गैर आवासिय नेपालीले पनि सेयरमा लगानी गर्न सक्ने !

अशोज २६, २०७३ मा प्रकाशित | 1003 views

२६ असोज, काठमाडौं ।
नेपाल घितोपत्र वोर्डले पुजीबजारमा गैर आवासीय नेपाली एनआरएन लाई भित्र्याउनका लागि अध्ययन गरी प्रतिवेदन पेश गर्न गठन गरेको समितिले दशै सकिए लगत्तै कार्यअघि बढाउने भएको छ ।

समितिको अध्ययन प्रतिवेदनका आधारमा कार्यविधि बनाएर अघि बढ्ने बोर्डले जनाएको छ ।

नेपाली पुजी बजारमा एनआरएन लाई भित्र्याउनसके पुजीबजारको दायरा विस्तारहुने, वैदेशिक मुद्रा आर्जन हुने र साना लगानीकर्ता समेत आकर्षित हुने घितोपत्र बोर्डका अध्यक्ष डा। रेवत बहादुर कार्कीले बताउनुभयो ।=

पुजीबजारलाई लगानी मैत्री बनाउन बोर्डले गत माघदेखि प्रविधिमैत्री र आधुनिकीकरण गरेको छ ।

प्रविधिमैत्री भएसंगै अन्य उत्पादनशिल क्षेत्रलाई पनि आकर्षित गर्न सकिने बोर्डले जनाएको छ ।

हाल नेपाली पुँजीबजारमा ८० प्रतिशत हिस्सा बैक तथा वित्तीय संस्थाको रहेको छ भने उत्पादनशिल क्षेत्रको हिस्सा अत्यन्त कम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web