काठमाडौं,असोज ३० । भारतको गोवामा चलिरहेको ब्रिक्स र बिमेस्टेक देशहरुको संयुक्त बैठकलाई नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नुभएको छ । सम्बोधनमा प्रधानमन्त्री प्रचण्डले थाइल्याण्डका राजा भूमिबोल अदुल्याडेजको निधनप्रति शोक व्यक्त गर्नुभएको छ ।

प्रधनमन्त्रीले बिमेस्टेक देशहरुको संस्कृति, इतिहास र भूगोलमा समानता रहेको बताउँदै बिमेस्टेक देशहरुको एकताले डेढ बिलियन जनसंख्याबीच विकास र आर्थिक विकासमा डाइनामिक इञ्जिनको काम गर्ने बताउनु भएको छ ।

सम्बोधनमा प्रधानन्त्रीले बिमेस्टेक देशहरुबीचको कनेक्टिभिटीलाई नेपालले उच्च प्राथमिकतामा राखेको बताउँदै उर्जा र जलविद्युत लगायतका विकासका क्षेत्रमा मिलेर काम गर्न प्रस्ताव गर्नुभएको छ । प्रधानमन्त्रीले बिमेस्टेकलाई बुद्धिष्ट सर्किट र बिमेस्टेक सम्पदालाई जोडेर नागरिक नागरिक बीचको सम्बन्ध र पर्यटनमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । आतंकवाद र अतिवादी सोंच बिमेस्टेक देशहरुको साझा चुनौति रहेको भन्दै त्यसको मिलेर सामना गर्नुपर्ने बताउनुभयो ।

३० असोज, गोवा ।
१९ औं सार्क शिखर सम्मेलन छिटो आयोजना गर्न नेपाल र श्रीलंकाले पहल गर्ने सहमती गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरसेनाबीच आइतबार भारतको गोवास्थित एक होटलमा भएको भेटमा यस्तो प्रतिवद्धता जनाइएको छ ।

भेटमा प्रचण्ड र सिरसेना भारत पाकिस्तान तनावले स्थगित भएको सार्क सम्मेलन छिटो आयोजनाको पहल गर्ने सहमति भएको हो ।

पाकिस्तानमा हुने भनिएको १९ औं सार्क शिखेर सम्मेलन सदस्य राष्ट्र भारतले बहिस्कार गर्ने घोषणा गरेपछि स्थगित भएको छ । अध्यक्ष राष्ट्र नेपाललाई हाल सम्मेलन आयोजनाको पहल गर्नुपर्ने चुनौति छ ।

यसैबिच भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल र श्रीलंकाबीच सिधा हवाई सेवा सञ्चालनमार्फत् दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउनुपर्ने पनि बताएका छन् ।=

भौगोलिक दृष्टिले नेपाल र श्रीलंका केही टाढा रहेपनि दुबै देशले दक्षिण एसियाको विकास र सम्बन्धमा मिलेर भूमिका खेल्नुपर्ने प्रचण्डको धारणा थियो ।

प्रधानमन्त्री प्रचण्डले लागूऔषधको अभियोगमा ललितपुरका चेतबहादुर थापालाई सुनाइएको मृत्युदण्डको फैसलाबारे पुनर्विचार गर्न श्रीलंकाका राष्ट्रपति सिरसेनालाई आग्रह पनि गरेका छन् ।

भेटवार्तामा श्रीलंकाली राष्ट्रपति सिरसेनाले नेपालको चासो सम्बोधन गर्ने आश्वासन दिएका थिए ।

भेटका अवसरमा प्रधानमन्त्रीले नेपालबाट श्रीलंकालाई ट्रान्जिट बनाएर खाडी मुलुकहरुमा नेपाली महिलाहरु लगिने गरिएकामा उक्त कार्य रोक्नका लागि पनि सिरसेनासँग अनुरोध गरेका थिए ।

श्रीलंकाली राष्ट्रपति सिरसेनाले नेपालसँग श्रीलंकाको सम्बन्ध मैत्रीपूर्ण रहेको भन्दै नेपालले राखेको चासोप्रति श्रीलंका सकारात्मक रहेको बताएका थिए ।

