Govt commits to hold three elections in time: Supplies Minister Bohara

Minister for Supplies Dipak Bohara today said the government was committed to hold the three-tier of elections—local, provincial and parliament–within stipulated time (16 months remaining).

Addressing the 17th general assembly of Pashupati Savings and Cooperatives in Tilottama Municipality in the district, he said the government has prioritised holding the three sets of elections in time and implementing the constitution saying the country may plunge into a crisis in case of a failure to carry out both of the tasks.

Emphasising the need for expediting the cause raised by cooperatives to make country's economy mobile, he praised their role as a tool for providing loans to impoverished people.

Administrative restructuring together with state restructuring: Minister Budhathoki

Minister for General Administration Keshab Kumar Budhathoki has stated that administrative restructuring in bureaucracy would be carried out in the country alongside the restructuring of the State.

Minister Budhathoki who represents the Nepali Congress in the coalition government, during an interaction programme held among his party leaders and cadres at Charikot in Dolakha district on Friday, shared that the Ministry was effortful towards the management of its employees at the local, provincial and central level.

Hitting out at the tendency of the unions of the employees towards piling pressures for the transfer and promotion of the employees, the Minister also reiterated his commitment for the reforming such practices.

पर्वतमा भिरबाट लडेर एक वृद्धको मृत्यु

२८ असोज, कुश्मा ।
पर्वतको आर्थर डाँडाखर्क गाविसमा भिरबाट लडेर बिहीबार एक वृद्धको मृत्यु भएको छ ।

छिमेकी स्याङ्जाको बाङ्गसिङ्ग देउराली–५ का ६० वर्षीय रिठे विकको पर्वतको आर्थर डाँडाखर्क–९ स्यानीस्वाँराको भिरबाट लडेर ज्यान गएको हो ।

स्यानीस्वाँरास्थित आरनमा हँसिया लिएर आएका विकको बिहीबार बिहान १० बजेको समयमा भिरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

चिप्लो भिरको बाटोमा हिँडेका वृद्धको एक्कासि करिब सय मिटर तल खसेर घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

वानकि मुनको ठाउँमा गुटेर्रेस बने राष्ट्रसंघको नयाँ महासचिव

एजेन्सी ।
संयुक्त राष्ट्रसङ्घका लागि वानकि मुनको ठाउँमा नयाँ महासचिव चयन भएका छन् ।

राष्ट्रसङ्घको महासभाले पोर्चुगली नागरिक एन्टेनियो गुटेर्रेसलाई औपचारिक रुपमा राष्ट्रसङ्घको नयाँ महासचिवमा नियुक्त गरेको छ ।

वर्तमान महासचिव बान कि मुनको उत्तराधिकारीका रुपमा पोर्चुगलका पूर्व प्रधानमन्त्रीसमेत रहेका गुटेर्रेसले आगामी सन् २०१७ को जनवरी १ देखि नेतृत्व सम्हाल्ने भएका छन् ।

बिहीबार महासभामा सम्मिलित एक सय ९३ राष्ट्रले गुटेर्रेसलाई महासचिवमा समर्थन गर्दै नियुक्त गर्ने प्रस्ताव पारित गरेपछि उनी राष्ट्रसङ्घको महासचिवमा औपचारिक रुपमा चयन भएका हुन् ।

गुटेर्रेसले राष्ट्रसङ्घको मानवअधिकार तथा राष्ट्रसङ्घीय प्रणाली सुधार कार्यमा उल्लेखनीय कार्य गरेको र उनि एकदशक बढी समय देखी राष्ट्रसङ्घ आवद्ध रहेर काम गरिरहेको बताइएको छ ।

चोरहरुको भेला नगरपालिकाको चौरमा, प्रशासन बेखवर

२८ असोज, चन्द्रौटा ।
कपिलवस्तुमा चोरहरुले नगरपालिकाको बगैंचामै भेला गरेका छन् । मोटरसाइकल चोरी गर्ने गिरोहले शिवराज नगरपालिकाको बगैँचामा भेला गरेपनि प्रशासन बेखवर बनेको पाइएको छ ।

