किन गर्‍यो ‘विप्लव’ माओवादीले २८ गते नेपाल बन्द ?

काठमाडौं,कात्तिक २३  । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले कात्तिक २८ गते नेपाल बन्दको घोषणा गरेको छ । सरकारले कालोबजारी र महंगी नियन्त्रण नगरेको भन्दै चर्को महंगीका विरुद्ध र खाद्य सम्प्रभुता सुनिश्चित गर्न विप्लव माओवादीले नेपाल बन्द गरेको गरेको हो । नमाओवादीका पोलिट्व्यूरो सदस्य ओमप्रकाश पुनले मुलुकमा खाद्य सम्प्रभुताको ग्यारेन्टीका लागि आफ्नो पार्टीले नेपाल बन्द गर्न बाध्य भएको बताएका छन् ।

मंगलबार संवाद डबलीमा आयोजित ‘खाद्य संप्रभुतामा नागरिकको मौलिक अधिकार’ विषयक अन्तरक्रियता कार्यक्रममा बोल्दै पुनले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि राज्यले कुनै हालतमा नसुनेपछि आउँदो कात्तिक २८ गते नेपाल बन्दको आयोजना गर्न बाध्य भएको बताए । ‘हामीले पहिलो चोटी खाद्य सम्प्रभुताबारे आन्दोलन थालेका छौं, पुनले भने, ‘जनताको जीवनसँग जोडिएको विषय भएकाले जनताको साथ र समर्थन पनि पाइने पूर्ण आशा छ ।’

अखाद्य वस्तु आयात गर्ने, मुलुकमै उत्पादन भएको उत्कृष्ट खाद्य निर्यात गर्ने प्रचलनको अन्त्य गर्न सहजै सम्भव नभएकाले आम जनताको व्यापक सहभागितामा खाद्य सम्प्रभुताको सूनिश्चितताको लागि अन्तिम संघर्ष जनताको बाध्यकारी भएको पुनको धारणा थियो । ‘वर्तमान संविधानको भाग ३ को धारा ३ मा खाद्य सम्प्रभुता सुनिश्चित गरिएको छ भन्ने तर तिनै संविधान निर्माताहरु खाद्य निर्यात र आयातमा कमिशन खाएर अखाद्य बस्तु वितरण गर्नेका विरुद्ध संघर्षको विकल्पै छैन,’ उनले भने ।

कार्यक्रममा हिसानका सचिव रामहरी शिलवालले राज्य सञ्चालक सही नहुँदा र नीति स्पष्ट नहुँदा जनताले चर्को मुल्यमा खाद्य बस्तु खरिद गर्नुपरेको बताए । ‘वितरण प्रणाली सही छैन, कमिशन स्टेपहरु धेरै छन्, उत्पादनकर्ताले मूल्य पाउँदैन, उपभोक्ताले चर्को मुल्य तिर्नुपर्छ मारमा जनता परे,’ उनको धारणा थियो । कार्यक्रममा उद्योग व्यपार संघका अध्यक्ष युवाराज पराजुलीले खाद्य सम्प्रभुतको लागि नयाँ आन्दोलन गर्नु पर्ने बताए ।

सोलिडारिटी कप: तीनै स्ट्राइकर चम्किएपछि नेपाल सेमिफाइनलमा

काठमाडौं,कात्तिक २३ ।
नेपाल  मलेसियामा जारी एएफसी सोलिडारिटी फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मलेसियाको कुचिङस्थित सारावाक रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा ब्रुनाइलाई ३–० गोल अन्तरले पराजित गर्दै नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो ।

नेपालले पहिलो हाफको अतिरिक्त समयमा नवयुग श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । उनको प्रहार ब्रुनईका किपरले रोकेको बल रिबाउन्स भएर आएको बेलमा उनले नै गोल गरेका हुन् ।

दोस्रो हाफमा दुई गोल थप्न सफल भयो । ७१ औं मिनेटमा भरत खवासले उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएको थियो ।

