१ कात्तिक, काठमाडौं ।
अष्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कले नेपाली क्रिकेटर सन्दिप लामिछानेको फेसबुक लाईभमा प्रशंसा गर्दै उनि आफ्नो युवा साथि भएको बताएका छन् ।

नेपालबाटै अष्ट्रेलिया बोलाएर सबै खर्चमा आफ्नो एकेडेमी वेष्टर्न सब अर्ब्सबाट सिड्नी प्रिमियर क्रिकेट खेलाइरहेका क्लार्कले सन्दिपलाई आफुले बढी भार दिन नचाहेको बताएका छन् ।

सन्दिपको आगमनपछि भएको खेलमा केही जित र केही हार भएपनि सन्दिपले धेरै सिकिरहेको र सिक्दै गरेको भन्दै उनले आफ्नो फेसबुक पेजलाईभबाट भोलि अर्थात् १६ तारिखका दिन आफ्नो पुस्तक बजारमा आउन लागेको समेत बताए ।

उनले फेसबुक लाईभ सुरु गरे लगत्तै नेपालबाट प्रश्न आएको र हेल्लो नेपाल भन्दै फेसबुक लाईभमा आएका प्रश्न र कमेन्टहरुको जवाफ दिन थालेका थिए ।

आफ्नो बायोग्राफी ‘माइकल क्लार्क’ विमोचनको अघिल्लो दिन सोमबार फेसबुक लाइभमा आएका उनले सन्दिपलाई समेत देखाएका थिए ।

१६ मिनेट बढीको लाईभमा अधिकाशं समय उनिमाथि नेपाली क्रिकेट प्रशंसकहरुले प्रश्न राखेका थिए ।

क्लार्कको फेसबुक पेजमा सन्दिपले नेपालीमै बोल्दै आफुले राम्रो गरिरहेको र क्लार्कको पुस्तक उनको जिवनबारेमा रहेको भन्दै पुस्तक किनेर पढिदिन अनुरोध गरेका थिए ।

क्लार्कले फेसबुक लाईभमै टी-२० क्रिकेट आफूलाई मन पर्ने भन्दै सन्दिपले पनि छिट्टै अन्तर्राष्ट्रिय टी-२० त्रिकेटमा देखिन सक्ने नेपाली क्रिकेट समर्थकलाई आशा जगाइदिएका छन् ।

क्लार्कको फेसबुक लाईभ हेर्न यहाँ क्लिक गर्नुहोस्

19.12¡ÆC