चोरहरुले आफूहरुले कपिलवस्तु क्षेत्रमा कुनै पनि मोटरसाइकल नचोरेको सो भेलामा बताएका थिए ।

चोरहरुले रातभरि बगैँचामा खानपिन सहित बैठक गरेका थिए ।
रोचक कुरा त के भने चोरहरुको भेलामा कपिलवस्तु, रुपन्देही, नवलपरासी, रोल्पा, प्यूठान, दाङ र भारतबाट समेत चोरहरु सहभागी भएका थिए ।

आधा दर्जन जिल्लाका चोरहरु जम्मा भएर भेला हुँदा समेत प्रहरी प्रशासनले सुइको पाउन नसकेको हो वा पाएर पनि मुकदर्शक बसेको खवर बाहिरिएपछि जिल्लावासी अचम्मीत बनेका छन् ।

पछिल्लो समय कपिलवस्तुमा मोटरसाइकल चोरीका घटना बढेको छ । कपिलवस्तुको चन्द्रौटामा मात्रै सात महिनाको अन्तरालमा पाँचवटा मोटरसाइकल चोरी भएका छन् ।

परराष्ट्रमन्त्री महत पत्रकार सम्मेलन गर्न लाग्दा लडेर घाइते

२८ असोज, काठमाडौं ।
परराष्ट्रमन्त्री प्रकाशशरण महत लडेर घाइते भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भोली हुने भारत भ्रमणबारे जानकारी दिन पत्रकार सम्मेलनमा जाँदै गर्दा महत सिँडिमा लडेर घाइते भएका हुन् ।

लडेर सामान्य घाइते भएपनि मन्त्री महतको कार्यकक्षमै फिजियोथेरापी गरिएको छ ।

सामान्य उपचारपछि मन्त्री महत पत्रकार सम्मेलनमा सहभागी भएका छन् ।

बिभागिय बैठक सकेर पत्रकार सम्मेलनमा सहभागी हुने क्रममा मन्त्री महत लडेर घाइते भएका हुन् ।

मन्त्री महत लडेर घाइते भएपछि ढिलो गरि पत्रकार सम्मेलन सुरु भएको छ ।

काभ्रेमा यात्रुबाहक बस सडकबाट २ सय मिटर तल खस्यो, थप विवरण आउँदै

२८ असोज, बनेपा ।
काभ्रेको पाँचखाल १६ स्थित भान्चे पोखरीमा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।

बस सडकबाट २ सय मिटर तल खसेको प्रत्यक्षदर्शीको भनाई उदृत गर्दै प्रहरीले जानकारी दिएको छ ।

पलाञ्चोकभगवती दर्शन गरेर फर्कंदै गरेका यात्रु चढेको किर्तिपुर यातायातको बा ४ ख १९१३ नम्बरको बस दुर्घटनामा परेको हो ।

प्रहरीले बस दुर्घटनामा परेको र घाइते मध्ये ७ जनालाई स्थानियले उद्दार गरि धुलिखेल पठाएको जानकारी आएको भन्दै प्रहरीको टोली घटनास्थलमा पुग्न लागेको र थप विवरण केही बेरमा आउने बताएको छ ।

फाइल फोटो

ढुंगाले थिचेर भिरबाड लडाएर गाई मार्ने प्रहरी खोरमा

२८ असोज, बाजुरा ।
बाजुराको बडिमालिका नगरपालिका वडा नं पांच  रिलाका एक युवक गौहत्या गरेको अभियोगमा प्रहरी हिरासतमा परेका छन् ।

गौ हत्याको अभियोगमा प्रहरी हिरासतमा पर्नेमा सोहि नगरपालिकाको रिला निवासी गोर्खे बुढाका २० वर्षे छोरा मनोज बुढा भएको बताइएको छ ।

गौ हत्या गरेको अभियोगमा मनोज वुढालाई विहिवार दिउसो  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख एवं प्रहरी  निरिक्षक हरिहर सुनुवारले जानकारी दिनुभएको छ ।

