००७ मा अन्तराष्ट्रिय खेलमा पहिलो पटक नेपालको प्रतिनिधित्व गरेकी नेरी थापा र सरिता मगरले पनि पुरानै लयमा आउँदै राम्रो प्रदर्शन गरेका थिए ।

मंगलबारको खेल पछि नेपालका प्रशिषक राजु बसन्यातले नेपालले एक सय रनको यागफल नाघ्न सके समूहका बाँकी सबै राष्ट्रलाई पराजित गर्न सक्ने विश्वास व्यक्त गर्नु भयो ।

नेपालले अब बिहिबार आयोजक हङकङ पछि शुक्रबार थाईल्याण्ड र शनिबार चिन संग पुन एक एक खेल खेल्ने छ ।

कञ्चनपुरबाट बिदेश जाने बढे

२६ असोज, महेन्द्रनगर ।

कञ्चनपुरबाट पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्न थालेको छ ।

जिल्ला प्रशासन कार्यालयमा रहेको वैदेशिक रोजगार परामर्श केन्द्रकाअनुसार गत आर्थिक वर्ष २०७२/७३ मा मात्रै सात हजार ६९७ जनाले वैदेशिक रोजगारीका लागि राहदानी लिएकामा जिल्लाबाट चार हजार ६२२ र केन्द्रबाट तीन हजार १५ जनाले राहदानी बनाएका छन ।

कञ्चनपुरबाट मुख्यतया कतार, दुवई, मलेसिया, ओमन, साउदीलगायतका देशमा जाने गरेका छन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web