खेलको ८० औं मिनेटमा नेपालले पेनाल्टी पायो, जसमा युवा स्ट्राइकर विमल घर्ती मगरले सहजै गोल गरे । पेनाल्टी प्रहारमा विमल घर्ती मगर चुकेनन् र नेपाललाई ३–० को जित दिलाए ।

यसअघि शनिवार भएको आफ्नो पहिलो खेलमा नेपाल टिमोर लेस्टेसँग गोलरहित बराबरी रोकिएको थियो। नेपाल दुई खेलबाट ४ अंकका साथ विजेता बन्दा दुई खेलमा एकमा जित एकमा हार व्यहोरेको ब्रुनाइ ३ अंक जोड्दै समूह उपविजेतामा चित्त बुझायो। यसअघि पहिलो खेलमा ब्रुनाइले टिमोर लेस्टेलाई ४–० ले पराजित गरेको थियो ।

मलेसियाको कोचिङस्थित सरावाक रंगशालामा भएको खेलमा नेपालले १० वर्षअघि एएफसी च्यालेन्ज कपमा ब्रुनईबाट भोगेको पराजयको बदला पनि लियो। सन् २००६ मा बंगलादेशमा आयोजना भएको च्यालेन्ज कपमा नेपाल २–१ ले ब्रुनईसँग पराजित भएको थियो ।

प्रचण्डले आफ्नै लडाकु र तिनका लालाबालालाई पुलिस लगाएर लखेट्न लगाए

२३ कार्तिक, काठमाडौं ।
खोलो तरेपछि लौरो बिर्सने नेपाली राजनीतिमा नेतृत्वको पुरानै वानी हो । यस्तै बानीलाई चरितार्थ गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पुर्व लडाकु र तिनका बालबच्चालाई प्रहरी लगाएर पार्टी कार्यालयबाट हटाएका छन् ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा धर्नामा बसेका पूर्वलडाकु र तिनका परिवारलाई प्रधानमन्त्रीको निर्देशनमा प्रहरीले जर्वजस्ती भ्यानमा कोचेर कार्यालयबाट हटाएको छ ।

सोमबार दिउँसोबाट बर्हिगमित पूर्वलडाकुहरुले माओवादी केन्द्रको केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडाको मूल गेटमा ताला लगाएर धर्नामा बसेका थिए ।

बालबच्चासहित राति पनि धर्नामा बसेका उनीहरुलाई मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।

आफुहरुलाई जनसेना सरह व्यवहार पक्राउ परेकालाई रिहा, अयोग्यको बिल्ला हटाउनुपर्ने, गणतन्त्रका योद्दा घोषणा गर्नुपर्ने, घाइतेलाई उपचार, उचित राहत र व्यवस्थापन लगायत माग राखेका उनिहरुले पार्टीले युद्धमा बन्दुक बोक्न लगाएर सत्ता पाएपछि लात मारेको भन्दै आक्रोश पोखेका छन् ।

यसअघि समेत माओवादी केन्द्रीय कार्यालयमा ५७ दिनसम्म धर्ना दिएका उनिहरु आफ्ना माग पुरा हुने आश्वासन पाएपछि धर्ना छाडेर घर लागेका थिए ।

बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टसहित करिब दुई सय पूर्वलडाकुपरिवारले हिजोदेखी पेरिसडाँडामा धर्ना गरिरहेका थिए ।

सेना समायोजनका क्रममा तत्कालीन जनमुक्ति सेनाबाट चार हजार नौ जनालाई अयोग्य लडाकु भन्दै शिविरबाट निकालिएको थियो । उनिहरुका नाममा राज्यले विभिन्न पटक राहत र रकम सहयोग गरेको छ ।