कांसी रावतको गाईलाई महाँ नवमीको राती रिलाको धयाडी मन्दीरको पूजा स्थलबाट मनोज वुढाले ढुंगा लोटाउँदा गाई घाईते भएको वताईएको छ ।

सोही राति थला परेको गाईलाई मनोज वुढाले धक्केलेर भीरवाट खसाए पछि गाईको हत्या भएको हुनसक्ने भन्ने प्रारम्भीक जानकारीका आधारमा पक्राउ गरेको  प्रहरी निरिक्षक सुनुवारले वताउनु भयो ।

२० बर्षका मनोज वुढाले ढुंगाले थिची गम्भीर घाईते वनाएको र त्यही सथानमा थलापरेको गार्यलाई भीवाट लोटाएको किटानी जाहेरी विहिवार दिउसो जिल्ला प्रहरीकार्यालय मार्तडीमा परेको आधारमा मनोज बुढालाई  हिजो नै पक्रेर प्रहरीले अनुसन्धान जारी रहेको बताइएको छ ।

दोसी ठहर भएमा अभियुक्त मनोज बुढालाईलाई मुलुकी ऐन गौ वद्को महल अनुसार १२ वर्ष कैद हुने ब्यबसथा छ प
हरी निरिक्षक सुनुवारले भन्नुभयो । हिन्दु धर्मालम्वीको लक्ष्मी भगवानको स्वरुप मानिने गौ प्राणी तथा नेपालको राष्टिय जनावर गाईलाई हत्या गर्न नपाईने कानुनी ब्यबस्था छ ।

हिन्दुहरुले गाईको गहुंतको पञ्चगव्य ,गोवरले घर लिपपोत गरेमा घरमा श्रृष्टी हुने । गहुंत सेवन गर्नाले आत्मशान्ति तथा केही रोग पनि निको हुने धार्मिक विस्वास छ  ।

जिल्ला पसुसेवा कार्यलय मार्तडीबाट भेटनरी अधिकृत शिधराज जैशीको नेतृत्वमा एक टोली गई गाईको पोष्टमार्टम गरेको प्रहरी श्रोतले जनाएको छ । बाजुरामा गौहत्य सम्वन्धि उजुरी परेको यो पहिलो घटना भएको प्रहरी श्रोतले जाकारी गराएको छ ।

बिराटनगर भन्सारले दशैंमा साँडे १० करोड उठायो

२८ असोज, विराटनगर ।
विराटनगर भन्सार कार्यालयले दशैं अवधिभरमा १० करोड ४३ लाख ८१ हजार राजश्व असुली गरेको छ ।

कार्यालयले सप्तमीमा अर्थात असोज २२ गते ३ करोड ५९ लाख असोज २३ गते १ करोड राजश्व असुली गरेको जनाएको छ ।

यसैगरी हिजो विहिवार ५ करोड ६९ लाख राजश्व असुली भएको भन्सार अधिकृत अर्जुन न्यौपानेले बताउनुभयो ।

नवमी , दशमी तथा एकादशी दशै विदा परेको भएतापनी सो अवधिमापनी भन्सार कार्यालयले १५ लाख राजश्व असुली गरेको अधिकृत न्युपानेले  बताउनुभयो ।

सो अवधिमा तरकारी , फलफुल लगायतका समान विराटनगर भित्रिएका छन । विराटनगर भन्सार कार्यालयले दैनिक ६ करोड राजश्व संकलनगर्दै आएको छ ।

आज देखी सो लक्ष्य अनुसारको राजश्व संकलन हुन थालेको अधिकृत न्यौपानेले बताउनुभयो ।

बिदेशी कामदारका लागि कतारको कानुन खुकुलो बनाइदै

२८ असोज, कतार ।
बिदेशी कामदार लक्षित गरेर कतार सरकारले दुई महिनापछि नयाँ कानुन ल्याउने भएको छ ।

आप्रवासी कामदारसम्बन्धी नयाँ कानुन ल्याउने भएपछि त्यहाँ कार्यरत नेपालीहरुपनि प्रभावित हुने भएका छन् । नयाँ कानुनले क्षमतावान र दक्ष व्यक्तिलाई रुचि र सीप अनुसारको काम गर्ने अवसरको ढोका खोल्ने समाचारहरु बाहिरिएपछि नेपाली कामदारहरु उत्साहित भएका हुन् ।

