गैर आवासिय नेपालीले पनि सेयरमा लगानी गर्न सक्ने !

२६ असोज, काठमाडौं ।
नेपाल घितोपत्र वोर्डले पुजीबजारमा गैर आवासीय नेपाली एनआरएन लाई भित्र्याउनका लागि अध्ययन गरी प्रतिवेदन पेश गर्न गठन गरेको समितिले दशै सकिए लगत्तै कार्यअघि बढाउने भएको छ ।

समितिको अध्ययन प्रतिवेदनका आधारमा कार्यविधि बनाएर अघि बढ्ने बोर्डले जनाएको छ ।

नेपाली पुजी बजारमा एनआरएन लाई भित्र्याउनसके पुजीबजारको दायरा विस्तारहुने, वैदेशिक मुद्रा आर्जन हुने र साना लगानीकर्ता समेत आकर्षित हुने घितोपत्र बोर्डका अध्यक्ष डा। रेवत बहादुर कार्कीले बताउनुभयो ।=

पुजीबजारलाई लगानी मैत्री बनाउन बोर्डले गत माघदेखि प्रविधिमैत्री र आधुनिकीकरण गरेको छ ।

प्रविधिमैत्री भएसंगै अन्य उत्पादनशिल क्षेत्रलाई पनि आकर्षित गर्न सकिने बोर्डले जनाएको छ ।

हाल नेपाली पुँजीबजारमा ८० प्रतिशत हिस्सा बैक तथा वित्तीय संस्थाको रहेको छ भने उत्पादनशिल क्षेत्रको हिस्सा अत्यन्त कम रहेको छ ।

श्रीमतीको हत्यापछि घरपरिवार पक्राउ, आमाद्धारा छोरीको हत्या

२६ असोज, उदयपुर ।
उदयपुरको बेल्टार बसाहा नगरपालिका–२ श्रीवानी बस्ने राजेन्द्र कटुवालको श्रीमती ३४ वर्षीया भीमकुमारी कटुवालको चार दिन अघि मोरङस्थित सिजुवाको बेतौना जङ्गलमा हत्या भएपछि इलाका प्रहरी कार्यालय बेल्टारले श्रीमान् राजेन्द्रसहित छ जना घरपरिवारलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार तीन वर्षदेखि मोरङको सिजुवामा बसोबास गर्दै आएका राजेन्द्रका भाइ सुवास कटुवालले चार दिन अघि भाउजु भीम कुमारीलाई फोनबाट सिजुवामा बोलाएर जङ्गलमा लगेर भाउजुको हत्या गरेको परिवारको दाबी छ ।

भाउजुको हत्या गरेर बिष सेवनबाट बेहोस भएका सुवासको अस्पतालमा उपचार भइरहेको भए तापनि भीमकुमारीको हत्यामा घरपरिवारको समेत संलग्न रहेको आरोप भीम कुमारीका माइती पक्षले लगाएपछि राजेन्द्रसहित सबै घरपरिवारलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेल्टाले बताएको छ ।

आमाद्वारा छोरीको हत्या

रोल्पा मिझिङ गाविस–६ मा एक महिलाले आफ्नै छोरीको हत्या गरेकी छन् ।

लिवाङ नगरपालिका–२ खुमेल घर भई हाल मिझिङ–६ रोल्पा माइतीघर बस्दै आएकी धना बुढाथोकीले गए राती ९ बजे दाउराले पिठ्यूँमा हिर्काएर आफ्नै छ वर्षीया छोरी झकमा बुढाथोकीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक केशव बस्नेतले बताउनुभयो ।

नौ महिनाको गर्भवतीसमेत रहेकी धना छ वर्षकी छोरी र डेढ वर्षको छोरासँग बस्दै आएकी थिइन् ।

मानसिक सन्तुलनसमेत ठीक नभएकी उनको श्रीमान् गोपाल बुढाथोकीले ज्याला मजदुरीको सिलसिलामा धनगढीमा रहेको प्रहरीले बताएको छ ।

गर्भवति महिलाको भिरबाट लगेर मृत्यु

२६ असोज, दार्चुला ।
दार्चुलाको धुलिगाडामा एक गर्भबति महिलाको भिर बाट लडेर मृत्यू भएको

दार्चुलाको धुलिगाडामा एक गर्भबति महिलाको भिर बाट लडेर मृत्यू भएको छ ।

धुलिगाडा गाबिस वार्ड न.७ रैचु बस्ने २८ बर्षिय श्रीमती कमला ठगुन्नाको आज बिहान भीर बाट लडेर मृत्यू भएको हो ।

