काठमाडौं,कात्तिक १ । गोवामा भएको ब्रिक्स–बिमिस्टेक सम्मेलनमा भाग लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल फर्किएका छन् । स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग सम्बोधन गर्नु भएको छ ।

संचारकर्मीमाझ प्रधानमन्त्री दाहालले सम्मेलनमा ब्रिक्स समूहका उदियमान आर्थिक शक्तिहरू तथा विमिस्टेक समूहका विकासशिल एवं अल्पविकसित मुलुकहरूबिच साझा हित र समृद्धिका प्राप्तिका दिशामा के कस्तो साझेदारी गर्न सकिन्छ भन्ने बिषयमा शिर्ष नेतृत्व तहमा घनिभूत एवं खुलस्त छलफल भएको सुनाए ।

आउटरिच शिखर सम्मेलनको मूल विषय अवसरहरूको साझेदारी रहेको थियो, दाहालले भने, ‘विमिस्टेक समूहको वर्तमान अध्यक्षको हैसियतले आउटरिच शिखर सम्मेलनमा नेपालको सहभागिता महत्वपूर्ण रह्यो ।’

उपस्थित सञ्चारकर्मी साथीहरू,

मित्रराष्ट्र भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीले आठौँ ब्रिक्स शिखर सम्मेलनको अवसर पारेर यही असोज ३० मा आयोजना गर्नुभएको ब्रिक्स-बिमस्टेक आउटरिच सम्मेलनुमा सहभागी भई आज स्वदेश फर्केको छु।

मेरो प्रतिनिधिमण्डलमा माननीय परराष्ट्रमन्त्री डा. प्रकाश शरण महत, परराष्ट्र सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लगायतका अधिकारीहरू सहभागी रहनुभएको यहाँहरूलाई जानकारी नै छ। प्रतिनिधिमण्डलमा सहभागी सञ्चारकर्मी मित्रहरुबाट नियमित समाचार सम्प्रेषण भइरहेकै हुँदा यहाँहरु गोवामा भएका कार्यक्रमहरु तथा द्विपक्षीय भेटघाटका बारे सुसूचित नै हुनुहुन्छ।

तिब्र आर्थिक विकासका कारण विश्व मञ्चमा उदियमान शक्तिका रूपमा परिचित पाँच मुलुकहरूको समूह ब्रिक्सको बार्षिक शिखर सम्मेलनका समयमा आतिथ्य मुलुक संलग्न क्षेत्रीय समूहसंग सम्वाद गरी साझा हित र साझेदारीका क्षेत्र पहिल्याउने अभ्यास केही बर्षयता प्रचलनमा रहेको छ। सोही अभ्यासको निरन्तरताको रूपमा भारतमा यसबर्ष ब्रिक्स र बिमस्टेक समूहका एघार मुलुकका राष्ट्र प्रमूखरसरकार प्रमूख सम्मिलित आउटरिच शिखर सम्मेलनको आयोजना भएको हो।

सम्मेलनमा ब्रिक्स समूहका उदियमान आर्थिक शक्तिहरू तथा बिमस्टेक समूहका विकासशिल एवं अल्पविकसित मुलुकहरूबिच साझा हित र समृद्धिका प्राप्तिका दिशामा के कस्तो साझेदारी गर्न सकिन्छ भन्ने बिषयमा शिर्ष नेतृत्व तहमा घनिभूत एवं खुलस्त छलफल भयो। आउटरिच शिखर सम्मेलनुको मूल बिषय अवसरहरूको साझेदारी रहेको थियो। बिमस्टेक समूहको वर्तमान अध्यक्षको हैसियतले आउटरिच शिखर सम्मेलनमा नेपालको सहभागिता महत्वपूर्ण रह्यो।

