काठमाडौं,असोज २७ । आइसिसी महिला विश्व कप क्रिकेटको एसियाली छनौटमा नेपालसँग आयोजक हङकङलाई ६ रनले पराजित भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले खराव ब्याटिङलाई निरन्तरता दिँदै जितका लागि ७६ रनको लक्ष्य पछ्याएको हङकङलाई १७ दशमलव ४ ओभरमा ६९ रनमा अल आउट गर्दै नेपालले विश्वकप छनौट खेल्ने संभावना कायम राखेको हो ।

हङकङको कोलुनस्थित कोलुन क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभरमा ८ विकेट गुमाएर ७५ रन जोड्न सफल भएको थियो । नेपालको लागि करुणा भण्डारी १९ रनमा अविजित रहिन । त्यस्तै इन्दु बर्माले १५, ज्योति पाण्डेले ११ तथा नेरी थापाले १० रन जोडिन । नेपालकी अन्य ब्याट्सवुमन हङकङका बलरसामु खुलेर खेल्न सकेनन् ।

अघिल्ला खेलमा नेपालको सर्वाधिक रन बनाउने ब्याट्सवुमन निर्मला शाही मात्र ३ रनमा आउट भइन । त्यस्तै ओपनरद्वय काजल श्रेष्ठ २ तथा सिता राना मगर १ रनमा पेभेलियन फर्किएका थिए । नेपाललाई सस्तैमा समेट्ने क्रममा हङकङकी बेट्टी चानले ३ तथा कीनु गिलले दुई विकेट लिए ।

नेपालले दिएको लक्ष्य पछ्याउदै हङकङले केहिबेरमा जवाफी ब्याटिङ थाल्नेछ । हङकङलाई अल आउट गर्न करुण भण्डारीले ३ तथा सिता राना मगरले २ विकेट लिइन् । सबनाम राई, निर्मला कुमारी र रुबिना क्षेत्रीले समान १ विकेट लिए । अब नेपालले थाइल्याण्ड र चिनसँग खेल्न बाँकी छ । समान ४ खेलबाट थाईल्याण्डको ६ तथा नेपाल र हङकङको ४ अंक छ । चीनको भने २ अंक मात्र छ ।

19.12¡ÆC