२ कार्तिक, काठमाडौं ।
अख्तियार प्रमुख लाकमान सिंह कार्कीको घरमा सर्वोच्च अदालतलाई म्याद तामेल गर्न अवरोध गरेको विषयले संसदमा प्रवेश पाएको छ ।

अदालतको आदेश तामेली गर्न समेत नदिइनु न्यायिक सर्बोच्चतालाई चुनौति भन्दै सांसदहरुले यसबारे जनप्रतिनिधि मौन बस्न नसक्ने संसदमा बताएका छन् ।

यसअघि लोकमान बिरुद्ध महाअभियोग लगाउनुपर्ने भाषण गरेपनि मन्त्रीभएपछि मौन रहेका गगन थापापछि अन्य सांसदहरुले लोकमानसिंह कार्कीको दादागीरिको बारेमा संसदमा सरकारको जवाफ मागेका छन् ।

संसदको मंगलबारको बैठकमा नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले भने, ‘अदालतको आदेशको खुलामखुला अवज्ञा भएको छ, कानुनी राज्यको उपहास भएको छ ।’

दुःखका बेला संसदमा भएका धेरै शक्तिशाली नेतालाई अदालतले न्याय दिएको स्मरण गराउँदै वरिष्ठ अभिवक्ता समेत रहेका अधिकारीले भने, आज अदालत जुन चौवाटोमा उभिएर सही बाटोमा हिड्न प्रयत्नरत छ, त्यसलाई टेवा दिने कि नदिने ?’

अदालतल र अख्तियार प्रमुखबीचको झञ्झट भनेर आँखा चिम्लन नमिल्ने उनले बताए । सर्वोच्चले एउटा व्यक्तिको म्यादसम्म तामेल गर्न नपाउनु नसक्नु भनेको यसले भविश्यप्रति राम्रो संकेत गर्दैन’ उनले संसदको ध्यानाकर्षण गराउँदै भने, त्यसमाथि संवैधानिक ओहदाका प्रमुखबाट यस्तो काम गर्नु गराउनु भनेको अझै आपत्तिजनक विषय गठन गर्नु पर्ने हो ।’

संवैधानिक पदाधिकारीलाई महाअभियोग लगाउने बाहेक अरु अवस्थामा पदबाट हटाउन नमिल्ने भन्दै उनले भने, संविधानले दिएको विशेषाधिकार सम्पन्न व्यक्ति विशेषले संविधान, कानुनकै खिल्ली उडाउँदा पनि हामी सांसद र संसद टुलुटुलु हेरेर बस्न मिल्छ रु

उनले अख्तियार प्रमुख कार्की कुन कामले, कति अवधिकमा लागि विदेश गएको र कहिलेसम्म र्फकने हो संसदलार्य जानकारी गराउन समेत प्रधानमन्त्रीसँग माग गरेका छन् । अधिकारीले भने, ‘संसदमा सरकारले अख्तियार प्रमुखको बारेमा जानकार गराओस् । उनी के कामको लागि गएका हुन् रु यति लामो समय विदेशमा बस्ने प्रयोजन के हो रु’

कानुनविद समेत रहेका अधिकारीले हालसम्म संसदले महाअभियोग समिति गठन गर्न नसक्नुको कारण के हो भन्दै सभामुखलाई समेत प्रश्न गरे ।

विशेष समयमै बोल्दै एमालेका सांसद रेवतीरमण भण्डारीले अदालतको म्याद तामेली गर्न गएका अदालतका कर्मचारीलाई हुलहुज्जतको शैलीमा अवरोध गर्नु न्यायिक सर्बोच्चको अपमान भएको बताए ।

भण्डारीले सादा पोशाकका प्रहरी समेत परिचालन गरेर अदालतको म्याद तामेल हुन नदिनुले राज्य नै गुण्डागर्दीमा उत्रिएको प्रष्ट हुने भन्दै यसबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

थरुहट पार्टीकी सांसद गंगा चौधरी सत्गौवाले लोकमान सिंहको घरमा म्याद तामेली गर्न नसक्नु लज्जास्पद हो भन्दै उनलाई संरक्षण गर्ने राजनीतिक दलका नेतालाई समेत कठघरामा ल्याउनुपर्ने बताइन् ।

चौधरीले प्रश्न गर्दै भनिन्, ‘लोकमानसिंह कुन लोकको यमराज हुन् ? हाम्रो देशको कानुन कति लाचार छ रु लोकमानलाई संरक्षण गर्ने राजनीतिक दल नै हुन् । लोकमानको बचाउ गर्नेलाई देश निकाला गर्नुपर्छ र लोकमानलाई कानुनको कठघरामा ल्याउनुपर्छ ।’