सँगै लडाकु शिविरमा रहँदा उनिहरुका नाममा राज्य ढुकुटीबाट अर्बौं रुपैयाँ निकासा भएको छ । तर उनिहरुको नाममा निकासा भएको अर्बौं रुपैयाँ नेतृत्ववर्गले भ्रष्टाचार गरेको स्वयं माओवादीकै कार्यकर्ताले आरोप लगाउँदै आएका छन् भने यसबारेमा अख्तियारमा समेत उजुरी परेको छ ।

सात जुवाडे ६२ हजार सहित खालबाटै पक्राउ

२३ कार्तिक, झापा ।
झापाको विर्तामोडबाट प्रहरीले जुखा खेलिरहेको अवस्थामा सात जना जुवाडेलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडले गयराति जुखा खेलिरहेको अवस्थामा नगद ६१ हजार ९ सय ५५ रुपैयाँ सहित पक्राउ गरेको प्रहरी निरीक्षक मधुकुमार थापाले जानकारी दिनुभयो ।

प्रहरीले पक्राउ परेका कसैको पनि नाम सार्वजानीक गरेको छैन ।

गोप्य सूचनाको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको र आज जुवा ऐन अन्र्तगत उनीहरुलाई मुद्दा चलाउने तयारी भइरहेको  इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक केशव थेवेले बताउनुभयो ।

आज अमेरिकामा चुनाव, राष्ट्रपति ट्रम्प कि क्लिन्टन ?

२३ कार्तिक, काठमाडौं ।

अमेरिकामा राष्ट्रपति पदका लागि आज निर्वाचन हुदै छ । निर्वाचन हुन केहि घण्टा मात्र बाँकी रहदा राष्ट्रपतिका प्रत्याशी डेमेक्र्याटिक पार्टीकी हिलारी क्लिन्टन र रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प प्रष्ट बहुमत नभएका राज्यहरुमा चुनावी सभामा व्यस्त रहेका छन ।

उनिहरुले पेन्सलभानिया, नर्थ क्यारोलिना, फ्लोरिडा, न्यूह्यामसायर, ओहायो लगायतका राज्यहरुमा आयोजित सभाहरुलाई संवोधन गरिरहेका छन ।

पेन्सलभानियामा डेमेक्र्याटिक पार्टीका तर्फबाट आयोजित आमसभालाई राष्ट्रपति बाराक ओबामाले संवोधन गरेको केही घण्टा पछि अहिले पेन्सलभानियामा नै रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले मतदाताहरुलाई संवोधन गरिरहेका छन ।

राष्टपतिका उम्मेदवारहरुले आम सभालाई संवोधन गरिरहदा पार्टी कार्यकर्ता र स्वयं सेवकहरुले स्थानिय पार्टी कार्यालयहरुमा बसेर टेलिफोन मार्फत मतदाताहरुलाई मतदानका लागि आग्रह गरिरहेका छन । अमेरिकामा घर घरमा गएर मतदानका लागि आग्रह गर्ने र फोनबाट मतदानका विषयमा जानकारी गराउने प्रचार प्रसारको महत्वपूर्ण माध्य रहेको छ ।

स्थानिय पार्टी कार्यालयहरुमा रहेका स्वयं सेवकहरुले फोन मार्फत मतदाताहरुलाई मतदानका लागि आग्रह गर्ने, मतदान स्थलका बारेमा जानकारी दिने र मतदान केन्द्र सम्म पुग्न नसक्ने हरुका लागि यातायातको समेत व्यवस्था गरिरहेको अमेरिकाबाट हाम्रा संवाददाता अच्युत अर्यालले जनाएका छन ।

२० करोड मतदाता रहेको अमेरिकामा निर्वाचन शुरुहुन पूर्व भ्बचथि ख्यतष्लन मार्फत ४ करोड भन्दा बढि मतदाताले मतदान गरिसकेका छन । यस भन्दा अघिको निर्वाचनमा करिव २ करोडले भ्बचथि ख्यतष्लन गरेकोमा यस पटक धेरैले भ्बचथि ख्यतष्लन मार्फत मतदान गरेका छन । सन २०१२ को राष्ट्रपति निर्वाचनमा ६२ प्रतिशत मतदान भएकोमा यस पटक अझ बढि प्रतिशत मतदान हुने सर्वेक्षणले देखाएका छन ।

