१ कार्तिक, काठमाडौं ।
विश्व स्वास्थ्य सङ्गठन 'डब्ल्युएचओ' को भावी महानिर्देशकका लागि फ्रान्सले आफ्ना नागरिक प्रा डा फिलिप डुस्ट ब्लाजीलाई समर्थन गर्न नेपाल सरकारसँग आग्रह गरेको छ ।

संयुक्त राष्ट्र सङ्घका उपमहासचिव एवम् महासचिव बान की–मुनका ‘विकासका लागि वित्तीय नवप्रवर्तनसम्बन्धी विशेष सल्लाहकार’ प्रा ब्लाजीलाई समर्थन गर्न फ्रान्सले नेपाललाई औपचारिक रुपमा आग्रह गरेको हो ।

महानिर्देशकका निम्ति समर्थन जुटाउन नेपालको औपचारिक भ्रमणमा रहनुभएका प्रा ब्लाजीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कम र मध्यम आय भएका मुलुकमा आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्न डब्ल्युएचओलाई प्रभावकारी तुल्याउन अपरिहार्य भएको बताउँदै त्यसका लागि आफूले दृढताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विश्वको ९० प्रतिशत जनसङ्ख्या अर्बुद, मधुमेहजस्ता नसर्ने रोगबाट प्रभावित भएका र उक्त रोगको स्थिति कम र मध्यम आय भएका देशमा भयावह बनिरहेकाले त्यसविरुद्ध लड्न र अन्तर्राष्ट्रिय समुदायको साथ एवम् समर्थन जुटाउन आफूलाई फ्रान्स सरकारले उम्मेदवार बनाएको उहाँले स्पष्ट गर्नुभयो ।

डुङ्गा दुर्घटनाका मृतकलाई एक लाख राहत

१ कार्तिक, काठमाडौं ।
इलामको दानाबारी र महमाईबीचको माईखोलाको चन्डालघाटमा शुक्रबार भएको डुङ्गा दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक/एक लाखका दरले राहत उपलब्ध गराइने भएको छ ।

जिल्लास्तरीय दैवीप्रकोप उद्धार समितिले प्रतिमृतक रु एक लाखका दरले काजकिरिया खर्च र राहत उपलब्ध गराउने भएको हो ।

समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बसेको बैठकले भविष्यमा यस्ता दुर्घटना हुन नदिन जिविसको समन्वयमा स्थानीय गाविसले डुङ्गा सञ्चालनसम्बन्धी स्पष्ट मापदण्ड तयार गरी अनिवार्य रूपमा लागू गर्न निर्देशन दिने पनि निर्णय गरेको छ ।

चन्डालघाटमा निर्माणाधीन रहेका छुट्टाछुट्टै झोलुङ्गे पुल र पक्की पुल यथाशीघ्र चाँडो निर्माणका लागि पहल गर्ने पनि निर्णय गरेको छ ।

नेपालको विकास प्रयासमा राष्ट्र सङ्घबाट प्राप्त सहयोगको सराहना

१ कार्तिक, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त राष्ट्र सङ्घका उपमहासचिव एवम् राष्ट्रसङ्घका महासचिव बान की–मुनका विशेष सल्लाहकार’ प्रा डा फिलिप डुस्ट ब्लाजीले आज अपराह्न राष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गर्नुभयो ।

त्यस अवसरमा उहाँहरूबीच नेपाल र राष्ट्र सङ्घबीचको सम्बन्धका साथै नेपालको सामाजिक–आर्थिक विकासमा राष्ट्र सङ्घले निर्वाह गरेको भूमिकाबारे विचारविमर्श भएको यहाँस्थित फ्रान्सेली राजदूतावासले जनाएको छ ।

राष्ट्रपति भण्डारीले विश्व शान्ति स्थापना तथा नेपालको विकास प्रयासमा राष्ट्र सङ्घबाट निरन्तर प्राप्त सहयोगको सराहना गर्नुभयो ।

प्रधानमन्त्री भन्छन्-‘भारत र चीनका राष्ट्रपतीसँग एकै साथ छलफल गर्न पाउनु दुर्लभ’

