झापामा बसको ठक्करबाट दुई जनाको मृत्यु

कार्तिक १, २०७३ मा प्रकाशित | 816 views

१ कार्तिक, झापा ।
यात्रुबहाक बसको ठक्करबाट आज झापाको कनकाई नगरपालिका – २ स्थित जुकेकल्भर्टमा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को १ ख ३५९६ नम्वरको वसले पूर्व जादैै गरेको मे ५ प ३८५३ नम्वरको मोटरसाइकललाई ठक्कर दिदा उनीहरुको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा कनकाई नगरपालिका – ३ निवासी ५७ वर्षीय तीलविक्रम थेवे र सोही ठाउँ निवासी ६० वर्षीय अग्नि भेटवाल रहेका छन् ।

थेवे र भेटवाल मोटरसाइकलमा सवार थिए । ठक्कर दिने वस र चालकलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web