डिसेम्बर १३ देखि उक्त कानुन लागू हुने कतारमा झन्डै साढे चार लाख नेपाली कार्यरत छन् ।

अब रोजगारदाता र कामदारबीचको सम्झौतापत्र अनुसार नयाँ स्पोन्सरसिप कानुन लागू हुनेछ । कतारमा काम गर्ने, बस्ने र घर फिर्ने अवधि करारपत्रमै उल्लेख हुन्छ । यसअघि सबै अधिकार कम्पनीले चाहेअनुसार हुन्थ्यो ।

कम्पनीबाट रद्द भएर स्वदेश फिरेको दुई वर्षसम्म अर्को कम्पनीमा जान लगाएको प्रतिबन्ध हटेको छ । सक्कली करारपत्र पाए लगत्तै कतार जानेबाटो खुल्नेछ ।

नतोकिएको करारपत्रमा आएका कामदार पाँच वर्षपछि अर्को कम्पनीमा जान पाउनेछन् । तोकिएको करारपत्र सकिएपछि सरकारको सम्बन्धित विभागबाट अनुमति लिई नयाँ रोजगार गर्न पाउने बाटो खुलेको छ ।

उक्त मितिदेखि कानुन कार्यान्वयनमा आउने सार्वजनिक जानकारी दिन व्यापक प्रचारप्रसार गरिने कतारी समाचार समिति ९क्यूएनए० ले जनाएको छ । नयाँ स्पोन्सरसिप कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न कतारले गैरकानुनी रूपमा बस्दै आएका कामदारका लागि तीन महिने आममाफी दिइसकेको छ । आममाफीको अवधि डिसेम्बर १ बाट सकिँदैछ ।

नयाँ कानुनअनुसार रोजगारदाता परिवर्तन गर्नुपरे आप्रवासी कामदारले रोजगारदाता, आन्तरिक र श्रम तथा सामाजिक मन्त्रालयको तोकिएको विभागबाट अनुमति लिनुपर्नेछ । करारपत्रको अवधि सकिएपछि नयाँ रोजगारदाताले तोकिएको विभागबाट अनुमति लिएर उसलाई काम दिन पाउनेछ । कामदारसँग सक्कली करारपत्र भएपछि कतारमा प्रवेश दिइनेछ ।

कम्पनीले कामदारको राहदानीसमेत आफूखुसी राख्न निषेध गरिएको छ । कामदार र रोजगारदाताबीच श्रम विवाद परे आन्तरिक मन्त्रालयले काम गर्नका लागि अस्थायी रूपमा स्पोन्सर परिवर्तन गरिदिने छ । मन्त्रालयले कामदारलाई रोजगारदाताबाट दुव्र्यवहार भएमा अर्को कम्पनीमा सारिदिने अधिकार पाएको छ ।

नयाँ प्रावधानअनुसार करारपत्र सकिने तीन दिनअघि नै स्वदेश पठाउन रोजगारदाता वा कामदार आफैंले आन्तरिक मन्त्रालयलाई सूचना दिनुपर्नेछ ।

त्यसपछि कामदार करारपत्र सकिनासाथ आफ्नो देश फर्कन पाउने बाटो खुल्ला हुनेछ । कामदार पठाउन रोजगारदाताबाट अवरोध भए सीधै मन्त्रालयको एक्जिट समितिमा उजुरी हाल्न सकिन्छ । कामदारलाई आपतकालीन अवस्थामा स्वदेश फिर्नु परे उक्त समितिले तीन दिनमै निवदेनका आधारमा निर्णय दिन सक्नेछ । यसअघि कम्पनीले चाहे मात्रै स्वदेश फिर्न दिइन्थ्यो ।