धेरै जसो राज्यहरुमा विद्युतिय मतदान यन्त्रको प्रयोग हुने र मतपत्र प्रयोगहुने राज्यहरुमा विद्युतिय मतगणना यन्त्रको प्रयोग हुने भएकाले निर्वाचन सकिए लगत्तै मत परिणाम आउन थाल्ने अमेरिकाको संघीय निर्वाचन आयोगले जनाएको छ ।

सभामुख भन्छिन्-‘यो महिना संविधान संशोधन हुँदैन’

२३ कार्तिक, विराटनगर ।
सभामुख ओनसरी घर्तिमगरले संविधान कार्यान्वयनमा सबै राजनैतिक दलहरु एक ठाउँ हुनुको विकल्प नभएको बताउनु भएको छ ।

विराटनगर विमानास्थलमा आज संचारकर्मीहरुसंग कुरा गर्दै सभामुख घर्तिमगरले अहिलेको चुनौती सामना गर्न संविधान कार्यान्वयन अत्यावश्यक रहेकोले त्यसकालागि सबै राजनैतिक दलहरु विच गहन छलफल र वार्ता हुन जरुरी रहेको वताउनु भयो ।

सभामुख घर्तिमगरले संविधान कार्यान्वयन नभएसम्म राजनैतिक परिवर्तनका उपलब्धी संस्थागत हुन नसक्ने भन्दै सभामुख घर्तीले दलहरु एक ठाउ हुनुको विकल्प नरहेकोमा जोड दिनुभयो ।

सभामुख घर्तिमगरले संविधान संसोधन प्रस्ताव संसदमा पेश भएपछिपनि परिपक्व हुन पाँच दिनको समय लाग्ने संसद नियमावलीमा रहेकोले यो महिना भित्र संशोधन हुने संभावना नरहेको स्पष्ट पार्नु भयो ।

सभामुख मगरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख निर्वाचन आयूक्त लोकमानसिंह कार्की विरुद्धको महाअभियोगको प्रकृया  संसद संचालन भएसंगै अगाडी बढ्ने जानकारी दिनुभयो ।

चितवनको स्थानिय निकाय पुर्नसंरचनामा काँग्रेसको बिरोध

२३ कार्तिक, नारायणगढ ।
चितवनको स्थानिय निकायको पूर्नसंरचनामा जिल्लाका राजनैतिक दलहरुले गरेको प्रस्तावको चितवनमा तिव्र विरोध भएको छ । पश्चिम चितवनको चित्रवन र नारायणी नगरपालिकाका बासिन्दाले सोमवार जिल्ला विकास समितिको कार्यालयमा प्रस्तावको विरोधमा गर्दै नाराबाजी गर्दै विरोध गरे ।

आफुहरुसंग कुनै छलफल नै नगरी जिल्लाका नेताहरुले भरतपुर उपमहानगरपालिकामा गाँभेर महानगरपालिका बनाउने प्रस्ताव गरेको भन्दै कुनै हालतमा नमान्ने बताएका छन । पश्चिम चितवनको विकट क्षेत्रसंग भरतपुरलाई तुलना गर्न नमिल्ने भन्दै यथावत राख्न माग गरेका छन ।

चित्रवननगरपाकिला प्रतिनिधि विष्णु ढकालले सम्बनिधत क्षेत्रका नागरिकको सहमति विपरित दलले गरेको निर्णय नमान्ने भन्दै केन्द्रसम्म जाने बताए । पूर्वि चितवनमा केही नगरी पछिल्लो समय स्थापना भएका नगरपालिकामाथि आँखा लगाएको स्थानियले बताए ।

