‘लोकमान कुन लोकका यमराज हुन्, लोकमानलाई कठघरामा ल्याउनुपर्छ’

कार्तिक २, २०७३ मा प्रकाशित | 1217 views

२ कार्तिक, काठमाडौं ।
अख्तियार प्रमुख लाकमान सिंह कार्कीको घरमा सर्वोच्च अदालतलाई म्याद तामेल गर्न अवरोध गरेको विषयले संसदमा प्रवेश पाएको छ ।

अदालतको आदेश तामेली गर्न समेत नदिइनु न्यायिक सर्बोच्चतालाई चुनौति भन्दै सांसदहरुले यसबारे जनप्रतिनिधि मौन बस्न नसक्ने संसदमा बताएका छन् ।

यसअघि लोकमान बिरुद्ध महाअभियोग लगाउनुपर्ने भाषण गरेपनि मन्त्रीभएपछि मौन रहेका गगन थापापछि अन्य सांसदहरुले लोकमानसिंह कार्कीको दादागीरिको बारेमा संसदमा सरकारको जवाफ मागेका छन् ।

संसदको मंगलबारको बैठकमा नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले भने, ‘अदालतको आदेशको खुलामखुला अवज्ञा भएको छ, कानुनी राज्यको उपहास भएको छ ।’

दुःखका बेला संसदमा भएका धेरै शक्तिशाली नेतालाई अदालतले न्याय दिएको स्मरण गराउँदै वरिष्ठ अभिवक्ता समेत रहेका अधिकारीले भने, आज अदालत जुन चौवाटोमा उभिएर सही बाटोमा हिड्न प्रयत्नरत छ, त्यसलाई टेवा दिने कि नदिने ?’

अदालतल र अख्तियार प्रमुखबीचको झञ्झट भनेर आँखा चिम्लन नमिल्ने उनले बताए । सर्वोच्चले एउटा व्यक्तिको म्यादसम्म तामेल गर्न नपाउनु नसक्नु भनेको यसले भविश्यप्रति राम्रो संकेत गर्दैन’ उनले संसदको ध्यानाकर्षण गराउँदै भने, त्यसमाथि संवैधानिक ओहदाका प्रमुखबाट यस्तो काम गर्नु गराउनु भनेको अझै आपत्तिजनक विषय गठन गर्नु पर्ने हो ।’

संवैधानिक पदाधिकारीलाई महाअभियोग लगाउने बाहेक अरु अवस्थामा पदबाट हटाउन नमिल्ने भन्दै उनले भने, संविधानले दिएको विशेषाधिकार सम्पन्न व्यक्ति विशेषले संविधान, कानुनकै खिल्ली उडाउँदा पनि हामी सांसद र संसद टुलुटुलु हेरेर बस्न मिल्छ रु

उनले अख्तियार प्रमुख कार्की कुन कामले, कति अवधिकमा लागि विदेश गएको र कहिलेसम्म र्फकने हो संसदलार्य जानकारी गराउन समेत प्रधानमन्त्रीसँग माग गरेका छन् ।  अधिकारीले भने, ‘संसदमा सरकारले अख्तियार प्रमुखको बारेमा जानकार गराओस् । उनी के कामको लागि गएका हुन् रु यति लामो समय विदेशमा बस्ने प्रयोजन के हो रु’

कानुनविद समेत रहेका अधिकारीले हालसम्म संसदले महाअभियोग समिति गठन गर्न नसक्नुको कारण के हो भन्दै सभामुखलाई समेत प्रश्न गरे ।

विशेष समयमै बोल्दै एमालेका सांसद रेवतीरमण भण्डारीले अदालतको म्याद तामेली गर्न गएका अदालतका कर्मचारीलाई हुलहुज्जतको शैलीमा अवरोध गर्नु न्यायिक सर्बोच्चको अपमान भएको बताए ।

भण्डारीले सादा पोशाकका प्रहरी समेत परिचालन गरेर अदालतको म्याद तामेल हुन नदिनुले राज्य नै गुण्डागर्दीमा उत्रिएको प्रष्ट हुने भन्दै यसबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

थरुहट पार्टीकी सांसद गंगा चौधरी सत्गौवाले लोकमान सिंहको घरमा म्याद तामेली गर्न नसक्नु लज्जास्पद हो भन्दै उनलाई संरक्षण गर्ने राजनीतिक दलका नेतालाई समेत कठघरामा ल्याउनुपर्ने बताइन् ।

चौधरीले प्रश्न गर्दै भनिन्, ‘लोकमानसिंह कुन लोकको यमराज हुन् ? हाम्रो देशको कानुन कति लाचार छ रु लोकमानलाई संरक्षण गर्ने राजनीतिक दल नै हुन् । लोकमानको बचाउ गर्नेलाई देश निकाला गर्नुपर्छ र लोकमानलाई कानुनको कठघरामा ल्याउनुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web