भीरमा खर काट्ने क्रममा खसेर मृत्यू भएको स्थानिय बहादुर ठगुन्नाले बताउनुभयो ।

खड्गजात्रा सम्पन्न

२६ असोज, काठमाडौं ।
काठमाडौँको उत्तरी भेग टोखामा प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन गरिने खड्ग 'तरबार' जात्रा आज गरिएको छ ।

त्यस क्षेत्रमा रहेका दानवीय शक्तिले सर्वसाधारण मानिसलाई दुःख, कष्ट दिन नपाओस् भनी यस किसिमको जात्रा निकाल्ने गरिन्छ ।

जीवित देवी कुमारी र गणेशलाई विशेष किसिमको सिङ्गार गरी स्थानीय तलेजु मन्दिरमा ल्याएपछि त्यहीँबाट जात्रा सुरु हुने गर्छ ।

आज मुश्लिमहरुको मुहर्रम

२६ असोज, काठमाडौं ।
इस्लाम धर्मका प्रबर्तक हजरत मोहम्मदको नाति र हजरत अलीका सुपुत्र हजरत इमाम हुसैनको शहादतको शोकमा आज मुस्लीम समुदायले मुहर्रमको चाड मनाई रहेका छन् ।

सत्य र असत्यको युद्धमा हाल इराक स्थित करबलाको मैदानमा हजरत इणाम हुसैनले शहाइत प्राप्त गर्नु भएको थियो ।

यो घटना मुहर्रमको दश तारीखमा घटेकोले यसलाई योनै आशुरा पनि भनिन्छ ।

यस चाडमा ताजिया निकाली शोक सभाको आयोजना गरिन्छ तथा उपबासपनि गरिन्छ ।

थिमिको प्रसिद्ध कुभिन्डेजात्रा र सेतो घोडाजात्रा सम्पन्न

२६ असोज, भक्तपुर ।
विजयादशमीको अवसरमा मध्यपुर थिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिन्डेजात्रा आज सम्पन्न भएको छ ।

नेवार भाषामा खाँः भनेर चिनिने जात्रा घटस्थापनाको दिन थिमिको लायकूस्थित तलेजू मन्दिरमा जमरा राखी सुरु गरिएको  थियो ।

कुभिन्डेजात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपाती ल्याई तलेजु दसैँघरमा भित्र्याएपछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ ।

बडादसैँको मध्यरातमा भक्तपुरमा हुने ऐतिहासिक तथा सांस्कृतिक महत्वको सेता घोडाजात्रा गएराति सम्पन्न भएको छ । सेता घोडाजात्रा प्रत्येक वर्ष विजयादशमीका दिनको राति हुने गर्छ ।

विजयादशमीको राति तलेजु भवानीलाई तलेजुका चार मूल नाइके, आचाजु, जोशी, राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप कालरात्रि पूजा, टीका साइत पूजा गरी बिर्सजन पूजा सम्पन्न गरेपछि सेता घोडाजात्रा हुने परम्परा रहिआएको छ ।

जात्रा हुनु अघि सेतो घोडालाई एउटा भेडा बलि चढाइ सकेपछि घोडालाई भक्तपुर नगरमा डुलाइ घोडा जात्रा गर्ने प्रचलन रहेको छ ।

Bus collision leaves 60 with injuries

As many as 60 passengers have been injured in a collision involving two buses this morning in Birtamode, Jhapa.

The cause of the accident is yet to be ascertained while the injured are receiving treatment at a local B & C Hospital.

The police are collecting a comprehensive account of the state of the injured passengers.

Similarly 8 people have sustained injuries in a bus accident in Chandranigapur of Rautahat district today.

Today’s Muslims Muharram

Muslim communities worldwide and in Nepal are commemorating Muharram or the day of Ashura today.

The day is marked to commemorate the matrydom of the grandson of prophet Muhammad Imam Hussein.

Muslims especially Shia mourn the death of Imam Hussein today by taking out procession among other things.

Thimi’s Kubhimde Jatra concludes

The Kubhimde Jatra celebrated at Balkumari neighbourhood of Madhyapur Thimi on the occasion of Vijaya Dashami concluded today.

The festival known as Khann in the local Newari dialect started after planting the Jamara at the Taleju temple at Lyaku area. As per the tradition of the Kubhimde Jatra, the Fulpati – an assortment of different plants and flowers – is brought from Siddhikali temple on the day of Fulpati to Taleju Dashain Ghar where animal sacrifice of a buffalo and a goat is held.