दुई नगरपालिकालाई मिलाउन तयार रहेको समेत उनीहरुको भनाई थियो । दुई नगरपालिकाका सर्वपक्षिय संयुक्त संघर्ष समितिले विरोध पत्र बुझाएका छन । लामो सार्वजनिक विदाको मौका छोपी जिल्लाका नेताले जनताको मर्म विपरित काम गरेको बताएका छन ।

चितवन र नारायणी नगरपालिका सम्बन्धि निर्णयमा पूर्नविचार गर्न माग गर्दै आन्दोलन गर्ने चेतावनी दिएका छन । स्थानिय राजनैतिक दलका नेता र नगरवासिहरु जिल्ला विकास समिति पुगेर नाराबाजि गरेका थिए । नेपाली काग्रेस नारायणी नगरपालिकाका सभापति टिकाराम भट्टराईले आफुहरुसंग छलफल नगरी प्रस्ताव गरेको भन्दै मान्य नहुने बताए ।

त्यस्तै स्थानीय तह निर्धारण गर्दा चितवनको चेपाङ बाहुल क्षेत्रलाई अन्य नगरपालिकामा मिसाउने कार्यको नेपाल चेपाङ संघले विरोध जनाएको छ । चेपाङ बहुल जिल्लाको पहाडी गाविसहरुलाई समेटेर ‘झोरालाङ’ गाउँपालिका बनाउनु पर्ने आफ्नो मागलाई बेवास्ता गरेर नगरपालिकामा गाभेको भन्दै संघले सोका विरूद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । जिल्ला बिकास समितिमा शुक्रबार सर्वदलीय सहमति अनुसार १ महानगरपालिका सहित ६ नगरपालिका रहने गरी आयोगमा सिफारिस पठाएको छ । सिफारिस लागू भएमा चितवन गाउँपालिका रहित जिल्ला हुनेछ ।

चितवनका दलहरुले जिल्लामा सातवटा स्थानीय तह रहने सहमति गरेका छन् । जसमा एउटा महानगरपालिका र अरु नगरपालिका रहने उल्लेख छ । दलहरुको सोही सहमतिलाई जिल्ला प्राविधिक सहयोग समितिले स्थानीय तह पुर्नसंरचना आयोगमा बुझाएको छ ।

जापानमा नेपाल संवत् शुभकामना सहित म्ह पूजा सम्पन्न (फोटो फिचर)

टोकियो ।
जापानमा नेपाल संवत् ११ ३७ को शुभकामना सहित म्ह पूजा भव्य रुपमा मनाईएको छ ।

नेवा ः अन्तराष्ट्रिय फोरम जापानको आयोजनामा राजधानी टोकियोमा नेपाल संवत् ११३७ शुभारम्भको शुभकामना आदानप्रदान सहित म्ह पूजा गरिएको हो ।

संस्थाका महासचिव शिव तण्डुकारका अनुसार कार्यक्रम टोकियो कितासुना दान्ची हलमा गरिएको हो ।

कार्यक्रम नेपाल संवतका प्रवर्तक शंखधर साख्वाको फोटोमा माल्यार्पण एवं दीप प्रज्वलन सहित सुरु गरिएको थियो ।

गरिवहरुमाथि लागेको ऋण मोचन गराएन सुरु गरिएको बताइदै आएको नेपाल संवत्को सो अवसरमा एक आपसमा शुभकामना आदान प्रदान गरिएको थियो ।

नेपाल संवतको शुभारम्भको अवसरमा शुभकामना पछि म्ह पूजा गरिएको थियो ।

सामुहिक रुपमा गरिएको म्ह पूजामा नेपालीसँगै जापानी नागरिकहरुको समेत उल्लेख्य सहभागीता रहेको थियो ।

पहिलो पटक म्ह पूजामा सहभागीहरुले आफुहरुलाई नयाँ अनुभव भएको भन्दै कुनै रोग व्याद नलागेस् भनि आफुले आफ्नै शरिरको पुजा गर्ने परम्परा रोचक लागेको जापानीहरुले बताएका थिए ।