३० असोज, काठमाडौं ।
क्रिकेटको नाममा राजनीति र आर्थिक हिनामिना गर्नेगरेको पाइएपछि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी०ले नेपाल क्रिकेट संघ क्यानलाई अघोषित प्रतिवन्ध लगाएको छ ।

क्यानले गर्ने कामलाई अवैध ठहर्याउँदै आफ्नै प्रत्यक्ष निगरानीमा क्यान पूर्व सिइओ भावना घिमिरेलाई स्थानिय प्रतिनिधि मान्दै चलाइरहेको क्यानले हालै गठन गरेको सल्लाहकार समितिको कार्यदेश पनि अस्वीकार्य गरिदिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले आईसीसीसमक्ष आफ्नो असहमति राखेको थियो ।

मन्त्रालयले यसलाई ‘आईसीसीले निर्देश गर्ने’ खालको कार्यविधि भनेपनि यसबारे आईसीसीले अहिलेसम्म कुनै जवाफ नदिएर सरकारको यस्तो प्रस्ताव अस्विकार गरिदिएको हो ।

सल्लाकार समितिका सदस्य एवं खेलकुद मन्त्रालयका सहसचिव चुडामणि पौडेलका अनुसार आईसीसीका कार्यकारी अधिकृत डेभिड रिचार्डसन नेपाल आएर सल्लाहकार समिति गठनको घोषणा गरे अनुसार समिति बनाइएको छ ।

प्रधानमन्त्री प्रचण्ड र खेलकुद मन्त्री दलजित श्रीपाइलीसहितको बैठकमा क्रिकेट संघलाई बोर्डमा लैजाने गरी नयाँ विधान बनाउन सल्लाहकार समिति बनाउने सहमति जनाए अनुसार गठन गरिएको नेपाली पक्षले दाबी गरेको छ ।

सल्लाहकार समितिमा आफ्नो तर्फबाट अमर शेख रहने र उनले नेतृत्व गर्ने आईसीसीले बताएको थियो । तर, सरकारले यसमा आपत्ति जनाउँदै आईसीसीको एउटा कर्मचारीको नेतृत्वमा नेपाल सरकारका उच्च पदस्थ अधिकारी बस्ने कि नबस्ने भन्ने प्रश्न रहेको भन्दै आफैं नेतृत्व गर्न सक्षम भएको दाबी गरेको छ ।

सल्लाहकार समिति बनाएको विधान पनि आईसीसीले नभई सरकारले अनुमोदन गर्ने नेपालको प्रस्ताव छ । मन्त्रालयले आफ्नो असहमति पत्रमा भनेको छ, विधान बनाउँदा हामी अन्तराष्ट्रिय मान्यता आत्मसाथ गर्छौं, तर नेपालभित्रको संघसंस्थाको विधान आईसीसीले होइन, सरकारले अनुमोदन गर्छ ।’

साथै सल्लाहकार समितिका कुनै पनि सदस्यलाई आईसीसीले कुनै पनि बेला हटाउन सक्ने प्रावधानमा पनि नेपालको आपत्ति छ ।

नेपाल क्रिकेट संघ निलम्बनमा परेपछि नेपालको क्रिकेट अहिले आईसीसी आफैंले हेर्दै आएको छ । स्थानीय स्तरमा व्यवस्थापनका लागि क्रिकेट संघका पूर्व सीईओ भावना घिमिरेले हर्दै आउनुभएको छ ।
नयाँ निर्णय नहुँदासम्मका लागि भनेर अमर शेखलाई तोकिएको छ ।

३० असोज, गोवा भारत ।
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सि जिन पिङबीच भेटवार्ताका समयमा अकस्मात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रवेश गरेको खवर बाहिर आएको छ ।

दुईपक्षीय भेटवार्ता भइरहँदा अकस्मात मोदी प्रवेश गर्नुलाई दुईदेशका बिचमा मोदीको चालबाजीका रुपमा हेरिएको छ ।

दुईदेशका राष्टप्रमुख बिच भइरहेको भेटमा मोदीपनि कोठामा छिरेपछि ब्रिक्स र बिमिस्टेक देशहरुबीचको संयुक्त सम्मेलनको अघिल्लो दिन तीन देशका राष्ट्र र सरकार प्रमूखबीच भेट बार्ता हुन पुग्यो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनियाँ राष्ट्रपति सि जिन पिङबीच २० मिनेट ‘वान टु वान’ बार्तापछि प्रधानमन्त्री प्रचण्ड, भारतीय प्रधानमन्त्री मोदी र चीनियाँ राष्ट्रपति पिङबीच भेटबार्ता भएको हो ।