नयाँ व्यवस्थाअनुसार कामदार ६ महिनाभन्दा बढी निरन्तर देशबाहिर बस्न पाउने छैन । कामदारले आवासीय अनुमति सकिएको ६० दिनभित्र पुनस् आउनुपर्ने नियम छ । ठीक ढंगले कम्पनीले हटाए वा कामदारको अपिल अदालतले रद्द गरिदिए चार वर्षसम्म पुनस् कतार आउन पाउने छैनन् ।

दक्ष कामदारले अब पाउने अवसरबाट वञ्चित हुनु नपर्ने अवस्था नयाँ निमयले बसाएको कतारका नेपालीहरुले बताएका छन् ।

माईखोलामा डुंगा दुर्घटना पाँच जनाको शव भेटियो, ३१ जनाको उद्धार (अपडेट)

२८  असोज, इलाम ।

इलामको माइखोलामा आज दिउसो यात्रुबाहक डुंगा दुर्घटना हुदा पाँच जनाको मृत्यु भएको छ ।

मृतकमध्ये २ पुरूष, २ महिला र १ जना नावालक रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।मृतकमध्ये तीन जनाको सनाखत भएको छ भने दुई जनाको सनाखत हुन वाँकी छ ।

सनाखत हुनेमा इलामको महमाइ १ वस्ने ७५ बर्षिय जसवहादुर राई,महमाइका ४५ बर्षिय डम्वरमाया मगर र महमाइकै ३९ बर्षिय पबित्रा पौडेल छन् ।

डुंगामा ४० देखी ४५ जना रहेको अनुमान प्रहरीले गरेको छ ।

दुर्घटनामा परेका ३३ जनाको सकुसल उद्धार गरिएको छ भने हराइ रहेकाख अन्यको खोजि भै रहेको प्रहरीले जनाएको छ।

साम्राज्यवादका बफादार नोकरहरु तिम्रा त महान होलान साथी मेरा कसरी हुनु ?

पृय मेरो पोस्टमा Comment गर्ने साथी,
हार्दिक अभिबादन !

खासै तुच्छ शब्दमा मेरा post मा Comment गर्ने हरुको लागि म समय त दिने थिईन तर पनि हिजो को १७००० ब्यक्ति हत्या अभियान को एउटा सदस्यको नाताले, इतिहासले कालो मानिसकेको त्यो अभियानको एउटा सदस्य को नाता ले तिमिले फुलबुट्टा भरेर जति लेखेउ एउटा सचेत नागरिकको हैसियतले मैले ती कुरामा आफ्नो बिचार राख्नुपर्ने आवस्यकता देखेर लेख्दै छु ,

१. साथी तिमी खाडिमा बेल्चा हान्दै रैछौ दुखी छु म तर तिमिले महान देखेको क्रान्ती सकिएको दसबर्ष पछि पनि तिमिलाइ यो सत्ताले खाडिमा बेच्यो, मलाइ मध्य पुर्बमा तिम्रै महान क्रान्तिका नायकहरु सत्तामा छ्न अझै तिमी आँखामा पट्टीबाधेर भन्दैछौ महान उपलब्धी भो ?

२. साथी तिमिले महान भनेको क्रान्तीले मेरो भाउजू को सिन्दुर पुछिएको छ, मेरो आमाको काख रित्तियको छ, मेरो बाबाको सहारा टुटेको छ, अनि मेरो भतिज भतिजी को भबिस्य खरानी भएको छ, न मेरो दाइ तिमी सग थियो न सत्ता पछ्य सग यस्ता १७००० को रगत को खोलो मा नुहाएकाहरुलाइ तिमित महान भन्न सक्लाउ साथी तर म कसरी भनु।

३. ८ बर्ष पुरा भारत मा बसेर भारतको दक्षिणा मा पाएको गोला बारुद बम र बन्दुक बोकि १७००० को लास माथी अग्लियका लाई तिमित महान भन्न सक्लाउ साथी तर म कसरी भनु?

४. RIM (revolutionary international movement) जस्को प्रधान कार्यालय साम्राज्यवाद को नाइके अमेरिकामा छ जस्ले बिस्व भर बम र बन्दुक पट्काउछ र युद्द मच्चाएर आफ्नो हात हतियार बेच्छ तर पुजीवादको किल्ला त्यहि क्रान्तिको नाउँमा एउटा गोलि चलाउन सक्दैन त्यस्को सदस्य तिम्रो महान क्रान्तिकारी पार्टी र त्यस्का नाइकेलाई तिमित महान देख्लाउ तर म कसरी महान देखु?