म्हपूजा पछि सहभागीहरुले नेवारी खाना तथा विभिन्न परिकारहरुको भोजन गरेका थिए । नेवारी खानासँगै नेपाली गित संगितमा रमाएर नाचगानमा सहभागीहरु सो अवसरमा आयोजित विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी समेत भए ।

म्ह पूजा तिथि अनुसार भाई टिकाको अघिल्लो साँझ मनाईने भएपछि प्रवासमा रहेर त्यो व्यवस्थापन र सहभागीता मिलाउन कठिन भएका कारण नेवारहरुको मौलिक चाड जोगाउन र मनाउन यसलाई विभि भने सबै पुर्याएर गरिएको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा सहभागी हुनुभएका नेपाली किक बक्सिङ्ग खेलाडी मोहन महर्जन ड्रागनलाई सो अवसरमा बधाई तथा शुभकामना व्यक्त गरिएको थियो ।

गत महिना टोक्योमा भएको प्रख्यात प्रतियोगितामा बिजयी महर्जनले जापानी खेलाडीलाई ३० सेकेण्डमै पराजित गर्नुभएको थियो ।

उहाँले मार्च ३ तारिकमा अर्को महत्वपूर्ण प्रतियोगितामा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

संघका अध्यक्ष गंगा डंगोलले जापानमा रहेका नेपाली तथा नेवारी समुदायमाझ नेपाली परम्परा र संस्कृतिको बचाउ र जगेर्ना गर्न यस्तो कार्यक्रम बर्सेनी गर्दै आएको भन्दै यसमा सबैपक्षबाट भएको सहयोग र सहभागीताको लागि धन्यवाद व्यक्त गर्नुभएको थियो ।

जीएसएम नवीकरण शुल्कमा अन्योल, टेलिकमको लाइसेन्स उधारोमै नवीकरण

काठमाडौं,कात्तिक २३ । सरकारले दूरसञ्चार क्षेत्रको सबैभन्दा महँगो जीएसएम सेवाको लाइसेन्स नवीकरणका सम्बन्धमा स्पष्ट व्यवस्था गर्न नसक्दा अन्योल उत्पन्न भएको छ। दुई ठूला सेवाप्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलले दोस्रो पटक गर्नुपर्ने लाइसेन्स नवीकरणका सम्बन्धमा हालसम्म् कुनै नीतिगतव्यवस्था सरकारले गर्न सकेको छैन ।

नेपाल टेलिकमले पाएको लाइसेन्सको म्याद गत वैशाख अन्तिम साता नै सकिएको  छ । सरकारले पछि शुल्क तय हुने अन्तिम सर्तमा नवीकरण गरेको छ । हालसम्म सरकारले मोवाइल सेवाको दोस्रो पटक लाइसेन्स नवीकरण गर्न लाग्ने शुल्क कति हुने भन्ने सम्बन्धमा कुनै निर्धारण गरेको छैन।

जीएसएम मोबाइलको लाइसेन्स लिएको समयदेखि पहिलोपटक १० वर्षमा र त्यसपछि हरेक ५ /५ वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । आजको कारोवार दैनिकमा समाचार छापिएको छ ।

फास्टट्रयाकमा आठ वर्षदेखि बजेट विनियोजन, निर्माणको काम अझै सुरु भएन

काठमाडौं,कात्तिक २३ । बहुप्रतीक्षित र सधैँचर्चामा रहने काठमाडौं–तराई–मधेस ‘फास्टट्रयाक’ आयोजनालाई सरकारले बजेट विनियोजन गर्न थालेको लगातार आठ वर्ष पूरा भएको छ । तर, आयोजना निर्माणको काम अझै सुरु भएको छैन । अहिलेसम्म आयोजनाको काम ‘पूर्वतयारीमा’ सीमित छ ।