आउटरिच शिखर सम्मेलनलाई सम्बोधन गर्ने क्रममा मैले ब्रिक्स समूहका विकासशील मुलुकहरुले आर्थिक, सामाजिक, गरिबि निवारण, विज्ञान तथा प्रविधि लगायत अन्य विविध क्षेत्रमा हासिल गरेको उच्च प्रगतिबाट बिमस्टेक समूहका विकासशील एवं अल्पविकसित मुलुकहरूले लाभ लिने वातावरण श्रृजना गरिनुपर्ने कुरामा जोड दिएँ। पछिल्ला बर्षहरूमा ब्रिक्स मुलुकहरू वैदेशिक लगानी भित्र्याउने प्रतिस्पर्धामा मात्र अगाडि नभई विश्वका अन्य मुलुकले प्राप्त गर्ने वाह्य लगानीको महत्वपुर्ण श्रोतका रूपमा देखा परेको परिप्रेक्ष्यमा विमस्टेक क्षेत्रमा हुने बढी भन्दा बढी लगानी ब्रिक्स बिमस्टेक साझेदारीको महत्वपुर्ण पाटो हुनुपर्ने बिषय मैले उठाएँ। यसै सन्दर्भमा गत बर्ष संचालनमा आएको ब्रिक्सको ‘नयाँ विकास बैंक’मार्फत बिमस्टेक क्षेत्रमा पूर्वाधार विकास एवं दिगो विकासका लक्ष्य प्राप्तिसंग सम्बन्धित प्राथमिकताका क्षेत्रमा लगानीको श्रोत परिचालन हुनुपर्ने बिषय मैले उठाएँ।

ब्रिक्स मुलुकहरूले द्रूत आर्थिक प्रगति हासिल गर्नका लागि अवलम्वन गरेका उपायहरू विकासशील मूलुकको सन्दर्भमा सफल प्रमाणित भइसकेको सन्दर्भमा त्यस्ता उपायहरूको प्रयोग बिमस्टेक लगायत अन्य विकासशील मुलुकहरूका लागि लाभदायक हुने विचार राख्दै मैले दुई समूहबिच मानव विकास, कृषि प्रविधि तथा आधुनिकिकरण, उर्जा उत्पादन तथा प्रयोग, विश्व शान्ति तथा स्थिरता जस्ता बिषयहरूमा साझेदारी विकास गर्न सकिने कुरा प्रष्ट पारेँ।

ब्रिक्स-बिमस्टेक आउटरिच सम्मेलनअघी भारतीय प्रधानमन्त्रीले बिमस्टेक राष्ट्र र सरकार प्रमूख सम्मिलित रिट्रिट बैठकको आयोजना गर्नुभयो। दुई गतिशील क्षेत्र दक्षिण एशिया तथा दक्षिण पूर्व एशिया जोड्ने क्षेत्रीय सहयोग संयन्त्रको रूपमा स्थापित बिमस्टेकभित्र क्षेत्रीय सहयोग कसरी थप सघन बनाउने भन्ने बारे गोवामा सदस्य मुलुकका शिर्ष नेतृत्वबिच उपयोगी छलफल भयो। बिमस्टेक रिट्रिट बैठकको अन्त्यमा बिमस्टेकका प्राथमिकताका बिषयहरू समेटिएको एक घोषणापत्र (Outcome document) जारी भयो। सो दस्ताबेज तपाईँहरुको हातमा परिसकेको छ भन्ने विश्वास लिएको छु। घोषणापत्र परराष्ट्र मन्त्रालयको वेवसाइटमा पनि उपलब्ध छ।

रिट्रिट बैठकलाई सम्बोधन गर्दै मैले क्षेत्रीय कनेक्टिभिटि, उर्जा विकास, व्यापार तथा पारवहन, सांस्कृतिक क्षेत्रमा सहयोग एवं जनस्तरको सम्बन्धको वृद्धि जस्ता बिषयमा जोड दिएँ। आगामी बर्ष बिमस्टेक स्थापनाको २०औं बर्षगाँठ पारेर हामीले बिमस्टेक शिखर सम्मेलन नेपालमा आयोजना गर्न चाहेको बारे सदस्य मुलुकहरूलाई जानकारी गराएँ।

दुई बहुपक्षीय कार्यक्रमका अतिरिक्त शिखर सम्मेलनका समयमा भारतका महामहिम प्रधानमन्त्री, चीनका महामहिम राष्ट्रपति, श्रीलंकाका महामहिम राष्ट्रपति एवम् भुटानका महामहिम प्रधानमन्त्रीसंग द्विपक्षीय भेटघाट तथा कुराकानी गर्ने अवसर प्राप्त भयो।

भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीसंगको कुराकानीमा हामीले द्विपक्षीय सहयोगमा सञ्चालित परियोजनाहरूलाई समयबद्ध रूपमा सम्पन्न गर्नमा ध्यान दिनुपर्ने बिषयलाई जोड दियौँ। भारतका महामहिम राष्ट्रपतिले निकट भविष्यमा गर्नुहुने नेपाल भ्रमणको कार्यक्रमका बारे छलफल गर्यौँ। साथै दुईपक्षीय सहयोगमा सञ्चालित परियोजनाहरुको प्रगति अनुगमन गर्न गत महिना भएको मेरो भारत भ्रमणको समयमा सहमति भएअनुसार दुवै सरकारका प्रतिनिधि रहने संयन्त्र गठनको कार्य चाँडै टुंग्याउने बारे समेत कुराकानीभयो।नेपाल भारत सम्बन्धका विविध विषयमा छिट्टै आयोजना हुन गईरहेको नेपाल भारत संयुक्त आयोगको चौथो बैठकमा विस्तृत समिक्षा हुने भएको छ।

चीनका राष्ट्रपति महामहिम सी जिनपीङसंगको भेटमा हामीले पञ्चशीलको सिद्दान्तमा आधारित मित्रवत् सम्बन्धको बारेमा चर्चा गर्यौँ। दुईदेशीय सहयोगात्मक सम्बन्धलाई थप गहन बनाउने दिशामा हामीले विगतमा भएका समझदारी र सम्झौताको पूर्ण कार्यान्वयन गर्नुपर्ने बिषयमा जोड दियौँ। दुईदेशीय सम्बन्धलाई थप सुदृढ बनाउने उच्चस्तरीय भ्रमणको महत्वमा जोड दिँदै चिनिया राष्ट्रपतिलाई नेपालको भ्रमण गर्न मैले पुनः अनुरोध गरेँ। उहाँले आफू नेपाल भ्रमण गर्न इच्छुक रहेको बताउँदै यथाशिघ्र भ्रमणमा आउने जानकारी दिनुभयो।

श्रीलंकाका राष्ट्रपति महामहिम मैथ्रिपाला सिरिसेनासँगको कुराकानीमा हामीले दुवै देशकाबिच बिषेशगरि सांस्कृतिक सम्बन्ध एवं हवाई सम्पर्क बढाउनुपर्नेमा जोड दियौँ। साथै क्षेत्रीय सहयोगको प्रबर्द्धन र आपसी हितका विषयमा वहाँसँग मैत्रिपूर्ण वातावरणमा कुराकानी भयो।

भुटानका प्रधानमन्त्री महामहिम छेरिन तोब्गेसंगको भेटमा हामीले हिमालयको काखमा रहेका दुई मूलुकबिच साझा चासोका विविध क्षेत्रमा आपसि सहयोग वृद्धि गर्ने सम्बन्धमा कुराकानि गर्यौँ। साथै नेपालमा रहेका भुटानी शरणार्थी समस्या शिघ्र समाधान गर्नु पर्ने विषयमा पनि भुटानी प्रधानमन्त्रीसँग कुराकानी भयो।

औपचारिक कार्यक्रमका अतिरिक्त सम्मेलनका समयमा ब्रिक्स एवं बिमस्टेक सदस्य मुलुकका राष्ट्ररसरकार प्रमूखहरुसंग अनौपचारिक भेटघाट गर्ने र सम्बन्ध पुनर्ताजगी गर्ने अवसर हामीलाई प्राप्त भयो।

चीनका राष्ट्रपतिसँगको औपचारिक भेटवार्तापछी होटेल फर्कने क्रममा प्राविधिक कारणले केही समय प्रतिक्षा कक्षमा रहँदा चीनका राष्ट्रपतिसँग कुराकानी गर्ने अवसर प्राप्त भयो। केही समय पछी भारतका प्रधानमन्त्री पनि सोही कक्षमा प्रवेश गर्नुभयो। यसलाई एउटा सुखद संयोग मान्नुतपर्छ कि मैले उक्त अवसरमा हाम्रा छिमेकी मित्रराष्ट्रहरुका उच्च राजनीतिक नेतृत्वसँग त्रिदेशीय हितका पक्षमा मिलेर काम गर्ने सम्बन्धमा आफ्ना बिचारहरु राख्ने मौका पाएँ र वहाँहरुले पनि यसलाई सकारात्मक रुपमा लिनुभयो। यो सकारात्मक पक्ष हो र यसलाई हामीले त्यही अर्थमा बुझ्नुपर्छ। यो कुनै पूर्व निर्धारित कार्यक्रम भने थिएन।

त्यसै गरी, गोवामा रहँदा दक्षिण अफ्रिकाका राष्ट्रपति महामहिम श्री ज्याकोब जुमासँग भेट भई द्विपक्षीय सम्बन्ध र शान्ति प्रक्रियाको अनुभवका विषयमा कुराकानी भयो। नेपालमा आवासीय राजदूतावास खोल्ने विषयमा दक्षिण अफ्रिकाका राष्ट्रपतिले सकारात्मक रुपमा विचार गर्ने जानकारी दिनुभयो।