५. दक्षिण एसिया मा युद्ध चलाउन, आफ्ना हातहतियार बिक्री गर्न, र युद्द को माध्यम बाट उक्त देशको सत्ता संचालन गर्न   बिस्तारबादी भारत ले खडा गरेको अर्को मोर्चा COMPOSA का अध्यक्ष तिम्रा ति महानायक लाई तिमित महान देख्लाउ साथी तर म कसरी देखु ?

६.  माओ ले मार्क्सवाद लाई चिनियाँ समाज को राजनैतिक सामाजिक आर्थिक परिस्थिति अनुसार प्रयोग को कार्यक्रम बनाए त्यो भन्दा बिल्कुलै फरक नेपाली समाज मा जबर्जस्ति युद्द थोपरेर माओबिचार लाई "वाद" को रुपमा जुन प्रयोग गर्न खोजियो, एउटा समाज को अबस्था बुझ्न नसक्ने, बाद र बिचार धारा बिचको फरक बुझ्न नसक्ने तिम्रा ती नायकलाई तिमिलेत महान ठान्लाउ साथी तर मैले कसरी ठानु ?

७. हिजो बन्दुक नभएको, सेना नभएको पार्टी कम्युनिस्ट पार्टी हुन सक्दैन भनेर घोक्रो फुट्ने गरि बोल्ने तिम्रा ती मालिकहरु लाइ आज न सेना न बन्दुक केही नहुदा पनि तिमित महान भन्न सक्लाउ साथी तर म कसरी भनु?

८. बर्ग बिभाजित समाजमा बर्गसङ्घर्स लाई तिलान्जली दिएर  जातजाती को नाममा हातमा बन्दुक थमाएर देशलाई रुवाण्डा हैटी बुरुण्डि बनाउन खोज्ने ती युद्द पिपासुलाइ तिमित महान ठान्लाउ सायदै साथी तर म कसरी ठानु ?

९. (धक्का क्रम-भङग महाबिपत्ती र छलाङ ) यो तिम्रा प्रचण्डपथ १७००० ब्यक्ती हत्या को design अर्थात तिम्रो क्रान्ति को कार्यक्रम नेकपा मसाल (प्रकाश समुह) सगको एकता सङै, त्यस्ले नेपाली समाजमा के कस्तो असर गर्यो विश्लेषण नगरि टाङ्रामुनी लुकाउने तिम्रा ती प्रभु पुत्रहरुलाइ तिमित महान भन्नसक्लाउ तर म कसरी भनु?

१०. बर्ष भरी विभिन्न नाम मा बन्द भैरहने हाम्रो देशमा भारतिय कम्पनी र तिनका लगानी सुरक्षा गर्नेनाउमा बिभिन्न कारण ले पर्न जाने घाटा नेपाल सरकारले ब्यहोर्ने बिप्पा जस्तो सम्झौता गर्ने नालायक तिम्रा त नायक होलान साथी मेरा कसरी हुनु?

११. क्रिश्चियन धर्म को माध्यम बाट विश्वभर साम्राज्यवाद फैलाउने तानाबाना बुनिरहेको अमेरिकी साम्राज्यवाद का बफादार नोकरहरु तिम्रा त महान होलान साथी मेरा कसरी हुनु?

१२. तराइको भुभाग लाई भारत को मरुभुमी सिंचाइ को लागि ताल बनाउने र काठमाडौ लाई दिल्लिको मुठ्ठी मा राख्ने दीर्घकालीन परियोजना अन्तर्गत अहिले बाटै "एक मधेस एक प्रदेश" बनाउन सहिछाप हान्ने ती गद्दारहरु तिम्रा महान हुनसक्लान साथी तर मेरा कसरी हुनु?