२ कार्तिक, काठमाडौं ।
कथित मधेशी कोटामा संसद बन्दै देश बिरुद्ध गद्दारी गरिरहेको भनिएका अमेरश कुमार सिंह र पछिल्लो समय देखीएका बिलेन्द्र निधि मात्र हैन एकपछि अर्को गर्दै काँग्रेसको झण्डाभित्र राजनीति गरिरहेका भारत परस्त नेताहरुले मुखुण्डो उतार्न थालेका छन् ।

यसै क्रममा देशनै टुक्राउन धम्की दिएका छन् आफैंले देश सम्हाल्ने सत्ता पाएका एक काँग्रेस सांसद फरमुल्लाह मन्सुरले ।

व्यवस्थापिका संसदको मंगलवारको बैठकमा विशेष समय लिएर बोल्दै उनले ‘पाकिस्तानमा सत्तरीको दशकमा यसैगरी पूर्वी पाकिस्तानका मुस्लिमले आफ्नो शासन आफैं चलाउने अधिकार माग्दा राज्यले नदिएपछि पूर्वी पाकिस्तान फुटेर बंगलादेश बनेको स्मरण गराउन चाहान्छु ।’ भन्दै देश टुक्राउने राष्टघाति अभिव्यक्ति दिएका हुन् ।

सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्सुरले संविधान संशोधन गरेर मधेसी, मुस्लिम र थारुका माग सम्बोधन नभए नेपालको हालत पाकिस्तानबाट बंगलादेश टुक्रिए जस्तै हुने चेतावनी दिएपनि उनले के माग संविधान संशोधनमा समेट्नुपर्ने केही बताएनन् ।

संविधान संशोधन नभई कुनै पनि तहको निर्वाचन हुन नसक्ने दाबी गरेका मन्सुरले आफूहरुले असहमति राखेर संविधानसभामा मतदान गरेको दाबी समेत गरे ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले ९० प्रतिशतले जारी गरेको संविधान १० प्रतिशतले मान्दिन भन्दैमा बिना औचित्य संशोधन हुँदैन भनेकोमा उनले यसो भनिएमा देश टुक्रिन सक्ने भन्दै धम्की दिएका हुन् ।

जुन भाँडामा खायो त्यहिँ फोहोर गर्ने भनेजस्तै आफैं सत्ता सम्हाल्ने र आफैं देश द्रोही अभिब्यक्ति दिएका यि काँग्रेस सांसदले ‘९० प्रतिशतले संविधान जारी गरेको भन्नेहरुलाई म स्मरण गराउन चाहान्छु कि, हामीले त्यसबेला रिजर्भेशन राखेर मतदान गरेका हौं, तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले रोष्टममा उभिएर मधेसी, थारु र मुस्लिमको माग बमोजिम संसदको पहिलो बैठकले संविधान संशोधन गर्छ भन्नुभएपछि हामी मानेका थियौं । भने । स्मरणीय छ संविधानको संशोधन यसअघि पहिलो पटक मधेशी मोर्चाले भनेको माग समेटेर भइसकेको छ ।

सिमांकन पुनरावलोकनको माग राख्दा राष्ट्रियताको कुरा उठाइएको भन्दै मन्सुरले अब काठमाडौंबाट मधेस शासित नहुने समेत बताए ।
पछिल्लो पटक मधेशी मोर्चाले कथित मधेश आन्दोलनका नाममा भारतले गरेको नाकाबन्दीका समयमा कहिँ नउठेको भारतीय नागरिकता त्यागेर नेपाली नागरिकता लिएकालाई राष्टप्रमुख बनाउनुपर्ने जस्ता माग अहिले उठ्न थालेका छन् ।

A direct transport service between Bhojpur to Kathmandu has began from today.

The Chumlunga Transport Pvt launched the Bhojpur – Kathmandu microbus service.
The transport company plans to field a fleet of six microbuses – each with 18 seats. It is currently operating two microbuses a day due to difficult road conditions.

The bus fare from Bhojpur to Kathmandu via Dharan has been fixed at Rs 2,500, said Sanjeev KC of Chumlunga Transport Pvt.

The microbuses offer free Wi –Fi, air conditioning service and LED coach.

Earlier, passengers heading to Kathmandu from Bhojpur via Dharan were compelled to change different transport vehicles for a journey lasting at least three days.

A fugitive man was arrested by the police and sent to prison in a rape case dating back to 32 years ago.