समग्रमा हाम्रो दुईदिने गोवा बसाई उपयोगी र सफल रहेको महशुस गरेको छु।

धन्यबाद।

१ कार्तिक, एजेन्सी ।
मित्रराष्ट चीनले मानवसहितको अन्तरीक्ष यान प्रक्षेपण गरेको छ ।

अन्तरिक्षमा मानव सहितको यान प्रक्षेपण गर्ने तेस्रो देश बन्दै चिनले शेनजु ९११ नामक यान अन्तरिक्षमा पठाएको छ । सो यानमा दुई जना अन्तरीक्ष यात्री रहेका छन् ।

यसअघि रुस र अमेरिकाले अन्तरिक्षमा मानव सहितको यान पठाएका थिए ।

चीनीयाँ समाचार संस्था हिन्ह्वाका अनुसार शेनजु९११ नामक अन्तरीक्ष यान सोमबार गोबी रेगिस्तानको किनारमा बनाइएको जियोचुयान स्याटलाइट केन्द्रबाट प्रक्षेपण गरिएको हो ।

यानमा ४९ वर्षीय जिंग हेपिङ र ३७ वर्षीय चेन डोंग सवार रहेको बताइएको छ । चीनको अन्तरिक्ष प्रक्षेपण केन्द्रका यी दुवै बैज्ञानिक एक महिनासम्म अन्तरीक्ष प्रयोगशाला थियानगोंग ९२ मा रहने बताएको छ ।

यो चिनियाँ अन्तरीक्ष यात्रीका लागि सबैभन्दा लामो अन्तरीक्ष यात्रा हो ।

चिनियाँ राष्ट्रपति शी जिनपिङले यसबाट अन्तरीक्षमा सम्भावनाहरुको खोजीमा देश धेरै अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘शेनजु९११ लन्च गरेपछि भविष्यमा अन्तरीक्षको खोजीमा अझै ठूलो कदम चाल्न देश सक्षम हुनेछ । यस अभियानबाट चीनलाई अन्तरीक्ष शक्ति बन्न थप बल प्राप्त भएको छ ।’

यसको उद्देश्य चन्द्रमा र मंगल ग्रहमा अन्तरीक्ष यात्री पठाउने सम्भावनाको खोजी गर्ने चिनियाँ बैज्ञानिकहरुले बताएका छन् ।

करिब तीन वर्ष अघि चीनका रोवर मिशन, जेड रेबिट रोबोट चन्द्रमामा पुग्न सफल भएका थिए । त्यसबाट उत्साहित बनेको चिनले अन्तरिक्ष खोजमा बर्षेनि अर्बौं डलर लगानी गर्दै आएको छ ।

१ कात्तिक, काठमाडौं ।
अष्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कले नेपाली क्रिकेटर सन्दिप लामिछानेको फेसबुक लाईभमा प्रशंसा गर्दै उनि आफ्नो युवा साथि भएको बताएका छन् ।

नेपालबाटै अष्ट्रेलिया बोलाएर सबै खर्चमा आफ्नो एकेडेमी वेष्टर्न सब अर्ब्सबाट सिड्नी प्रिमियर क्रिकेट खेलाइरहेका क्लार्कले सन्दिपलाई आफुले बढी भार दिन नचाहेको बताएका छन् ।

सन्दिपको आगमनपछि भएको खेलमा केही जित र केही हार भएपनि सन्दिपले धेरै सिकिरहेको र सिक्दै गरेको भन्दै उनले आफ्नो फेसबुक पेजलाईभबाट भोलि अर्थात् १६ तारिखका दिन आफ्नो पुस्तक बजारमा आउन लागेको समेत बताए ।

उनले फेसबुक लाईभ सुरु गरे लगत्तै नेपालबाट प्रश्न आएको र हेल्लो नेपाल भन्दै फेसबुक लाईभमा आएका प्रश्न र कमेन्टहरुको जवाफ दिन थालेका थिए ।

आफ्नो बायोग्राफी ‘माइकल क्लार्क’ विमोचनको अघिल्लो दिन सोमबार फेसबुक लाइभमा आएका उनले सन्दिपलाई समेत देखाएका थिए ।

१६ मिनेट बढीको लाईभमा अधिकाशं समय उनिमाथि नेपाली क्रिकेट प्रशंसकहरुले प्रश्न राखेका थिए ।

