१ कार्तिक, काठमाडौं ।
भ्रष्टाचार निवारण गर्ने संस्था अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमूख रहेका बिवादीत प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई म्याद दिन सर्वोच्चले तेस्रो पटकमा पनि सकेन

सर्वोच्चले म्याद टाँस्न जाँदा सामसुङको कर्मचारी बताउने एक समुहले अवरोध गरेको छ भने वडा सचिव समेत अकस्मात गायव बनेर असहयोग गरेकी छिन् ।

कार्कीको घरमा म्याद टाँस्ने सर्बोच्च अदालतको प्रयास असफल भएको यो तेस्रो पटक हो ।

सामसुङको कर्मचारी बताउने केही युवाहरुले सर्बोच्चको तामेलदार नेतृत्वको टोलीलाई म्याद टाँस्न नदिएर आफुहरु भाडामा रहेको दाबी गर्दै फर्काएको हो ।

लोकमानसिंह कार्कीको नयाँ बानेश्वरस्थित घर उनिहरुले आफुहरुले भाडामा लिएको बताएका थिए । केहिबेरको बादविवादपछि सर्बोच्चको टोली म्याद समेत टाँस्ने हिम्मत नगरी फर्कीएको थियो ।

म्याद टाँस्नुअघि सर्बोच्चको टोली वडा कार्यालयमा पनि पुगेको थियो । रहोबरका लागि आउने बताएकी वडा सचिव सरिता राई एकाएक अन्तिम समयमा मात्र आउन नसक्ने भन्दै गायव बनेकी थिइन् ।

अख्तियार प्रमुखमा कार्कीको नियुक्तिसम्बन्धी मुद्धामा सुनुवाइका लागि अदालत आउन इन्कार गरेपछि सर्बोच्चले कार्कीको घरमा म्याद टाँस्ने प्रयास यसअघि दुईपटक असफल भइसक्दा समेत सर्वोच्चले सुचना टाँस्न सकेको छैन ।

सरकारी निवासमा बस्दै आएका कार्की दशैं अघि बिदा लिएर बिदेश गएकामा त्यसपछि बेखवर गुमनाम रहेका छन् । भ्रष्टाचार निवारण संस्थाको प्रमुख रहेका कार्की आफैं भ्रष्टाचारका दर्जनौं काण्डमा मुछिएका आलोचित व्यक्ति हुन् ।

कार्कीलाई अख्तियार प्रमुखमा हाल प्रधानमन्त्री रहेका पुष्पकमल दाहालको प्रस्तावमा नियुक्त गरिएको थियो भने काँग्रेस, एमाले सहितका दलका नेताहरुले स्विकृत गरेपछि तत्कालिन राष्टपति रामवरण यादवले रातारात शपथ खुवाएर नियुक्त गरेका थिए ।

स्मरणीय छ कार्कीलाई अख्यिार प्रमुखमा नियुक्त गर्न भारतका राष्टपतिले नै यादवलाई फोन गरेर दबाव दिएको समाचारहरु सार्वजनिक भइसकेका छन् ।
भारतीय आशिर्वाद र माओवादीको छत्रछायाँमा रहेका कार्कीले माओवादी लडाकु शिविरमा भएको अर्बौंको आर्थिक घोटाला छानविन गर्ने बताएपनि अहिलेसम्म कुनै काम गरेका छैनन् ।

20.12¡ÆC