डुङ्गा दुर्घटनाका मृतकलाई एक लाख राहत

कार्तिक १, २०७३ मा प्रकाशित | 753 views

Default News Image

१ कार्तिक, काठमाडौं ।
इलामको दानाबारी र महमाईबीचको माईखोलाको चन्डालघाटमा शुक्रबार भएको डुङ्गा दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक/एक लाखका दरले राहत उपलब्ध गराइने भएको
छ ।

जिल्लास्तरीय दैवीप्रकोप उद्धार समितिले प्रतिमृतक रु एक लाखका दरले काजकिरिया खर्च र राहत उपलब्ध गराउने भएको हो ।

समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बसेको बैठकले भविष्यमा यस्ता दुर्घटना हुन नदिन जिविसको समन्वयमा स्थानीय गाविसले डुङ्गा सञ्चालनसम्बन्धी स्पष्ट मापदण्ड तयार गरी अनिवार्य रूपमा लागू गर्न निर्देशन दिने पनि निर्णय गरेको छ ।

चन्डालघाटमा निर्माणाधीन रहेका छुट्टाछुट्टै झोलुङ्गे पुल र पक्की पुल यथाशीघ्र चाँडो निर्माणका लागि पहल गर्ने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web