क्लार्कको फेसबुक पेजमा सन्दिपले नेपालीमै बोल्दै आफुले राम्रो गरिरहेको र क्लार्कको पुस्तक उनको जिवनबारेमा रहेको भन्दै पुस्तक किनेर पढिदिन अनुरोध गरेका थिए ।

क्लार्कले फेसबुक लाईभमै टी-२० क्रिकेट आफूलाई मन पर्ने भन्दै सन्दिपले पनि छिट्टै अन्तर्राष्ट्रिय टी-२० त्रिकेटमा देखिन सक्ने नेपाली क्रिकेट समर्थकलाई आशा जगाइदिएका छन् ।

क्लार्कको फेसबुक लाईभ हेर्न यहाँ क्लिक गर्नुहोस्

१ कार्तिक, काठमाडौं ।
भ्रष्टाचार निवारण गर्ने संस्था अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमूख रहेका बिवादीत प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई म्याद दिन सर्वोच्चले तेस्रो पटकमा पनि सकेन

सर्वोच्चले म्याद टाँस्न जाँदा सामसुङको कर्मचारी बताउने एक समुहले अवरोध गरेको छ भने वडा सचिव समेत अकस्मात गायव बनेर असहयोग गरेकी छिन् ।

कार्कीको घरमा म्याद टाँस्ने सर्बोच्च अदालतको प्रयास असफल भएको यो तेस्रो पटक हो ।

सामसुङको कर्मचारी बताउने केही युवाहरुले सर्बोच्चको तामेलदार नेतृत्वको टोलीलाई म्याद टाँस्न नदिएर आफुहरु भाडामा रहेको दाबी गर्दै फर्काएको हो ।

लोकमानसिंह कार्कीको नयाँ बानेश्वरस्थित घर उनिहरुले आफुहरुले भाडामा लिएको बताएका थिए । केहिबेरको बादविवादपछि सर्बोच्चको टोली म्याद समेत टाँस्ने हिम्मत नगरी फर्कीएको थियो ।

म्याद टाँस्नुअघि सर्बोच्चको टोली वडा कार्यालयमा पनि पुगेको थियो । रहोबरका लागि आउने बताएकी वडा सचिव सरिता राई एकाएक अन्तिम समयमा मात्र आउन नसक्ने भन्दै गायव बनेकी थिइन् ।

अख्तियार प्रमुखमा कार्कीको नियुक्तिसम्बन्धी मुद्धामा सुनुवाइका लागि अदालत आउन इन्कार गरेपछि सर्बोच्चले कार्कीको घरमा म्याद टाँस्ने प्रयास यसअघि दुईपटक असफल भइसक्दा समेत सर्वोच्चले सुचना टाँस्न सकेको छैन ।

सरकारी निवासमा बस्दै आएका कार्की दशैं अघि बिदा लिएर बिदेश गएकामा त्यसपछि बेखवर गुमनाम रहेका छन् । भ्रष्टाचार निवारण संस्थाको प्रमुख रहेका कार्की आफैं भ्रष्टाचारका दर्जनौं काण्डमा मुछिएका आलोचित व्यक्ति हुन् ।

कार्कीलाई अख्तियार प्रमुखमा हाल प्रधानमन्त्री रहेका पुष्पकमल दाहालको प्रस्तावमा नियुक्त गरिएको थियो भने काँग्रेस, एमाले सहितका दलका नेताहरुले स्विकृत गरेपछि तत्कालिन राष्टपति रामवरण यादवले रातारात शपथ खुवाएर नियुक्त गरेका थिए ।

स्मरणीय छ कार्कीलाई अख्यिार प्रमुखमा नियुक्त गर्न भारतका राष्टपतिले नै यादवलाई फोन गरेर दबाव दिएको समाचारहरु सार्वजनिक भइसकेका छन् ।
भारतीय आशिर्वाद र माओवादीको छत्रछायाँमा रहेका कार्कीले माओवादी लडाकु शिविरमा भएको अर्बौंको आर्थिक घोटाला छानविन गर्ने बताएपनि अहिलेसम्म कुनै काम गरेका छैनन् ।

१ कार्तिक, काठमाडौं ।
कार्तिक १ गतेदेखी छाउनीस्थित श्री महावीर गण (रेञ्जर) र अमेरिकी सेनाको स्पेशल अपरेशन ग्रुपबिच संयुक्त तालिम/अभ्यास टिक नेल १७ ०१ सञ्चालन भएको छ ।