भेट बार्तामा नेपालका प्रधानमन्त्री प्रचण्डले आफूले अघिल्लो कार्यकालमै नेपाल, भारत र चीनबीच त्रीदेशीय रणनीतिक साझेदारीको आवश्यकतामा जोड दिएकोबारे बैठकमा स्मरण गराएको बताइएको छ ।

‘नेपाल, भारत र चीनबीच रणनीतिक साझेदारी आवश्यक रहेको विषयमा मैले स्मरण गराएँ’, प्रधानमन्त्री प्रचण्डले भने ‘हामी बिशाल छिमेकी भारत र चीनको बीचमा छौं । हामी दुई देशबीच डाइनामिक ब्रिज बनेर लाभ उठाउन चाहन्छौं । मैले भेटमा रणनीतिक साझेदारीबारे विशेष महत्व दिएर कुरा राखें । भारतका प्रधानमन्त्री र चीनियाँ राष्ट्रपतिले रणनीतिक साझेदारीबारे नेपालले राखेको प्रस्ताव महत्वपूर्ण छ, हामी यसमा सहमत छौं भन्नुभयो ।’

भेटमा प्रधानमन्त्री प्रचण्डले बुद्ध, पशुपति र जानकीले नेपाल, भारत र चीनलाई जोडेको स्मरण गराउँदै आधुनिक इतिहासमा नेपालले भारत र चीनबीच सुमधुर सम्बन्ध बनाउन पुलको काम गर्नसक्ने बताए ।

प्रधानमन्त्रीले नेपालले आफ्नै मौलिक आयामसहित विकासको लक्ष्य पछ्याइरहेको भन्दै त्यसका लागि दुवै छिमेकीसँग सन्तुलित, मैत्रीपूर्ण र रणनीतिक सम्बन्ध स्थापित गर्न चाहेको बताए ।

भेटका अवसरमा चीनियाँ राष्ट्रपति पिङले देशको भूगोल सानो र ठूलो हुनुले निर्णायक अर्थ नराख्ने भन्दै नेपालले भारत र चीनबीच पुलको काम गर्नसक्ने बताएका थिए ।

पिङले नेपालले प्रस्ताव गरेको त्रीदेशीय साझेदारीको मुद्धा महत्वपूर्ण रहेको र त्यसमा चीन सकारात्मक रहेको बताएका थिए ।

पिङले चीन र भारतबीचको सम्बन्ध समदुरीमा राख्न नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा तीन देशको सम्बन्ध थप मजभूत हुने विश्वास व्यक्त गरे ।

भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनियाँ राष्ट्रपति पिङको गाउँका दार्शनिक हान सुयान आफ्नो गाउँ गुजरात आएर चीनको ऐतिहासिक विशेषताको प्रचार गरेको तथा चीन फर्केपछि गुजरातको संस्कृति र रहनसहनबारे चीनमा प्रचार गरेको स्मरण गराउँदै नेपाल, भारत र चीनबीच भौगोलिक, भावनात्मक र सांस्कृतिक मित्रता रहेको बताएका थिए ।

सो अवसरमा मोदीले नेपालले प्रस्ताव गरेको त्रीदेशीय साझेदारीको प्रस्तावमा भारत पनि सकारात्मक रहेको बताएका थिए ।

नेपालका प्रधानमन्त्री र चीनका राष्ट्रपतिको भेटपछि भएको त्रीपक्षीय बार्ताले नेपाल, भारत र चीनबीच युगिन सम्बन्ध स्थापित गर्न विशेष भूमिका खेल्नसक्ने प्रधानमन्त्री प्रचण्डले बताए ।

प्रधानमन्त्री दाहालले भने ‘नेपाल जसरी भारत र चीनको बीचमा छ, बार्ताको क्रममा पनि भारत र चीनका बीचमा नेपाल थियो । हाम्रो छलफल निकै सौहार्द रह्यो । नेपालले उठाएको रणनीतिक साझेदारीको प्रस्तावमा दुवै नेताहरु उत्साहित भएर समर्थन गर्नुभएको छ ।’

