२ कार्तिक, काठमाडौं ।
कथित मधेशी कोटामा संसद बन्दै देश बिरुद्ध गद्दारी गरिरहेको भनिएका अमेरश कुमार सिंह र पछिल्लो समय देखीएका बिलेन्द्र निधि मात्र हैन एकपछि अर्को गर्दै काँग्रेसको झण्डाभित्र राजनीति गरिरहेका भारत परस्त नेताहरुले मुखुण्डो उतार्न थालेका छन् ।

यसै क्रममा देशनै टुक्राउन धम्की दिएका छन् आफैंले देश सम्हाल्ने सत्ता पाएका एक काँग्रेस सांसद फरमुल्लाह मन्सुरले ।

व्यवस्थापिका संसदको मंगलवारको बैठकमा विशेष समय लिएर बोल्दै उनले ‘पाकिस्तानमा सत्तरीको दशकमा यसैगरी पूर्वी पाकिस्तानका मुस्लिमले आफ्नो शासन आफैं चलाउने अधिकार माग्दा राज्यले नदिएपछि पूर्वी पाकिस्तान फुटेर बंगलादेश बनेको स्मरण गराउन चाहान्छु ।’ भन्दै देश टुक्राउने राष्टघाति अभिव्यक्ति दिएका हुन् ।

सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्सुरले संविधान संशोधन गरेर मधेसी, मुस्लिम र थारुका माग सम्बोधन नभए नेपालको हालत पाकिस्तानबाट बंगलादेश टुक्रिए जस्तै हुने चेतावनी दिएपनि उनले के माग संविधान संशोधनमा समेट्नुपर्ने केही बताएनन् ।

संविधान संशोधन नभई कुनै पनि तहको निर्वाचन हुन नसक्ने दाबी गरेका मन्सुरले आफूहरुले असहमति राखेर संविधानसभामा मतदान गरेको दाबी समेत गरे ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले ९० प्रतिशतले जारी गरेको संविधान १० प्रतिशतले मान्दिन भन्दैमा बिना औचित्य संशोधन हुँदैन भनेकोमा उनले यसो भनिएमा देश टुक्रिन सक्ने भन्दै धम्की दिएका हुन् ।

जुन भाँडामा खायो त्यहिँ फोहोर गर्ने भनेजस्तै आफैं सत्ता सम्हाल्ने र आफैं देश द्रोही अभिब्यक्ति दिएका यि काँग्रेस सांसदले ‘९० प्रतिशतले संविधान जारी गरेको भन्नेहरुलाई म स्मरण गराउन चाहान्छु कि, हामीले त्यसबेला रिजर्भेशन राखेर मतदान गरेका हौं, तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले रोष्टममा उभिएर मधेसी, थारु र मुस्लिमको माग बमोजिम संसदको पहिलो बैठकले संविधान संशोधन गर्छ भन्नुभएपछि हामी मानेका थियौं । भने । स्मरणीय छ संविधानको संशोधन यसअघि पहिलो पटक मधेशी मोर्चाले भनेको माग समेटेर भइसकेको छ ।

सिमांकन पुनरावलोकनको माग राख्दा राष्ट्रियताको कुरा उठाइएको भन्दै मन्सुरले अब काठमाडौंबाट मधेस शासित नहुने समेत बताए ।
पछिल्लो पटक मधेशी मोर्चाले कथित मधेश आन्दोलनका नाममा भारतले गरेको नाकाबन्दीका समयमा कहिँ नउठेको भारतीय नागरिकता त्यागेर नेपाली नागरिकता लिएकालाई राष्टप्रमुख बनाउनुपर्ने जस्ता माग अहिले उठ्न थालेका छन् ।

17.12¡ÆC