68 year old Pratap Oli, of Punma-5 of Jajarkot district who had been convicted of rape and sentenced to three years in prison 32 years ago, was apprehended by the police yesterday.

He had been on the run shortly after committing the crime and was currently living at Bherimalika Municipality- 6, District Police Office, Jajarkot said.

Australia has rejected a human rights report comparing its asylum seeker camp on the Pacific island of Nauru to an open-air prison.

Australia transports asylum seekers who arrive by boat to off-shore processing centres in Nauru and Papua New Guinea.

An Amnesty International report said this was a "deliberate policy to inflict harm on refugees" and imposes conditions that "amount to torture".

Nauru has previously denied claims of abuse at the refugee centre.

Australia has been repeatedly criticised for its tough policy on refugees and asylum seekers.

It says the policy is necessary to discourage people risking their lives at sea to reach Australian territory.

At least 20 people have died after a fire broke out in a hospital in eastern India.

Local police said, the fire started in an intensive care unit of the SUM hospital, a private facility in the city of Bhubaneswar in Orissa state.

Dozens of patients were taken to other medical facilities in the city.

About 120 firefighters were mobilized to tackle the blaze, which was later brought under control. PM Narendra Modi said he was "anguished" by the fire.

Eyewitnesses and hospital sources said the fire, suspected to have been caused by an electrical short circuit, was first spotted in the ICU of the medicine ward before spreading to the dialysis ward next door.

Most of the victims reportedly died from smoke inhalation.

According to state's health secretary Arati Ahuja , the fire left 20 people dead and more than 100 people injured. They have been admitted to various hospitals in Bhubaneswar and the medical college in Cuttack.

Many of the injured are in a critical condition. Earlier reports had put the death toll at 23.

२ कार्तिक, काठमाडौं ।
व्यवस्थापिका संसदको आजको बैठकले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी बिधेयक २०७२ र नेपाल पशु चिकित्सा परिषद् पहिलो संशोधन विधेयक २०७२ माथि विचार गरियोस भन्ने प्रस्तावलाई सर्वसम्मतीले स्विकृत गरेको छ ।

प्रधानमन्त्री तथा महिला बालबालिका तथा समाज कल्याण मन्त्री एवं पशुपक्षी विकास मन्त्री पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट कानुन, न्याय तथा संसदीय मामीला मन्त्री अजयशंकर नायकले दुवै बिधेयक माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नु भएको थियो ।

विधेयक माथिको छलफमा संसदहरुले शारीरिक रुपमा मात्रै नभई मानसिक रुपमा अपाङ्गता भएका व्यक्तिहरुलाई समेत समेट्ने गरी विधेयक आउनु पर्ने, अपाङ्गता भएका व्यक्तिको अधिकार शुनिश्चित गरिनु पर्ने विषय उठाउनु भएको थियो ।

संसदहरुले पशु चिकित्सा विधेयक पशुहरुको व्याख्या र स्वाथ्यवारे स्पष्ट रुपमा आउनु पर्छ, विना परिक्षण खसी बोका भारतबाट विना परिक्षण भित्रने गरेकाले सिमानामा नै परिक्षण गर्ने व्यवस्था विधेयकमा नै गर्नु पर्ने बताउनु भयो ।

विधेयकहरु माथिको शैद्धान्तिक छलफलमा उठेका विषयहरुको जवाफ दिदै कानुन मन्त्री अजय शंकर नायकले अन्तराष्ट्रिय क्षेत्रमा गरेका प्रतिवद्धता पुरा गर्न र अपंगता भएका व्यक्तिलाई राजनीतिक, सामाजिक, आर्थिक अधिकार शुनिश्तिच गर्न र उनीहरुलाई सम्मानजन बाच्ने अधिकार शुनिश्चित गर्न याविधेयक लइएको बताउनु भयो ।

कानुन मन्त्री नायकले छलफलमा उठेका विषयहरु समेटेर सवैले अधिकार प्राप्त गर्ने गरी समृद्ध विधेयक निमार्ण गरिने बताउनु भयो ।
बैठकले संचाई मन्त्री दिपक गिरीले प्रस्तुत गर्नु भएको भुमिगत जलस्रोत विधेयक २०७२, र सिंचाई विधेयक २०७२ लाई दफावार छलफलका लागि सम्बनधीत समितिमा पठाएको छ ।

बैठकमा परराष्ट्र मन्त्री डा.प्रकाशशरण महतले जीवाणुजन्य (जैविक) तथा विषक्त हतियारको विकास, उत्पादन र भण्ठडारमा प्रतिवन्ध लगाउने तथा तिनलाई नष्ट गर्ने सम्बन्धि महासन्धी सदनमा प्रस्तुत गर्नु भयो ।
व्यवस्थापिका संसदको अर्को बैठक भोली दिउसो तीन वजे वस्ने छ ।

