पृय मेरो पोस्टमा Comment गर्ने साथी,
हार्दिक अभिबादन !

खासै तुच्छ शब्दमा मेरा post मा Comment गर्ने हरुको लागि म समय त दिने थिईन तर पनि हिजो को १७००० ब्यक्ति हत्या अभियान को एउटा सदस्यको नाताले, इतिहासले कालो मानिसकेको त्यो अभियानको एउटा सदस्य को नाता ले तिमिले फुलबुट्टा भरेर जति लेखेउ एउटा सचेत नागरिकको हैसियतले मैले ती कुरामा आफ्नो बिचार राख्नुपर्ने आवस्यकता देखेर लेख्दै छु ,

१. साथी तिमी खाडिमा बेल्चा हान्दै रैछौ दुखी छु म तर तिमिले महान देखेको क्रान्ती सकिएको दसबर्ष पछि पनि तिमिलाइ यो सत्ताले खाडिमा बेच्यो, मलाइ मध्य पुर्बमा तिम्रै महान क्रान्तिका नायकहरु सत्तामा छ्न अझै तिमी आँखामा पट्टीबाधेर भन्दैछौ महान उपलब्धी भो ?

२. साथी तिमिले महान भनेको क्रान्तीले मेरो भाउजू को सिन्दुर पुछिएको छ, मेरो आमाको काख रित्तियको छ, मेरो बाबाको सहारा टुटेको छ, अनि मेरो भतिज भतिजी को भबिस्य खरानी भएको छ, न मेरो दाइ तिमी सग थियो न सत्ता पछ्य सग यस्ता १७००० को रगत को खोलो मा नुहाएकाहरुलाइ तिमित महान भन्न सक्लाउ साथी तर म कसरी भनु।

३. ८ बर्ष पुरा भारत मा बसेर भारतको दक्षिणा मा पाएको गोला बारुद बम र बन्दुक बोकि १७००० को लास माथी अग्लियका लाई तिमित महान भन्न सक्लाउ साथी तर म कसरी भनु?

४. RIM (revolutionary international movement) जस्को प्रधान कार्यालय साम्राज्यवाद को नाइके अमेरिकामा छ जस्ले बिस्व भर बम र बन्दुक पट्काउछ र युद्द मच्चाएर आफ्नो हात हतियार बेच्छ तर पुजीवादको किल्ला त्यहि क्रान्तिको नाउँमा एउटा गोलि चलाउन सक्दैन त्यस्को सदस्य तिम्रो महान क्रान्तिकारी पार्टी र त्यस्का नाइकेलाई तिमित महान देख्लाउ तर म कसरी महान देखु?

५. दक्षिण एसिया मा युद्ध चलाउन, आफ्ना हातहतियार बिक्री गर्न, र युद्द को माध्यम बाट उक्त देशको सत्ता संचालन गर्न बिस्तारबादी भारत ले खडा गरेको अर्को मोर्चा COMPOSA का अध्यक्ष तिम्रा ति महानायक लाई तिमित महान देख्लाउ साथी तर म कसरी देखु ?

६. माओ ले मार्क्सवाद लाई चिनियाँ समाज को राजनैतिक सामाजिक आर्थिक परिस्थिति अनुसार प्रयोग को कार्यक्रम बनाए त्यो भन्दा बिल्कुलै फरक नेपाली समाज मा जबर्जस्ति युद्द थोपरेर माओबिचार लाई "वाद" को रुपमा जुन प्रयोग गर्न खोजियो, एउटा समाज को अबस्था बुझ्न नसक्ने, बाद र बिचार धारा बिचको फरक बुझ्न नसक्ने तिम्रा ती नायकलाई तिमिलेत महान ठान्लाउ साथी तर मैले कसरी ठानु ?

७. हिजो बन्दुक नभएको, सेना नभएको पार्टी कम्युनिस्ट पार्टी हुन सक्दैन भनेर घोक्रो फुट्ने गरि बोल्ने तिम्रा ती मालिकहरु लाइ आज न सेना न बन्दुक केही नहुदा पनि तिमित महान भन्न सक्लाउ साथी तर म कसरी भनु?

८. बर्ग बिभाजित समाजमा बर्गसङ्घर्स लाई तिलान्जली दिएर जातजाती को नाममा हातमा बन्दुक थमाएर देशलाई रुवाण्डा हैटी बुरुण्डि बनाउन खोज्ने ती युद्द पिपासुलाइ तिमित महान ठान्लाउ सायदै साथी तर म कसरी ठानु ?

९. (धक्का क्रम-भङग महाबिपत्ती र छलाङ ) यो तिम्रा प्रचण्डपथ १७००० ब्यक्ती हत्या को design अर्थात तिम्रो क्रान्ति को कार्यक्रम नेकपा मसाल (प्रकाश समुह) सगको एकता सङै, त्यस्ले नेपाली समाजमा के कस्तो असर गर्यो विश्लेषण नगरि टाङ्रामुनी लुकाउने तिम्रा ती प्रभु पुत्रहरुलाइ तिमित महान भन्नसक्लाउ तर म कसरी भनु?