१३. तिम्रा महान नेता पत्नी हिसिला पर्यटन मन्त्री हुदा नेपाल्को त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल मा भारतिय सैनिक राख्ने मन्त्री  स्तरिय निर्णय  लाई तिमित महान भन्न सक्लाउ साथी म कसरी भनु?
साथी तिमिसग सबालजबाफ गर्नुपर्ने विषय त धेरै छ्न तर त्यो सब यसरी सम्भब नहुदोरहिछ ।

तिमिले भनेको जस्तो परिवर्तन पनि नभएका होइनन साथी परिवर्तन पनि भएका छ्न हिजो भारत मै बसेर भारत कै नाना र खाना मा नेपाल लाई युद्द मा फसाएर भारत कै गाना गाउने तिम्रा क्रान्तिका महानायकहरु आज नेपालकै प्रधानमन्त्रीको कुर्सीमा बसेर नेपालको नाना र माना मा भारत को गाना गाउदै छ्न। यो ठूलो उपलब्धी हो !

यो मात्रै होइन साथी भारत का बफादार कुकुरहरू सिधै Fast Track भारतलाइ दिनुपर्छ, हुलाकी मार्ग भारत लाई दिनुपर्छ, १५ बर्स सम्म तेल मट्टीतेल ग्यास हवाईइन्धन भारत सगै किन्नु पर्छ, चीन सगको बाटो खोले पर्यावरण बिग्रन्छ, कोरोला नाका बन्द गरिनुपर्छ, चीन सगको ब्यापार सम्झौता कार्यान्वयन हुनुहुन्न, चिनियाँ रास्ट्रपति नेपाल आउनुहुन्न,  आदि इत्यादी सबै गर्ने ति क्रान्तिकारी हरु तिम्रा लागि महान होलान् तर मेरो लागि कसरी हुनु ?

साथी म यो भन्दिन कि हिजो युद्द गर्दै गर्दा तिमिले देखेको सपना गलत थियो, तर यो चाइ पक्कै हो तिमिले त्यो सपना पूरा गर्न जुन बाटो अपनाएयौ त्यो अत्यन्तै गलत थियो। म यो भन्दीन कि यो परिवर्तनमा तिम्रो कुनै  भुमिका छैन तर यो चाहिँ पक्कै भन्छु तिमिले महान सोचेकाहरुको चहाना यो परिवर्तन थियन होईन र हुनेपनी छैन। साथी, क्रान्ति गोलि पट्काए जस्तो सजिलो थियो र हुन्थियो भने यहाँ मदन भन्डारी को हत्या किन हुन्थियो ।

यहाँ मनमोहन अधिकारी लाई helicopter दुर्घटनामा किन पारिन्थियो र ०५१ सालमा र अहिले ०७३ साल मा पुरै साम्राज्यवाद, बिस्तारवाद र तिनका दलाल हरु एकै स्वरमा किन सरकार परिवर्तन मा लाग्थिए? हो साथी अझै म भन्छु नेपाली समाज को बर्ग विश्लेषण गर वर्गसंघर्षको महत्त्व लाई बुझ मध्यम बर्ग सगको सहकार्य मा दलाल पुजिपती नोकरशाही तथा भारतिय बिस्तारवाद र अमेरिकि साम्राज्यवाद सग जुझ्नु नै आजको नेपाली क्रान्तिको कार्यभार हो ।

रास्टृय पुजिपती सगको समन्वय मा जनवादी पुजिबाद को स्थापना नै अहिलेको नेपालि समाज को आवस्यकता हो। यो सत्यलाइ आत्मसात गरेको, मार्क्सवाद, लेनिनवाद को सस्लेषण मा तयार भएको स्व. मदनकुमार भण्डारी द्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक कार्यक्रम जनताको बहुदलीय जनबाद (Peoples Multi-party Democracy) नै एउटा मात्र बैज्ञानिक बाटो हो र त्यो माध्यम नेकपा एमाले मात्रै हो। आउ साथि यस्लाइ सम्बर्द्धन र बिकासमा एक मुट्ठी पानी हालौ हाम्रो देश, शान्त देस र समुन्नत देश  बनाऔं ।

राजु तिवारी (ग्वेभारा)
हाल: जापान

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web