चिनियाँ राष्टपतिसँग भेटवार्ता चलिरहेको समयमा भारतीय प्रधानमन्त्री अकस्मात आइपुगेको कुरालाई प्रधानमन्त्री दाहालसँगै भारतमा रहेका उनका पुत्र तथा स्वकिय सचिव प्रकाश दाहालले फेसबुकमा यस्तो लेखेका छन्

आज छुट्टै अनौपचारिक भेट चिनियां राष्ट्रपतिसंग नेपाली प्रधानमन्त्रीको एक्लै भएको थियो संयोगबस भएको यो भेटमा औपचारिक भेट भन्दा पृथक रहेको थियो मुख्यत: दुई देशको विकास चिनियां राष्ट्रपतिको निकट भविष्यमा हुने भनिएको नेपाल भ्रमण दुई देशको सम्बन्धको बारे खुलस्त छलफल भएको थियो । अर्को संजोग भारतिय प्रधानमन्त्री पनि त्यहि कक्षमा आउनु भयो र ३ राष्ट्रप्रमुख बिच संयुक्त अनौपचारिक भेट २० मिनेट जति भएको थियो । र त्रिदेशी हितका कुरा भएको थियो नेपाल सानो मुलुक भएतापनि पशुपति र बुद्ध जन्मस्थानले तिन देशलाई जोडेको भन्ने हाम्रो देश प्रधानमन्त्रीको धारणा रहेको थियो । निश्चियनै भौगिलिक रुपमा दुई देश विचको नेपाल र बसाई पनि दुई देशको बिचमा । यि देशलाई सहिरुपमा सदुपयोग गरेर लैजान सकियो भने समृद्ध नेपाल सम्भव छ ।

३० असोज, अछाम ।
अछाम जिल्लामा यस बर्ष १५ हजार मेट्रिक टन खाद्यान्न अभाव हुने भएको छ ।

गत आर्थिक बर्षको हिउँदमा लामो खडेरीका कारण गहुँ लगायत हिउँदे बाली उत्पादनमा कमी आएपछि करिब १५ हजार मेट्रिक टन खाद्यान्न अभाव हुने जिल्ला कृषि विकास कार्यालय अछामले जनाएको छ ।

जलबायु परिवर्तनका कारण पानी नपरेको, अधिकाँस जमिनमा सिँचाइ सुविधा नभएको लगायतका कारणले खाद्यान्न उत्पादन घटेको बताईएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लाको अनुमानित जनसंख्या २ लाख ७५ हजार तीन सय २८ लाई बार्षिक रुपमा ६० हजार मेट्रिक टन प्रशोधित खाद्यान्न आवश्यक पर्छ ।

गत बर्ष लामो खडेरीका कारण गहुँ उत्पादनमा करिब ३० प्रतिशत कमी आएपछि १५ हजार दुई सय ४१ मेट्रिक टन प्रशोधित खाद्यान्न अपुग हुने र अपुग खाद्यान्न बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने बरिष्ठ कृषि विकास अधिकृत कृष्णहरि देबकोटाले जानकारी दिनुभयो ।

यश बर्षको खाद्यान्न अपुगको मात्रा आर्थिक बर्ष २०७२र७३ को भन्दा पाँच गुणाले बढी हो । अघिल्लो आर्थिक बर्ष गहुँ र धान उत्पादन राम्रो भएपछि करिब ३ हजार मेट्रिक टन खाद्यान्न मात्र अपुग भएको कृषि विकास कार्यालयले जनाएको छ ।

हाल अछाममा ५६ हजार चार सय ४७ हेक्टरमा खेति गरिँदै आएको छ । जसमा नियमित र मौसमी गरि १० हजार हेक्टरमा मात्रै सिँचाइ सुविधा रहेको बरिष्ठ कृषि विकास अधिकृत देबकोटाको भनाई छ ।

३० असोज, सोलुखुम्बु ।
दशैँ पर्वसँगै बौद्ध धर्मावलम्बीहरुले विश्व शान्तिका लागि पुजा सम्पन्न गरेका छन् ।

