धर्म भाणक पं बद्रीरत्नको निधन

कार्तिक १, २०७३ मा प्रकाशित | 1122 views

१ कार्तिक, काठमाडौं ।
पण्डित बद्रीरत्न बज्राचार्यको आज शोभाभगवतीस्थित कर्णद्वीपमा अन्त्येष्टि गरियो । उहाँको ८४ वर्षको उमेरमा हिजो निधन भएको थियो ।

काठमाडौँका बौद्ध समुदायमाझ धर्म 'कथावाचक' का रुपमा प्रख्यात पं बज्राचार्य बज्रयान बौद्धधर्मका ज्ञाता मानिनु हुन्थ्यो ।

उहाँका नेपाःया जनजीवनया क्रियापद्धति, भद्रकाली लुँमधि अजिमाया वंशावली, स्वयम्भू पुराण 'नेपाली र नेपाल भाषा', धर्म सङ्ग्रह 'संस्कृत भाषा', हुँकार बज्रकृत बज्रयोगिनी विशुद्धि, दशकर्म संस्कार धर्मलगायतका बुद्धधर्म र दर्शनसम्बन्धी पुस्तकहरु प्रकाशित छन् ।

पं बज्राचार्यका तीन छोरा र चार छोरी छन् ।

आदिनाथ मेला सुरु

राजधानीको  चोभारमा एक महिनासम्म चल्ने ‘आदिनाथ मेला’ आजदेखि सुरु भएको छ ।

मन्दिरमा आज बिहान विधिपूर्वक विशेष पूजा गरियो । कात्तिक शुक्ल पूर्णिमाका दिनसम्म जारी रहने यो मेला भर्न काठमाडौँ उपत्यका तथा आसपास क्षेत्रबाट हिन्दु तथा बौद्ध समुदायका जाने गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web