३० असोज, गोवा भारत ।
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सि जिन पिङबीच भेटवार्ताका समयमा अकस्मात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रवेश गरेको खवर बाहिर आएको छ ।

दुईपक्षीय भेटवार्ता भइरहँदा अकस्मात मोदी प्रवेश गर्नुलाई दुईदेशका बिचमा मोदीको चालबाजीका रुपमा हेरिएको छ ।

दुईदेशका राष्टप्रमुख बिच भइरहेको भेटमा मोदीपनि कोठामा छिरेपछि ब्रिक्स र बिमिस्टेक देशहरुबीचको संयुक्त सम्मेलनको अघिल्लो दिन तीन देशका राष्ट्र र सरकार प्रमूखबीच भेट बार्ता हुन पुग्यो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनियाँ राष्ट्रपति सि जिन पिङबीच २० मिनेट ‘वान टु वान’ बार्तापछि प्रधानमन्त्री प्रचण्ड, भारतीय प्रधानमन्त्री मोदी र चीनियाँ राष्ट्रपति पिङबीच भेटबार्ता भएको हो ।

भेट बार्तामा नेपालका प्रधानमन्त्री प्रचण्डले आफूले अघिल्लो कार्यकालमै नेपाल, भारत र चीनबीच त्रीदेशीय रणनीतिक साझेदारीको आवश्यकतामा जोड दिएकोबारे बैठकमा स्मरण गराएको बताइएको छ ।

‘नेपाल, भारत र चीनबीच रणनीतिक साझेदारी आवश्यक रहेको विषयमा मैले स्मरण गराएँ’, प्रधानमन्त्री प्रचण्डले भने ‘हामी बिशाल छिमेकी भारत र चीनको बीचमा छौं । हामी दुई देशबीच डाइनामिक ब्रिज बनेर लाभ उठाउन चाहन्छौं । मैले भेटमा रणनीतिक साझेदारीबारे विशेष महत्व दिएर कुरा राखें । भारतका प्रधानमन्त्री र चीनियाँ राष्ट्रपतिले रणनीतिक साझेदारीबारे नेपालले राखेको प्रस्ताव महत्वपूर्ण छ, हामी यसमा सहमत छौं भन्नुभयो ।’

भेटमा प्रधानमन्त्री प्रचण्डले बुद्ध, पशुपति र जानकीले नेपाल, भारत र चीनलाई जोडेको स्मरण गराउँदै आधुनिक इतिहासमा नेपालले भारत र चीनबीच सुमधुर सम्बन्ध बनाउन पुलको काम गर्नसक्ने बताए ।

प्रधानमन्त्रीले नेपालले आफ्नै मौलिक आयामसहित विकासको लक्ष्य पछ्याइरहेको भन्दै त्यसका लागि दुवै छिमेकीसँग सन्तुलित, मैत्रीपूर्ण र रणनीतिक सम्बन्ध स्थापित गर्न चाहेको बताए ।

भेटका अवसरमा चीनियाँ राष्ट्रपति पिङले देशको भूगोल सानो र ठूलो हुनुले निर्णायक अर्थ नराख्ने भन्दै नेपालले भारत र चीनबीच पुलको काम गर्नसक्ने बताएका थिए ।

पिङले नेपालले प्रस्ताव गरेको त्रीदेशीय साझेदारीको मुद्धा महत्वपूर्ण रहेको र त्यसमा चीन सकारात्मक रहेको बताएका थिए ।

पिङले चीन र भारतबीचको सम्बन्ध समदुरीमा राख्न नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा तीन देशको सम्बन्ध थप मजभूत हुने विश्वास व्यक्त गरे ।

भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनियाँ राष्ट्रपति पिङको गाउँका दार्शनिक हान सुयान आफ्नो गाउँ गुजरात आएर चीनको ऐतिहासिक विशेषताको प्रचार गरेको तथा चीन फर्केपछि गुजरातको संस्कृति र रहनसहनबारे चीनमा प्रचार गरेको स्मरण गराउँदै नेपाल, भारत र चीनबीच भौगोलिक, भावनात्मक र सांस्कृतिक मित्रता रहेको बताएका थिए ।

सो अवसरमा मोदीले नेपालले प्रस्ताव गरेको त्रीदेशीय साझेदारीको प्रस्तावमा भारत पनि सकारात्मक रहेको बताएका थिए ।

नेपालका प्रधानमन्त्री र चीनका राष्ट्रपतिको भेटपछि भएको त्रीपक्षीय बार्ताले नेपाल, भारत र चीनबीच युगिन सम्बन्ध स्थापित गर्न विशेष भूमिका खेल्नसक्ने प्रधानमन्त्री प्रचण्डले बताए ।

प्रधानमन्त्री दाहालले भने ‘नेपाल जसरी भारत र चीनको बीचमा छ, बार्ताको क्रममा पनि भारत र चीनका बीचमा नेपाल थियो । हाम्रो छलफल निकै सौहार्द रह्यो । नेपालले उठाएको रणनीतिक साझेदारीको प्रस्तावमा दुवै नेताहरु उत्साहित भएर समर्थन गर्नुभएको छ ।’

चिनियाँ राष्टपतिसँग भेटवार्ता चलिरहेको समयमा भारतीय प्रधानमन्त्री अकस्मात आइपुगेको कुरालाई प्रधानमन्त्री दाहालसँगै भारतमा रहेका उनका पुत्र तथा स्वकिय सचिव प्रकाश दाहालले फेसबुकमा यस्तो लेखेका छन्

आज छुट्टै अनौपचारिक भेट चिनियां राष्ट्रपतिसंग नेपाली प्रधानमन्त्रीको एक्लै भएको थियो संयोगबस भएको यो भेटमा औपचारिक भेट भन्दा पृथक रहेको थियो मुख्यत: दुई देशको विकास चिनियां राष्ट्रपतिको निकट भविष्यमा हुने भनिएको नेपाल भ्रमण दुई देशको सम्बन्धको बारे खुलस्त छलफल भएको थियो । अर्को संजोग भारतिय प्रधानमन्त्री पनि त्यहि कक्षमा आउनु भयो र ३ राष्ट्रप्रमुख बिच संयुक्त अनौपचारिक भेट २० मिनेट जति भएको थियो । र त्रिदेशी हितका कुरा भएको थियो नेपाल सानो मुलुक भएतापनि पशुपति र बुद्ध जन्मस्थानले तिन देशलाई जोडेको भन्ने हाम्रो देश प्रधानमन्त्रीको धारणा रहेको थियो । निश्चियनै भौगिलिक रुपमा दुई देश विचको नेपाल र बसाई पनि दुई देशको बिचमा । यि देशलाई सहिरुपमा सदुपयोग गरेर लैजान सकियो भने समृद्ध नेपाल सम्भव छ ।

32.48¡ÆC