१ कार्तिक, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ब्रिक्स–विमेष्टेक आउटरिच सम्मेलन विकसित र अल्प विकसित मुलुकहरुकाबिच साझ हित र समृद्धि प्राप्तिका विषयमा साझेदारीको क्षेत्र पहिल्याउने विषयमा महत्वपूर्ण रहेको बताउनु भएको छ ।

भारतको गोहामा सम्पन्न भएको व्रिक्स–विमेष्टेक आउटरिच सम्मेलनमा सहभागी भएर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले सम्मेलनमा आफुले ब्रिक्स समुहका विकासशिल मुलुकहरुले आर्थिक सामाजिक, विज्ञान प्रविधि लगायतका विषयमा गरेको प्रगतीबाट विमेस्टेक समुहका विकासशिल र अल्पविकसित मुलुकले लाभ लिनसक्ने वातावरण सिर्जना गरिनु पर्नेमा जोड दिएको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले सम्मेलनका क्रममा भारत, चीन, श्रीलंका, भुटानका राष्ट्र प्रमुखहरुसँग छुट्टाछुट्टै छलफल भएको र त्यसक्रममा द्वीपक्षीय हित, सम्बन्ध, हवाई र सांकृतिक सम्वन्ध लगायतका विषयमा छलफल भएको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले सम्मेलनका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपती सि जिङ पिङसँग संयुक्त रुपमा अनौपचारिक कुराकानी गर्ने अवसर जुटेको र त्यसमा त्रिदेशीय साझेदारी र नेपालले लिन सक्ने लाभका विषयमा छलफल गर्ने अवसर आफुले पाएको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले भारतका प्रधानमन्त्री र चीनका राष्ट्रपतीसँग एकै साथ छलफल गर्न पाउनु नेपालका लागि एउटा दुर्लभ र सुखद संयोग भएको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले सम्मेलनका समयमा भेट भएका सार्कका सदस्य राष्ट्रहरुसँग छिटो भन्दा छिटो सार्क शिखर सम्मेलन गर्ने वातावरण बनाउने विषयमा कुराकानी भएको पनि बताउनु भयो ।

ब्रिक्स–बिमेष्टेक आउटरिच शिखर सम्मेलनमा व्रिक्स र विमेस्टेकका गरी एघार राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुख सहभागी हुनु हुन्थ्यो ।

सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री दाहालको नेतृत्वमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्र सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषदका सचिव लगायतका अधिकारीहरुको सहभागिता रहेको थियो ।

अख्तियारलाई अर्को झड्का-‘जलविद्युत कम्पनीहरुको लाइसेन्स रद्द गर्ने आदेश बदर’

काठमाडौं,कात्तिक १ । भ्रष्टाचार निवारण गर्ने संस्था अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अर्को झड्का लागेको छ । सर्वोच्च अदालतले जलविद्युत कम्पनीहरुको लाइसेन्स रद्द गर्न निर्देशन दिने अख्तियारको आदेशलाई संविधान विपरित ठहर्याएपछि अख्तियारलाई झड्का लागेको हो । सर्वोच्चको फैसलाले मोल्निया पावर, एपोलो, कालिका, वेलकम र ज्यामालम्बा इनर्जीको लाईसेन्स रद्द गर्ने उर्जाको निर्णय खारेज भएको हो । सर्वोच्च अदालतले ५ वटा जलविद्युत कम्पनीको लाइसेन्स रद्द गर्ने उर्जा मन्त्रालयको निर्णय बदर गरिदिएको छ ।

न्यायाधिशहरु शारदाप्रसाद घिमिरे र इश्वरप्रसाद खतिवडाको संयुक्त इजलाशले रिट जारी गर्दै लाइसेन्स रद्द गर्ने निर्णय खारेज हुने फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७१ साल पुस १३ गते १३ कम्पनीको लाईसेन्स रद्द गर्न उर्जा मन्त्रालयलाई निर्देशन दिएको थियो । निर्देशन अनुसार उर्जाले पुस ३० गते लाईसेन्स रद्द गरेको हो ।

त्यसविरुद्धको उजुरी सुनुवाईका क्रममा संसदिय समितिले ३ वटाको रद्द गर्ने निर्णय खारेज गरेको थियो । ५ वटा कम्पनी भने निर्णयप्रति भने समिति मौन थियो ।

Department of drug administration directed to inspect drug stores pharmacies

Department of Drug Administration under the Ministry of Health and Population will soon carry out field inspections of drug stores and pharmacies in major four cities – Kathmandu, Pokhara, Nepalgunj and Biratnagar – in the first phase.