तालिम विपद् व्यवस्थापन सम्बन्धी विविध विषयमा आधारित रही श्री महावीर गण (रेञ्जर) छाउनी, रसुवा जिल्लाको लाङटाङ्ग र कास्की जिल्लाको पोखरा ईलाकामा २०७३ कार्तिक २६ गतेसम्म सञ्चालन हुनेछ ।

संयुक्त तालिमको लागि मित्रराष्ट्र अमेरिकी सेनाको टोली मिति २०७३ असोज २७ गते आवश्यक तालिम सामाग्री सहित नेपाल आईपुगेका हुन् । यस प्रकारको संयुक्त तालिम÷अभ्यास नेपाली सेना र अमेरिकी सेना बिच विगतदेखि नै सञ्चालन हुँदै आईरहेको नेपाली सेनाले जनाएकोछ ।

यस किसिमको संयुक्त तालिम तथा अभ्यासबाट नेपाली सेना र अमेरिकी सेनाको विपद् व्यवस्थापन सम्बन्धी सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान गर्न सहयोग पुग्नुको साथै नेपाली सेनाको अन्य सैनिक सङ्गठनहरुसँग सहकार्य गरी विपद् व्यवस्थापन गर्ने क्षमतामा समेत अभिबृद्धि हुन जाने नेपाली सेनाले बताएको छ ।

यस किसिमको संयुक्त तालिम÷अभ्यासबाट दुई देश बिचको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ एवम् सौहार्द बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको जानकारी दिएको छ ।

A fresh earthquake struck in Drachula district at 6: 16 am today.

The earthquake measuring 4 on the Richter scale struck with epicenter located at an area across the border in India which lies 43 km north- west of Darchula headquarters.

Deputy Superintendent of Police, Kedar Khanal, of District Police Office, Darchula said they were yet to receive information on damages caused by the earthquake.

Three people died in two different road accidents in Chitwan district.

Two persons have been killed in a road accident at Kankai Municipality along the East-West Highway in Jhapa district this morning.

Police said, the accident took place when a bus heading to west from the east hit a motorbike coming from the opposite direction.
The deceased have been identified as 57 year old Til Bikram Thebe and Agni 60 year old Bhetwal, 60, of the same municipality-3.

According to police, Thebe and Bhetwal were travelling on the bike.
Police have arrested the bus driver and impounded the vehicle.
In another incident, a cyclist died after being hit by a truck at Anpataari in Bharatpur of Chitwan district last night.

District Police Office, Chitwan said, the deceased has been identified as Ram Kumar Nepali of Gorkha Prithvinarayan Municipality – 9 currently.

The truck heading towards Muglin from Narayangadh rammed the cycle which was crossing the road at 10: 30 pm. Nepali, who sustained serious injuries, died in course of treatment the same night at Chitwan Medical College.

According to police, the deceased is also a vehicle driver.
The truck driver involved in the accident has not come into contact with the police who have launched a search to find him.

Meanwhile, eleven people including driver sustained injures when a jeep fell 60 meters down the road at Basantapur VDC-3 in Tanahun district yesterday night.
Of the injured, seven are in critical condition. The critically injured are receiving treatment at Manipal and Pearl-in Hospital.

Prime Minster Pushpa Kamal Dahal is returning home today after attending BRICS-BIMSTEC Outreach Conference held in Goa, India.

The BRICS Summit has concluded on yesterday by issuing a 109-point Goa declaration.
The BRICS member states that various sectors of cooperation with BIMSTEC would be explored.

Similarly, peace, development, and prosperity would be further enhanced and joint efforts made on trade, commerce and investment among the member states.
Brazil, Russia, India, China and South Africa are the member states of BRICS.

The declaration has mentioned the outreach conference with BIMSTEC as an opportunity to reinvigorate the BRICS-BIMSTEC relations. The BIMSTEC has the members as India, Thailand, Myanmar, Sri Lanka, Bangladesh, Nepal and Bhutan.

The BRICS Summit also condemned all sorts of terrorism and the recent attack in India.
The BRICS-BIMSTEC outreach conference was held after the issuance of the BRICS declarations.

