काठमाडौं,असोज ३० । राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी निशाकुसुम र कांग्रेस सभासद् किरण यादवका छोरा अभिषेक यादवबीच इन्गेजमेण्ट भएको छ । पारिवारिक स्रोतका अनुसार केटाकेटी दुवै जनाले एकअर्कालाई मन पराएकापछि आईतवार विहान शितलनिवासको कोशी हलमा सुटुक्क इन्गेजमेण्ट भएको हो ।

विहान साढे ९ बजेदेखि ११ बजेसम्म इन्गेजमेण्ट समारोहमा निशाकुसुम र अभिषेकले रिङ र माला एक अर्कालार्इ पहि¥याइदिएका थिए । सञ्चारकर्मीलाई प्रवेश नदिइएर गरिएको उक्त इन्गेजमेण्ट समारोहमा राष्ट्रपति निकटका केही एमाले नेताहरु र आफन्तहरु गरी झण्डै १ सय जतिको जमघट रहेको थियो ।

त्यहाँ उपस्थितहरुलाई खानपिनको ब्यवस्था शितलनिवासमै गरिएको थियो । किरण यादवका छोरा तथा भण्डारीकी छोरी बुढानीलकण्ठ स्कुलमा सँगै पढेका हुन् । किरण यादवका छोरा बेलायत सरकारको चिभेनिङ छात्रवृत्तिमा लन्डनको युनिभर्सिटी कलेज लन्डनमा ‘इकोनोमिक्स एन्ड पोलिसी अफ इनर्जी एन्ड द इन्भाइरोमेन्ट’ पढेर केही समय अगाडि मात्र फर्किएका हुन् । यसअघि उनले सानिमा हाइड्रोमा इलेक्ट्रिकल इन्जिनियरका रूपमा काम गरेका थिए ।

२७ वर्षीय निशाकुसुमले भने भारतको नयाँदिल्लीबाट एमबीबीएस गरेकी छिन् । उनले काठमाडौंस्थित वीर अस्पतालबाट इन्टर्नसमेत सकेकी छिन् । उनीहरुको विवाहको मिति भने अझै तय भइसकेको छैन् ।

20.87¡ÆC