अन्तराष्ट्रिय भेट्रान्स फुटबलमा चितवनको विजय सुरुवात

कार्तिक २, २०७३ मा प्रकाशित | 660 views

२ कार्तिक, मकवानपुर ।
रोटरी क्लव अफ मकवानपुरको आयोजनामा हेटौंडामा सुरु भएको ४० बर्ष भन्दा बढी उमेर समूहको अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा साबिक विजेता ध्रुवतारा भेट्रान्स चितवनले विजययात्रा सुरु गरेको छ ।

मङ्गलबार बिहान भएको उद्घाटन खेलमा गत बर्षको उपविजेता सानोगौचरण नाइट्स किङलाई २–० गोल अन्तरले हराउँदै चितवन विजयी भएको हो ।

चितवनलाई जित दिलाउने क्रममा पाँचौ मिनेटमा रबिन्द्र श्रेष्ठले पहिलो गोल गरेका हुन् भने १९ औं मिनेटमा यमबहादुर गुरुङले अग्रता दोब्बर पारेका थिए । प्रतियोगिताको म्यान अफ दी म्याच चितवनका पहिलो गोलकर्ता रबिन्द्र श्रेष्ठ घोषित भए ।

मङ्गलबारै बिहान हुने भनिएको भेट्रान ११ भारत र वीरगञ्ज युनाइटेड बीचको खेलमा भारत अनुपस्थित भएपछि वीरगञ्जले ‘वाक ओभर’ पाएको छ । दिउँसो भेट्रान्स ११ बङ्गलादेश र मदन भण्डारी स्पोर्टस् एकेडेमीको बीचमा खेल हुनेछ ।

मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक (डिआइजी) पशुपति उपाध्यायले प्रतियोगिताको उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि उपाध्यायले शारीरिक र मानसिक तन्दुरुस्तीको लागि खेलकुदले मद्दत पु¥याउने धारणा राखे ।

रोटरी क्लव अफ मकवापनपुरका अध्यक्ष ज्योतिरत्न बज्राचार्यको अध्यक्षता एवम् कार्यक्रम संयोजक शरद् कर्माचार्यको संयोजकत्वमा भएको प्रतियोगिताको उद्घाटनमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, रोटरीका बर्ष सन् २०१७/१८ का लागि निर्वाचित अध्यक्ष पुरणबहादुर जोशीलगातले पुराना खेलाडिबीचको खेलले नयाँलाई उर्जा र पुरानालाई सम्मान मिल्ने बताए ।

६ गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगितामा ११ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ४० हजार रुपियाँ र उपविजेताले नगद २० हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web