पशु चिकित्सा परिषद् पहिलो संशोधन विधेयक २०७२ सर्वसम्मत स्विकृत

कार्तिक २, २०७३ मा प्रकाशित | 872 views

२ कार्तिक, काठमाडौं ।
व्यवस्थापिका संसदको आजको बैठकले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी बिधेयक २०७२ र नेपाल पशु चिकित्सा परिषद् पहिलो संशोधन विधेयक २०७२ माथि विचार गरियोस भन्ने प्रस्तावलाई सर्वसम्मतीले स्विकृत गरेको छ ।

प्रधानमन्त्री तथा महिला बालबालिका तथा समाज कल्याण मन्त्री एवं पशुपक्षी विकास मन्त्री पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट कानुन, न्याय तथा संसदीय मामीला मन्त्री अजयशंकर नायकले दुवै बिधेयक माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नु भएको थियो ।

विधेयक माथिको छलफमा संसदहरुले शारीरिक रुपमा मात्रै नभई मानसिक रुपमा अपाङ्गता भएका व्यक्तिहरुलाई समेत समेट्ने गरी विधेयक आउनु पर्ने, अपाङ्गता भएका व्यक्तिको अधिकार शुनिश्चित गरिनु पर्ने विषय उठाउनु भएको थियो ।

संसदहरुले पशु चिकित्सा विधेयक पशुहरुको व्याख्या र स्वाथ्यवारे स्पष्ट रुपमा आउनु पर्छ, विना परिक्षण खसी बोका भारतबाट विना परिक्षण भित्रने गरेकाले सिमानामा नै परिक्षण गर्ने व्यवस्था विधेयकमा नै गर्नु पर्ने बताउनु भयो ।

विधेयकहरु माथिको शैद्धान्तिक छलफलमा उठेका विषयहरुको जवाफ दिदै कानुन मन्त्री अजय शंकर नायकले अन्तराष्ट्रिय क्षेत्रमा गरेका प्रतिवद्धता पुरा गर्न र अपंगता भएका व्यक्तिलाई राजनीतिक, सामाजिक, आर्थिक अधिकार शुनिश्तिच गर्न र उनीहरुलाई सम्मानजन बाच्ने अधिकार शुनिश्चित गर्न याविधेयक लइएको बताउनु भयो ।

कानुन मन्त्री नायकले छलफलमा उठेका विषयहरु समेटेर सवैले अधिकार प्राप्त गर्ने गरी समृद्ध विधेयक निमार्ण गरिने बताउनु भयो ।
बैठकले संचाई मन्त्री दिपक गिरीले प्रस्तुत गर्नु भएको भुमिगत जलस्रोत विधेयक २०७२, र सिंचाई विधेयक २०७२ लाई दफावार छलफलका लागि सम्बनधीत समितिमा पठाएको छ ।

बैठकमा परराष्ट्र मन्त्री डा.प्रकाशशरण महतले जीवाणुजन्य (जैविक) तथा विषक्त हतियारको विकास, उत्पादन र भण्ठडारमा प्रतिवन्ध लगाउने तथा तिनलाई नष्ट गर्ने सम्बन्धि महासन्धी सदनमा प्रस्तुत गर्नु भयो ।
व्यवस्थापिका संसदको अर्को बैठक भोली दिउसो तीन वजे वस्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web