वृद्धाश्रमलाई प्रवासी नेपालीले गरे सहयोग

अशोज २८, २०७३ मा प्रकाशित | 901 views

२८ असोज, वागलुङ ।
वागलुङको नारायणस्थान ९ देवलधारामा निर्माणाधिन मोदीवेणीधाम वृद्धाश्रमको लागि प्रवासी नेपालीहरुले झण्डै ३ लाख रुपैयाँ सहयोग गरेका छन् ।

बेल्जियममा रोजगारीमा रहेका पर्वत र वागलुङका यूवाहरुले उक्त सहयोग जुटाएर आज एक कार्यक्रमका वीच मोदीवेनी वृद्धाश्रम निर्माण समितिका अध्यक्ष दिर्घनारायण श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

नेपाली काँग्रेसका नेता एवं पर्वत क्षेत्र नम्बर १ का साँसद अर्जुनप्रसाद जोशी मार्फत उक्त रकम अध्यक्ष श्रेष्ठलाई हस्तान्तरण गरिएको हो ।

निर्माणाधिन वृद्धाश्रममा रकम अभाव भएको कारण खाजा खर्च कटाएर सहयोग गरिएको एनआरएन बेल्जियमका प्रतिनिधी शिवप्रसाद सुबेदीले बताउनुभयो । उहाँले सहयोगलाई सहि सदुपयोग गर्न आग्रह गर्नुभएको थियो ।

कालिगण्डकी र मोदीखोलाको तटिय क्षेत्र मोदीवेणी धामको पारिपट्टि वृद्धाश्रम निर्माणाधिन अवस्थामा छ । ६८ लाखको लागत अनुमान गरि निर्माण गर्न लगिएको भवनमा १३ वटा सुविधा सम्पन्न कोठा हुने जनाइएको छ ।

कोठाभित्र खानेवस्ने,जपतप गर्ने र नुहाउने ठाउँको व्यवस्था हुनेछ । उक्त भवन निर्माणका लागि यो सहयोग सहित अहिलेसम्म मोदीवेणी महायज्ञ आयोजक समितिले १८ लाख रुपैयाँ सहयोग गरेको छ ।

महिला तथा वालवालिका विकास मन्त्रालयले ८ लाख, शहरी विकास मन्त्रलयले ९ लाख रुपैयाँ र शहरी विकास मन्त्रालयले १ लाख रुपैयाँ सहयोग गरेको छ । अहिले भवनको एकतला सकिएर ढलानको काम भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web