२८ असोज, काठमाडौं ।
विवादीत भारत भ्रमणबाट फर्केको महिना दिन बित्न नपाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार फेरी भारत भ्रमणमा जाने भएका छन् ।

यसअघिको भ्रमण भारतको निम्तोमा दुई देशीय भएपनि यसपटक भने भारतको गोवामा शनिबारदेखि हुन लागेको ब्रिक्स शिखर सम्मेलनमा भागलिन प्रचण्ड त्यसतर्फ जान लागेका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तो मान्नकै लागि प्रधानमन्त्री त्यसतर्फ जान लागेका हुन् ।

मोदीको निम्तो मान्न भारत जाने भएपछि प्रधानमन्त्री दाहाल पूर्व प्रधानमन्त्री केपी ओलीले दशैं, तिहार तथा छट र नेपाल संवतको अवसरमा भोलि बिहानै गर्ने चियापान कार्यक्रममा नजाने भएका छन् ।

ब्रिक्स सम्मेलनमा भाग लिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत पुगिसकेका छन् । चिनियाँ राष्ट्रपति सी जिन पिङ पनि बंगलादेशको भ्रमण सकेर भारत जाँदैछन् ।

गोवामा हुन लागेको ब्रिक्स शिखर सम्मेलनमा भाग लिन चिनियाँ राष्ट्रपति सि जिनपिङ्ग बिहीबार बिहानै चीनबाट प्रस्थान गरेका हुन् ।

शिखर सम्मेलन शुरु हुनुपूर्व उनले कम्बोडिया र बङ्गलादेशको औपचारिक भ्रमण गरेका छन् ।
यसअघि यही समयमा नेपाल भ्रमणमा आउने बताइएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारले नै चिनिया राष्टपतिको नेपाल भ्रमणमा चासो नदेखाइ भारतीय इशारामा भ्रमण रद्द गराएको बताइदै आएको छ ।

ब्राजिल 'बि', रुस 'आर', भारत 'आई', चीन 'सि' र दक्षिण अफ्रिका 'एस' गरी पाँच राष्ट्रहरु मिलेर अन्तर्राष्ट्रिय सम्बन्ध र आपसी सहयोगमा अभिवृद्धि गर्ने उद्देश्यले सन् २००९ मा ‘ब्रिक्स राष्ट्र’ नामक फोरम बनेको हो ।

यसको शिखर सम्मेलनमा सबै ब्रिक्स सदस्य राष्ट्रमा प्रमुख एवं सरकार प्रमुखहरुले भाग लिने प्रचलन छ ।

यस वर्षको आठौं शिखर सम्मेलन गोवामा अक्टोबर १५ देखि १६ सम्म दुई दिन चल्नेछ । सम्मेलन भारतले आतिथ्य गर्दैछ । भारतले ब्रिक्स राष्ट्रको फेब्रुअरीदेखि डिसेम्बर २०१६ सम्मको अध्यक्षता ग्रहण गरेको हो ।

वर्तमान ब्रिक्स सदस्य राष्ट्रप्रमुखहरुमा ब्राजिलका राष्ट्रपति माइकल टेमर, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका राष्ट्रपति सी जिनपिंग, र दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमा यस आठौं शिखर सम्मेलनमा मूल सहभागी हुनेछन् ।

यसपटकको शिखर सम्मेलनमा आयोजकराष्ट्र भारतले बिम्स्टेक राष्ट्रहरु मध्ये नेपालका प्रधानमन्त्री पुष्पकमल दहाल, बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका नरेश छिरिङग तोब्गे, म्यानमारकी राष्ट्रपति आङग सान सुकी, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रायुथ चान ओचालाइ पनि नितम्त्याएका छन् ।
त्यति निम्तो अनुसार निम्तो मान्न प्रधानमन्त्री दाहाल भारत जाने भएका हुन् ।

20.12¡ÆC