हिन्दुहरुले मनाउने दशैँको शुरुवातसँगै बौद्धधर्मावलम्बीहरुले बिभिन्न गुम्बाहरुमा छोमे बाली मन्त्र जपका साथ विश्व शान्तिको कामना गर्र्दै ङ्युङने पुजा सम्पन्न गरेका हुन् ।

शेर्पाहरुको मुल थलो मानिने सोलखुम्बुका बिभिन्न गुम्बाहरुमा पाठपुजा गरेको लामाहरुले जनाएका छन् ।

फुलपातिको दिनदेखिनै बिभिन्न गुम्बाहरुमा लामा भिक्षुभिक्षुणी तथा अन्य भक्तजनहरुले पाठपुजा गर्ने गर्दछन् ।

दशँैमा धेरै निर्दोष प्राण्ीाको हत्या हुने भएकोले निर्दोष प्राणीको आत्माको शान्तिको कामनाका लागि समेत यो पुजा गर्ने गरेको अग्रजहरुको भनाइ छ ।

सदरमुकाम सल्लेरीमा रहेको थेक्चेन पेमा छोलिङ गुम्बामा पनि फुलपातीदेखि बिभिन्न पाठपुजा गरी ङ्युङने गरिएको थियो । ङ्युङने पुजामा गुोम्पाका लामा र अन्य भक्तजन सरिक भएका थिए ।

बौद्ध धर्मअनुसार पानी समेत नपिई गर्ने ङ्युङनेमा अरुसगँ बोल्न नहुने, झारपात उखेल्न नहुने, किराफट्याङ्ग्रा मार्न नहने, कुनै पनि सजिब बस्तुलाई दुःख नदिई मन्त्र जप गरी छोमे बाली, सेवा गर्ने माने तथा गुम्बाको परिक्रमा गर्ने चलन रही आएको छ ।

३० असोज, चितवन ।
पवित्र तिर्थस्थल देवघाटधाममा कुकुरको बलि दिइएको छ । देवघाटको तनँहुपट्टि वेणी संगम स्थल नजिकै रहेको अघोरी बाबाको आश्रममा दशैको अष्टमीका दिन बलि दिइएको खवर सार्वजनिक भएको छ ।

देवघाटमै बस्दै आएका अखण्ड बाबा ले पञ्चबलीको नाममा डुलुवा कुकुरलाई समातेर स्थानीय माइला भन्ने शंकर बोटेलाई काट्न लगाएको स्थानीय सोम बोटेले जानकारी दिए ।

उनी देवघाटमा बस्दै आएको करिब १० बर्ष भएको बुझिएको छ ।

शंकरले आफुले अखण्ड बाबाले भनेर कुकुर काटेको र अघोरी बाबाको आश्रममा कुकुरको खुन चढाएको स्वीकार गरेको उनले बताए । बलि दिइएको कुकुरलाई आश्रम नजिकै गाडीएको छ ।

कुकुर गाडीएको क्षेत्रमा स्थानीय प्रशासनले ४ जना प्रहरी खटाएको छ । के कारणले कुकुरको बलि दिइएको भन्नेबारे भने केही खुलेको छैन ।

यसरी कुकुरको बलि दिइएको यो पहिलो पटक हो । यस्ता घटनाले विकृति बढ्ने भन्दै स्थानीय प्रशासनले अनुसन्धान थालेको छ । देवघाट क्षेत्रविकास समितीले यसबारेमा छलफल गर्न आज सर्वदलिय बैठक आवहन गरेको छ ।

“कुकुरको बलि दिएको कुरा जानकारी आएको छ , देवघाट क्षेत्रविकास समितीका अध्यक्ष टंकनाथ पौडेलले भने, अनुसन्धान हुदैंछ , तथ्य कुरा आएपछि धार्मिक क्षेत्रको आचारसंहिता अनुसार समिती अगाढी बढ्छ ।”

पौडेल अध्यक्ष भएसंगै देवघाट क्षेत्रलाई मासं मदिरा निषेधित क्षेत्र बनाउने अभियानको गृहकार्यमा जुटेका छन् । धार्मिक क्षेत्रलाई कसरी शुद्धता ल्याउने भन्ने बारे गृहकार्य भइरहेका बेला दशैको अवसर पारेर कुकुरको बलि दिइएको खवर आएपछि स्थानीय ससंकित भएका छन् ।

