दशैमा बन्द रहेका सरकारी कार्यालय खुले, कर्मचारी न्युन

अशोज २८, २०७३ मा प्रकाशित | 762 views

२८ असोज, भोजपुर ।
दशैको बिदामा बन्द रहेका सरकारी कार्यालयहरु शुक्रवारबाट पुन संचालनमा आए पनि भोजपुर सदरमुकाममा रहेका सरकारी कार्यालयहरुमा कर्मचारीहरु न्यनु देखिएका छन ।

भोजपुर सदरमुकाम र आसपासमा करिव ३ दर्जन सरकारी कार्यालयहरु रहेको भए पनि ती कार्यालयहरुमा कार्यरत कार्यालय प्रमुख तथा कर्मचारीहरु जिल्ला फर्किएका छैनन ।

जसका कारण कार्यालय खुलेर पनि कामकाज पूर्णरुपमा सुचारु हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरु बाहेक अन्य सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरु दशै मनाउन घर गएका छन ।

सरकारी कार्यालयमा कार्यरत कति पय कर्मचारीहरु भने तिहार पछि मात्र जिल्ला फर्केने गरेका छन । जिल्लामा रहेका जिल्ला बिकास समिति, जिल्ला कृषि बिकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, जिल्ला शिक्षा कार्यालय, नेपाल बिद्युत प्राधिकरण, नेपाल टेलिकम लगायतका सरकारी कार्यालय अहिले प्रमुख बिहिन बनेका छन भने ती लगायतका अन्य सरकारी कार्यालयका प्रमुख र कर्मचारी समेत कार्यालयमा दशै पश्चात उपस्थित भएका छैनन ।

दशैंका लागि दिइएको ५ दिनको सरकारी विदा शुक्रबारदेखि सकिएको छ । विदा सकिएसँगै शुक्रबार देशभरका सरकारी कार्यालय पनि खुलेका छन । विदा सकिएर कार्यालय खुले पनि कार्यालयहरु भने सुनसान छन् ।

अधिकाशं कार्यालयमा कर्मचारीहरुको कुर्सी खाली छन् । उपस्थित कर्मचारीहरु पनि काम नगरी गफगाफमा व्यस्त छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web