The Department will update the number of the clinics, pharmacies and drug stores as it does not have accurate data on it.

The date of manufacture and expiry, the price and way and place of storage among others will be scrutinised during the inspection.

It is believed that a large number of clinics might be running without registration.

Informal trilateral meet a pleasant coincidence :PM

Prime Minister Pushpa Kamal Dahal has said his informal meet together with the Chinese President and the Indian Prime Minister in course of the BRICS-BIMSTEC Outreach Summit was a pleasant coincidence.

During a press briefing at Tribhuvan International Airport following his return from India after participating in the outreach summit, Prime Minister Dahal said the informal meeting with Chinese President Xi Jinping and Indian Prime Minister Narendra Modi took pace in the waiting room. He further said it was a mere coincidence.

PM Dahal said it was a chance to reiterate the trilateral cooperation, reminding that Nepal is a small country sandwiched by the big ones. Both of them took it positively," he said, adding that they were positive on his sharing that the important touristy issues relating to Buddha, Janaki and Pashupati have bound the three countries for long, similar connections are created by science and technology.

According to PM Dahal, during the meeting with Chinese President Xi, issues of friendly relations based on the panchasheel, bilateral interests and implementation of past agreements were discussed. He further said President Xi showed interest in visiting Nepal soon.

The Prime Minister also reminded that during his meeting with the Indian PM Modi, discussion was held on the imminent visit of the Indian President to Nepal, timely completion of the projects run with bilateral cooperation, and the implementation of the agreements made during his visit to India as formation of a joint monitoring mechanism to inspect and evaluate the projects funded by Indian assistance.

Meanwhile, he shared that intensive discussion was held for the common interests and progress of the BRICS and BIMSTEC member states.

Buddhist scholar Bajracharya passes away

Buddhist scholar Pandit Badri Ratna Bajracharya passed away on Sunday at the age of 84.

His last rites were performed at Shovabhagawati-based Karnadweep today.

Pandit Bajracharya was a renowned Buddhist scholar from Kathmandu.

He was an acclaimed orator of religious stories and scriptures and an expert on Buddhism.

He has authored various books related to Buddhism and philosophy. He is survived by three sons and four daughters.

Govt not serious for local body elections :Bijukchhe

Nepal Workers and Peasants Party chair Narayan Man Bijukchhe has said the government isn't serious to hold the elections in the stipulated time.

Speaking at a face to face interaction organized by the Rafat Sanchar Club in Bhaktapur today, leader Bijukchhe cast doubts over the timely elections as per the constitutional provision.

He even shared that the Election Commission itself is saying that the government isn't cooperating to fix the dates for the elections.

He further claimed that the sovereignty of the nation might be at risk if unnecessary demands of Tarai-centric parties were fulfilled through constitution amendment.

Farmers protest free import of bananas from India

Banana farmers of Kanchanpur and Kailali districts today staged demonstrations in front of the main entrance to the Gaddachauki Customs Office, Kanchanpur, to protest free import of bananas from India.

They argued bananas being imported from India without going through lab tests contain high pesticide residue and are inedible.

Bananas being supplied into the district from India contain pesticide residues higher than the set standard, they said.

Sadao watanbe jazz concert to mark 6oth anniversary on Nepal-Japan Ties

The Japanese Embassy is organising a concert to mark the 60th anniversary of the establishment of the diplomatic relations between Nepal and Japan.

The Embassy is going to organise concert 'Sadao Watanabe Jazz Concert' on October 22 and 23 at the Tribhuvan Army Officers' Club, Kathmandu, with an objective of promoting Japan and its traditional as well as contemporary cultures in Nepal.

53 Dengue patients found in six in Chitwan

A total of 178 people have been found infected with dengue in two months' period from mid-August in Chitwan district.

According to Vector Control Supervisor at the District Public Health Office, Chitwan, Ram KC, 178 people were infected with dengue till October 8 from mid-August while 53 more dengue patients were found in the gap of six days till October 10.

15.47¡ÆC