१०. बर्ष भरी विभिन्न नाम मा बन्द भैरहने हाम्रो देशमा भारतिय कम्पनी र तिनका लगानी सुरक्षा गर्नेनाउमा बिभिन्न कारण ले पर्न जाने घाटा नेपाल सरकारले ब्यहोर्ने बिप्पा जस्तो सम्झौता गर्ने नालायक तिम्रा त नायक होलान साथी मेरा कसरी हुनु?

११. क्रिश्चियन धर्म को माध्यम बाट विश्वभर साम्राज्यवाद फैलाउने तानाबाना बुनिरहेको अमेरिकी साम्राज्यवाद का बफादार नोकरहरु तिम्रा त महान होलान साथी मेरा कसरी हुनु?

१२. तराइको भुभाग लाई भारत को मरुभुमी सिंचाइ को लागि ताल बनाउने र काठमाडौ लाई दिल्लिको मुठ्ठी मा राख्ने दीर्घकालीन परियोजना अन्तर्गत अहिले बाटै "एक मधेस एक प्रदेश" बनाउन सहिछाप हान्ने ती गद्दारहरु तिम्रा महान हुनसक्लान साथी तर मेरा कसरी हुनु?

१३. तिम्रा महान नेता पत्नी हिसिला पर्यटन मन्त्री हुदा नेपाल्को त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल मा भारतिय सैनिक राख्ने मन्त्री स्तरिय निर्णय लाई तिमित महान भन्न सक्लाउ साथी म कसरी भनु?
साथी तिमिसग सबालजबाफ गर्नुपर्ने विषय त धेरै छ्न तर त्यो सब यसरी सम्भब नहुदोरहिछ ।

तिमिले भनेको जस्तो परिवर्तन पनि नभएका होइनन साथी परिवर्तन पनि भएका छ्न हिजो भारत मै बसेर भारत कै नाना र खाना मा नेपाल लाई युद्द मा फसाएर भारत कै गाना गाउने तिम्रा क्रान्तिका महानायकहरु आज नेपालकै प्रधानमन्त्रीको कुर्सीमा बसेर नेपालको नाना र माना मा भारत को गाना गाउदै छ्न। यो ठूलो उपलब्धी हो !

यो मात्रै होइन साथी भारत का बफादार कुकुरहरू सिधै Fast Track भारतलाइ दिनुपर्छ, हुलाकी मार्ग भारत लाई दिनुपर्छ, १५ बर्स सम्म तेल मट्टीतेल ग्यास हवाईइन्धन भारत सगै किन्नु पर्छ, चीन सगको बाटो खोले पर्यावरण बिग्रन्छ, कोरोला नाका बन्द गरिनुपर्छ, चीन सगको ब्यापार सम्झौता कार्यान्वयन हुनुहुन्न, चिनियाँ रास्ट्रपति नेपाल आउनुहुन्न, आदि इत्यादी सबै गर्ने ति क्रान्तिकारी हरु तिम्रा लागि महान होलान् तर मेरो लागि कसरी हुनु ?

साथी म यो भन्दिन कि हिजो युद्द गर्दै गर्दा तिमिले देखेको सपना गलत थियो, तर यो चाइ पक्कै हो तिमिले त्यो सपना पूरा गर्न जुन बाटो अपनाएयौ त्यो अत्यन्तै गलत थियो। म यो भन्दीन कि यो परिवर्तनमा तिम्रो कुनै भुमिका छैन तर यो चाहिँ पक्कै भन्छु तिमिले महान सोचेकाहरुको चहाना यो परिवर्तन थियन होईन र हुनेपनी छैन। साथी, क्रान्ति गोलि पट्काए जस्तो सजिलो थियो र हुन्थियो भने यहाँ मदन भन्डारी को हत्या किन हुन्थियो ।

यहाँ मनमोहन अधिकारी लाई helicopter दुर्घटनामा किन पारिन्थियो र ०५१ सालमा र अहिले ०७३ साल मा पुरै साम्राज्यवाद, बिस्तारवाद र तिनका दलाल हरु एकै स्वरमा किन सरकार परिवर्तन मा लाग्थिए? हो साथी अझै म भन्छु नेपाली समाज को बर्ग विश्लेषण गर वर्गसंघर्षको महत्त्व लाई बुझ मध्यम बर्ग सगको सहकार्य मा दलाल पुजिपती नोकरशाही तथा भारतिय बिस्तारवाद र अमेरिकि साम्राज्यवाद सग जुझ्नु नै आजको नेपाली क्रान्तिको कार्यभार हो ।

रास्टृय पुजिपती सगको समन्वय मा जनवादी पुजिबाद को स्थापना नै अहिलेको नेपालि समाज को आवस्यकता हो। यो सत्यलाइ आत्मसात गरेको, मार्क्सवाद, लेनिनवाद को सस्लेषण मा तयार भएको स्व. मदनकुमार भण्डारी द्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक कार्यक्रम जनताको बहुदलीय जनबाद (Peoples Multi-party Democracy) नै एउटा मात्र बैज्ञानिक बाटो हो र त्यो माध्यम नेकपा एमाले मात्रै हो। आउ साथि यस्लाइ सम्बर्द्धन र बिकासमा एक मुट्ठी पानी हालौ हाम्रो देश, शान्त देस र समुन्नत देश बनाऔं ।

राजु तिवारी (ग्वेभारा)
हाल: जापान

16.12¡ÆC