प्रधानमन्त्रीसँग चीनका राष्ट्रपतिले नेपाल भ्रमणमा आउन ईच्छा देखाए

अशोज २९, २०७३ मा प्रकाशित | 1349 views

२९ असोज, काठमाडौं ।
चिनियाँ राष्ट्रपति सि जिन पिङले आफु छिट्टै नेपाल भ्रमणमा आउन चाहेको बताएका छन् । नेपाल भ्रमणको तयारी गरेपनि सत्ता परिवर्तनपछि पुष्पकमल दाहाल सरकारले महत्व नदिएर भ्रमण रद्द गराएपछि भारतको गोवामा आज भएको भेटमा चीनियाँ राष्टपतिले यस्तो बताएका हुन् ।

भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफु भ्रमण छिट्टो होस् भन्ने पक्षमा रहेको बताउँदै भ्रमणको तयारी गर्ने बताएका थिए ।
भारतीय प्रधानमन्त्रीको इच्छा र इशारामा सिको भ्रमण रद्द गराएको आरोप खेप्दै आएको दाहाल सरकारले अब सिले नै भेटमा नेपाल भ्रमणमा आउन चाहेको बताएपछि के गर्छन् हेर्न बाँकी रहेको छ ।

यसैबिच प्रधानमन्त्री पुष्पकमल दाहालले भुटानी शरणार्थी समस्या चाँडो समाधान गर्ने वातावरण तयार गर्न भुटान सरकारसँग आग्रह गरेका छन् ।

ब्रिक्स सम्मेलनमा भाग लिन गोवा पुगेका प्रधानमन्त्री दाहाल र उनका भुटानी समकक्षी छिरिङ तोब्गेसँगको भेटमा उनले भुटान फर्कन चाहने शरणार्थीको चाहनालाई सम्बोधन गर्न आग्रह गरेको बताइएको छ ।

त्यस अवसरमा प्रधानमन्त्री दाहालले शरणार्थी समस्याको समाधानले दुई देशबीचको सम्बन्धलाई अझ बढी उचाइमा पुर्याउने उल्लेख गर्दै त्यसका लागि उपयुक्त वातावरण बनाउन आग्रह गर्नुरेको भेटमा सहभागी परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बताए ।

महतका अनुसार प्रधानमन्त्री दाहालले दुई देशका साझा समस्यालाई आपसी सहयोग आदानप्रदान गरी समाधान गर्ने र त्यसका लागि मिलेर अगाडि बढ्ने विषयमा वार्ता गरेका थिए ।

भेटमा परराष्ट्रमन्त्री डा महत, परराष्ट्र सचिव बैरागी, भारतका लागि नेपाली कार्यबाहक राजदूत कृष्णप्रसाद ढकाललगायतको उपस्थिति थियो ।

सम्मेलनमा भाग लिन आजै प्रधानमन्त्री दाहाल नेपाल वायु सेवा निगमको जहाजबाट १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको नयाँ दिल्ली हुँदै गोवा पुगेका हुन् ।

गोवामा भारतीय विदेश राज्यमन्त्री एमजे अकबर र नेपालका लागि भारतीय राजदूत रणजीत रायले स्वागत गरेका थिए ।

प्रधानमन्त्री दाहालले आज चिनियाँ राष्ट्रपति सि जिन पिङसँग भेटवार्ता गरेभने भोलि भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नेछन् ।

प्रधानमन्त्री दाहालले बिमस्टेक सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखको बैठक एवम् ‘ब्रिक्स विमस्टेक आउटरिच सम्मेलन’लाई सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्मेलनबाट ब्रिक्सलाई संस्थागत गर्ने, विगतका समझदारी कार्यान्वयनमा लैजाने, ब्रिक्स संयन्त्रलाई एकताबद्ध गराउने, सहकार्यका लागि नयाँ अध्यायको खोजी गर्ने र संस्थागत क्रियाकलापलाई निरन्तरता दिने जस्ता निर्णय हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी प्रधानमन्त्री दाहालले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल श्रीसेना, दक्षिण अफ्रिकाका राष्ट्रपति जाकोब जुमा, ब्राजिलका राष्ट्रपति मिसेल टेमर र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग द्विपक्षीय भेटघाट हुने बताइएको छ ।

भारतको गोवामा रहेको व्रिक्स शिखर सम्मेलनको पहिलो दिन भारत र रुसबिच १६ महत्वपूर्ण विषयमा सम्झौता भएको छ ।

दुवै देशबीच उर्जा, जहाज निर्माण, स्मार्ट शहर बनाउने लगायत विषयमा महत्वपूर्ण सम्झौता भएको छ ।

भेटपछी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग आतकंबादलाई कुनै पनिहालतमा नसहने कुरामा पनि सहमति भएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web