१ कार्तिक, चितवन ।
१२ औ विकास रनिङ शिल्ड फुटवल नकआउट प्रतियोगिता आजदेखि नारायणगढमा सुरु हुँदैछ । नारायणगढको क्याम्पाचौरमा हुने प्रतियोगिताको उद्घाटन शिक्षा मन्त्री धनीराम पौडेलले आज दिउँसो १ बजे गर्ने कार्यक्रम रहेको छ । यस्तै उद्घाटन खेल दिउँसो साँढे २ बजे चितवन ११ र कैलाली ११ बीच हुँर्दैछ ।

१६ वर्ष पछि हुन लागेको प्रतियोगितामा भारतका ४ सहित १५ वटा टिम सहभागि हुँदैछन् । युनाइेट क्लव सिवान, युनाइटेड खर्साङ फुटबल क्लव, एपेक्स फुटबल क्लव कालिमपोङ र सिक्किम ११ सहभागि हुदैछन् । यस्तै चितवन ११, हिमालयन युथ क्लब कैलाली, झापा ११, मोरङ फुटबल क्लब, सहारा क्लब, हिमालयन शेर्पा क्लब, संकटा क्लब, नेपाल प्रहरी बल, शसस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, मनाङ मस्र्याङदी क्लव सहभागि हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख रुपौयाँ, ट्रफी र मेडल पाउनेछन् । प्रत्येक दिनको म्यान अफ द म्याच हुने खेलाडीलाई १०÷१० हजार नगद पुरस्कार दिइनेछ । त्यस्तै फेयर प्ले अर्वाडको रुपमा ट्रफिसहित २५ हजार नगद प्रदान गरिनेछ भने म्यान अफ टुर्नामेन्टको रुपमा नगद २५ हजार र सर्वाधिक गोलकर्ताले १५ हजार नगद पुरस्कार पाउनेछन् ।

क्याम्पाचौर खेल मैदानलाई खेलाडी एवं दर्शक मैत्री बनाउन ३ हजार दर्शक अट्ने प्याराफिट समेत निमार्ण गरिएको छ । यस्तै प्रतियोगिता संञ्चालन गर्नको लागि ६७ लाख ४३ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको आर्थिक उपसमितिका संयोजक उत्तमलाल चुकेले जानाकारी दिनुभयो । उहाँले यो प्रतियोगिताबाट प्रतिभाशाली खेलाडीहरुको खोज गरी प्रशिक्षण दिँदै शिक्षाको अवसर दिलाइ फुटवल एकेडेमीको स्थापना गर्ने लक्ष्य रहेको बताउनुभयो ।

२०३१ साल बाट सुरु भएको यो प्रतियोगिता राजनिति, आर्थिक तथा सुरक्षाको कारण नियमित रुपमा गर्न नसकिएको विकास शिल्ड समिति नारायणगढका अध्यक्ष श्यामकुमार पियाले जानाकारी दिनुभयो । यो प्रतियोगिताले खेलकुदको मध्यमबाट उद्योग, व्यवसाय र आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग विका शिल्ड समितिका सचिव लक्ष्मिचरण श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगिताको मुख्य प्रायोजक टुर्वोक रहेको छ । आयोजकले छ वर्ष सम्म प्रतियोगिता सञ्चालन गर्नको लागि टुवोर्ग संग सम्झौता गरेको छ । खेल अवलोकन गर्नका लागि दर्शकल आज दिउँसो १२ बजे टिकट लिन सक्ने आयोजकले जनाएको छ ।

१ कार्तिक, चिवतन ।
शिक्षा मन्त्री धनिराम पौडेल यस बर्ष विद्यार्थीहरुले समयमा नै नयाँ पुस्तक पढ्न पाउने दावी गरेका छन् । गत बर्ष जस्तो यस बर्ष समस्या केहि छैन्–उनले भने मात्र किताब रगिंन बनाउने भन्दा अलि कति ढिलो भएको हो, पुस्तक समयमा नै पाउछन् ।
प्रेस सेन्टर नेपाल चितवन शाखाद्धारा भरतपुर विमानस्थलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पौडेलले किताब छाप्ने निर्णय केहि दिन हुने भन्दै निजि क्षेत्र र जनक शिक्षाले किताब दु्रत गतिमा छाप्ने उनले बताए । साथै सरकारको गठन विगठन, पुस्तक रगिंन र कोर्ष परिर्वतन गरी तीन कारणले गर्दा किताब छाप्न ढिलो भएको स्पष्ट समेत पारे ।