आर्थिक वर्ष ०६४-६५ मा सुरु भई ०७५ मा सम्पन्न हुने अनुमान गरिएको आयोजना कहिले सुरु गर्ने भन्ने अन्योलमा छ । काठमाडौं–तराई–मधेस फास्टट्र्याक सडक आयोजनाका प्रमुख सत्येन्द्र शाक्यले निर्माण कहिले सुरु गर्ने भन्ने विषय सरकारमा निर्भर रहेको बताए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक भने आयोजनाको अध्ययन भइरहेको र चाँडै नै सरकारले उपयुक्त निर्णय लिने जानकारी दिए । योजनाअनुसार काम भएको भए आगामी दुई वर्षभित्र आयोजना सम्पन्न हुने थियो । तर, चर्चा र पक्ष–विपक्षमा बहस भए पनि काममा प्रगति न्यून रहेको आजको नयाँ पत्रिकामा समाचार छ ।

आयोजनाप्रमुख शाक्यका अनुसार पूर्वतयारीदेखि आयोजना सम्पन्न गर्नेसम्मको कामलाई सतप्रतिशत मान्ने हो भने अहिलेसम्म पाँच प्रतिशत काम भएको छ ।

फास्टट्रयाक १० वर्षमा सक्ने योजनाअनुसार आव ०६४-६५ देखि बजेट विनियोजन सुरु भएको हो । आठ वर्षको यस अवधिमा कुल ३ अर्ब ४८ करोड २ लाख रुपैयाँ बजेट विनियोजना भएको छ । तर, छुट्याइएको बजेटमध्ये ३५ प्रतिशत अर्थात् १ अर्ब २२ करोड ९ लाख रुपैयाँ खर्च भएको छ । यसमध्ये ९४ करोड रुपैयाँ नेपाली सेनाले ट्र्याक खोल्न प्रयोग गरेको हो ।

नेपालका ‘गतिविधि’ प्रति चीनको गम्भीर आपत्ति, सरकारसँग जवाफ माग्यो

काठमाडौं,कात्तिक २३ । सरकार र प्रमुख दलका शीर्ष नेताका क्रियाकलापप्रति गम्भीर असन्तुष्टि जनाउँदै छिमेकी चीनले नेपाल ‘एक चीन नीति’ मा प्रतिवद्ध रहे/नरहेको बारे नेपाल सरकारसँग जवाफ मागेको छ । केपी शर्मा ओली नेतृत्व सरकार परिवर्तसँगै नेपालप्रति सशंकित बनेको चीनले सरकर र नेपाली नेताका पछिल्ला गतिविधिप्रति खुलेर आपत्ति जनाएको छ ।

‘नेपालको प्रतिवद्धता जनाउँदै आएको एक चीन नीतिप्रति चीनले शंका गरेको छ’, सरकारी उच्च स्रोतले भन्यो,‘सरका र शीर्ष दलका नेताका गतिविधिप्रती चीनले शंका व्यक्त गर्दै एक चीन नीतिप्रति नेपालको धारणा मागेको छ ।’

स्रोतका अनुसार काठमाडौंस्थित चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयसँग सरकार र नेताका गतिविधिप्रति असन्तुष्टि जनाउँदै एक चीन नीतिप्रति नेपालको धारणा मागेको आजको नागरिक दैनिकमा समाचार छ ।

चीनले नेपवालभित्र ‘चीनविरोधी गतिविधि गर्न दिइएको’ भन्दै त्यसमा असन्तुष्टिसमेत जनाएको छ । छिमेकी राष्ट्रविरुद्ध आफ्नो भूमिमा कुनै पनि गतिविधि हुन नदिने विदेश नीति र चीनलाई हेर्न दृष्टिकोण नेपालको फेरिएको हो भन्दै चीनले स्पष्ट पार्न परराष्ट्रमार्फत आग्रह गरेको छ ।