The head of the buffalo and the Kubhimde is taken towards Balkumwari accompanied by a musical procession on Vijaya Dashami day.

The Kubhimde Jatra concluded after a Kamacharya performed ritualistic worship of the Kubhimde. It is believed that those taking a piece of Kubhimde to their homes will be blessed with happiness and peace and the piece is even rumored to work as medicine.

Similarly, Khagda Jatra, which observed on the night of Bada Dashain in Bhaktapur, was celebrated and concluded yesterday night itself.

The time-honoured Khada Jatra marks the veneration of god Khada who is also considered the embodiment of goddess Taleju Bhawani. The annual festival of ancient town Bhaktapur features the procession of god Khadga decked with a red cloth and armoured with an ancient sword.

The festival begins with the worship of weapons (especially a special sword) which is later handed over by the priest of Taleju Agam Temple to the Rajopadhyay.

The Rajopadhyay carries the sword as well as the symbolic idol of god Khagda in his shoulder and takes around the city for the members of public to worship both the sword and god Khadga.

Since the celebration of the festival based on the lunar calendar, it is observed both in the upper and lower part of Bhaktapur

Dashain Tika continue

People are receiving tika and jamara today as well.

The day after Vijaya Dashami, people who could not reach to their relatives yesterday for tika do it on Ekadashi that is today.

People will continue to receive tika till Kojagrat Poornima.

बडा दशै अन्तर्गत आज एकादशी

२६ असोज, काठमाडौं ।
बडा दशै अन्तर्गत आज एकादशी मान्यजनहरुबाट टीका तथा आर्शीबाद थापि मनाईदै छ ।

हिजो देखि शुरु भएको दशैको टीका कोजाग्रत पूर्णिमाका दिन सम्मै जारी रहन्छ ।

हिजो आ–आप्mनो घरमा टीका लगाई आजदेखि आफन्त तथा मान्यजनकहां टीका लगाउन जाने प्रचलन रहेकोले बिहानैदेखि सडकमा केही चहलपहदल बढेको छ ।

किन राजदुतहरु मुस्ताङ भ्रमण आउन थाले ?

हिमाल पारीको जिल्ला मुस्ताङ भौगोलिक रुपमा भिन्न र सुन्दर मानिन्छ र झन् उपल्लो मुस्ताङको सौन्दर्यताको त बेग्लै किसिमको विशेषता भएको र कोरला नाकाले विभिन्न देशका पर्यटनहरु घुम्न र अध्ययन तथा अनुसन्धानका लागि समेत आउने गरेको पाइन्छ तर भारतद्वारा अघोषित नाकाबन्दी पश्चात् विभिन्न अन्य नाकाहरु बन्द भएपछि निकै चर्चामा आएको कोरला नाका खुलाउने लगभग निस्छित भए पछ्यात यस बारेमा बुझ्न या अनुसन्धानका लागि विभिन्न पश्चिमी मुलुकका राजदुतहरुको मुस्ताङ भ्रमण निकै नै बढ्न थालेको छ ।

केही समय अघि मात्र मार्च १९ तारिखमा जर्मन राजदुत ‘माथिस मेयर’ मुस्ताङको भ्रमण गरेर गइसकेको भएता पनि लगातार चौथो पटक अक्टोबर ७ मा फेरि उनी मुस्ताङ भ्रमणमा आएका छन् ।

त्यसै गरि अमेरिकी राजदूत ‘ एलिना बि ट्रिप्लिट्’ ले जुन १२, २०१६ मा उपल्लो मुस्ताङ सम्मको भ्रमण गरेकि थिइन् ।

त्यसरी नै अष्ट्रेलियन राजदूत ‘जेलिन वाईट’ ले अगष्ट २२ तारिख र भारतिय राजदुत ‘रन्जित राय’ ले यहि सेप्टेम्बर २१मा मुस्ताङ भ्रमणमा आएका थिए । यसरी किन पटकपटक विभिन्न देशका राजदूतहरु मुस्ताङ भ्रमण आउछन् त ?

उपल्लो मुस्ताङ सम्म भ्रमण भनी कोरला नाका चीन बोर्डर सम्म पनि राजदूतहरु पुगेको पाइन्छ ।

विभिन्न राजनीति वा केही न केही कारण वा उद्देश्यका साथ उनीहरु यहाँ आएका हुन सक्छ । प्रशासन , नेताहरु र मुस्ताङबासीले समेत यो कुरा बुझ्नु जरुरी देखिन्छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web