त्रिभुवन विश्व विद्यालय र कृषि तथा वन विद्यालयको विवाद कसरी मिलाउदै हुनुहुन्छ भन्ने प्रश्नमा मन्त्री पौडेलले कार्यदलले दिएको रिपोर्टपछि यसै महिना भित्र टुङ्गो लाग्ने बताए । साथै उनले शिक्षा विज्ञहरुले कृषि विश्व विद्यालयलाई नै दिने रामपुर क्याम्पसको सबै स्वामित्व दिने भन्ने सुझाव आएको कारण कृषि विद्यालयले नै पाउने जानकारी दिए । कार्तिक महिना भित्र स्थानिय निकायको सिमाङ्गकन निर्धारण गर्ने आयोगले प्रतिवेदन नबुझाए चैत चुनाव नहुने समेत मन्त्री पौडेलले बताए । स्थानिय निकायकोृ निर्वाचनका लागि संविधानको सशोधन आवश्यक नभएपनि प्रदेश निर्वाचनका लागि सशोधन आवश्यक भएको उनले बताए ।

तर सरकार निर्वाचन चैतमा गराउन द्रुत गति लागि रहेको छ–उनले भने, निर्वाचन आयोगलाई निर्देशनदेखि ऐन नियम बनाउन काम पनि जारी छ । साथै सरकारी विद्यालयमा नै सरकारी शिक्षकका बालबालिकाहरु पढाउन सरकारले मात्र प्रोसाहन गरेको तर बाध्यता व्यवस्था समेत नगरेको खुलासा गरे । मावन अधिकार र व्यक्तिगत स्वतन्त्राताका कारण सरकारले बाध्यता व्यवस्था नगरेको भन्दै शिक्षकहरुले हामी पनि सक्षम छौ भनि काम गरे यो अभियान राम्रो हुने उनको तर्क थियो ।

१ कार्तिक, झापा ।
यात्रुबहाक बसको ठक्करबाट आज झापाको कनकाई नगरपालिका – २ स्थित जुकेकल्भर्टमा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को १ ख ३५९६ नम्वरको वसले पूर्व जादैै गरेको मे ५ प ३८५३ नम्वरको मोटरसाइकललाई ठक्कर दिदा उनीहरुको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा कनकाई नगरपालिका – ३ निवासी ५७ वर्षीय तीलविक्रम थेवे र सोही ठाउँ निवासी ६० वर्षीय अग्नि भेटवाल रहेका छन् ।

थेवे र भेटवाल मोटरसाइकलमा सवार थिए । ठक्कर दिने वस र चालकलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ ।

काठमाडौं,असोज ३० । राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी निशाकुसुम र कांग्रेस सभासद् किरण यादवका छोरा अभिषेक यादवबीच इन्गेजमेण्ट भएको छ । पारिवारिक स्रोतका अनुसार केटाकेटी दुवै जनाले एकअर्कालाई मन पराएकापछि आईतवार विहान शितलनिवासको कोशी हलमा सुटुक्क इन्गेजमेण्ट भएको हो ।

विहान साढे ९ बजेदेखि ११ बजेसम्म इन्गेजमेण्ट समारोहमा निशाकुसुम र अभिषेकले रिङ र माला एक अर्कालार्इ पहि¥याइदिएका थिए । सञ्चारकर्मीलाई प्रवेश नदिइएर गरिएको उक्त इन्गेजमेण्ट समारोहमा राष्ट्रपति निकटका केही एमाले नेताहरु र आफन्तहरु गरी झण्डै १ सय जतिको जमघट रहेको थियो ।

त्यहाँ उपस्थितहरुलाई खानपिनको ब्यवस्था शितलनिवासमै गरिएको थियो । किरण यादवका छोरा तथा भण्डारीकी छोरी बुढानीलकण्ठ स्कुलमा सँगै पढेका हुन् । किरण यादवका छोरा बेलायत सरकारको चिभेनिङ छात्रवृत्तिमा लन्डनको युनिभर्सिटी कलेज लन्डनमा ‘इकोनोमिक्स एन्ड पोलिसी अफ इनर्जी एन्ड द इन्भाइरोमेन्ट’ पढेर केही समय अगाडि मात्र फर्किएका हुन् । यसअघि उनले सानिमा हाइड्रोमा इलेक्ट्रिकल इन्जिनियरका रूपमा काम गरेका थिए ।

२७ वर्षीय निशाकुसुमले भने भारतको नयाँदिल्लीबाट एमबीबीएस गरेकी छिन् । उनले काठमाडौंस्थित वीर अस्पतालबाट इन्टर्नसमेत सकेकी छिन् । उनीहरुको विवाहको मिति भने अझै तय भइसकेको छैन् ।