२ कार्तिक, मकवानपुर ।
रोटरी क्लव अफ मकवानपुरको आयोजनामा हेटौंडामा सुरु भएको ४० बर्ष भन्दा बढी उमेर समूहको अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा साबिक विजेता ध्रुवतारा भेट्रान्स चितवनले विजययात्रा सुरु गरेको छ ।

मङ्गलबार बिहान भएको उद्घाटन खेलमा गत बर्षको उपविजेता सानोगौचरण नाइट्स किङलाई २–० गोल अन्तरले हराउँदै चितवन विजयी भएको हो ।

चितवनलाई जित दिलाउने क्रममा पाँचौ मिनेटमा रबिन्द्र श्रेष्ठले पहिलो गोल गरेका हुन् भने १९ औं मिनेटमा यमबहादुर गुरुङले अग्रता दोब्बर पारेका थिए । प्रतियोगिताको म्यान अफ दी म्याच चितवनका पहिलो गोलकर्ता रबिन्द्र श्रेष्ठ घोषित भए ।

मङ्गलबारै बिहान हुने भनिएको भेट्रान ११ भारत र वीरगञ्ज युनाइटेड बीचको खेलमा भारत अनुपस्थित भएपछि वीरगञ्जले ‘वाक ओभर’ पाएको छ । दिउँसो भेट्रान्स ११ बङ्गलादेश र मदन भण्डारी स्पोर्टस् एकेडेमीको बीचमा खेल हुनेछ ।

मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक (डिआइजी) पशुपति उपाध्यायले प्रतियोगिताको उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि उपाध्यायले शारीरिक र मानसिक तन्दुरुस्तीको लागि खेलकुदले मद्दत पु¥याउने धारणा राखे ।

रोटरी क्लव अफ मकवापनपुरका अध्यक्ष ज्योतिरत्न बज्राचार्यको अध्यक्षता एवम् कार्यक्रम संयोजक शरद् कर्माचार्यको संयोजकत्वमा भएको प्रतियोगिताको उद्घाटनमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, रोटरीका बर्ष सन् २०१७/१८ का लागि निर्वाचित अध्यक्ष पुरणबहादुर जोशीलगातले पुराना खेलाडिबीचको खेलले नयाँलाई उर्जा र पुरानालाई सम्मान मिल्ने बताए ।

६ गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगितामा ११ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ४० हजार रुपियाँ र उपविजेताले नगद २० हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।

काठमाडौं, कात्तिक १ । डब्लुटीए रोड टु सिंगापुरमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली लनटेनिस टोली सोमबार सिंगापुर प्रस्थान गरेको छ । अक्टोबर १७ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा मायांका राणाले यु–१६ तथा इरा रावतले यु–१४ उमेरसमूहको महिला सिंगल्समा प्रतिस्पर्धा गर्नेछन् ।

गत मे १ र २ तारिखमा भएको छनोट प्रतियोगिताबाट मायांका र इरा पहिलो स्थानमा रहँदै रोड टु सिंगापुरका लागि छनोट भएका हुन् । टिम प्रशिक्षकमा कृष्णराज घले रहेका छन् । मायांका र इराको स्पर्धामा उनीहरुसहित समान २०–२० खेलाडी सहभागी हुने प्रशिक्षक घलेले जानकारी गराए । २० खेलाडीलाई विभिन्न चार समूहमा विभाजन गरी खेल खेलाइने छ । समूहको शीर्ष स्थानमा रहने खेलाडी सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगितामा नेपालसहित सिंगापुर, अस्ट्रेलिया, चीन, चाइनिज ताइपेईं, हङकङ, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, मलेसिया, न्युजिल्यान्ड, फिलिपिन्स, श्रीलंका, थाइल्यान्ड, उज्वेकिस्तान, भियतनाम र प्यासिफिक ओसिएना क्षेत्रका खेलाडीको सहभागिता रहने बताइएको छ ।
टोलीलाई नेपाल ओलम्पिक कमिटीकी उपाध्यक्ष समेत रहेकी अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणाले सातदोबाटोमा सोमबारै बिदाइ गरिन् ।

१ कार्तिक, काठमाडौं ।
जथाभावी फोहर फालेको पाएपछी काठमाडौं महानगरपालिकाले जरिवानास्वरुप रु ७१ हजार रकमअसुल गरेको छ ।