२९ असोज, काठमाडौं ।

दशैको अवधिमा करिव ५ अर्व रुपिया बराबरको नेपाली जुत्ता चप्पलको कारोवार भएको छ ।

विभिन्न डिजाइन र आकारमा जत्ता उत्पादन हुने थालेपछि नेपाली जुत्ता प्रति उपभोक्ताको आकर्षण बढेको नेपाली जुत्ता उत्पादक संघले जनाएको छ ।

वार्षिक ३० अर्वको हाराहारीमा नेपाली जुत्ता चप्पलको कारोवार हुने गरेको छ ।

शिखर, वी एफ डेरिल, गोल्डस्टार, रन, फिटराइट, म्याजिक, कोसेली लगायत १५ भन्दा बढि कम्पनीहरुले जुत्ता उत्पादन गर्दै आएका छन ।

२९ असोज, काठमाडौं ।
नेपाली साहित्य तथा संस्कृतिको क्षेत्रमा अमूल्य योगदान पु¥याएबापत पद्मश्री साधना सम्मान–२०७२ वरिष्ठ साहित्यकार बैरागी काइँलालाई प्रदान गरिएको छ ।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान–२०६२ ले प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कार–२०७२ भने यसवर्ष ‘चीरहरण’ उपन्यासका लेखिका नीलम कार्की ‘निहारिका’ लाई प्रदान गरिएको छ ।

जनही रु दुई लाख राशिको सम्मान र पुरस्कार यहाँ आज आयोजित एक समारोहका बीच प्रतिष्ठानका संरक्षक जीवा लामिछानेका आमा हरिकला लामिछानेले प्रदान गर्नुभयो ।

सम्मानित वरिष्ठ साहित्यकार काइँलाले साहित्य लेखन स्वतन्त्रताको चेतना बोधले लेखिने हुनाले सदा अन्याय, अत्याचार र असमानताका विरुद्ध लड्छ भन्नुभयो ।

लेखिका कार्कीले ‘चीरहरण’ उपन्यासलाई पुरस्कृत गरेर प्रतिष्ठानले नेपाली साहित्यको क्षेत्रमा थप जिम्मेवारी थपिदिएको छ भन्नुभयो ।

प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले पद्मश्री साहित्य पुरस्कारका लागि पुस्तक वा निवेदन पेस गर्नुपर्ने प्रचलनलाई यस वर्षदेखि हटाइएको बताउनुभयो ।

२९ असोज, काठमाडौं ।
बडादशै अन्तर्गत आज कोजाग्रत पूर्णिमा, मुलकभरी धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मी पुजा आराधना गरि मनाइदै छ ।

बिजया दशमीको दिनदेखि प्रारम्भ भएको टिका र जमरा लगाउने कार्य विधिवत रुपमा आजकै दिनवाट पुरा
हुन्छ ।

यसका साथै घटस्थापनाको दिन विधिपूर्वक राखिएको जमरा, कलश लगायत पूजाका अन्य सम्पूर्ण सामाग्री आजै विसर्जन गरिन्छ । कोजाग्रत पूर्णिमा नेपालीहरुको अर्को महान चाड तिहारको आगमन हुन लागेको सकेंंतको रुपमा पनि मनाइन्छ ।

यसै पूर्णिमा देखि स्वच्छ र खुल्ला आकाश तथा ग्रह नक्षत्रहरुको सम्मान सूचक आकशदीप वाल्ने परम्परा पनि
छ ।

आफ्नो घरको धुरी कौशिमा आकाशदीप बालेर धनकी अधिष्ठात्री देवी महालक्ष्मीलाई आ–आफ्ना घरमा बास गर्न आव्हान गरेको वा निम्ता दिएको पनि मानिन्छ ।

२९ असोज, काठमाडौं ।
चिनियाँ राष्ट्रपति सि जिन पिङले आफु छिट्टै नेपाल भ्रमणमा आउन चाहेको बताएका छन् । नेपाल भ्रमणको तयारी गरेपनि सत्ता परिवर्तनपछि पुष्पकमल दाहाल सरकारले महत्व नदिएर भ्रमण रद्द गराएपछि भारतको गोवामा आज भएको भेटमा चीनियाँ राष्टपतिले यस्तो बताएका हुन् ।

भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफु भ्रमण छिट्टो होस् भन्ने पक्षमा रहेको बताउँदै भ्रमणको तयारी गर्ने बताएका थिए ।
भारतीय प्रधानमन्त्रीको इच्छा र इशारामा सिको भ्रमण रद्द गराएको आरोप खेप्दै आएको दाहाल सरकारले अब सिले नै भेटमा नेपाल भ्रमणमा आउन चाहेको बताएपछि के गर्छन् हेर्न बाँकी रहेको छ ।

यसैबिच प्रधानमन्त्री पुष्पकमल दाहालले भुटानी शरणार्थी समस्या चाँडो समाधान गर्ने वातावरण तयार गर्न भुटान सरकारसँग आग्रह गरेका छन् ।

ब्रिक्स सम्मेलनमा भाग लिन गोवा पुगेका प्रधानमन्त्री दाहाल र उनका भुटानी समकक्षी छिरिङ तोब्गेसँगको भेटमा उनले भुटान फर्कन चाहने शरणार्थीको चाहनालाई सम्बोधन गर्न आग्रह गरेको बताइएको छ ।

त्यस अवसरमा प्रधानमन्त्री दाहालले शरणार्थी समस्याको समाधानले दुई देशबीचको सम्बन्धलाई अझ बढी उचाइमा पुर्याउने उल्लेख गर्दै त्यसका लागि उपयुक्त वातावरण बनाउन आग्रह गर्नुरेको भेटमा सहभागी परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बताए ।

महतका अनुसार प्रधानमन्त्री दाहालले दुई देशका साझा समस्यालाई आपसी सहयोग आदानप्रदान गरी समाधान गर्ने र त्यसका लागि मिलेर अगाडि बढ्ने विषयमा वार्ता गरेका थिए ।

भेटमा परराष्ट्रमन्त्री डा महत, परराष्ट्र सचिव बैरागी, भारतका लागि नेपाली कार्यबाहक राजदूत कृष्णप्रसाद ढकाललगायतको उपस्थिति थियो ।

सम्मेलनमा भाग लिन आजै प्रधानमन्त्री दाहाल नेपाल वायु सेवा निगमको जहाजबाट १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको नयाँ दिल्ली हुँदै गोवा पुगेका हुन् ।

गोवामा भारतीय विदेश राज्यमन्त्री एमजे अकबर र नेपालका लागि भारतीय राजदूत रणजीत रायले स्वागत गरेका थिए ।

प्रधानमन्त्री दाहालले आज चिनियाँ राष्ट्रपति सि जिन पिङसँग भेटवार्ता गरेभने भोलि भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नेछन् ।

प्रधानमन्त्री दाहालले बिमस्टेक सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखको बैठक एवम् ‘ब्रिक्स विमस्टेक आउटरिच सम्मेलन’लाई सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्मेलनबाट ब्रिक्सलाई संस्थागत गर्ने, विगतका समझदारी कार्यान्वयनमा लैजाने, ब्रिक्स संयन्त्रलाई एकताबद्ध गराउने, सहकार्यका लागि नयाँ अध्यायको खोजी गर्ने र संस्थागत क्रियाकलापलाई निरन्तरता दिने जस्ता निर्णय हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी प्रधानमन्त्री दाहालले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल श्रीसेना, दक्षिण अफ्रिकाका राष्ट्रपति जाकोब जुमा, ब्राजिलका राष्ट्रपति मिसेल टेमर र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग द्विपक्षीय भेटघाट हुने बताइएको छ ।

भारतको गोवामा रहेको व्रिक्स शिखर सम्मेलनको पहिलो दिन भारत र रुसबिच १६ महत्वपूर्ण विषयमा सम्झौता भएको छ ।

दुवै देशबीच उर्जा, जहाज निर्माण, स्मार्ट शहर बनाउने लगायत विषयमा महत्वपूर्ण सम्झौता भएको छ ।

भेटपछी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग आतकंबादलाई कुनै पनिहालतमा नसहने कुरामा पनि सहमति भएको बताएका छन् ।

The last day of Dashain festival, Kojagrat purnima is being celebrated throughout the country today by worshiping goddess of wealth and prosperity Malalakshmi.

The receiving of Tika and Jamara which started on the day of Vijay Dashami also concludes today.