वाशिंगटन डिसी ।
अमेरिकाको कोलोराडो राज्यमा नोवेम्बर १२ तारिखमा ग्लोबल नेपाली फिल्म अवार्ड हुने भएको छ ।

आगामी तिहार तथा छठ पर्व पछि कार्तिक २७ गतेबाट हुने अवार्ड विश्वमाझ नेपाली चलचित्रलाई चिनाउन अमेरिकामा गर्न लागिएको बताइएको छ ।

उक्त समारोहलाई बिशेष सफलता पुर्वक सम्पन्न गर्न बत्तीस सदस्यीय मूल समिति तथा अन्य बिभिन्न समिति तयार बनाइएको छ ।

समितिका पदाधिकारीहरु कार्यक्रममा कुनै कमि कम्जोर नहोस भन्नको खातिर अहोरात्र काम गरि रहेको समारोहका संयोजक कलाकार तथा नायक नबराज श्रेष्ठले बताए ।

उक्त समारोहमा उत्कृष्ट चलचित्र ,उत्कृष्ट नायक तथा नायिका, सह नायक तथा नायिका, वर्ष हास्य कलाकार, निर्देशक, जीवनकाल कार्यसिद्धि पुरस्कार समेत गरि आठ ओटा विधामा प्रदान पुरस्कार गरिने भएको छ ।

समारोहमा नायक शिब श्रेष्ठ, नायक कृष्ण मल्ल, अभिनेता निर शाह, नायक सुनिल थापा, नायिका शर्मिला मल्ल, कलाकार बसुन्धरा भुसाल, संगीत निर्देशक सम्भुजित बास्कोटा, नृत्य निर्देशक बसन्त श्रेष्ठ, नायक तथा निर्माता मधु श्रेष्ठ सहितका दुई दर्जन शिर्ष नेपाली कलाकार अमेरिका आउने भएका छन् ।

यसै गरि समारोहमा चलचित्र निर्देशक सुदर्शन थापा ,नायिका अशिस्मा नकर्मी, नायिका पूजा शर्मा, नायिका यूना उप्रेती तथा नायिका नन्दिता केसी, नायक गणेश उप्रेती, नायक विक्रान्त बस्नेत, चलचित्र बोर्डका अध्यक्ष राज कुमार राई, चलचित्र कलाकार संघ नेपालका अध्यक्ष राम किसर बगोटी ,चलचित्र निर्देशक उदय सुब्बा ,चलचित्र निर्देशक श्याम भट्टराई ,वरिष्ट चलचित्र उत्पादन नियन्त्रक गेहेन्द्र धिमाल आउने भएका छन् ।

कार्यक्रममा अमेरिका, नेपाल र विश्वका अन्य क्षेत्रमा रहेका कलाकारहरूको विशेष उपस्थिति रहने आयोजकले दाबी गरेको छ ।

उक्त कार्यक्रमको लागी वितरक प्रदिप उदय ,संचारकर्मी सरोज केसी ,चलचित्र निर्देशक नारायण पुरी ,नायिका सारंगा श्रेष्ठ आउने छन् भने कार्यकममा बिशेष अतिथिमा अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की ,महाबाणिज्य दुत प्रेम राजा महत ,क्यालिफोर्नियाका बाणिज्य दुत ऋषि ढकाल तथा अमेरिकाका बिभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहने भएको छ ।

कार्यक्रम नेपाल फिल्म सोसाइटी, अमेरिका नेपाल टेलिभिजन र बिआरटिनेपाल डटकमको सयुक्त आयोजनामा हुने भएता पनि थुप्रै संघ ,संस्था तथा संचार माध्यमले सहभागिता जनाउने भएका छन् ।

कार्यक्रम कोलोराडोको ब्रुमफिल्ड सभामण्डपमा हुने छ भने आवासको व्यवस्थाको लागि रमादा नामक पाहुना घरमा अग्रिम रुपमा आफ्नो लागि कोठा आरक्षण गर्न सकिने आयोजकले बताएको छ ।

17.17¡ÆC