बातावरण महाशाखा प्रमुख रवीनमान श्रेष्ठका अनुसार दसैंका बेलामा स्थानीयबासीले अटेर गरी जथाभावी फोहर फालेपछि महानगरले कारबाहीस्वरुप रकम असुल गरेको हो ।

कालीमाटी, थापाथली, कुलेस्वर, टेकु, कलंकीको विभिन्न स्थानमा जथाभाबी फोहर फाल्ने १५जनाबाट रकम असुल गरिएको प्रमुख श्रेष्ठले बताउनुभयो ।

१ कार्तिक, काठमाडौं ।
पण्डित बद्रीरत्न बज्राचार्यको आज शोभाभगवतीस्थित कर्णद्वीपमा अन्त्येष्टि गरियो । उहाँको ८४ वर्षको उमेरमा हिजो निधन भएको थियो ।

काठमाडौँका बौद्ध समुदायमाझ धर्म 'कथावाचक' का रुपमा प्रख्यात पं बज्राचार्य बज्रयान बौद्धधर्मका ज्ञाता मानिनु हुन्थ्यो ।

उहाँका नेपाःया जनजीवनया क्रियापद्धति, भद्रकाली लुँमधि अजिमाया वंशावली, स्वयम्भू पुराण 'नेपाली र नेपाल भाषा', धर्म सङ्ग्रह 'संस्कृत भाषा', हुँकार बज्रकृत बज्रयोगिनी विशुद्धि, दशकर्म संस्कार धर्मलगायतका बुद्धधर्म र दर्शनसम्बन्धी पुस्तकहरु प्रकाशित छन् ।

पं बज्राचार्यका तीन छोरा र चार छोरी छन् ।

आदिनाथ मेला सुरु

राजधानीको चोभारमा एक महिनासम्म चल्ने ‘आदिनाथ मेला’ आजदेखि सुरु भएको छ ।

मन्दिरमा आज बिहान विधिपूर्वक विशेष पूजा गरियो । कात्तिक शुक्ल पूर्णिमाका दिनसम्म जारी रहने यो मेला भर्न काठमाडौँ उपत्यका तथा आसपास क्षेत्रबाट हिन्दु तथा बौद्ध समुदायका जाने गर्छन् ।

१ कार्तिक, काठमाडौं ।
औषधि व्यवस्था विभागले काठमाडौँ, पोखरा, नेपालगन्ज र विराटनगरजस्ता ठूला सहरका सबै फार्मेसी 'औषधि पसल'को अनुगमन थाल्ने भएको छ ।

सुरुमा पहिलो चरणमा ती चार सहरमा रहेका औषधि पसलको अनुगमन गरी यस्ता पसल दर्ता, नबकिरण औषधिका मूल्यलगायत औषधि ऐनले निर्दिष्ट गरेका विषयको अनुगमन गर्न विभागले गृहकार्य थालेको हो ।

देशभर कति औषधि पसल सञ्चालनमा छन्, तीमध्ये कति दर्ता भई र कति दर्ता नगरी सञ्चालित छन् भन्ने यकिन विवरण विभागसँग छ्रैन ।

विभागमा मुलुकभरका करिब २० हजार औषधि पसलमात्र दर्ता रहेका छन् । यो सङ्ख्याभन्दा वढी बिना दर्ता त्यस्ता पसल सञ्चालित छन् ।

आयुर्वेदिक औषधि पसलको भने अहिलेसम्म विभागले अनुगमन गर्न सकेको छैन ।

स्वदेशी औषधि उत्पादकले बोलपत्र हालेनन्

स्वास्थ्य मन्त्रालयले निःशुल्क औषधि वितरणका लागि आह्वान गरेको बोलपत्रमा स्वदेशी औषधि उत्पादक कम्पनीले बोलपत्र हालेनन् ।

मन्त्रालयले इतिहासमा नै पहिलोपटक गत असोज महिनामा बोलपत्र आह्वान गरेको थियो । मन्त्रालयले आफ्ना मातहतका स्वास्थ्य संस्थाबाट वितरण गर्ने विभिन्न ७० प्रकारका औषधिका लागि बोलपत्र आह्वान गरेको थियो ।

मन्त्रालयको उच्च स्रोतका अनुसार विदेशी औषधि उत्पादन कम्पनीले मात्र बोलपत्र हालेका छन् ।

स्वास्थ्यमन्त्री गगन थापाले “मन्त्रालयले औषधिका लागि आह्वान गरेको बोलपत्रमा स्वदेशी औषधि उत्पादन कम्पनीले बोलपत्र दर्ता नगराएको पुष्टी गर्नु भयो ।