आरजुले भारतमा यसरी फसाइन् देउवालाई

काठमाडौं,कात्तिक २३ । ‘म भारतको पुत्र थिएँ र प्राचिन भरतीय विचारको प्रचारक हुन्,’ दलाई लामाले प्रत्यक्ष भिडियो प्रसारणमार्फत बोलेर भारतको पर्यटकीय राज्य गोवामा भाजपा निकछ थिंक ट्याकंले आयोजना गरेको सेमिनार उद्घाटन गर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उद्घाटन समारोहका प्रमुख वक्ताका रुपमा सहभागि थिए ।

सहभागिमध्येमा तिब्बती शरणार्थीहरुद्वारा चुनिएका प्रधानमन्त्री डा. लोब्साङ साङ्गे पनि थिए । गत शनिबार मुख्य वक्ता रहेका साङ्गेले भने, ‘तिब्बती आन्दोलन मेड इन इण्डिया हो ।’ भावी प्रधानमन्त्रीका रुपमा प्रक्षेपित देउवा र तिब्बती नेता लोब्साङलाई सेमिनारको वक्ताको रुपमा डाकिनु र दलाई लामालाई उद्घाटन गर्न लगाउनुभित्र भारतको रणनीतिक स्वार्थ बुझ्न सकिन्छ ।

चीनले दक्षिण एसियामा प्रभाग बढाउँदै जाँदा धर्मशालामा दलाई लामालाई राखेर चीनमाथि राजनीतिक दबाब सृजना गर्ने गरेको भारतले अर्को अस्त्र फ्याँक्दै छ । यसको ग्राण्ड डिजाइन भारतमा धेरै अघि गरियो र गोवाबाट मूत रुप दिने रणनीति चालियो ।

योजना अनुसार भारतले पश्चिमा शक्तिको आडमा नेपाली भूमिबाट तिब्बती गतिविधि बढाउने र त्यसका लागि देउवालाई सत्ताका पुर्याएर प्रयोग गर्ने रणनीति सम्म बनाएको छ । यस घटनापछि देउवा पश्चिमाहरुको एजेण्ट मात्र नभई भारतको समेत एजेन्ट बन्न पुगेका छन् ।

देउवाको यही समपर्णका कारण उनलाई जेएनयुले सम्मान पनि गरेको छ । यस्तै सम्मान रुसी राष्ट्रपति गोर्वाचोभलाई नोबेल शान्ति पुरस्कारबाट न्यूयोर्कमा गरिएको थियो ।

देउवा पछिल्लो समय भारतका अतिप्रिय हुँदै गएका छन् । देउवाको भारतसँगको सम्बन्ध सुदृढ बनाउन पत्नी आरजु राणाले निकै भूमिका खेलिन् । जोगीदेखि भारतका प्रभावशाली अधिकारीसम्मलाई दिल्लीका गल्ली गल्ली पुगेर भेटिन् ।

पछिल्लो समय देउवाको भारत भ्रमणको चाँजोपाँचो मिलाउन आरजु नै मुख्य खेलाडी बनिन् । पश्चिमाहरुसँग निकट सम्बन्ध राखेकी आरज र देउवाको लगनगाँठोमा समेत राजनीति अन्र्तनिहित छ ।

रणनीतिक चातुर्य भएकी आरजुले देउवालाई सत्तामा पुर्याउन देउवालाई अर्को चक्रब्यूँमा पर्न तयार बनाएकी छिन् । उनै आरजुले देउवालाई उकासेर राजालाई लोकतन्त्र बुझाउने अवस्थामा पुर्याएकी थिइन् । अहिले भारतसँगको लम्पसारवाद र देशको भू–राजनीतिक संवेदनशीलतालाई समेत भूलेर तिब्बती धार्मिक गुरुले उद्घाटन गरेको सेमिनारमा सहभागि भए ।

सोही सेमनारमा सहभागि तिब्बती प्रधानमन्त्री साङ्गेसँग अनौपचारिक भेटवार्ता गरे । यसमा भारतीय सत्तापक्षको योजना देखिन्छ । आजको दृष्टि साप्ताहिकमा खबर छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web